Comments Add Comment

न्यायाधीश

List Grid
न्यायाधीशले मुद्दा नहेरेको भन्दै वकिल नै आमरण अनशनमा !

९ असार, काठमाडौं । आफूले दर्ता गरेको सार्वजनिक सरोकारको एउटा निवेदनलाई सर्वोच्च अदालतले सुनवाई गर्न विलम्ब गरेको भन्दै अधिवक्ता पूर्णचन्द्र पौडेल बुधबारबाट आमरण अनशनमा बसेका छन् । न्यायपरिषदले सर्वोच्च अदालतमा नियुक्तिका लागि गरेको सिफारिस गैरसंवैधानिक दाबी गर्दै दायर गरेको रिट निवेदन अदालतले नियतवश सुनुवाइ नगरेको भन्दै उनी अनशनमा बसेका अाजको राजधानी दैनिकमा समाचार छ । […]

सभापति चयन लगतै प्रस्तावित न्यायाधीश र राजदूतको सुनुवाइ

६ असार, काठमाडौं । संसदीय विशेष सुनुवाइ समितिले सभापति चयन लगतै प्रस्तावित न्यायाधीश र राजदूतहरुको सुनुवाइ सुरु गर्ने भएको छ । व्यवस्थापिका संसदले आइतबार संसद नियमावली पास गर्दै १५ सदस्यीय समिति बनाएको थियो । गठन भएको भोलिपल्टै सोमाबार समितिको पहिलो बैठक बसेको छ । जेष्ठ सदस्य कुलबहादुर गुरुङको अध्यक्षमा बसेको बैठकले कार्यविधिबारे प्रस्ताव बनाउन तीन […]

बरियताक्रमको पुछारमा पारिएपछि न्यायाधीशले हाले न्यायपरिषदविरुद्ध मुद्दा

३ असार, काठमाडाैं । न्यायाधीशको विवरण प्रकाशन गर्दा अवमूल्यन गरी आफूलाई बरियताक्रमको पुछारमा पारिएको बताउँदै पुनरावेदन अदालतका एक न्यायाधीशले न्यायपरिषदविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता गरेका छन् । न्याय क्षेत्रमा पुर्‍याएको योगदानको परिषदबाट कदर नभएको प्रश्न उठाउँदै पुनरावेदन अदालत हेटौंडाका न्यायाधीश डा. सलाहुद्दिन अख्तर सिद्दिकीले रिट दायर गरेका छन् । सिद्दिकी मुस्लिम समुदायबाट हिन्दुशास्त्रअन्तर्गतको  मनुस्मृतिमा गत […]

तारिख खेप्दै न्यायाधीश !

३१ जेठ, काठमाडौं । ठगी मुद्दामा भएको थुना आदेशलाई लिएर दर्ता भएको एक रिटमा जिल्ला न्यायाधीशलाई नै जबाफ लिएर हाजिर हुनज सर्वोच्च अदालतले आदेश दिएपछि न्यायाधीश मुद्दा खेप्ने झगडियाजस्तो बन्नेपरेको भन्दै भक्तपुर जिल्ला अदालतले आपत्ति जनाएको छ । दर्ता नै गर्न नमिल्ने रिटलाई सर्वोच्चले संविधान र ऐनविपरीत असाधारण क्षेत्राधिकार ग्रहरण गरी दर्ता गरेको भन्दै भक्तपुर […]

पूर्वन्यायाधीशहरुले भने- न्यायपालिकामा खतरा बढ्यो

३० जेठ, काठमाडौं । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुले दुष्ट भाव भएका बाहिरी तथा भित्री तत्वहरुबाट न्यायपालिकालाई झन् झन् खतरा बढ्दै गएको निष्कर्ष निकालेका छन् । पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरुको शनिकार राजधानीको एक होटलमा बैठक बसी न्यायपालिकालाई आफ्नो पकडमा राख्न खोज्ने र आफ्नो पकडका मान्छेलाई न्यायाधीश बनाउन खोज्नेहरुबाटै झन्झन खतरा बढ्दै गएको निष्कर्ष निकालेका हुन् । पूर्वप्रधानन्यायाधीश केदारनाथ […]

सांसद खातुनसहित १९ जनाविरूद्ध मुद्दा दायर

१७ वैशाख, कलैया । नेपाल बार एसोसिएसन बाराले जिल्ला न्यायाधीश भोजराज शर्मामाथि दुर्व्यवहार गर्ने १९ जना विरुद्ध मुद्दा दर्ता गरेको छ । न्यायाधीशको इजलासमा बसी न्याय सम्पादन गरिरहेको अवस्थामा सांसद नेजमा खातुनको नेतृत्वमा गएको जमातले बुधबार इजलासमा तोडफोड गरी उनीविरुद्ध अभद्र व्यवहार गरेको थियो । अदालत र न्यायाधीशको अवहेलना गरेको आरोपमा उनीहरु विरुद्ध जिल्ला अदालतमा बिहीबार […]

प्रधानमन्त्रीले माफी नमागेसम्म न्यायाधीश र राजदूतको सुनवाइ हुँदैनः पौडेल

८ वैशाख, काठमाडौं । प्रधानमन्त्रीले माफी नमागेसम्म प्रस्तावित न्यायाधीश र राजदूतहरूको संसदीय सुनुवाइ नहुने नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले बताएका छन् । संसदीय सुनवाइ समिति कायमै छ भनेर आत्मालोचनासहित प्रधानमन्त्री केपी शर्मा ओलीले माफी माग्नुपर्ने उनले बताए । रिपोर्टर्स क्लबले बुधबार आयोजना गरेको साक्षात्कारमा नेता पौडेलले भने, ‘ प्रधानमन्त्रीले नै संसदीय सुनवाइ समिति छैन भनेर […]