- Home
- नेविसंघ
नेविसंघ
२४ असार, काठमाडौं । नेपाल विद्यार्थी संघले पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धि तत्काल खारेज गर्न माग गर्दै ज्ञापन पत्र बुझाएको छ । कोरोनाले आम उपभोक्ताको आम्दानी घटेको र रोजगारी गुमेको अवस्थामा पेट्रोलिय पदार्थको मूल्य वृद्धि गरिनु आफैंमा अमानवीय कार्य भएको भन्दै तत्काल मूल्य वृद्धि खारेज गर्नुपर्ने नेविसंघको भनाइ छ । संघका अध्यक्ष राजीव ढुँगानाको नेतृत्वमा […]
१९ असार, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भाषण मात्र गर्दै हिँडेको भन्दै नेविसंघका नेताहरुलाई सार्वजनिक कार्यक्रममै थर्काएका छन् । पूर्वसभापति गिरिजाप्रसाद कोइरालाको ९६औं जन्मजयन्तीमा नेविसंघले शुक्रबार शान्तिबाटिकामा राखेको रक्तदान कार्यक्रममा देउवालाई बोलाइएको थियो । कार्यक्रममा साढे २ मिनेट सम्बोधन गरेका देउवाले नेताहरुलाई थार्काएका छन् । ‘सोसल डिस्ट्यान्स भनेको छ, टाँसिएर बसेको छ यहाँ […]
२८ वैशाख, गोरखा । नेपालको भूमि मिचेर भारतले लिपुलेकमा सडक बनाएको विरोध गर्दै नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघले गोरखामा राँके जुलुस निकालेको छ । आइतबार साँझ बिसौनी मोडको भित्री बाटोबाट घ्याम्पेशाल चोक हुँदै हरमटारी चोकसम्म जुलुस निकालेको हो । जुलुसमा सहभागीले ‘भारतीय विस्तारवाद मुर्दावाद, लाचार ओली सरकार राजिनामा दे, हाम्रो भूमि फिर्ता गर, […]
१५ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)का पूर्वमहामन्त्री कुन्दनराज काफ्लेले कोरोना राहत कोषमा दुई लाख रुपैयाँ नगद दिएका छन् । हालै वैवाहिक सम्बन्ध सुरु गरेका काफ्लेले बिहेको खर्च कटौती गरेर राहत कोषमा नगद सहयोग गरेको बताए । सोमबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई उनले नगद हस्तान्तरण गरे । रकम हस्तान्तरण गर्न उनी श्रीमती मेनुकासहित स्वास्थ्य मन्त्रालयमा […]
१२ वैशाख, बुटवल । सरकारले हालै ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेश फिर्ता लिन र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितता छानविनको माग गर्दै नेपाल विद्यार्थी संघले बुटवलमा विरोध प्रदर्शन गरेको छ । लकडाउनकै बीचमा बुटवलको पुष्पलाल चोकमा कालो ब्यानर र प्लेकार्डसहित नेविसंघले प्रदर्शन गरेको हो । संघका केन्द्रीय उपाध्यक्ष मुक्तिराज पौडेल, तरुण दलका क्षेत्रीय अध्यक्ष हसन्त लामा, […]
२७ चैत, काठमाडौं । नेपाल तरुण दल र नेपाल विद्यार्थी संघका नेताहरुले कोरोना (कोभिड-१९) रोकथामका लागि सरकार संवेदनशील नभएको आरोप लगाएका छन् । तरुण दलका पूर्वअध्यक्ष विनोदप्रकाश कायस्थ र उदय शम्शेर राणा, नेविसंघका पूर्वअध्यक्ष महेन्द्र शर्मा, रन्जित कर्ण र नैनसिंह महरले संयुक्त विज्ञप्ति जारी गर्दै आम नागरिक र प्रतिपक्षी दलले पूर्ण रुपमा साथ दिँदा पनि […]
