Comments Add Comment

पर्यटन

List Grid
नेपालका दुई हिमाल चढेर स्वदेश फर्किए बहराइन राजकुमार

७ कात्तिक, काठमाडौं । बहराइनका राजकुमार मोहम्मद हामद मोहम्मद अल खलिफा मनास्लु र लुवुचो हिमालको सफल आरोहण गरी शुक्रबार स्वदेश फर्किएका छन् । राजकुमार खलिफालाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले त्रिभुवन विमानस्थलमा बिदाइ गरे । राजकुमार खलिफाले हिमालबारे थाहा नभएको आफू नेपालका हिमाल चढ्दा र यहाँको प्राकृतिक सौन्दर्यबाट रोमाञ्चित भएको र नेपालमा […]

सात महिनापछि पुनः सञ्चालनमा आयो पोखरा क्यानोनिङ 

२६ असोज, पोखरा । कोभिड– १९ का कारण बन्द रहेको कास्कीको माछापुच्छ्रे गाउँपालिका–९ स्थित पोखरा क्यानोनिङ सात महिनापछि पुनःसञ्चालनमा आएको छ । कोरोना महामारीको जोखिम उच्च रहे पनि स्वास्थ्य सतर्कताको मापदण्डलाई पूर्णरुपमा पालना गरेर सञ्चालन गर्न लागेको सञ्चालक राम गुरुङले जानकारी दिए । ‘अब कोरोनासँग सधैँ त्रासमा रहेर भन्दा पनि यसबाट जोगिएर कसरी अगाडि बढ्ने […]

धार्मिक शक्तिपीठ कात्तिक १ देखि खोल्ने तयारी

२१ असोज, ताप्लेजुङ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले देशभरका धार्मिक शक्तिपीठलाई कात्तिक १ गतेदेखि खुला गर्ने तयारी भएको बताएका छन्‍ । ओलाङचुङ्गोलास्थित बोर्डर आउट पोष्ट (बिओपी) को उद्घाटनका क्रममा बुधबार गृह जिल्ला ताप्लेजुङ आएका मन्त्री भट्टराईले सुकेटार विमानस्थलमा सञ्चारकर्मीहरुसँग भने, ‘कोभिड–१९ का कारण लामो समयदेखि बन्द रहेका धार्मिक तथा साँस्कृतिक क्षेत्रलाई क्रमशः […]

तनहुँमा पर्यटन गतिविधि बढाउन पदयात्रा

१९ असोज, दमौली । तनहुँको भिमाद नगरपालिका–९ मा रहेका पर्यटकीय गन्तव्यको प्रवर्द्धन गर्दै प्रचारप्रसार गर्ने उद्देश्यले पदयात्रा आयोजना गरिएको छ । कोभिड–१९ को प्रभावले रोकिएका पर्यटकीय गतिविधिलाई अगाडि बढाउने उद्देश्यले पाथर्दी सामुदायिक घरबास व्यवस्थापन समितिले पदयात्राको तयारी गरेको हो । कोभिड–१९ को प्रभावका कारण रोकिएका पर्यटन गतिविधि पुनः सञ्चालन गर्नका लागि पदयात्राको आयोजना गरिएको समितिका […]

देशैभर खुले पर्यटकीय गतिविधि, घुमघाममा भने अझै अन्यौल

१८ असोज, काठमाडौं । सरकारले आन्तरिक हवाई उडान र अन्तरजिल्ला यातायात खुला गरेसँगै देशभर आवतजावत बढेको छ । ६ महिनाभन्दा लामो समयदेखि ठप्प पर्यटकीय गतिविधि समेत बढ्न थालेको छ । नेपाल पर्यटन बोर्ड र निजी क्षेत्रका व्यवसायी घुमफिरका प्याकेजको तयारी र बिक्रीमा लागेका छन् । यसबीचमा सगरमाथा आधार शिविरसम्मको पदयात्रा, रारा ताल र पोखराका गन्तब्यमा […]

