Comments Add Comment

पहिरो

List Grid
धादिङको कृष्णभीरमा पहिरो खस्दा जीप पुरियो

१८ असार, काठमाडौं । पृथ्वी राजमार्ग अन्तरगत धादिङको बेनिघाट, रोराङ गाउँपालिकास्थित कृष्णभीरमा पहिरो जाँदा जीप पुरिएको छ । जिल्ला प्रहरी कार्यालय, धादिङका अनुसार लु१ख २३४३ नम्बर जीप पहिरोले परेको हो । प्रहरी प्रमुख एसपी डम्बरबहादुर विकको टोली पनि अहिले घटनास्थलमा पुगेको छ । विकका अनुसार जीपको केहिवेर अघि उद्दार गरिएको छ । समयमै उद्दार हुन […]

वर्षाले भरतपुरमा हवाइ सेवा प्रभावित

१८ असार, चितवन । अविरल वर्षाका कारण भरतपुरमा हुने उडान रोकिएका छन् । काठमाडौंबाट भरतपुर र पोखराबाट भरतपुर हुने उडान रोकिएको नागरिक उड्डयन प्राधिकरण कार्यालय भरतपुरका प्रमुख पवन गौत्तमले जानकारी दिए । विहान ९ बजे हुनुपर्ने उडान मध्यान्ह १२ बजेसम्म भएन । ‘पानी कहिले बढ्ने र कहिले घट्ने क्रम जारी नै छ, तल्लो तहमा समेत […]

राप्तीमा बाढी आएपछि सौराहाका रेष्टुरेन्टका सामान सारियो

१८, असोज, चितवन । चितवनको पर्यटकीय केन्द्र सौराहाको राप्ती किनार नजिकका रेष्टुरेन्टहरु सम्भावित बाढीको डरले सुरक्षित स्थानमा सार्न थालिएको छ । राप्ती नदीको तटिय क्षेत्रमा नदीको बहाव बढ्दै गएको छ । पर्यटकहरु रमाउने पव क्षेत्रमा पानीको सतह आइसकेको छ । हेटौंडा र पूर्वी चितवनका विभिन्न खोलाहरुमा पानीको सतह बढेका कारण बाढीको खतरा सौराहामा बढी हुने […]

मकवानपुरको छेपारेमा पहिरो खस्दा सडक अबरुद्ध

१८ असार, हेटौंडा । लगातारको वर्षापछि आएको पहिरोका कारण छोटो दूरीको मदन भण्डारी मार्ग अवरुद्घ भएको छ । निर्माणको क्रममा रहेको मार्गको ईन्द्रसरोवर गाउँपालिका–२, छेपारेमा पहिरो खस्दा हेटौंडा–कुलेखानी–सिस्नेरी–दक्षिणकाली खण्ड अबरुद्ध भएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बिहान पहिरो खसे पनि लगातार वर्षा हुँदा पहिरो हटाउन सकिएको छैन। सडक अवरुद्घ भएपछि कुलेखानी–फाखेल खण्डमा सवारीचाप […]

पहिरोपछि नारायणगढ मुग्लिन सडक एकतर्फीमात्र सञ्चालन

३, असार, चितवन । आइतबार साँझ पानीसँगै आएको पहिरोले नारायणगढ मुग्लिन सडकखण्ड आइतबार साँझ ७ बजेदेखि एकतर्फी सञ्चालनमा आएको छ । इच्छाकामना गाउँपालिका ६ स्थित जलविरे भन्ने ठाउँमा पहिरो झरेपछि सडक अवरुद्ध भएको नारायणगढ मुग्लिन सडक आयोजनाका सूचना अधिकारी शिव खनालले जानकारी दिए । साँझ पौने ६ बजे पहिरोसँगै रुख र बिजुलीको पोलसमेत लडेकोले त्यसलाई […]

धादिङमा सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु

४ फागुन, धादिङ । धादिङको निलकण्ठ नगरपालिका–१३ केरौजास्थित धादिङ–तिप्लिङ सडकखण्डमा शुक्रबार सुख्खा पहिरोमा पुरिएर एक जनाको मृत्यु भएको छ भने एक जना घाइते छन् । मृत्यु हुनेमा कैलालीका ३० वर्षीय राजु चौधरी छन् । पहिरोमा पुरिएका कामदार नुवाकोट बाघखोरगढी नगरपालिका–२ का २१ वर्षीय रबीन्द्र तामाङलाई उद्धार गरी उपचारको लागि जिल्ला अस्पताल पठाइएको हो । त्यहाँ सामान्य उपचार […]

पश्चिमको तुलनामा पूर्वी नेपालको मौसममा सुधार

३० साउन, काठमाडौं । पूर्वी नेपालमा मौसममा क्रमिक सुधार आउन थाले पनि पश्चिम नेपालमा जोखिम कायमै रहेको मौसमविदले बताएका छन् । पूर्वी नेपालमा अब भारी वर्षा नहुने तर देशैभर मध्यमखालको  वर्षा भने जारी रहने जल तथा मौसम विज्ञान बिभागले जनाएको छ । ‘पूर्वी, मध्य र पश्चिम क्षेत्रमा हल्कादेखि मध्यम खालको वर्षा हुन्छ,’ मौसमविद् राजु प्रधानांगले […]

तराईमा ठूला नदीभन्दा खहरे खोलानाला खतरनाक !