९ फागुन, काठमाडौं । निवर्तमान सञ्चारमन्त्री गोकुल बास्कोटालाई राजीनामा गराएर उन्मुक्ति दिन खोजिएको भन्दै नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध प्रदर्शन गरेको छ । सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद प्रकरणमा ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि राजीनामा दिएका बास्कोटालाई यत्तिकै उन्मुक्ति नदिइ छानबिन गरी कानुनी कारबाही गर्न नेविसंघले माग गरेको छ । बास्कोटाले अडियोमा ‘माथि’ र […]
१६ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस भातृ संगठन नेपाल विद्यार्थी संघको केन्द्रीय तर्थ समितिको गठन गरेका छन् । जसअनुसार अध्यक्षमा ४६ वर्षीय राजीव ढुंगाना, महामन्त्री मनोज वैद्य र महेश्वरी कुँवर रहेका छन् । तदर्थ समितिलाई ६ महिनाभित्र नेविसंघको १२ औं महाधिवेशन गर्ने जिम्मेवारी तोकिएको छ । सुनसरी घर भएका राजीव विगतमा […]
२२ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्यालीसहितको प्रदर्शनमा […]
२२ असार, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले सरकारविरुद्ध काठमाडौंमा प्रदर्शन गरेको छ । भारत र तेस्रो मुलुकबाट नेपालमा आयात हुने तरकारी तथा फलफूलको विषादी परीक्षण गर्ने निर्णयबाट सरकार पछि हटेको भन्दै नेविसंघले प्रदर्शन गरेको हो । भारतीय दबावमा विषादी परीक्षण रोकेको भन्दै नेविसंले सरकार जनताको पक्षमा टिक्न नसकेको आरोप लगाएको छ । र्यालीसहितको प्रदर्शनमा […]
१७ वैशाख, काठमाडौं । नेपाल विद्यार्थी संघको नेतृत्वमा ११ विद्यार्थी संगठनहरुले सरकारविरुद्ध प्रदर्शन गरेका छन् । प्रतिपक्षमा रहेका राजनीति दलहरु सम्बद्ध विद्यार्थी संगठनहरुले मंगलबार माइतीघर मण्डलादेखि नयाँ वानेश्वरसम्म र्यालीसहित प्रदर्शन गरेका हुन् । सार्वजनिक जग्गासमेत सत्तारुढ दलको नेताको नाममा हडप्ने काम गरिएको, मुलुकमा बढ्दो भ्रष्टाचार, हत्या, हिंसालगायतका घटना नियन्त्रण गर्न सरकारको ध्यान नगरेको उनीहरूको आरोप छ […]
१७ चैत, काठमाडौं । पोखरा विश्वविद्यालय अन्तर्गतका केही कलेजहरुले नियमविपरित विद्यार्थी भर्ना लिएको र ती विद्यार्थी परीक्षामा सहभागी हुन बन्चित भएको भन्दै प्रदर्शनमा उत्रिएका नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले नियन्त्रणमा लिएको छ । नवराज त्रिपाठीको अगुवाइमा नेविसंघका कार्यकर्ताहरुले बिभिन्न कलेजहरुमा कालो ब्यानर राख्दै ‘माफिया’ लेखेका थिए । त्रिपाठीसहित १० जना नेविसंघका कार्यकर्ताहरुलाई प्रहरीले आइतबार रत्नराज्य स्कुल अगाडिको […]
१० चैत, डोटी । डोटीको शिक्षा विकास तथा समन्वय इकाइका प्रमुख अनन्तकुमार पौड्याललाई नेपाल विद्यार्थी संघ (नेविसंघ) का विद्यार्थीहरुले कालोमोसो दलेका छन् । आइतबार दिउँसो करिव साढे एक बजेको समयमा नेविसंघ कार्यकर्ताले प्रमुख पौड्याललाई कार्यकक्षमै कालोमोसो दलेका हुन् । विद्यालय शिक्षा परीक्षा (एसइई)को अनुगमनपछि दिउँसो कार्यकक्षमा आएका पौड्याललाई १०/१२ जनाको समूहमा आएका उनीहरुले कालोमोसो दलेका […]
१२ फागुन, काठमाडौं । नेपाली कांग्रेस पार्टी कार्यालय, सानेपा परिसरमा भएको नेविसंघको प्रदर्शनका क्रममा झडप भएको छ । नेविसंघमा ३२ वर्षे उमेर हद राख्ने र नराख्ने पक्षबीच झडप भएको हो । स्थितिले उग्र रुप लिएपछि प्रहरले लाठी चार्ज पनि गरेको थियो । त्यसक्रममा पत्रकार केशव साउद पनि घाइते भएका छन् । हाल पार्टी कार्यालयभित्र विद्यार्थी […]
