Comments Add Comment

पाल्पा

List Grid
पाल्पामा थप ३१ जनामा कोरोना, संक्रमितको संख्या ३७२ पुग्यो

११ असार, बुटवल । पाल्पामा बिहीबार थप ३१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परीक्षणमा ३१ जना संक्रमित थपिएका हुन् । यसअघि भरतपुर अस्पताल चितवनको प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाको निस्दी गाउँपालिकाका ९३ जनामा कोरोना पुष्टि भएको थियो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको पीसीआर परीक्षणमा तानसेन नगरपालिकाको बतासेस्थित साइन्स […]

पाल्पामा एकैदिन ९३ जनामा कोरोना पुष्टि

११ असार, बुटवल । पाल्पा जिल्लाका थप ९३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । चितवनस्थित भरतपुर अस्पतालको कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा पाल्पाका ९३ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ । योसँगै पाल्पामा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या ३ सय ३९ पुगेको छ । भरतपुर अस्पतालले बिहीबार बिहान जारी गरेको सूचनामा असार १० गते […]

पाल्पामा पहिरो : मृत्यु हुनेको संख्या तीन पुग्यो

८ असार, बुटवल । पाल्पाको तानसेन नगरपालिका–११ सम्मोबारीमा पहिरोले दुई वटा गाडी बगाउँदा मृत्यु हुनेको संख्या तीन पुगेको छ । पाल्पाबाट गुल्मीतर्फ जाँदै गरेका एउटा मिनी ट्रक र पानी बोक्ने ट्यांकर पहिरोले बगाउँदा तीन जना पुरुषको मृत्यु भएको हो । तीनजना मध्ये दुईजनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको प्रदेश ५ ट्राफिक प्रहरी […]

पाल्पामा एकैदिन थपिए ८२ जना कोरोना संक्रमित

८ असार, बुटवल । पाल्पामा एकैदिन ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जिल्लाको पूर्वखोला गाउँपालिकाको क्वारेन्टिनमा रहेका ८० जनामा र माथागढी गाउँपालिकाका २ जनामा कोरोना संक्रमण देखिएको हो । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवा र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा सोमबार ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालका निमित्त प्रमुख विश्वराज […]

पाल्पाको आइसोलेसनमा एक जनाको मृत्यु, रिपोर्ट आउन बाँकी

२६ जेठ, बुटवल । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजको आइसोलेसनमा उपचाररत एक जनाको मृत्यु भएकोे छ । गुल्मीको मालिका गाउँपालिका ३ का ६७ वर्षीय पुरुषको उपचारको क्रममा सोमबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. शाक्यले जानकारी दिए । श्वास फेर्न गाह्रो हुने, ज्वरो आउने जस्ता समस्या देखिएपछि आइतबार अस्पताल आएका उनको आइसोलेशन कक्षमा […]

लुम्बिनी मेडिकल कलेजमा उपचाररत दुई जनामा कोरोना संक्रमण

२६ जेठ, बुटवल । पाल्पाको तानसेन प्रभासस्थित लुम्बिनी मेडिकल कलेजमा उपचारत दुई जना बिरामीमा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश जनस्वास्थ्य प्रयोगशाला भैरहवामा भएको परीक्षणमा पाल्पा पूर्वखोला गाउँपालिका–१ सिलुवाका २३ वर्षीय र गुल्मीको रूरू गाउँपालिका–१ का ३२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमित दुवै जनाको स्वास्थ्य अवस्था सामान्य छ । दुवैमा कोरोना […]

तीन लाख घुससहित पाल्पाका वडाध्यक्ष पक्राउ

२४ जेठ, बुटवल । तीन लाख रुपैयाँ घुससहित पाल्पाका एक वडाध्यक्ष पक्राउ परेका छन् । पाल्पाको रैनादेवी छहरा गाउँपालिका–७ बल्ढेङगढीका वडा अध्यक्ष देवेन्द्र पुनमगर तीन लाख रुपैयाँ घुससहित शनिबार रुपन्देहीमा पक्राउ परेका अख्तियार कार्यालयले जनाएको छ । शनिबार विहानै रुपन्देहीको सालझण्डीमा एक ब्यक्तिसँग घुस लिने क्रममा अख्तियारको टोलीले उनलाई रंगेहात पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान […]

पाल्पाका ४१ जनाको स्वाब संकलन

६ जेठ, पाल्पा । पछिल्लो समय कोरोना संक्रमित बढ्दै जाँदा यहाँ ४१ जनाको स्वाब परीक्षणका लागि नमुना संकलन गरिएको छ । तानसेनस्थित क्वारेन्टाइनमा भारतबाट फर्किएकासहित १५ तथा दोभानमा खटिएका सुरक्षा र स्वास्थ्यकर्मी २६ जनाको स्वाब संकलन गरिएको हो । भारतबाट आएका जिल्लावासी, क्वारेन्टाइनको सुरक्षामा रहेका सुरक्षाकर्मी, भान्से तथा र सम्पर्क खोजी सूचीमा परेका व्यक्तिको स्वाब […]

