Comments Add Comment

पाकिस्तान

List Grid
पाकिस्तानको स्टक एक्सचेन्जमा गोली चल्यो, दुईको मृत्यु

१५ असार, काठमाडौं । पाकिस्तानको कराँची सहरमा रहेको पाकिस्तान स्टक एक्सचेन्जको भवननजिकै गोली चलेको छ । यो घटनामा कम्तीमा दुईजनाको मृत्यु भएको छ । स्थानीय च्यानल र सामाजिक सञ्जालमा शेयर गरिएको तस्वीरमा स्टक एक्सचेन्जको भवनबाहिर प्रहरी र एम्बुलेन्सहरु देखिएका छन् । बीबीसीका अनुसार भवनको सिँढीमा रगत लतपतिएको पाइएको छ । स्थानीय टेलिभिजन च्यानलले प्रहरीलाई उद्धृत […]

पाकिस्तानमा कोरोना संक्रमित दुई लाख नाघे

१४ असार, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या दुई लाख नाघेको छ । पाकिस्तानको स्वास्थ्य विभागका अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या दुई लाख दुई हजार ९५५ पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र पाकिस्तानमा कोरोना भाइरसका चार हजार ७२ जना नयाँ संक्रमित फेला परेका हुन् । पाकिस्तानमा अहिलेसम्म कोरोना […]

दर्जनौं पाकिस्तानी कूटनीतिक अधिकारीलाई देशनिकाला गर्ने भारतको निर्णय

१० असार, काठमाडौं । भारतले दर्जनौं पाकिस्तानी कूटनीतिक अधिकारीलाई देशनिकाला गरिने बताएको छ । भारतको विदेश मन्त्रालयका अनुसार राजधानी सहर दिल्लीमा रहेको पाकिस्तानको उच्च आयोग (राजदूतावास)मा कार्यरत आधा कर्मचारीहरु देशनिकाला गर्ने बताएको छ । उनीहरुमाथि जासुसी गरेको र आतंकवादीहरुसँग सम्बन्ध रहेको आरोप लगाइएको छ । भारतले पनि पाकिस्तानको राजधानी सहर इस्लामावादमा रहेको आफ्नो उच्च आयोगमा […]

पाकिस्तान क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण

९ असार काठमाडौं । पाकिस्तानको राष्ट्रिय क्रिकेट टिमका थप ७ खेलाडीलाई कोरोना संक्रमण भएको छ । सोमबार ३ खेलाडीमा कोरोना संक्रमण देखिएको थियो । पाकिस्तान क्रिकेट बोर्डले मंगलबार थप ७ खेलाडीमा पनि कोरोना पोजेटिभ देखिएको जनाएको छ । बोर्डले कराची लाहोर र पेशावरमा गरी कुल ३५ जना खेलाडीमा कोरोना परीक्षण गरेको थियो । जसमा अहिलेसम्म १० […]

इंग्ल्याण्ड टुरका लागि २९ सदस्यीय पाकिस्तानी टोलीको घोषणा

३० जेठ काठमाडौं । इंग्ल्याण्ड टुरका लागि पाकिस्तानी क्रिकेट टोलीको घोषणा भएको छ । टेष्ट र टी २० अन्तर्राष्ट्रियका लागि पाकिस्तान क्रिकेट बोर्ड (पीसीबी) ले शुक्रबार २९ सदस्यीय टोली घोषणा गरेको हो । टेष्ट टिमको कप्तानी अजर अलीले गर्नेछन् भने बाबर अजामले टी२० को कप्तानी गर्नेछन् । टुर आगामी सेप्टेम्बर-अक्टोबरमा हुनेछ । टोलीमा यू-१९ खेलाडी […]

अमेरिकी ब्लगरले लगाइन् पाकिस्तानका पूर्वप्रधानमन्त्रीमाथि बलात्कारको आरोप

३० जेठ, काठमाडौं । पाकिस्तानमा बस्दै आएकी एक अमेरिकी ब्लगरले पाकिस्तानका पूर्वप्रधानमन्त्री, पूर्वगृहमन्त्रीदेखि विपक्षी दलका नेताहरूमाथि यौन उत्पीडनको आरोप लगाएकी छन् । अमेरिकी ब्लगर सिन्थिया डी. रिचीले सो आरोप लगाएकी हुन् । पाँच जुनको दिन सिन्थियाले आफ्नो फेसबुक भिडियो लाइभमार्फत् पाकिस्तान पिपुल्स पार्टीको सरकारमा गृहमन्त्री बनेका रहमान मलिकले आफूलाई सन् २०११ मा बलात्कार गरेको बताएकी […]

