Comments Add Comment

नेपाल प्रहरी

List Grid
जंगलमा लगेर हत्या, भोलिपल्ट आफैंले दिए हराएको निवेदन

२१ भदौ, ललितपुर । अल्का अस्पतालकी कर्मचारी गीता केसीको हत्या उनकै भतिजाले गरेको पाइएको छ । प्रहरीले गीताका भतिजो निर्मललाई शनिबार पक्राउ गरेको छ । अनुसन्धानका क्रममा पक्राउ परेका निर्मलले गीतासँग अवैध सम्बन्ध रहेको बयान दिएका हुन् । महानगरीय प्रहरी परिसर, टेकुका प्रमुख एसएसपी टेकप्रसाद राईले दुईबीच अवैध सम्बन्ध रहेको कुरा आएपनि हत्याको कारण स्पष्ट […]

गण्डकी प्रदेशमा प्रहरीका उच्च अधिकृतमा कोरोना संक्रमण

२१ भदौ, पोखरा । गण्डकी प्रदेश प्रहरी कार्यालय, पोखराका एक उच्च प्रहरी अधिकृतमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । बिहीबार गरिएको परीक्षणमा प्रदेश प्रहरी कार्यालयका दुई जनामा संक्रमण पुष्टि भएको प्रदेश प्रहरी कार्यालयकी एसएसपी किरण रानाले अनलाइनखबरलाई बताइन् । तर, संक्रमित व्यक्तिबारे भने खुलाइनन् । अर्का एक सुरक्षा अधिकृतले भने प्रदेश प्रहरीका उच्च प्रहरी […]

हेलेन, इब्रु र हाम्रा जोखिमका पाइला

सामाजिक दलाल पुँजीवादी सरकारले नेपाललाई फाँसीवादी दिशामा धकेलेको छ भन्ने कुरा अब ‘कम्युनिष्ट आरोप’ मात्रै रहेन । संविधान, कानुन, सामूहिक निर्णय, पार्टी बैठक, प्रतिपक्ष सबै लत्याएर, आफ्नै पार्टी र प्रतिपक्ष फुटाएर र चोरबाटोबाट कानुन ल्याएर, लोकतन्त्र र विधि कुल्चेर फासीवादको अभ्यास भइरहेको छ । बन्धु चन्द होस् या धीरेन्द्रा उपाध्याय उसले अपहरण गर्छ र कैद […]

अल्का अस्पतालकी कर्मचारीको हत्या, लेलेको जंगलमा भेटियो शव

२० भदौ, काठमाडौं । ललितपुरस्थित अल्का अस्पतालकी कर्मचारी ३९ वर्षीय गीता केसीको हत्या भएको छ । उनको शव गोदावारी नगरपालिका–१०, मुलडोलस्थित लेलेको जंगलमा भेटिएको हो । हत्यामा संलग्न भएको आशंकामा केसीको घर रहेको भैंसीपाटी क्षेत्रबाट भतिजा निर्मल केसी पक्राउ परेका छन् । उनलाई अहिले ललितपुर प्रहरी परिसर, जावलाखेलको हिरासतमा राखेर अनुसन्धान थालिएको छ । प्रारम्भिक […]

ड्युटीमा बेहोस भएका प्रहरी जवानको उपचारको क्रममा मृत्यु

२० भदौ, कैलाली । कञ्चनपुरमा ड्युटीमा खटिएका बेला ढलेर बेहोस भएका एक जना प्रहरी जवानको उपचारको क्रममा मृत्यु भएको छ । डडेल्धुरा अजयमेरु गाउँपालिका २ का प्रहरी जवान सुरेन्द्र कुमार ऐरको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । दंगा नियन्त्रण प्रहरी गणमा कार्यरत उनी राति १२ बजेपछि ड्युटीमा खटिएका थिए । […]

निषेधाज्ञाको समयमा होटलमा गएर जुवा ! व्यवसायी र नेता पक्राउ

१९ भदौ, स्याङ्जा । कोरोना भाइरसको महामारीका कारण प्रशासनले सर्वसाधारणलाई भेला, जम्मा हुन र भिडभाड गर्न निषेध गरेको छ । जिल्ला प्रशासन कार्यालयले जारी गरेको निषेधाज्ञाको आदेशका कारण सामान्य नागरिक घरमै छन् । तर, स्याङ्याजाका केही व्यवसायी, नेता र बैंकमा काम गर्ने कर्मचारी भने निषेधाज्ञाको समयमा पनि होटलमा भेला भएर जुवा खेलिरहेको अवस्थामा बिहीबार पक्राउ […]

झापा हत्या प्रकरणमा एक जना पक्राउ

१९ भदौ, झापा । जिल्लाको शिवसताक्षी नगरपालिकामा २८ वर्षीय गोमानसिंह मगरको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय मनकुमार लिम्बु छन् । मंगलबार साँझ फोन गरेर भेट्न बोलाएर लिम्बुले गोमानसिंहको हत्या गरेको खुलेको हो । जिल्ला प्रहरी कार्यालय, झापाका एक अनुसन्धान अधिकृतले बताएअनुसार मगरले नयाँ नम्बरबाट फोन गरेर लिम्बुलाई भेट्न […]