पाल्पा जेठ ५ गते रातिसम्म सिल

२ जेठ, बुटवल । जिल्लामा कोरोना संक्रमण भित्रिन नदिन पाल्पा जिल्लालाई जेठ ५ गतेसम्मका लागि सिल गर्ने निर्णय गरिएको छ । जिल्लास्तरीय कोरोना संकट व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले जिल्लालाई जेठ ३ गते शनिबार बिहान ५ बजेदेखि ५ गते राति १२ बजेसम्म सिल गर्ने निर्णय गरेको हो । छिमेकी जिल्ला रुपन्देहीमा २८ जनामा कोरोना भाइरसको […]

पाल्पा जिल्ला, वाम गठबन्धनको किल्ला !

२४ मंसिर, काठमाडौं । पाल्पामा वाम गठबन्धनले क्लिन स्वीप गरेको छ । प्रतिनिधिसभा सदस्यका लागि दुई र प्रदेशसभा सदस्यका ४ सिट रहेको पाल्पामा सबै सिटमा विजयी हासिल गर्दै वाम गठबन्धनले पाल्पा जिल्लालार्इ कम्युनिष्ट किल्ला बनाएको हो । पाल्पा क्षेत्र नं. १ मा गठबन्धनबाट एमालेका दलबहादुर रानाले ३२ हजार ५४९ मत ल्याएर कांग्रेसका विजयराज घिमिरेलाई पराजित […]

शव बोकेरै मतदान गर्न केन्द्रमा पुगे मलामी

२१ मंसिर, पाल्पा । पाल्पाको रिब्दीकोट गाउँपालिका–७, मैनादीको हर्केडाँडाकी एक महिलाको मृत्यु भएपछि शव बोकेरै मतदान केन्द्रमा मलामी मतदान गर्न पुगेका छन् । हर्केडाँडाकी १०१ वर्षीया लिलाकुमारी गैरेको बिहीबार बिहान मृत्यु भएपछि मलामी शव बोकेर नै मतदान केन्द्रमा पुगेर मृतकका छोरा युद्धराज गैरेले बतासे मतदान केन्द्रमा मतदान गरेका छन् । उनीलगायत १६ जना मलामीले बतासे […]

मुखमा कपडा कोचेर गहगहना लुटियो

१८ मंसिर, पाल्पा । माथागढी गाउँपालिका–२, रूप्से देउरालीका सुरेश नेपालीको घरमा गएराति अज्ञात समूहले लुटपाट गरेका छन् । घरमूली सुरेशसहित गाउँका नौजना युवा भलिबल खेल्न बाहिर गएको मौका छोपी तीन जनाको समूहमा आएका युवाले खुकुरी देखाएर लुटपाट गरेका हुन् । श्रीमान् नभएको समयमा बेलुकीपख आएका लुटेराले झुम्का, मंगलसूत्र, औँठी, मडवरी, चन्द्रमा र मोबाइलसमेत लुटेर लगेको […]

पाल्पामा ‘क्लिन स्वीप’ गर्ने र शाख जोगाउने होड

१३ मंसिर, पाल्पा । ०४८ यताको चुनावमा पाल्पा कहिल्यै कुनै एक पार्टीको गढ रहेन । पहिलो संविधानसभामा देशभर ढुंगामाटो माओवादी भयो भन्दा पनि पाल्पा उसको गढ बन्न सकेन । तीन मध्येमात्र एक सिट जित्यो । तर, योपटक भने वाम गठबन्धनले प्रतिनिधिसभाका दुई सिटसँगै प्रदेशसभाका चारै सिट जितेर पाल्पालाई वामपन्थीहरुको गढ बनाउने दाबी गरेको छ । […]

पाल्पामा बढे एचआइभी संक्रमित बिरामी

२२ भदौ, पाल्पा । पाल्पा जिल्लामा एचआइभी संक्रमितका बिरामीको संख्या बढ्दो छ । हिजोआज एचआइभी संक्रमित व्यक्ति विस्तारै खुल्न थालेपछि एचआइभी संक्रमित बिरामीको संख्या बढ्न थालेको हो । आर्थिक वर्ष २०७३/०७४ मा ३१२ जना एचआइभी संक्रमित फेला परेका छन् । अघिल्लो वर्षको तुलनामा १७ जना एचआइभी संक्रमित थपिएका छन् । आव ०७२/०७३ मा २९५ जना […]

जिसस पाल्पाको निर्वाचन साउन २४ मा

२३ साउन, पाल्पा । जिल्ला समन्वय समिति पाल्पाको निर्वाचन साउन २४ गतेका लागि तय भएको छ । समितिको प्रमुखमा दुई र उपप्रमुखमा दुई जनाको नाम दर्ता भएको छ । प्रमुखमा नेपाली कांग्रेसका तर्फबाट हेमप्रसाद अर्याल, नेकपा एमालेका तर्फबाट दयाराज बस्याल, उपप्रमुखमा कांग्रेसका तर्फबाट शान्ति झेदी र एमालेका तर्फबाट मीरा मरासिनीको मनोनयन दर्ता भएको छ । […]