१२ फागुन, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले पार्टी केन्द्रीय कार्यालय सानेपामा आज विरोध प्रदर्शन गर्दैछ । पाटी नेताहरुमा अराजकता, अनुशासनहीनता र अन्तरघात गर्ने प्रवृत्ति बढेको भन्दै नेविसंघले प्रदर्शन गर्न लागेको हो । आजै पार्टी केन्द्रीय कार्यालयमा सानेपामा कांग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ । त्यसअगाडि खबरदारी गर्न विद्यार्थीहरुले प्रदर्शन गर्न लागेका हुन् । प्रदर्शनको नेतृत्व नेविसंघ […]
६ फागुन, काठमाडौं । आन्तरिक किचलोमा फसेको नेपाल विद्यार्थी संघ (नेविसंघ)मा ३२ वर्षे उमेर हद कार्यान्वयन गर्न विद्यार्थीहरुले माग गरेका छन् । बहुमतले पारित भएको विधान कार्यान्वयन गरिनुपर्ने भन्दै निवर्तमान कुन्दनराज काफ्ले समूहले सोमबार विज्ञप्ति प्रकाशित गरी नेतृत्वको ध्यानाकर्षण गराएको हो । नैनसिंह महरले अध्यक्षबाट राजीनामा दिएसँगै ११ औं अधिबेशनबाट निर्वाचित कार्यसमिति विगठन भएको छ […]
२८ माघ, काठमाडौं । नेपाली कांग्रेसको विद्यार्थी संगठन नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिएका छन् । सोमबार पार्टी अध्यक्ष शेरबहादुर देउवालाई राजीनामा बुझाएका हुन् । ‘पार्टीले अर्को निर्णय नभइन्जेलसम्म यसैलाई निरन्तरता दिने भन्यो तर अहिलेसम्म निर्णय गरेन,’ अध्यक्ष महरले राजीनामा दिनुअघि अनलाइनखबरसँग भने, ‘खाली पदमा मात्र बसिराख्ने, लिजिटिमेसी पनि सकिने कुरा मलाई मन परेन […]
२४ माघ, पोखरा । पोखरा महानगरपालिका घेराउ गर्न पुगेका नेपाल विद्यार्थी संघका ७ जना विद्यार्थीलाई प्रहरीले पक्राउ गरेर छोडेको छ । यसअघि गाडी जलाएको आरोप पक्राउ परी हिरासतमा रहेका विद्यार्थी रिहाइको माग गर्दै पोखरा महानगर पुगेका विद्यार्थीलाई प्रहरीले पक्राउ गरेको हो । विद्यार्थीले महानगरपालिका शिक्षा महाशाखाको काममा बाधा पुर्याएको आरोपमा ७ विद्यार्थीलाई पक्राउ गरी कार्यालय […]
२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि […]
२१ माघ, पोखरा । नेपाल विद्यार्थी संघका विद्यार्थीर्ले आफ्नै नेता गगन थापालाई कालोझण्डा देखाएका छन् । कांग्रेसले पोखरामा आयोजाना गरेको विरोध कार्यक्रमलाई सम्बोधन गर्न मञ्चमा उक्लिएका थापाले नेवि संघकै विद्यार्थीले नेता गगन थापालाई कालो झण्डा देखाएका छन् । नेविसंघले शनिबार पोखरा महानगरपालिकाको शिक्षा महाशाखाको गाडी जलाएको थियो । तर, गगनले त्यसलाई निन्दनीय भनेपछि पोखरामा नेवि […]
२० माघ, काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले नेविसंघले सरकारी गाडी जलाउनु निन्दनीय भएको बताएका छन् । नेविसंघका पूर्व नेतासमेत रहेका थापाले यस्ता कामलाई दुरुत्साहन गर्न डटेर लाग्ने पनि बताएका छन् । सरकारविरुद्ध आन्दोलनरत कांग्रेसको विद्यार्थी संगठन नेविसंघले सरकारी गाडीहरुमा आगजनी र तोडफोड गर्दै आएको छ । जनताबाट लिएको करबाट जोडिएका सरकारी सम्पत्तिमा […]