एयरलाइन्सका आकर्षक घुमफिर प्याकेज, झस्किए पर्यटन व्यवसायी

१४ असोज, काठमाडौं । कोरोना महामारीका कारण झण्डै ६ महिना घरभित्र थुनिएका नेपालीका लागि एयरलाइन्स कम्पनीहरुले आकर्षक घुमफिर प्याकेज ल्याएका छन् । यसमा यति एअरलाइन्स, बुद्ध एअर र समिट एअर अगाडि देखिएका छन् । उडान सेवा दिने कम्पनीहरुले घुमफिर प्याकेज ल्याएपछि पर्यटन व्यवसायी भने झस्किएका छन् । एअरलाइन्सका सस्तो प्याकेज लामो समयसम्म नटिक्ने र त्यसले […]

पर्यटन बोर्ड पनि ‘रामायण पथ’मा कस्सियो

१३ असोज, काठमाडौं । नेपाल पर्यटन बोर्डले नेपालको पर्साभित्रै ‘रामायण पथ’को खोजी गर्ने भएको छ । श्रीलंका टापु, जनकपुर र पर्साको ठोरी जोडेर रामायण पथ बनाउने गरी विस्तृत अध्ययन गर्न बोर्डले चालु आर्थिक वर्षको वार्षिक कार्यक्रममा ७ लाख रुपैयाँ बजेट छुट्याएको छ । ‘रामायण पथको अध्ययन’ नाम दिइएको यो कार्यक्रम प्रदेश सरकारसँगको समन्वयमा सम्पन्न हुने […]

पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने मन्त्री भट्टराइको विश्वास

११ असोज, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले नेपालको पर्यटन क्षेत्रले गुणात्मक फड्को मार्ने विश्वास व्यक्त गरेका छन् । मन्त्री भट्टराईले सुरक्षाका मापदण्ड अपनाउँदै पुनरुत्थानका कार्यक्रम गर्न अपिलसमेत गरेका छन् । विश्व पर्यटन दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै मन्त्री भट्टराईले सो अपिल गरेका हुन् । शुभकामना सन्देशमा लेखिएको छ, […]

लागत साझेदारीमा पर्यटनका ७१३ आयोजनाको प्रस्ताव, ३३ अर्ब लागत

९ असोज, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयले आह्वान गरेको पर्यटन उपज साझेदारी कार्यक्रमका लागि देशभरबाट ७ सय १३ वटा आयोजनाको प्रस्ताव परेको छ । मन्त्रालयले स्थानीय, प्रदेश र संघ तीनै तहको लागत साझेदारीमा काम गर्ने गरी प्रदेश र स्थानीय तहबाट पर्यटन पूर्वाधारका कार्यक्रम माग गरेको थियो । भदौ १ देखि मशान्तसम्मको समयसीमा […]

होमस्टे व्यवसायी धमाधम कृषिमा, भन्छन्- पाहुनासँग डराउने दिन आयो

५ असोज, बाँके । कोरोना सङ्क्रमणका कारण पर्यटकहरुको आगमन हुन छाडेपछि होमस्टे(घरवास पर्यटन) व्यवसायमा सम्भावना नदेखेका यहाँका व्यवसायीहरु धमाधम कृषि पेशामा लागेका छन् । कोभिड–१९ को प्रभावपछि यहाँका होमस्टे सञ्चालक आम्दानीको विकल्प नभएपछि कृषि पेशा नै रोज्न थालेका हुन् । बैजनाथ गाउँपालिकास्थित गाभर भ्यालीका गङ्गादत्त जैसीले बैंकबाट २० लाख रुपैयाँ ऋण निकालेर होमस्टेमा लगानी गरेका […]