पाल्पामा बस दुर्घटना, एकको मृत्यु

१३ असार, पाल्पा । पाल्पाको तानसेन नगरपालिका–१२ को बौघापोखराथोकमा बस दुर्घटना हुँदा एकको मृत्यु भएको छ । बुटवलबाट बागलुङको बुर्तिवाङका लागि छुटेको लु १ ख ६११६ नम्बरको बस गएराति करिब १० बजे दुर्घटना हुँदा गोरखाका १७ वर्षका पदमकुमार श्रेष्ठको घटनास्थलमै मृत्यु भएको छ भने घाइते गुल्मी वालिटक्सारकी २६ वर्षीय हेमकुमारी काफ्लेको अहिले मिसन अस्पताल पाल्पामा […]

पाल्पाको चुनावी एजेन्डाः संघीयताको खारेजीदेखि खानेपानी, सडक र बिजुलीसम्म

११ असार, पाल्पा । स्थानीय तहको निर्वाचनमा प्रतिस्पर्धामा उत्रिएका तानसेन नगरपालिकाका प्रमुख पदका उम्मेदवारले खानेपानी, सडक, बिजुली र पर्यटनलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएका छन् । नेपाली कांग्रेसको तर्फबाट अजयमान कर्माचार्य, नेकपा (एमाले) का अशोककुमार शाही, नेकपा (माओवादी केन्द्र)की प्रतीक्षा सिंजाली, राष्ट्रिय प्रजातन्त्र पार्टीका रेवन्तबहादुर विष्ट, राष्ट्रिय जनमोर्चाका टीकाराम पौडेल, राष्ट्रिय जनमुक्तिका होमबहादुर थापा, सङ्घीय समाजवादी […]

बिषालु च्याउ खाँदा पाल्पामा दुईको मृत्यु

३०जेठ, पाल्पा । पाल्पाको निस्दी गाउँपालिका–४ भिरपानीमा जङ्गली च्याउ खाँदा मृत्यु हुनेको सङ्ख्या दुई पुगेको छ । लुम्बिनी मेडिकल कलेज, प्रभासमा उपचारको क्रममा सोमबार साँझ ४५ वर्षीया रिखिसरा गाहाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जानकारी दिएको छ । शुक्रबार बिहान घर नजिकैको जङ्गलबाट खोजेर ल्याएको च्याउ खाँदा बिरामी परेकामध्ये एकै घरका दुई जनाको मृत्यु […]

पाल्पामा बढ्यो चुनावी चहलपहल

२५ जेठ, पाल्पा । आगामी असार १४ गते हुने स्थानीय तह निर्वाचनका लागि जिल्लामा पुनः चुनावी चहलपहल सुरु भएको छ । वैशाख ३१ को स्थानीय तह निर्वाचनको मिति एक महिनापछि सरेपछि केही समय सुनसान बनेको चुनावी चहलपहल अहिले पुनः बढेको छ । असार १४ गतेको मिति नजिकिँदै जाँदा जिल्लामा क्रियाशील राजनीतिक दलका नेता कार्यकर्ता चुनावी […]

‘सत्यवती धार्मिक मेला’ सुरु, चिच्याएर वर माग्नुहोला !

२८ कात्तिक, पाल्पा । पाल्पाको कोलडाँडा गाविसको सत्यवती मन्दिरमा ‘सत्यवती धार्मिक मेला’ सुरु भएको छ । पहाडको हराभरावनभित्र फैलिएको सुन्दर सत्यवती तालभित्र रहेको सो मन्दिरमा प्रत्येक कात्तिक पूर्णिमाका दिन विशेष मेला लाग्ने गर्दछ । सत्यवती देवीले कानले नसुन्ने भएकाले वर माग्दा चिच्याएर एउटा मात्र माग्नुपर्ने जनविश्वास छ । रातको समयमा मन्दिरमा पूजा सकेरताल परिक्रमा गर्दा […]

पाल्पामा ४० उत्कृष्ठ महिला उद्यमीको घोषणा

५ असार, पाल्पा । पाल्पा जिल्लाका ४० उत्कृष्ठ महिला उद्यमी छनौट भएका छन् । दायित्व र इनोभेषन एक्सन पाल्पाले संचालन गरेको ग्रामीण महिला उद्यम प्रतियोगिता अन्र्तगत सहभागी जिल्लाभरका २ सय ५१ महिला उद्यमी मध्ये उत्कृष्ठ ४० छनौट गरि घोषणा गरिएको हो । शनिवार एक कार्यक्रमकाबीच उत्कृष्ठ ४० उद्यमीलाई प्रमाणपत्र समेत प्रदान गरियो । कार्यक्रमकी प्रमुख […]