पुल्चोकको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण

१९ भदौ, काठमाडौं । काठमाडौं उपत्यकामा कार्यरत ५६ प्रहरीमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । संक्रमित हुनेमा बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरी समेत छन् । रातो मत्स्येन्द्रनाथको रथ स्वस्फूर्त तान्न खोज्ने युवालाई प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । त्यहाँ भिड नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र […]

पत्रकारको ज्याकेट लगाएर प्रहरीलाई ढुंगा हान्ने युुवक पक्राउ

१९ भदौ, काठमाडौं । बिहीबार पुल्चोकमा मत्स्येन्द्रनाथको रथ तान्ने स्थानीय युवक र प्रहरीसँगको झडपमा प्रहरीलाई ढुंगा हान्ने थप एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । प्रेस लेखेको ज्याकेट लगाएका र हातमा क्यामेरा बोकेर प्रहरीतर्फ ढुंगा हान्ने युवकलाई शुक्रबार अपराध महाशाखाको टोलीले पक्राउ गरेको हो । उनी महालक्ष्मी नगरपालिका– १ इमाडोलका २१ वर्षका अनिश महर्जन हुन् […]

‘मान्छे मारेर आएको हुँ’ भन्दै प्रहरी कार्यालय पुगेपछि…

१९ भदौ, काठमाडौं । राति सवा १ बजे जिल्ला प्रहरी कार्यालय, धादिङको गेटमा आएर एक युवकले ‘मान्छे मारेर आएको हुँ’ भनेपछि सेन्ट्रीमा खटिएका प्रहरी झसंग भए । सुरुमा त उनले युवकको दाबीमा विश्वास गरेनन् । तर उनले बोकेको झोलामा रगत लतपतिएको देखेपछि प्रहरी निरीक्षक सरोज राईलाई रिपोर्ट गरे । राई आएपछि धादिङको निलकण्ठ नगरपालिका–१३, खलचेतका […]

अनामनगरमा महिलाको हत्या, श्रीमान पक्राउ

१९ भदौ, काठमाडौं । अनामनगरमा श्रीमतीलाई छुरा प्रहार गरेर हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा बर्दियाको बाँसगढी–९ घर भएका ३६ वर्षीय अजय विक छन् । उनले श्रीमती ३३ वर्षीया पार्वती खड्कालाई छुरा प्रहार गरेर हत्या गरेको अभियोग छ । महानगरीय प्रहरी वृत्त, सिंहदरबारको टोलीले उनलाई सोमबार बेलुकी पक्राउ गरेको हो […]

करेन्ट लागेर पुरानो नैकापमा एकजनाको मृत्यु

१९ भदौ, काठमाडौं । चन्द्रागिरि नगरपालिका-१४, पुरानो नैकापमा हाई इन्टेन्सन लाइनबाट करेन्ट लागेर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २९ वर्षीय सुरेन्द्र महर्जन छन् । काठमाडौं प्रहरी परिसर, टेकुका एसपी सोमेन्द्रसिंह राठौरका अनुसार चन्द्रगिरि युथ क्लबको निर्माणाधीन भवनमा करेन्ट लागेर उनी गम्भिर घाइते भएका थिए । लगत्तै उपचारका लागि कलंकीस्थित शहीद मेमोरियल अस्पताल […]

सडकमा डमी ट्राफिक प्रहरी : जनशक्ति व्यवस्थापनसँगै चेतना अभिवृद्धि

१९ भदौ, काठमाडौं । अहिले काठमाडौं उपत्यका कोभिड–१९ (कोरोना भाइरस) महामारीको हटस्पट बनिरहेको छ । दैनिक चार सयको संख्यामा नयाँ सक्रमित थपिइरहेका छन् । उपत्यकामा ४२८ जना प्रहरीमा कोरोनाको सक्रिय संक्रमण छ । यस्तो अवस्थामा प्रहरीलाई दैनिक कार्यमा जनशक्ति अभाव भइरहेको छ । यस्तो अवस्थामा सर्वसाधारणलाई ट्राफिक नियमको पालना गराउन बग्गीखानाले नयाँ जुक्ति निकालेको छ […]

भत्ता मात्रै होइन, सुरक्षाकर्मीको तलब पनि रोकियो

१८ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएका सुरक्षाकर्मीले सरकारद्वारा घोषित भत्ता नपाएको चर्चा चलिरहेका बेला एक महिनादेखि तलब पनि रोकिएको छ । महालेखा नियन्त्रकको कार्यालयले विकास गरेको नयाँ सफ्टवेयरमा डाटा इन्ट्री भइनसकेको कारण देखाउँदै नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको तलब रोकिएको हो । एक सुरक्षा निकायका अधिकृतका […]

