Comments Add Comment

परीक्षा

List Grid
विरोधपछि विराटनगरमा कक्षा ११ को परीक्षा स्थगित

१३ असोज, विराटनगर । विराटनगर महानगरपालिकाले कक्षा ११ को परीक्षा स्थगित गरेको छ । विद्यार्थी र अभिभावकबाट विरोध भएपछि महानगरपालिकाले परीक्षा तत्कालका लागि स्थगित गरेको हो । महानगरपालिकाले असोज २५ देखि कात्तिक ३ गतेसम्मका लागि परीक्षा तालिका सार्वजनिक गरेको थियो । दशैको मुखमा अभिभावकबाट शुल्क असुल्न खोजेको भन्दै अभिभावक र विद्यार्थीहरुले विरोध जनाएका थिए । […]

एसईई परीक्षा शुल्क फिर्ता गर्न अभिभावकको माग

१३ असोज, काठमाडौं । अभिभावकहरूले माध्यमिक शिक्षा परीक्षा (एसईई) का लागि उठाइएको परीक्षा शुल्क फिर्ता गर्न माग गरेका छन् । नोवेल कोरोना भाइरस (कोभिड–१९) कारण सरकारले परीक्षा सञ्चालन नगरेपछि अभिभावकहरूले शुल्क फिर्ता मागेका हुन् । नेपाल अभिभावक महासंघका अध्यक्ष सुप्रभात भण्डारी भन्छन्, ‘परीक्षा नै सञ्चालन नभएपछि सबै विद्यार्थीले तिरेको परीक्षा शुल्क फिर्ता गर्नुपर्दछ ।’ एसईईका […]

‘पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निर्णय कार्यान्वयन नगर्नू’

११ असोज, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पीसीआर टेष्ट गरेर मात्र परीक्षामा सहभागी गराउने निजी मेडिकल कलेजहरुको निर्णय कार्यान्वयन नगर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा. जोगेश्वर गौतमका अनुसार पछिल्लो समय निजी मेडिकल कलेजहरुले परीक्षामा सहभागी हुन पीसीआर टेष्ट अनिवार्य गरेको खबर आएको छ । उनले भनेका छन्, ‘यो निर्णयलाई बैज्ञानिक आधारले पुष्टि […]

लोक सेवाले लिने भयो रोकिएका परीक्षा, नयाँ तालिका सार्वजनिक

९ असोज, काठमाडौं । लोक सेवा आयोगले लकडाउनका कारण रोकिएका परीक्षाहरुको नयाँ तालिका सार्वजनिक गरेको छ । आयोगले शुक्रबार शाखा अधिकृत, नायब सुब्बा र स्थानीय तहतर्फ सहायक महिला विकास निरीक्षक पदको परीक्षा तालिका सार्वजनिक गरेको हो । आयोगका सूचना अधिकारी देवीप्रसाद सुवेदीका अनुसार न्याय सेवातर्फका अधिकृत पदको पहिलो, दोस्रो र तेस्रो पत्रको परीक्षा क्रमशः कात्तिक […]

छठलगत्तै सबै विषयका परीक्षा गर्ने त्रिविको तयारी

७ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले कोभिड–१९ का कारणले रोकिएका परीक्षा सञ्चालनको तयारी गरेको छ । त्रिवि कार्यकारी परिषद्, परीक्षा सुधार तथा समन्वय परिषद् र केन्द्रीय परीक्षा सञ्चालन समितिको मङ्गलबार बसेको बैठकले छठलगत्तै रोकिएका परीक्षा सञ्चालन गर्न तयारी गर्न सम्बन्धित कार्यालयलाई निर्देशन दिने निर्णय गरेको हो । त्रिविले विद्यार्थीलाई पायकपर्ने ठाउँबाट नै परीक्षा […]

सुदूरपश्चिमाञ्चल विश्वविद्यालयको परीक्षा अनलाइनबाटै

२४ भदौ, डोटी । सुदूरपश्चिम विश्वविद्यालयले कोरोना महामारी (कोभिड–१९) का कारण प्रभावित भएका परीक्षा अनलाइन माधयमबाटै सञ्चालन गर्ने भएको छ। विश्वविद्यालयको परीक्षा नियन्त्रण कार्यालयले असोज दोस्रो सातादेखि सञ्चालन हुने गरी सबै संकायका स्नातक तह तेस्रो शत्रका परीक्षा, इन्जिनियरिङको स्नातक तह पहिलो र तेस्रो शत्र र स्थानीय तह कृषि विज्ञान बिषयका पहिलो र तेस्रो शत्रका परीक्षा […]

घरैबाट परीक्षा दिँदा पालना गर्नुपर्ने १६ नियम, पुनर्योग नहुने

१७ भदौ, काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालय (पूवि)ले ‘टाइम बाउन्ड होम एक्जाम’ परीक्षा सञ्चालन गर्दा क्याम्पस÷कलेज र परीक्षार्थीले पालना गर्नुपर्ने नियम तयार पारेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९)ले गर्दा विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा दिन नसक्ने भएपछि पूविले वैकल्पिक विधि अर्थात् ‘टाइम बाउन्ड होम एक्जाम’ लिन लागेको हो । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर […]

कोरोनाका कारण सेमेस्टर परीक्षा घरबाटै

१५ भदौ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण विद्यार्थीहरू केन्द्रमा उपस्थित भएर परीक्षा सञ्चालन गर्न नसक्ने भएपछि पूर्वाञ्चल विश्वविद्यालयले वैकल्पिक (टाइम–बाउन्ड होम एक्जाम) विधिबाट परीक्षा लिने भएको छ । सेमेस्टर प्रणाली अन्तर्गत स्नातक र स्नातकोत्तर तहको परीक्षा वैकल्पिक विधिबाट सञ्चालन गर्न लागिएको पूर्वाञ्चल विश्वविद्यालयका परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाले जानकारी दिए । पूर्वाञ्जल […]

भदौ मसान्तसम्म विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न नपाइने

१५ भदौ, काठमाडौं । सरकारले नोवेल कोरोना भाइरस (कोभिड-१९) का कारण स्थगित परीक्षा भदौ महिनाभरी सञ्चालन गर्न नपाइने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले ‘विद्यार्थी भर्ना, शैक्षिक र अन्य परीक्षा सञ्चालन’ १ असोजबाट मात्रै गर्न दिने निर्णय गरेको सरकारका प्रवक्ता समेत रहेका सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । […]

चिकित्सक लाइसेन्स परीक्षा सञ्चालन गर्न पाइने

१५ भदौ, काठमाडौं । सरकारले चिकित्सक दर्ता प्रमाणपत्र परीक्षा सञ्चालन अनुमति दिएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले आवश्यक सुरक्षा व्यवस्था मिलाएर परीक्षा सञ्चालन गर्न दिने निर्णय गरेको सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले जानकारी दिए । ‘जनस्वास्थ्य तथा सुरक्षाका मापदण्ड पालना गर्ने गरी प्रत्येक परीक्षार्थीको चारैतर्फबाट कम्तीमा दुई दुई दुरी […]

त्रिविले तत्काल परीक्षा सञ्चालन नगर्ने, परीक्षाको जिम्मा डीन कार्यालयलाई   

२९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले तत्काल परीक्षा सञ्चालन नगर्ने भएको छ । कोभिड –१९ को संक्रमण बढ्न थालेपछि त्रिविले तत्काल परीक्षा नगर्ने भएको परीक्षा नियन्त्रण कार्यालय (पनिका)का परीक्षा नियन्त्रक पुष्पराज जोशीले जानकारी दिए । यसअघि बन्दाबन्दी खुलेसँगै पनिकाले आगामी भदौ १६ गतेदेखि सेमेष्टर र असोजको पहिलो हप्तादेखि वार्षिक परीक्षाको तयारी गरेको थियो । ‘हामीले […]

सीटीईभीटीको परीक्षा स्थगित

२९ साउन, काठमाडौं । प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) ले भदौ दोस्रो साता लिने भनेको परीक्षा स्थगित गरेको छ । सरकारले विद्यार्थी भर्ना र परीक्षा सञ्चालन १६ भदौबाट मात्रै गर्न पाइने निर्णय गरेपछि परीक्षा स्थगित गरेको सिटीईभीटीका प्रवक्ता अनोज भट्टराईले जानकारी दिए । १ भदौबाट परीक्षा सञ्चालन गर्न पाइने सरकारको निर्णय अनुसार सीटीईभीटीले […]

कक्षा ११ का विद्यार्थीको परीक्षा शुल्क फिर्ता हुने

२१ साउन, काठमाडौं । वार्षिक परीक्षा विद्यालय नै लिने भएपछि कक्षा ११ का विद्यार्थीले राष्ट्रिय परीक्षा बोर्डमा बुझाएको परीक्षा शुल्क फिर्ता हुने भएको छ । परीक्षार्थीले बुझाएका ६०० रुपैयाँमध्ये ४०० फिर्ता गरिने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । परीक्षा सञ्चालन तयारीमा भएको खर्चबापत प्रति विद्यार्थी रु. २०० कट्टा हुने बोर्डले जनाएको छ । […]

त्रिवि चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित

१९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको चिकित्सा शास्त्र अध्ययन संस्थानले भदौ ८ गतेदेखि हुने भनिएको चिकित्सा शास्त्रको स्नातक तहको परीक्षा स्थगित गरेको छ । कोरोना संक्रमणको जोखिम कायमै रहेको, कतिपय जिल्लामा निषेधाज्ञा जारी गरिएको र प्राकृतिक प्रकोपका कारण स्थलमार्ग सञ्चालन नभएकाले स्थगित गरिएको परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । अवस्थामा सुधार आउनासाथ परीक्षा तालिका प्रकाशित […]

कक्षा ११ को परीक्षा लिन लागेको भन्दै रुपन्देहीमा विरोध प्रदर्शन

१८ साउन, बुटवल । कोरोना महामारीको त्रासकै बेला परीक्षा लिन लागेको भन्दै कक्षा ११ का विद्यार्थीले बुटवलमा सरकार र उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ (हिसान) विरुद्ध प्रदर्शन गरेका छन् । कोरोना महामारीका कारण कक्षा ११ को परीक्षा नलिने भने पनि सरकारले निर्णय परिवर्तन गरी एक्कासी परीक्षा लिने भनेर मानसिक तनाव दिएको भन्दै विरोध प्रदर्शन […]

पोखरा विश्वविद्यालयको परीक्षा भदौ अन्तिमदेखि

१२ साउन, काठमाडौं । पोखरा विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड-१९) महामारीका कारण स्थगित परीक्षा भदौ अन्तिममा सुरु गर्ने भएको छ । भदौ अन्तिममा सुरु गरेर दशैं अगाडि नै परीक्षा सम्पन्न गरिसक्ने विश्वविद्यालयद्वारा सूचनामा उल्लेख छ । लामो दुरीका गाडीहरू भदौदेखि मात्रै खुल्ने र विद्यार्थीहरू देशका विभिन्न भागमा छरिएर रहेकाले भदौ सुरुमा परीक्षा सञ्चालन गर्न नसकिने […]

त्रिविमा व्यवस्थापन संकायको परीक्षा भदौ दोस्रो सातादेखि

९ साउन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायले यसअघि स्थगित भएको स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो सातादेखि सञ्चालन गर्ने भएको छ । व्यवस्थापन संकायको डीन कार्यालयले शुक्रबार सूचना जारी गरी स्नातकोत्तर तहको परीक्षा भदौ दोस्रो हप्तादेखि र स्नातक प्रथम, दोस्रो, पाँचौं तथा सातौं तहका सत्रान्त परीक्षा भदौ तेस्रो साता सञ्चालन गर्ने बताएको छ । नयाँ […]

कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी

७ साउन, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा असोजमा गर्ने तयारी गरेको छ । सरकारले १ भदौदेखि परीक्षा सञ्चालन अनुमति दिएसँगै बोर्डले तयारी अगाडि बढाएको छ । असोज १५ गतेभित्र परीक्षा सम्पन्न गर्ने योजना रहेको बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिए । उनले भने, ‘कक्षा १२ को परीक्षा १५ असोजमा सम्पन्न […]

पूर्वाञ्चल विश्वविद्यालयले भदौ पहिलो साता परीक्षा लिने

७ साउन, काठमाडौं । पूर्वाञ्जल विश्वविद्यालयले नोवेल कोरोना भाइरस (कोभिड–१९) लक्षित लकडाउनका कारण रोकिएको परीक्षा भदौ पहिलो साता सञ्चालन गर्ने भएको छ । परीक्षा नियन्त्रक प्रा.डा. सूर्यप्रसाद संग्रौलाद्वारा बुधबार जारी सूचनामा यो विश्वविद्यालय अन्तर्गतका क्याम्पस र कलेजहरूमै परीक्षा केन्द्र कायम हुने उल्लेख छ । सरकारले भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन खुल्ला गर्ने […]

यो हो विश्वकै कठिन प्रवेश परीक्षा

चीनमा हरेक वर्ष २ दिनका लागि भयंकर द्विविधा छाउने गर्दछ । ती दुई दिनमा चीनका दशौँ लाख किशोर किशोरीहरुले आफ्नो भविष्य दाउमा लगाउँछन् । यो वर्ष जुलाईको ७ र ८ तारेखमा चीनका हाइस्कुल पास गरेका करीब १ करोड ७ लाख किशोर किशोरी विद्यार्थीहरु कलेज पढ्नका लागि कठीन प्रवेश परीक्षामा सामेल भए । दुनियाँकै धेरै विद्यार्थी […]

कक्षा ११ को परीक्षा पनि नलिन नेविसंघको माग

३२ जेठ, काठमाडौं । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले कक्षा ११ को परीक्षा पनि नलिन सरकारसँग माग गरेको छ । आइतबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेललाई ज्ञापनपत्र बुजाउँदै नेविसंघले ११ को परीक्षा पनि एसईईको जस्तै आन्तरिक मूल्याङ्कन पद्दतिमार्फत टुङ्ग्याउन माग गरेको हो । कक्षा १२ को परीक्षा भने कोरोना महामारीको जोखिम कम भएपछि नजिकको विद्यालयले […]