Comments Add Comment

नेपाल प्रहरी

List Grid
थुनामा मृत्यु प्रकरणमा रौतहटका एसपीसहित ६ प्रहरीविरुद्ध जाहेरी

२४ भदौ, रौतहट । थुनामा रहेका बेला युवकको मृत्यु भएको घटनामा पीडित परिवारले रौतहटका तत्कालिन जिल्ला प्रहरी प्रमुखसहित ६ जनाविरुद्ध जाहेरी दिएको छ । इलाका प्रहरी कार्यालय गरुडाको हिरासतमा मृत्यु भएका विजय महराका बाबु पनिलाल महराले यातना र ज्यानसम्बन्धी कसूरमा अनुसन्धान गर्न रौतहटका तत्कालिन प्रहरी प्रमुख एसपी रविराज खड्कासहित ६ जनाविरुद्ध जिल्ला सरकारी वकिल कार्यालयमा […]

रौतहटमा डीएसपीसहित २० जना प्रहरीमा कोरोना संक्रमण

२४ भदौं, रौतहट । रौतहटमा एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी)सहित २० जना प्रहरीमा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण भएको छ । बुधवार बिहान आएको रिपोर्टमा एक इलाका प्रहरी कार्यालयका एकजना प्रहरी नायव उपरीक्षक (डीएसपी), दुईजना प्रहरी निरीक्षकसहित २० जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक (एसपी) सिद्धिविक्रम शाहले बताए । ठूलो संख्यामा […]

भारतीय नाकामा तस्करसँग बारम्बार झडप

२४ भदौ, जनकपुरधाम । धनुषाको बटेश्वर गाउँपालिका ५ शान्तिपुरमा ओसार्दै गरिएको काठ नियन्त्रणमा लिन गएको प्रहरी टोलीमाथि २१ भदौको राति ढुँगामुडा गरियो । स.१ त. ६०४० नम्बरको ट्याक्टरमा सखुवाको गोलिया काठ ओसार्न लागेको सूचना पाएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीमाथि झण्डै ७० जनाको समूहले ढुंगा प्रहार गर्दा प्रहरी निरीक्षक दिलिप राय र प्रहरी […]

सहकारीको ५ करोड ६७ लाख ठगी, प्रवन्धक पक्राउ

२३ भदौ, काठमाडौं । काठमाडौंको न्यूरोडमा रहेको नौलो परिवेश वचत तथा सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको आरोपमा प्रहरीले उक्त सहकारीका पूर्वप्रबन्धकलाई पक्राउ गरेको छ । सहकारीको ५ करोड ६७ लाख नगद ठगी गरी फरार भएको भन्दै राजकाजी खड्गीलाई पक्राउ गरेको हो । खड्गी सोही सहकारीका पूर्ब प्रवन्धक हुन् । उनले ७ वर्ष काम गरेर […]

नक्कली नागरिकताको आरोपमा उद्योगी पक्राउ

२३ भदौ, हेटौंडा । नागरिकता लिँदा झुटो विवरण पेस गरेको आरोपमा हेटौंडाका एक उद्योगी पक्राउ परेका छन् । हेटौंडा उपमहानगरपालिका—५ बाट ५९ वर्षीय विप्लप कान्ति (विके बोस) नागरिकता मुद्दामा मकवानपुर प्रहरीले पक्राउ गरेको हो । उनलाई जिल्ला अदालत रौतहटको पक्राउ पुर्जी र जिल्ला प्रहरी कार्यालय रौतहटको पत्रको आधारमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले हेटौंडा–५ गदोईस्थित उनको […]

प्रदेश १ प्रहरीका उच्च अधिकृतमा कोरोना संक्रमण

१२ भदौ, काठमाडौं । प्रदेश नं. १ का एकजना उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । प्रदेश प्रहरीका एक अधिकृतका अनुसार उनी १ नं प्रदेश प्रहरीकै क्वाटरमा आइसोलेसनमा बसेका छन् । उनले सोमबार स्वाब दिएको र मंगलबार रिपोर्ट पोजेटिभ आएको हो । यसअघि गण्डकी प्रदेशका एक उच्च अधिकृतमा पनि कोरोना भाइरसको संक्रमण […]

कञ्चनपुरमा बन्धक बनाएर किशोरीमाथि सामूहिक बलात्कार

२३ भदौ कैलाली । कञ्चनपुरमा १६ बर्षकी किशोरीले आफूमाथि सामूहिक बलात्कार भएको भन्दै प्रहरीमा उजुरी दिएकी छन् । ५ दिनसम्म बन्धक बनाएर सामूहिक बलात्कार गरेको भन्दै उनले इलाका प्रहरी कार्यालय बेल्डाँडीमा उजुरी दर्ता भएको छ । जिल्लाको बेल्डाडी गाउँपालिकामा ५ मा मामाको घरमा बस्दै आइरहेकी किशोरी भदौ १४ गते देखि बेपत्ता भएकी थिइन् । उनका […]

चोरी आरोपमा दाजु बहिनीसहित चार जना पक्राउ

२३ भदौ, सप्तरी । सप्तरीमा प्रहरीले चोरी गरिएको नगद तथा विभिन्न सामानसहित चार जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका ६ बस्ने सैनी भनिने सनिया मण्डल, उनकी बहिनी ज्योति मण्डल, वडा नम्बर ४ का समीम अन्सारी र रुपनी गाउँपालिका ४ बस्ने लाल महम्द राइन छन् । यी चार जनामध्ये सनिया चोरी गर्ने, उनकी […]

नक्कली प्रेस कार्ड बनाएको आरोपमा ३ जना पक्राउ

२२ भदौ, काठमाडौं । पत्रकारको नक्कली परिचयपत्र बनाएर बिक्री गरेको आरोपमा प्रहरीले काठमाडौंको बागबजारबाट ३ जनालाई पक्राउ गरेको छ । नेपाल प्रहरीको महानगरीय अपराध महाशाखाले बागबजारको कालिका प्रिन्टिङका ३ जनालाई पक्राउ गरेको हो । उनीहरुको साथबाट पत्रकारको नक्कली परिचयपत्र बनाउन प्रयोग हुने सामग्री पनि बरामद गरेको महाशाखाका एसएसपी दीपक थापाले जानकारी दिए । उनीहरुले अनलाइन […]

बलात्कार प्रयासको आरोपमा गौशालाका एक प्रहरी पक्राउ

२२ भदौ, काठमाडौं । युवतीलाई जबरजस्ती करणीको प्रयास* गरेको अभियोगमा एक जना प्रहरी कर्मचारी पक्राउ परेका छन् । पक्राउ पर्नेमा दार्चुला घर भइ महानगरीय प्रहरी वृत्त, गौशालामा कार्यरत प्रहरी जवान उपेन्द्र सिंह छन् । गौशालाका प्रहरी नायब उपरीक्षक (डीएसपी) जितेन्द्र बस्नेत अनलाइनखबरलाई बताए अनुसार २१ वर्षीया युवतीले दिएको किटानी जाहेरीका आधारमा सिंहलाई पक्राउ गरिएको हो […]

काठ नियन्त्रणमा लिँदा स्थानीयसँग झडप, प्रहरीसहित ५ जना घाइते

२२ भदौ, जनकपुरधाम । काठ ओसार्न लागेको समूह र प्रहरीबीच धनुषाको बटेश्वर गाउँपालिकामा आइतबार राति १२ बजेतिर झडप हुँदा दुई प्रहरी र तीन जना स्थानीय घाइते भएका छन् । बटेश्वर गाउँपालिका– ५ शान्तिपुरमा काठ ओसारिरहेको सूचना पाएपछि आइतबार राति इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट प्रहरी निरीक्षक दीपक राय नेतृत्वमा टोली खटिएको थियो । प्रहरीले स.१ त. […]

बुद्धनगरमा सैलुन सञ्चालक मृत भेटिए

२२ भदौ, काठमाडौं । काठमाडौं-१०, बुद्धनगरमा रहेको एक सैलुनका सञ्चालक मृत भेटिएका छन् । न्यु मनोकामना हेयर ड्रेसर सैलुनका सञ्चालक अन्दाजी ३५ वर्षीय अशोक ठाकुर मृत भेटिएका हुन् । आधा सटर खोलेको अवस्थामा लडिरहेको देखेपछि स्थानीयले प्रहरीमा खबर गरेका थिए । त्यसपछि हेर्दा मुखमा रगत देखिएको अवस्थामा उनको शव भेटिएको छ । हालसम्म कुनै शंकास्पद […]

कोरोनाबाट मृत्यु भएकाको अंग निकालिन्छ भनेर अभिव्यक्ति दिने व्यक्ति पक्राउ

२२ भदौ, काठमाडौं । विभिन्न युट्युब च्यानलका अन्तरवार्तामा कोरोना संक्रमणबाट मृत्युको व्यक्तिको अंग निकालिने गरेको अभिव्यक्ति दिने एक व्यक्ति पक्राउ परेका छन् । आफूलाई प्राकृतिक चिकित्सक बताउने सुवास सुब्बा लिम्बु पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको टोलीले अफवाह फैलाएको अभियोगमा लिम्बुलाई सोमबार पक्राउ परेको हो । ललितपुरको ढोलाहिटीमा रहेको आयुर्वेद क्लिनिकबाट उनलाई पक्राउ गरिएको […]

नाम बदलेर अस्पताल भर्ना भएका विप्लव समूहका नेता पक्राउ

२२ भदौ, काठमाडौं । नाम बदलेर काठमाडौंमा उपचार गराइरहेका विप्लव समूहका एक जना नेता पक्राउ परेका छन् । सिन्धुलीमा शिक्षकको अपहरणपछि फरार विप्लव समूहका जिल्ला समिति सदस्य राजीव सुनुवार छद्म नाममा काठमाडौंमा उपचार गराइरहेका बेला पक्राउ परेका हुन् । महानगरीय अपराध महाशाखाको प्राविधिक सहयोगमा उनलाई प्रहरीले अर्थोपेडिक अस्पताल, जोरपाटीबाट पक्राउ गरेको हो । अस्पतालमा उनी […]

ट्राफिक प्रहरीलाई कुटेको अभियोगमा समातिएकामध्ये एक जनालाई कोरोना संक्रमण

२२ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा ट्राफिक प्रहरीलाई कुटपिट गरेको अभियोगमा पक्राउ परेका १७ जनामध्ये एकजनालाई कोरोना भाइरस संक्रमण देखिएको छ । महानगरीय प्रहरी परिसर, ललितपुरले म्याद थप गर्नुअघि गरेको पिसीआर परीक्षणमा एकजनामा कोरोना पोजेटिभ देखिएको हो । ललितपुर प्रहरीका एक अधिकृतका अनुसार हाल पक्राउ पर्ने गरेका व्यक्तिलाई पिसीआर परीक्षण गर्नुअघि क्वारेन्टिनमा राख्ने गरिएको छ […]

ललितपुरका मेयरको टाउको काट्ने अभिव्यक्ति दिने शाक्य पक्राउ

२१ भदौ, काठमाडौं । पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा ढुंगामुढा हान्ने थप एकजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । अपराध महाशाखाले ललितपुर घर भएका संजय शाक्यलाई आइतबार साँझ नख्खुबाट नियन्त्रणमा लिएको हो । गत बिहीबार रथ तान्ने क्रममा भएको तनावको विषयमा ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनको टाउको काट्ने अभिव्यक्तिसमेत दिएको आरोपमा उनलाई पक्राउ गरिएको महाशाखाले जनाएको […]

२ लाख हात पार्न बहिनीको अपहरण !

२१ भदौ, विराटनगर । मोरङमा २ लाख रुपैयाँ हात पार्न एक युवकले नातामा बहिनी पर्ने बालिकाको अपहरण गरेको खुलेको छ । मोरङको पथरी शनिश्चरे नगरपालिका– ८ कि १४ वर्षकी बालिकासँग भएको २ लाख हात पार्न नातामा दाजु पर्ने २१ वर्षका सुजन रणपहेलीले साथीहरुसँग मिलेर अपहरण गरेको प्रारम्भिक अनुसन्धानबाट देखिएको प्रहरीको भनाइ छ । प्रहरीले सुजनसहित […]

जंगलमा लगेर हत्या, भोलिपल्ट आफैंले दिए हराएको निवेदन

२१ भदौ, ललितपुर । अल्का अस्पतालकी कर्मचारी गीता केसीको हत्या उनकै भतिजाले गरेको पाइएको छ । प्रहरीले गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान दिएका हुन् । महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट […]

गण्डकी प्रदेशमा प्रहरीका उच्च अधिकृतमा कोरोना संक्रमण

२१ भदौ, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका एक उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा प्रदेश प्रहरी कार्यालयका दुई जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयकी एसएसपी किरण रानाले अनलाइनखबरलाई बताइन् । तर, संक्रमित व्यक्तिबारे भने खुलाइनन् । अर्का एक सुरक्षा अधिकृतले भने प्रदेश प्रहरीका उच्च प्रहरी […]

हेलेन, इब्रु र हाम्रा जोखिमका पाइला

सामाजिक दलाल पुँजीवादी सरकारले नेपाललाई फाँसीवादी दिशामा धकेलेको छ भन्ने कुरा अब ‘कम्युनिष्ट आरोप’ मात्रै रहेन । संविधान, कानुन, सामूहिक निर्णय, पार्टी बैठक, प्रतिपक्ष सबै लत्याएर, आफ्नै पार्टी र प्रतिपक्ष फुटाएर र चोरबाटोबाट कानुन ल्याएर, लोकतन्त्र र विधि कुल्चेर फासीवादको अभ्यास भइरहेको छ । बन्धु चन्द होस् या धीरेन्द्रा उपाध्याय उसले अपहरण गर्छ र कैद […]

अल्का अस्पतालकी कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव

२० भदौ, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । प्रारम्भिक […]