२९ साउन, काठमाडौं । कवि शिरोमणि लेखनाथ पौड्यालले ठिकै भनेका रहेछन्- छोटो बढ्यो भने ज्यादा फूर्ति ढाँचा बढाउँछ । उर्लँदो खहरे हेर, कत्तिको गडगडाउँछ ! इटहरी उपमहानगरपालिकाको ट्यांग्रा खोलो कुनै ठूलो नदी होइन । बजारको पूर्वी भागमा अवस्थित यो खोलो झट्ट हेर्दा एउटा कुलोजस्तो मात्रै देखिन्छ । तर, शुक्रबार राति बाढी आउँदा यही नपत्याउने खोलो […]

नवलपरासीको दाउन्ने सडकखण्ड खुल्यो

२९ साउन, परासी । तीन दिनदेखि अवरुद्ध पूर्वपश्चिम राजमार्ग अन्तर्गत नवलपरासीको दाउन्ने सडक सञ्चालनमा आएको छ । आइतबार दिउँसोबाट सडक एकतर्फी सञ्चालनमा ल्याइएको हो । लगातारको वर्षाका कारण नवलपरासीको दाउन्ने क्षेत्रमा पहिरो गएर सडक भासिएको थियो । विभिन्न स्थानमा पहिरो खसेका कारण राजमार्ग अवरुद्ध भएको थियो । विनयी-त्रिवेणी गाउँपालिका र बर्दघाट नगरपालिका क्षेत्रमा पर्ने दाउन्नेमा […]

सौराहाका अधिकांश होटल डुबानमा, ६ सय पर्यटक प्रभावित

२९ साउन, चितवन । अविरल वर्षाका कारण चितवनको पर्यटकीय स्थल सौराहाका अधिकांश होटल डुबानमा परेका छन् । सौराहमा पर्यटकलाई लक्षित गरेर सञ्चालमा आएका १ सय १० होटल डुबानमा परेका हुन् । डुबानका कारण चितवन घुम्न आएका पर्यटकहरु समेत प्रभावित भएका छन् । सौराह क्षेत्रमा करीब ६ सय पर्यटक रहेको अनुमान गरिएको छ । होटलको ग्राउण्ड फ्लोर […]

बर्दियामा ५ हजार घर डुबानमा, दुईजनाको मृत्यु

२९ साउन, बर्दिया । नदी र खोलाहरुमा आएको बाढीले बर्दियाका पाँच हजार घर परिवार डुबानमा परेका छन् । बाढीका कारण बर्दियामा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् । बाढीका कारण सदरमुकाम गुलरिया नगरपालिका, मधुवन नगरपालिका, बारबर्दिया नगरपालिका र ठाकुरबाबा नगरपालिका बढी प्रभावित बनेका छन् । ति स्थानहरुमा करिब ५ हजार […]

बाँकेको कृषिचौखेरीमा ५० बढी फसे

२९ साउन, नेपालगञ्ज । बाँकेको डुडुवा गाउँपालिका-१ कृषिचौखेरीमा ५० जनाभन्दा बढी बाढीमा फसेका छन् । उनीहरुको अझैसम्म उद्दार हुन सकेको छैन । उनीहरु राप्ती नदीको दुई भंगालोको बीचमा फसेका छन् । उनीहरुले छिटो उद्दार गर्न आग्रह गरेका छन् । राप्तीमा पानीको सतह बढेको छ र स्थानीय प्रशासनले खतराको जनाउ दिन साइरन बजाउन सुरु गरेको छ […]

बिराटनगर महानगरमा १३०० घर डुबानमा, पीडितले पानीसमेत पिउन पाएनन्

२९ साउन, मोरङ । मोरङको विराटनगर महानगरपालिकामा १ हजार ३ सय घर डुबानमा परेका छन् । मोरङ जिल्लाभर २ हजार ३ सय घर परिवार डुबानमा परेको अनुमान छ । डुबान क्षेत्रबाट ३०० परिवारका ८०० जनाको उद्धार गरिएको छ । पीडितले पानीसमेत पिउन पाएका छैनन् । महानगरपालिकाको ८० प्रतिशत भूभाग डुबानमा पर्दा जनजीवन अस्तव्यस्त भएको छ […]

प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषदको आकस्मिक बैठक

२९ साउन, काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन् । तराई मधेसका अधिकांश जिल्ला बाढीको डुवानमा परेपछि प्रधानमन्त्रीले बैठक बोलाएका हुन् । साँझ ५ बजे बालुवाटारमा बस्ने बैठकमा उद्दार तथा राहतबारे छलफल हुनेछ । साथै बाढी प्रभावित क्षेत्रमा संकटकाल घोषणा गर्नेबारे समेत छलफल भइरहेको एक मन्त्रीले बताए ।