प्रहरी कुटेको अभियोगमा ९ जना पक्राउ

१८ भदौ, काठमाडौं । ललितपुरमा ट्राफिक प्रहरीका जवानमाथि निर्घात कुटपिट गरेका अभियोगमा ९ जना पक्राउ परेका छन् । पुल्चोकमा रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले ट्राफिक प्रहरी जवान कमलप्रसाद घिमिरेमाथि निर्घात कुटपिट गरेको थियो । त्यसमा संलग्न रहेको देखिएका व्यक्तिहरुलाई पक्राउ गरिएको ललितपुर प्रहरी प्रमुख एसएसपी टेकप्रसाद राईले अनलाइनखबरलाई बताए । प्रशासनले […]

पुल्चोकमा ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट

१८ भदौ, काठमाडौं । ललितपुरको पुल्चोकमा भएको रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रममा भएको झडपपछि युवाहरुको समूहले एक जना ट्राफिक प्रहरी जवानमाथि निर्घात कुटपिट गरेका छन् । कोभिड–१९ (कोरोना भाइरस) को महामारीका बीच ड्यूटीमा खटिएका जवान कमलप्रसाद घिमिरेमाथि कुटपिट भएको हो । प्रशासनको निषेधका बीच केही युवाले मत्स्येन्द्रनाथको रथ तानेका थिए । लगत्तै लतिलपुरका प्रमुख जिल्ला […]

बुहारीको हत्या गरेको अभियोगमा एकजना पक्राउ

१८ भदौ, काठमाडौं । बञ्चरो प्रहार गरेर बुहारीको हत्या गरेको अभियोगमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–८, दाप्चाका ४२ वर्षीय सुदर्शन अधिकारी छन् । जिल्ला प्रहरी कार्यालय, काभ्रेका एसपी रविराज पौडेलका अनुसार अधिकारीमाथि बुहारी ३७ वर्षीया रञ्जना तिमल्सिनालाई हत्या गरेको अभियोग छ । उनका अनुसार टाउको र घाँटीमा बञ्चरो प्रहार […]

रौतहटको गरुडामा झडप हुँदा ६ जना घाइते

१८ भदौ, रौतहट । प्रहरी हिरासतमा रहेका विजय रामको मृत्युको विरोधमा भएको प्रदर्शनका क्रममा रौतहटको गरुडामा झडप भएको छ । इलाका प्रहरी कार्यालय गरुडा अगाडि भएको भडपमा ६ जना भन्दा बढी घाइते भएका छन् । प्रदर्शनकारी र प्रहरीबीच भएको झडपमा चार जना प्रहरी र दुई प्रदर्शनकारी महिला घाइते भएका छन् । प्रदर्शनकारीले प्रहरी कार्यालयमा ढुंगा […]

हिरासतमा मृत्यु प्रकरण : रौतहटका एसपी खड्काको जिम्मेवारी खोसियो

१८ भदौ, रौतहट । इलाका प्रहरी कार्यालय, गरुडाको थुनामा रहेका अभियुक्तलाई प्रहरीले यातना दिएको पाइएपछि जिल्ला प्रहरी प्रमुख एसपीको जिम्मेवारी खोसिएको छ । जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रमुख एसपी रविराज खड्कालाई प्रहरी प्रधान कार्यालय, नक्सालमा तानिएको हो । उनको ठाउँमा एसपी सिद्धिविक्रम शाहको काज सरुवा गरिएको छ । गृह मन्त्रालयले गठन गरेको छानविन समितिको प्रारम्भिक […]

रौतहटका पुजारी हत्याको कारण आर्थिक विवाद

१७ भदौ, काठमाडौं । रौतहटको माधवनारायण नगरपालिका-२, खेसरहियास्थित हनुमान मन्दिरका पुजारी राम शाहको आर्थिक विवादका कारण हत्या भएको खुलेको छ । प्रहरीले भारतबाट दुईजना अभियुक्तलाई पक्राउ गरेर नेपाल ल्याएपछि हत्याको कारण खुलेको हो । प्रदेश नं. २ प्रहरी प्रमुख डीआईजी धिरजप्रताप सिंहका अनुसार पक्राउ परेका मध्ये रामनरेश पटेलका बुबाले पुजारीसँग ब्याजमा लिएको रकम तिर्ने क्रममा […]

झापामा एक पुरुषको घाँटी काटेर हत्या

१७ भदौ, झापा । शिवसताक्षी नगरपालिकास्थित बजारबाट एक किलोमिटर उत्तर रतुवामाई वृक्षरोपण आयोजनाको जंगलमा एक जना पुरुषको शव भेटिएको छ । घाँटी काटिएको अवस्थामा स्थानीय २८ वर्षीय गोमानसिंह मगरको शव भेटिएको हो । जिल्ला प्रहरी कार्यालय, झापाका प्रमुख एसपी कृष्णप्रसाद कोइरालाका अनुसार मगरको शवलाई पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ । […]