Comments Add Comment

पर्यटक

List Grid
यी हुन् पर्यटकले मन पराएका प्रमुख १० ल्याण्डमार्क

२४ असार, काठमाडौं । प्रख्यात ट्राभल अनलाइन ट्रिप एडभाइजरले नेपालका प्रमुख ल्याण्डमार्कको सूचि सार्वजनिक गरेको छ । नेपाल घुम्न आएका विश्वभरीका पर्यटकको रोजाइका आधारमा ट्रिप एडभाइजरले प्रमुख ल्याण्डमार्क सार्वजनिक गरेको हो । ट्रिप एडभाइजरले हरेक वर्ष पर्यटकको भोटिङका आधारमा विश्वभरीका ल्याण्डमार्कहरु सार्वजनिक गर्दै आएको छ । नेपालको बौद्धनाथ स्तुपा एशियाका प्रमुख २५ ल्याण्डमार्कको सूचिमा पर्न […]

चरा ठोक्किएको वायुसेवा निगमको ‘एयरबस’ बनाउन एक साता लाग्ने

२३ असार, काठमाडौं । बिहीबार बिहान चरा ठोक्किएर ग्राउन्डेड भएको नेपाल वायुसेवा निगमको जहाज मर्मत गर्न १ साता लाग्ने भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एयरबस ३२० जहाज विहान १०:०५ बजे हङकङका लागि उड्न धावनमार्गमा गुडिरहेका बेला चरा आएर ठोक्किएको थियो । चरा ठोक्किएपछि जहाजलाई आकस्मिक रूपमा रोकिएको थियो । जहाजमा ५८ प्यासेञ्जर र ८ जना चालक दलका […]

हिमालय एयरलाइन्सले कतारमा दैनिक उडान शुरु गर्ने

२३ असार, काठमाडौं । निजी क्षेत्रको हिमालय एअरलाइन्सले कतारको दोहामा दैनिक उडान सेवा सञ्चालन गर्ने भएको छ । यात्रुहरुको मागलाई सम्बोधन गर्दै हिमालयले असार २७ गतेदेखि दोहामा दैनिक उडान सञ्चालन गर्न लागेको हो । एअरलाइन्सले उडानको लागि अहिलेकै समय तालिका कायम गर्ने जनाएको छ । हिमालयको विमान हरेक दिन काठमाडौंबाट राती ११ बजे (स्थानीय समय) […]

सगरमाथाको फोहर तारा एयरले निःशुल्क ढुवानी गर्ने

२३ असार, सोलुखुम्बु । सोलुखुम्बुको सगरमाथा क्षेत्रबाट निस्कने फोहरलाई तारा एयरलाइन्सले निःशुल्क ढुवानी गर्ने भएको छ । सगरमाथा प्रदर्शन नियन्त्रण समिति (एसपिसिसी)ले सगरमाथा क्षेत्रको विभिन्न गाउँ, हिमालका आधारशिविर आदि स्थानबाट संकलन गरेको फोहरलाई तारा एयरलाइन्सले ढुवानी गर्ने भएको एसपिसिसीले जनाएको छ । प्रत्येक वर्ष सरसफाइ अभियान नै चलाएर एसपिसिसीले सगरमाथा प्रवेशद्वार नाम्चेदेखि सगरमाथाको आधारशिविरसम्मको फोहर संकलन […]

चीनबाट जम्बो टोली आएर मर्मत गरिदियो एमए-६० विमान

२२ असार, काठमाडौं । चिनियाँ जहाज निर्माता कम्पनी एभिक इन्टरनेशनल होल्डिङ्सको ठूलो प्राविधिक टोली नेपालमा आएर मोडर्न आर्क (एमए) ६० जहाज मर्मत सम्भार गरेको छ । चीनबाट आएका ९ जना इञ्जिनियर र एक जना एक्चुअरीले १० दिन लगाएर जहाजको एयर फ्रेम, इञ्जिन र कन्ट्रोल सिष्टम मर्मत गरेका हुन् । यो जहाज हरेक दुई वर्षमा सर्भिसिङ […]

थामखर्क विमानस्थलमा उडान स्थगित

१९ असार, खोटाङ । खोटाङको दक्षिणी क्षेत्रमा पर्ने थामखर्क विमानस्थलमा उडान स्थगित भएको छ । लगातारको वर्षासँगै मौसममा खराबी आएपछि आउँदो असोजसम्मका लागि उडान स्थगित गरिएको हो । केही दिनदेखि लगातार वर्षा भएपछि नागरिक उड्डयन मन्त्रालयले पत्र पठाएर उडान स्थगन गर्न निर्देशन दिएको विमानस्थलका स्टेसन इन्चार्ज नरेन्द्र उदासले जानकारी दिए । नेपाल एयरलायन्सको विमानले साताको मंगलबार […]

कृषि र होटेलमा लगानी गर्न पर्यटनमन्त्रीको आग्रह

१९ असार, दोलखा । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री आनन्दप्रसाद पोखरेलले कृषि र होटेल क्षेत्रमा लगानी गर्न आह्वान गरेका छन् । सदरमुकाम चरीकोटमा स्वतन्त्र ऊर्जा उत्पादकको संस्था, नेपाल इपानले आयोजना गरेको कार्यक्रममा उनले जलविद्युत्मा लगानी गर्दा ढिलो मुनाफा आउने भएकाले व्यावसायिक कृषिमा लगानी गरे छिटो नाफा लिन सकिने बताए । उनले जलविद्युत्मा लगानी गर्न गरिब जनताले […]

आन्तरिक हवाइ भाडा घट्यो, कहाँ पुग्न कति ? (सूचीसहित)

१९ असार, काठमाडौं । नेपाल आयल निगमले हवाई इन्धनको मूल्य घटाएपछि आन्तरिक वायुसेवा कम्पनीले हवाइ भाडा घटाएका छन् । वायुसेवा सञ्चालक संघले सोमबारदेखि लागू हुने गरी नयाँ हवाइ भाडादर तोकेको हो । सञ्चालक संघको मंगलबार बसेको बैठकले हवाई भाडा घटाउने निर्णय गरेको हो । काठमाडौंबाट सबैभन्दा नजिकको गन्तव्य सिमरामा प्रतियात्रु ११५ रुपैयाँ घटाइएको छ भने […]

पर्यटकको आकर्षक गन्तव्य साकेतधाम

१९ असार, कञ्चनपुर । कञ्चनपुरको भीमदत्तनगरपालिका–३ तिलकपुरमा रहेको साकेतधाम आन्तरिक र बाह्य पर्यटकको आकर्षक गन्तव्य वन्दै गएको छ । जिल्ला सदरमुकाम महेन्द्रनगरबाट झन्डै पाँच किलोमिटर उत्तरतर्फ पर्ने साकेतधाम विष्णु मन्दिर र वरिपरिको दृश्य नियाल्नका लागि दैनिक आन्तरिक र बाह्य पर्यटक पुग्ने गर्छन् । यहाँको मनोरम दृश्य र शान्त वातावरणमा रम्नका लागि पर्यटक पुग्ने गरेका हुन् । […]

सगरमाथा सिजन सकियो : यी हुन् यस वर्षका हाइलाइट्स

१४ असार, काठमाडौं । विगत दुई वर्षदेखि रोकिएको सगरमाथा आरोहण यस वर्ष सफल रुपमा सम्पन्न भयो । भर्खरै सकिएको स्प्रिङ सिजनमा ३० देशका ४ सय ५६ आरोही सगरमाथाको चुचोरोमा पुग्न सफल भएका छन् । यसले पर्वतीय पर्यटनमा पुनः तरङ्ग ल्याइदिएको छ । हुदहुद आँधी र भूकम्पले दुई वर्षदेखि सगरमाथा आरोहण रोकिएको थियो । एकपछि अर्को […]

तंग्रिदै पर्यटन उद्योग, ५ महिनामा भित्रिए २ लाख ३६ हजार पर्यटक

१४ असार, काठमाडौं । विनाशकारी भूकम्प र भारतीय नाकाबन्दीले सुस्ताएको नेपाली पर्यटन विस्तारै जुर्मुराउन थालेको छ । अध्यागमन विभागको पछिल्लो तथ्यांकले नेपालमा पर्यटक आगमन बढ्न थालेको देखाएको हो । अंग्रेजी वर्ष सन् २०१६ को पहिलो पाँच महिनामा २ लाख ३५ हजार ७२४ विदेशी पर्यटक नेपाल भित्रिएका छन् । गत वर्षको सोही अवधिमा २ लाख ५९ […]

दैनिक साठी अन्तर्राष्ट्रिय उडान गर्ने गौतम बुद्ध विमानस्थलको लक्ष्य

१३ असार, काठमाडाैं । सन् २०३३ सम्ममा दैनिक ६० अन्तर्राष्ट्रिय उडान भर्ने लक्ष्यका साथ गौतम बुद्ध विमानस्थल निर्माणको प्रक्रिया अगाडि बढाइएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल साँघुरो भएको, कुनै पनि समस्या आउँदा भारत र नजिकका विभिन्न विमानस्थलमा जहाज डाइभर्ट गर्नुपर्ने बाध्यतालाई अन्त्य गर्दै गौतमबुद्ध विमानस्थलको काम अगाडि बढाइएको हो । सन् २०१८ मा निर्माण सम्पन्न गर्ने […]

सौराहामा पर्यटक आकर्षित गर्न दोश्रो पटक ‘रोपाई विशेष’

१३ असार, चितवन । पर्यटकीय नगरी सौराहामा स्वदेशी एवं विदेशी पर्यटकहरुलाई आकर्षित गर्न यस वर्ष पनि ‘रोपाई विशेष कार्यक्रम २०७३’ गरिने भएको छ । नाकावन्दी र भूकम्पपछि सुनसान अवस्थामा रहेको चितवनको पर्यटकीय नगरी सौराहामा दोश्रो पटक पर्यटन व्यवसायीहरुको पहलमा रोपाई विशेष कार्यक्रम आसार १५ मा गरिन लागेको कार्यक्रम संयोजक तथा क्षेत्रिय होटल संघका उपाध्यक्ष भेषराज […]

गौतमबुद्ध विमानस्थललाई निर्माण सामग्रीको अभाव

१२ असार, भैरहवा । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको काम युद्धस्तरमा अगाडि बढिरहेको भए पनि निर्माण सामग्रीको अभावले केही समस्या थपेको छ । आयोजनाका लागि अत्यावश्यकपर्ने गिटी तथा ढुङ्गा, माटोको आपूर्तिमा समस्या पैदा भएको छ भने नेपाल विद्युत् प्राधिकरणले डेडिकेडेट फिडर उपलब्ध नगराउँदा अर्को जटिलता पैदा भएको छ । दैनिक ३०० ट्रक गिटी […]

खप्तडबाबाको कुटीमा पुगेर संसारलाई भुल्ने कोसिस

सरकारले घुमफिर बर्ष ०७३ घोषणा गरेपछि  कुनै न कुनै पर्यटकीय स्थानमा घुमेर देखाइदिने योजना थियो, त्यसैले म लामो दुरीको पदयात्रामा निस्कन चाहन्थें । तर, यात्राको अन्तिम बिन्दु ध्यान शिविर जस्तो होस् भन्ने चाहन्थें म, जहाँ पलेटी कसेर आफ्नो जीवनको कमजोर अनि गलत पक्षलाई ध्यान दिन सकूँ । भयो पनि त्यस्तै । खप्तड बाबाको कुटीमा पुगेर मैले […]

खप्तडमा पूर्व युवराज पारसदेखि पूर्व मुख्यसचिव पौड्यालसम्म

१० असार, काठमाडौं । सुदूरपश्चिमको सुन्दर तथा आर्कषक पर्यटकीय गन्तव्य खप्तडमा पूर्वयुवराज पारस शाहदेखि पूर्व मुख्यसचिव लिलामणी पौड्यालसम्म पुगेका छन् । गंगादशहरा मेलाको अवसर पारेर शाह र पौड्याल खप्तड पुगेका हुन् । एरोलिना ट्राभेल्स एण्ड टुर्स र सुदूरपश्चिम पर्यटन अभियन्ता किशोर खड्काले तयार पारेको टुर प्याकेजमा पूर्व मुख्यसचिव पौड्याल आफ्नो परिवार सहित खप्तड पुगेका हुन् […]

स्थानीयले नै थाले लोमान्थाङ दरबारको पुनर्निर्माण

१० असार, मुस्ताङ । गत वर्ष वैशाख १२ गतेको भूकम्पले जीर्ण भएको लोमान्थाङ दरबारको पुनर्निर्माण सुरु भएको छ । लोमान्थाङका स्थानीयवासी र जर्मन नागरिकको व्यक्तिगत सहयोगमा लोमान्थाङ दरबारको उत्तरपट्टिको भाग मर्मत गर्न लागिएको हो । लामो समयदेखि सरकारी बजेटको आश गरेका लोमान्थाङवासीले जीर्ण भाग खसेर छेउका घर र गुम्बालाई क्षति पुर्याउने देखेपछि पुनःनिर्माण गर्न लागिएको हो […]

डुंगा व्यवसाय : महिला सक्रियता बढ्यो

९ असार, पोखरा । लेखनाथ नगरपालिकास्थित बेगनास तालमा डुंगा चलाउने र माछा मार्ने व्यवसायमा महिला सक्रियता बढेको छ । यस व्यवसायबाट मनग्य आम्दानी हुन थालेपछि महिला आकर्षित बनेका हुन् । बेगनास ताल आसपासका क्षेत्रमा बस्दै आएका २० जनाभन्दा बढी महिला डुङ्गा चलाउने पेसामा सक्रिय बनेका डुंगा चालक सीता हिमालीले बताइन् । ‘आम्दानी मनग्य छ, डुङ्गा […]

रुवान्डामा विनोद चौधरीको पाँचतारे होटल, पहिलो ग्राहक अफ्रिकी मुलुकका राष्ट्र प्रमुख

८ असार, काठमाडौं । चौधरी समूहले अफ्रिकी मुलुक रुवान्डाको किगालीमा जुलाईदेखि लक्जरी होटल सञ्चालनमा ल्याउने भएको छ । रुवान्डामा हुन लागेको अफ्रिकी युनियन (एयु)को शिखर सम्मेलनको अवसर पारी होटल सञ्चालनमा ल्याउन लागिएको हो । किगाली शहरको मुटु सेन्ट्रल बिजनेश डिष्ट्रिकमा रहेको ‘द जिंक किगाली’ होटल रहेको छ । जिंक किगालीका पहिलो ग्राहकहरु सम्मेलनमा भाग लिन […]

चार सामाजिक संस्थालाई यती एयरलाइन्सको १२ लाख सहयोग

८ असार, काठमाडौं । निजी क्षेत्रको वायुसेवा कम्पनी यती एयरलाइन्सले चारवटा सामाजिक संस्थालाई आर्थिक सहयोग गरेको छ । यतीले व्यवसायिक सामाजिक उत्तरदायित्व अन्र्तगत चार संस्थालाई १२ लाख २४ हजार रुपैयाँ सहयोग गरेको हो । सहयोग पाउनेमा संस्थाहरुमा ह्याबिट्याट फर ह्युमानिटी, द युनाइटेड मिसन टु नेपाल (यूएमएन), ब्लिंकनाउ फाउन्डेसन र वल्र्ड भिजन इन्टरनेशनल रहेका छन् । […]

साहसिक पर्यटकीय खेल क्यानोनिङको प्रवर्द्धनमा जोड

८ असार, काठमाडौं । साहसिक पर्यटनमा रुचि राख्ने स्वदेशी एवम् विदेशीका लागि अग्ला झरनाबाट झर्ने क्यानोनिङ (छाँगावरोहण) खेलको नेपालमा प्रशस्त सम्भावना रहेकाले यसको प्रवर्द्धनमा लाग्नुपर्नेमा पर्यटन व्यवसायीले जोड दिएका छन् । हिमाल आरोहण, पदयात्रा, जलयात्रा, प्याराग्लाइडिङ, बञ्जिजम्प जस्तै साहसिक पर्यटकीय गतिविधिका रुपमा हिमाली र पहाडी क्षेत्रमा रहेका अग्ला पहाडका झरनामा क्यानोनिङ खेलको विकास गर्न सकिने […]