विदेशी नागरिकका लागि राहदानीसम्बन्धी सेवा पुनः सञ्चालन

२८ भदौ, काठमाडौं । अध्यागमन विभागबाट विदेशी नागरिकलाई दिइँदै आएको राहदानीसम्बन्धी सेवा एक महिनापछि पुनः सञ्चालन भएको छ । विभागमा कार्यरत कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएसँगै गत साउन २६ गतेदेखि बन्द भएको सेवा आइतबार शुरु भएको हो । विभागले गत चैत ८ गतेसम्म राहदानी नियमित भएका विदेशी पर्यटक अन्तर्राष्ट्रिय उडान शुरु भएको मितिले १५ […]

नेपालका पर्यटकीय क्षेत्र सुरक्षित छन् भन्ने सन्देश दिनुपर्छ : जोशी

३० साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले नेपालका पर्यटकीय गन्तव्य सुरक्षित छन् भन्ने सन्देश प्रवाह गर्न सके पर्यटन क्षेत्रको पुनरुत्थान सहज हुने बताएका छन् । लकडाउनपछि पर्यटन क्षेत्र खुला गरिएको अवस्थामा नेपालसुरक्षित गन्तव्य हो भन्ने सन्देश बाह्य र आन्तरिक बजारमा पुर्‍याउनुपर्ने जोशीले बताए । न्यूज एजेन्सी नेपालसँगको कुराकानीमा पूर्वसीईओ […]

पर्यटकलाई तत्काल अनअराइभल भिसा नदिइने

२२ साउन, काठमाडौं । सरकारले व्यवसायिक हवाई उडान सुरु गरेपछि पनि नेपाल आउन चाहने गैरआवासीय नेपाली र विदेशी पर्यटकलाई अनअराइभल भिसा नदिने भएको छ । बिहीबार परराष्ट्र, गृह, स्वास्थ्य र पर्यटनमन्त्री तथा सचिवहरुबीच भएको संयुक्त छलफलले अनअराइभल भिसा नदिने सहमति जुटेको हो । तर नेपाली तथा गैरआवासीय नेपाली र पर्यटकलाई कुन प्रोटोकलका आधारमा नेपाल आउन […]

पर्यटन बोर्डद्वारा करारका कर्मचारी कटौती, विदेशमा विज्ञापन रद्ध

१८ साउन, काठमाडौं । नेपाल पर्यटन बोर्डले करारमा नियुक्त कर्मचारी कतौती गरेको छ । यस वर्ष झण्डै ६ महिना कमाइविहीन बनेको बोर्डले ४३ जना कर्मचारीको करार नवीकरण गरेन । त्रिभुवन विमानस्थलबाट विदेशी जाने प्रत्येक हवाई यात्रुबाट नेपाल पर्यटन बोर्डले एक हजार रुपैयाँ उठाउने गरेको थियो । यसबाट उठेको रकम नै बोर्डको मुख्य आम्दानी हो । […]

बन्द नै रहे ठूला होटल, व्यवसायी भन्छन्-आजै खोल्नुको अर्थ छैन

१५ साउन, काठमाडौं । सरकारले लकडाउनपछि बन्द भएका होटल र पर्यटन क्षेत्र साउन १५ देखि खुला गर्ने निर्णय गरे पनि धेरै होटल बिहीबार खुल्न सकेनन् । बिहीबार साना हाटेल र रेष्टुरेन्टले सीमित कर्मचारी बोलाएर सरसफाइलगायत काम सुरु गरे पनि अधिकांश ठूला होटलको गेट भने बन्द नै रहृयो । सरकारले १५ साउनबाट होटल खोल्ने निर्णय गरे […]

५ महिनापछि खुल्यो पर्यटन व्यवसाय, घुमघाम कहिलेबाट ?