बाढी पीडितलाई भेटेर गृहमन्त्रीले भने- संयम भएर बस्नुस्

२९ साउन, कोहलपुर । गृहमन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले बाँके र बर्दियाको बाढी प्रभावित क्षेत्रको अनुगमन गरेका छन् । उनले बाढी पीडितलाई भेटेर तत्काल राहत तथा उद्धारका कार्यक्रम सञ्चालन गर्ने भन्दै संयम भएर बस्न अनुरोध पनि गरेका छन् । बाढी प्रभावित क्षेत्रको अनुगमन गर्न गृहमन्त्री शर्मा सहितको टोली आइतबार बिहान बाँके पुगेको छ । उनले लक्ष्मणपुर […]

चितवनमा खोलाले बगाएर एक जनाको मृत्यु

२९ साउन, चितवन । पूर्वी चितवनको पम्फा खोलाले बगाएर एक महिलाको मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नः ७ निवासी ३५ बर्षीया गुमानकुमारी रानालाई शनिबार साँझ खोलाले बगाएको थियो । बंगर र्फमबाट घर र्फकदै गर्दा रानालाई बगाएको थियो । उनको शव राप्ती नगरपालिका वडा न ८ भवानीबजारमा आइतबार बिहान भेटिएको थियो । यसैबीच पूर्वी […]

बाढीपीडितलाई अस्थायी आवासको व्यवस्था मिलाउन मन्त्री साहको निर्देशन

२९ साउन, काठमाडौं । सहरी विकास मन्त्री प्रभु साहले बाढी प्रभावित क्षेत्रका जनताका लागि अस्थयी आवासको यवस्था मिलाउन निर्देशन दिएका छन् । उनले प्रभावित क्षेत्रबाट उद्धार गरिएकाहरुका लागि सुरक्षित आवासको व्यवस्था मिलाउन निर्देशन दिएका हुन् । ‘सबै डिभिजनहरु उच्च सतर्कतामा बस्नुहोस्, विदामा बसेका कर्मचारीहरु तुरुन्तै कार्यक्षेत्रमा जानुहोस्’ उनले भने, ‘आवाससँग सम्बन्धित महाशाखाले आवासको क्षेत्रमा काम […]

बाढीमा गाडी डुब्दा गर्भवतीसहित ६ जनाको मृत्यु

२९ साउन, रौतहट । लगातारको वर्षापछि जलमग्न बनेको रौतहटमा गाडी डुबेर गर्भवतीसहित ६ जनाको मृत्यु भएको छ । प्रसुतीका लागि लौकाहाबाट राजपुर अस्पतालमा जाँँदै गरेको जीप बाढीले बाटो कटान गरेको जानकारी नहुँदा डुबेको हो । राजपुर अस्पताल भन्दा सय मिटर पर बिहान ३ बजेतिर भारतीय नम्बरको जीप डुब्दा गर्भवती महिलासहित ६ जनाको मृत्यु भएको प्रहरी […]

कलाकार संघले सुरु गर्‍यो ‘राहत कोष’

देशको पूर्वी तथा पश्चिम क्षेत्रमा शुक्रबार रातीदेखि परेको भिषण बर्षाका कारण जनजिवन अस्तव्यस्त बनेको छ । तराइमा अविरल पानी पर्दा बाढी पहिरोको समस्या पनि सुरु भएको छ । देशभर ३५ भन्दा बढीको निधन भैसकेको छ । घर-घरमा पानी पसेपछि खाना र बस्नका लागि समेत समस्या देखिएको छ । यस्तो अवस्था देशका विभिन्न क्षेत्रबाट सहयोग सुरु […]

सुर्खेतमा पहिरोले घर बगायो, एकै परिवारका तीन जनाको मृत्यु

२९ साउन, सुर्खेत । शुक्रबार राति देखिको अविरल वर्षापछि आएको पहिरोले घर बगाउँदा सुर्खेतमा एकै परिवारका तीन जनाको ज्यान गएको छ । सदरमुकाम वीरेन्द्रनगरबाट पूर्वमा पर्ने गुर्भाकोट नगरपालिका–६ बडाखोलीस्थित सिन्दुरखोला गाउँमा पहिरोले घर बगाउँदा एकै परिवारका तीन जनाको मृत्यु भएको हो । प्रहरीका अनुसार पहिरोले घर बगाउँदा गुर्भाकोट–६ का ८३ वर्षीय गुमानसिं बुढा, उनका १४ […]

ताप्लेजुङका विभिन्न स्थानमा पहिरो

२४ साउन, ताप्लेजुङ । ताप्लेजुङमा पहिरोको जोखिम बढ्दै जान थालेको छ । जिल्लाका विभिन्न स्थानमा पहिरो जाँदा दुई घर विस्थापित भएका छन् भने दर्जनौं परिवार पहिरोको जोखिममा परेका छन् । फक्ताङ्लुङ गाउँपालिकामा पहिरो जाँदा एक घरका परिवार विस्थापित भएका छन् भने सात घर पहिरोको उच्च जोखिममा परेका छन् । पहिरोको कारण फक्ताङ्लुङ गाउँपालिका–३ लिङ्खिम, थिवा […]