कोरोना होस् वा नहोस्, पाकिस्तान बन्यो लकडाउनमुक्त मुलुक

२८ जेठ, काठमाडौं । पाकिस्तानमा कोरोना भाइसरस (कोभिड-१९) को संक्रमण दिनानुदिन बढ्दो क्रममा छ । यस्तो अवस्थामा लकडाउनमा दिइएको छुटको स्वतन्त्रता पनि बढेको छ । पाकिस्तानको सरकारले महामारी नियन्त्रणको लागि भौतिक दुरी कायम गर्ने विषयसँग जोडिएका नियम पालना भएको बताइरहेको छ । तर, वास्तविक अवस्था भने निकै भिन्न छ । मानिसहरुको बीचमा आवश्यक दुरी कायम राख्न […]

पाकिस्तानका पूर्वप्रधानमन्त्रीलाई कोरोना संक्रमण

२६ जेठ, काठमाडौं । पाकिस्तानमा पूर्वप्रधानमन्त्री शाहिद खकान अब्बासीलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । सोमबार उनको परिवार र पार्टीले उनलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि गरेका हुन् । अब्बासी नवाज सरिफ पदमा रहन अयोग्य घोषित भएपछि सन् २०१७ देखि २०१८ सम्म १० महिना पाकिस्तानको प्रधानमन्त्री बनेका थिए । कोरोना भाइरसको संक्रमण पुष्टि […]

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई हजार नाघ्यो

२५ जेठ, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या दुई हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या दुई हजार तीन पुगेको छ । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या पनि ९८ हजार ९४३ पुगेको छ । पछिल्लो २४ घण्टामा पाकिस्तानमा झण्डै पाँच हजार […]

संक्रमितसँगै पाकिस्तानमा बढिरहेका हल्ला, डर र मृतक

२३ जेठ, काठमाडौं । केही समयअघिसम्म पाकिस्तानमा कोरोना महामारीले कतिसम्म भयावह रुप लिन्छ भन्नेमा धेरैले चिन्ता लिने गर्थे । तर अहिलेसम्मको तथ्यांकले भने अहिलेसम्म पहिले आकलन गरिएजस्तो चिन्ताजनक अवस्था देखिएको छैन । यसअघि पाकिस्तानका डाक्टरहरूले नै मुलुकको कमजोर स्वास्थ्य प्रणालीको विषयमा आवाज उठाएका थिए । उनीहरूले केही समयमा नै कोरोना भाइरस (कोभिड–१९) का बिरामीलाई अहिलेको […]

कोरोना संक्रमणबाट पाकिस्तानमा एक मन्त्रीको मृत्यु

२१ जेठ, काठमाडौं । कोरोना भाइरस संक्रमणबाट पाकिस्तानमा एक जना मन्त्रीको मृत्यु भएको छ । पाकिस्तानको सिन्ध प्रान्तको मानव संशाधन मन्त्री गुलाम मुर्तुजा बलोचको कोरोना संक्रमणबाट मृत्यु भएको हो । सिन्ध प्रान्तका शिक्षामन्त्री सइद गनीका अनुसार मुर्तुजालाई कोरोना संक्रमण पुष्टि भएपछि घरमै आइसोलेसनमा राखिएको थियो र स्थिति गम्भीर हुँदै गएपछि अस्पताल भर्ना गरिएको थियो । […]

पाकिस्तानले कोरोनासँग बाँच्न सिक्नुपर्छ : इमरान खान

२० जेठ, काठमाडौं । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले पाकिस्तानका नागरिकहरुले कोरोना भाइरस (कोभिड-१९) सँग बाँच्न सिक्नुपर्ने बताएका छन् । सोमबार स्थानीय एक टेलिभिजनमा दिएको अन्तर्वार्तामा उनले लकडाउनले कोरोना भाइरसको महामारी नियन्त्रण गर्न नसकिने जिकिर गरेका छन् । उनले निरन्तर कोरोना भाइरसको संक्रमण बढिरहेको भए पनि गरीब मानिसहरु लकडाउनको समयमा काममा जान नपाउने र यसले उनीहरुको […]

पाकिस्तानी उच्च आयोगका दुई अधिकारीलाई २४ घण्टाभित्र आफ्नो मुलुक छाड्न भारतको निर्देशन

१९ जेठ, काठमाडौं । भारतले दुई पाकिस्तानी उच्च आयोगका अधिकारीहरुलाई २४ घण्टाभित्र आफ्नो मुलुक छाड्न निर्देशन दिएको छ । भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएअनुसार उनीहरुलाई भारतीय अधिकारीले जासुसीको आरोपमा पक्राउ गरेका थिए । भारतको दिल्ली प्रहरीका अधिकारीका अनुसार पाकिस्तानी उच्च आयोगका तीन अधिकारीलाई भारतीय सुरक्षासँग सम्बन्धित जानकारी जुटाउने क्रममा पक्राउ गरिएको थियो । यस विषयमा भारतीय […]