१५ साउन, काठमाडौं । ११ चैत २०७६ पछि पूर्ण रुपमा बन्द भएका पर्यटकीय गतिविधि आजबाट औपचारिक रुपमा खुलेका छन् । होटेल, पर्वतारोहण, पदयात्रा तथा टूरसम्बन्धी व्यवसाय गर्ने कम्पनीहरुले आजबाट आफ्ना कार्यालय सञ्चालनमा ल्याएका छन् । ट्रेकिङ एजेन्सिज एशोसिएशन अफ नेपाल (टान)का अध्यक्ष खुमबहादुर सुवेदीका अनुसार कार्यालय फाट्टफुट्ट खुलेका छन् । तर, तत्काल कुनै विजनेश नभएका […]

हवाई-पर्यटन खोल्ने योजना नल्याए आन्दोलनमा जाने व्यवसायीको चेतावनी

१ साउन, काठमाडौं । हवाई, होटेल तथा पर्यटन उद्योग सञ्चालनको योजना नल्याए आन्दोलनमा जाने चेतावानी व्यवसायीले दिएका छन् । बिहीबार पर्यटनसँग सम्बन्धित करिब २ दर्जन संघसंस्थाले पत्रकार सम्मेलन गर्दै सरकारलाई सेवा सञ्चालनको वातावरण बनाउन माग गरेका छन् । व्यवसायीले १ अगष्टबाट आन्तरिक उडान नियमित तालिका अनुसार सुरु गर्नुपर्ने माग गरेका छन् । १५ अगष्टबाट अन्तर्राष्ट्रिय […]

पर्यटकको ट्र्याकिङ गर्न बन्यो अनलाइन सिस्टम

३० असार, काठमाडौं । सरकारले नेपाल आउने पर्यटकको निगरानीका लागि अनलाइन माध्यमको प्रयोग गर्ने गरी प्रणालीका विकास गरेको छ । अनलाइन ट्रयाकिङ सिस्टम तयार पारी सफल परीक्षण समेत गरिएको पर्यटन विभागका निर्देशक सुरेन्द्र थापाले जानकारी दिए । कोरोना भाइरसको महामारी शुरु भएको समयमा नेपाल आएका पर्यटकको निगरानीका लागि हामीले एक प्रणालीको विकास गरेका थियौं, उनले […]

पोखराका पर्यटन व्यवसायी भन्छन् : दुई वर्ष किस्ता तिर्न सक्दैनौं

२४ असार, पोखरा । गण्डकी प्रदेशमा बैङ्क तथा वित्तीय संस्थाको करिब तीन खर्ब रुपैयाँ लगानी भएको अनुमान छ । त्यसमध्ये ७५ अर्ब पर्यटन क्षेत्रमा गएको प्रदेश सरकार र पर्यटन व्यवसायीको अनुमान छ । कोभिड– १९ महामारीपछि पर्यटन क्षेत्र ठप्प छ । देशको प्रमुख पर्यटन केन्द्र मानिएको पोखराका व्यवसायीहरू बैङ्कको किस्ता र ब्याज तिर्ने अवधि नबढे […]

तारे र पर्यटकीय स्तरीय होटेलमा थपिए ३१४३ बेड, कोरोनापछि सबै खाली

२३ असार, काठमाडौं ।पर्यटक आगमन ह्वात्तै बढ्ने आशा गर्दै पछिल्ला वर्षमा नेपालको आतिथ्य सेवामा ठूलो लगानी थपियो । तर, कोरोनाको महामारीले गर्दा पर्यटन क्षेत्र नै ठप्प भएपछि यो लगानी संकटमा परेको छ । सरकारले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार सन् २०१९ मा मात्रै तारे र पर्यटकीय स्तरीय होटेलमा ३ हजार १ सय ४३ वटा बेड थप […]

पर्यटन र हवाई उद्योगले लकडाउन यता गुमायो ३४ अर्ब

१९ असार, काठमाडौं । सरकारले पर्यटन, होटेल तथा हवाई उद्योगले लकडाउनयता करिब ३४ अर्ब रुपैयाँ बराबरको क्षति बेहोरेको अनुमान गरेको छ । प्रतिमहिना यो क्षेत्रले १० अर्ब रुपैयाँ नोक्सानी बेहोर्ने अनुमान गरेको सरकारले लकडाउन यता ३४ अर्ब नोक्सानी भइसकेको अनुमान गरिएको हो । यही अवस्था आगामी साउन ७ गतेसम्म जारी रहँदा नोक्सानी थप ७ अर्ब […]