पाकिस्तानमा सार्वजनिक स्थलमा मास्कको प्रयाेग अनिवार्य

१८ जे७, काठमाडौैं । पाकिस्तानले सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य बनाउने निर्णय गरेको छ । आइतबार स्वास्थ्य मन्त्रालयले एक विज्ञप्तिमार्फत सार्वजनिक स्थलमा मास्कको प्रयोग अनिवार्य बनाइने बताएको हो । यससँगै अब पाकिस्तानको मस्जिद, बजार, शपिङ मल र सार्वजनिक यातायातमा यात्रा गर्ने मानिसले अनिवार्यरुपमा मास्क लगाउनुपर्छ । पाकिस्तानमा पछिल्लो २४ घण्टामा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरसका […]

पाकिस्तानमा कोरोना संक्रमितको संख्या ६७ हजार नाघ्यो

१७ जेठ, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या ६७ हजार नाघेको छ । अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसको कारण ६७ हजार ६५१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पाकिस्तानमा कोरोना भाइरसको कारण एक हजार ४३३ जनाको मृत्यु भएको छ । पाकिस्तानको पञ्जाब प्रान्तमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या २४ हजार १०४ […]

पाकिस्तानी जासुस भन्दै भारतले नियन्त्रणमा लियो परेवा

भारत नियन्त्रित जम्मु कश्मिर प्रहरीका लागि जासुसका नाममा मुस्लिम नागरिकहरु पक्राउ गर्नु नौलो कुरा होइन । तर, हालै त्यहाँको प्रहरीले एउटा चरालाई जासुस भन्दै नियन्त्रणमा लिएको छ । सीमा सुरक्षा बल (बीएसएफ) ले पाकिस्तानबाट आएको एउटा परेवा सोमबार कथुजा जिल्लाको हिरा नगर प्रहरी स्टेसनलाई बुझायो । यो परेवालाई पाकिस्तानले तालिम दिएर जासुसी गर्न पठाएको दावी […]

पाकिस्तानको विमान दुर्घटनामा बचेका जुबर भन्छन्– आगोमात्र देखेको थिएँ

१० जेठ, काठमाडौं । पाकिस्तानमा शुक्रबार कराँचीको विमानस्थलनजिकै भएको विमान दुर्घटनामा ९७ जनाको मृत्युको पुष्टि भएको छ । एयरबसको ए ३२० मोडलको विमान रिहायसी इलाकामा दुर्घटना भएको हो । यो विमान दुर्घटनाको कारण अहिलेसम्म खुलेको छैन । यद्यपि स्थानीय सञ्चारमाध्यमका अनुसार विमान चालकले एक पटक विमान ल्याण्डिङ गर्न असफल भएसँगै विमानमा प्राविधिक खराबी आएको सूचना […]

पाकिस्तानमा कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार नाघ्यो

८ जेड, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या एक हजार नाघेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसका संक्रमितको संख्या ४८ हजार ९१ पुगेको छ । साथै अहिलेसम्म कोरोना भाइरसबाट एक हजार १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म पाकिस्तानमा १४ हजार एक सय ५५ जना […]

पाकिस्तानमा कोरोनाबाट एकैदिन मृत्यु हुनेको संख्या अहिलेसम्मकै धेरै

२४ वैशाख, काठमाडौं । पाकिस्तानमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै उच्च बनेको छ । पाकिस्तानको स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा ४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । यससँगै पाकिस्तानमा कोरोना भाइरसको कारण मृत्यु हुनेको संख्या २२६ पुगेको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा एक हजार ४९ नयाँ […]

पाकिस्तानमा एकैदिन थपिए ८७४ कोरोना संक्रमित

१८ वैशाख, काठमाडौं । पाकिस्तानमा एकैदिनमा अहिलेसम्मकै सबैभन्दा धेरै कोरोना भाइरस (कोभिड–१९) का संक्रमित फेला परेका छन् । पाकिस्तानको स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा पाकिस्तानमा आठ सय ७४ नयाँ संक्रमित फेला परेका हुन् । यससँगै पाकिस्तानमा समग्र संक्रमितको संख्या १५ हजार सात सय ५९ पुगेको छ । त्यस्तै अहिलेसम्म पाकिस्तानमा कोरोना भाइरसबाट […]

रमजानले बढायो पाकिस्तानको चिन्ता

१५ वैशाख, काठमाडौं । पाकिस्तानले रमजान सकिएपछि मुलुकमा उल्लेख्य मात्रामा कोरोना भाइरसका संक्रमितको संख्या बढ्न सक्ने चेतावनी दिएको छ । पाकिस्तानले मस्जिद खोल्ने र सामूहिक नमाजको पढ्न पाउनुपर्ने माग पूरा गर्ने निर्णय गरेको एक सातापछि जनताहरूलाई यस्तो चेतावनी दिएको हो । पाकिस्तानको सरकारले सुरुमा रमजानको अवसरमा मस्जिद बन्द राख्ने र सामूहिक नमाज पढ्ने कार्यलाई रोक्ने […]