- Home
- पुनर्निर्माण
पुनर्निर्माण
२६ फागुन, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदान मध्ये २१ करोडभन्दा बढी रकम फिर्ता आएको छ । दोहोरो भुक्तानी लिने देखि स्वेच्छाले फिर्ता गर्नेहरुबाट हालसम्म २१ करोड ४२ लाख ५४ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा फिर्ता आएको हो । पहिचान भएका लाभग्राहीका नाममा गएको रकम समेत फ्रिज भएर फिर्ता आएको छ । पुनर्निर्माण […]
२६ फागुन, काठमाडौं । भूकम्पपछिको पुनर्निर्माणका लागि सरकारले दिएको अनुदान मध्ये २१ करोडभन्दा बढी रकम फिर्ता आएको छ । दोहोरो भुक्तानी लिने देखि स्वेच्छाले फिर्ता गर्नेहरुबाट हालसम्म २१ करोड ४२ लाख ५४ लाख रुपैयाँ राष्ट्रिय पुनर्निर्माण प्राधिकरणमा फिर्ता आएको हो । पहिचान भएका लाभग्राहीका नाममा गएको रकम समेत फ्रिज भएर फिर्ता आएको छ । पुनर्निर्माण […]
२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेका थिए । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोत्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण […]
२० फागुन, काठमाडौं । शिलान्यास भएको तीन वर्षसम्म अलपत्र रहेको रानीपोखरीमा सोमबार विहानै महिलाहरुको एउटा डफ्फा धमाधम झार उखेलिरहेको थियो । केही पुरुषहरु उनीहरुलाई सघाइरहेका थिए, जसमध्ये एक थिए भक्तपुरका कृष्णप्रसाद दुमरु । उनी पेशाले कालिगढ हुन् । उनकै नेतृत्वमा भक्तपुरको भाजुपोखरी उपभोक्ता समितिमार्फत जिर्णोद्धार भइरहेको छ । पराम्परागत शैलीबाट भाजुपोखरी जिर्णोद्धार गरेको देखेपछि पुनर्निर्माण […]
१५ फागुन, काठमाडौं । रानीपोखरी लगायत सो क्षेत्रमा रहेका पुरातात्विक संरचनाहरुको व्यवस्थित तथा समन्वयात्मक ढंगले पुनर्निर्माण गर्न ७ सदस्यीय समिति गठन गरिएको छ । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले कार्यकारी समिति सदस्य डा. चन्द्रबहादुर श्रेष्ठको संयोजकत्वमा नयाँ समिति गठन गरेको हो । रानीपोखरी पुनर्निर्माण अनुगमन तथा समन्वय समिति नाम दिइएको उक्त समितिमा प्रा.डा.प्रेमनाथ मास्के, पुरातत्व विभागका पूर्व […]
२९ माघ, काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले गोरखाको गुम्सीपाखामा निर्माणाधिन एकीकृत बस्तीको परिवर्तित गुरुयोजना र डिजाइन स्वीकृत गर्न आग्रह गरेको छ । एनआरएनएका अध्यक्ष भवन भट्ट नेतृत्वको टोलीले राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवालीसँग भेट गरी परिवर्तित गुरुयोजना र डिजाइन स्वीकृत गर्न आग्रह गरेको हो । भेटमा गैर आवासीय नेपाली संघका अध्यक्ष […]
६ माघ, सिन्धुपाल्चोक । भूकम्पपछि विस्थापित भएर थातथालो नै छाडेर विगत चार वर्षदेखि अस्थाई टहरोमा बस्दै आएका राज विक यतिबेला आफ्नो घर निर्माणमा व्यस्त छन् । भूकम्पले उनको घर मात्रै भत्काएन अब त्यो पुरानो थातथलोमा कहिल्यै र्फकन नमिल्ने गरी पहिरो लागेपछि विक परिवार भुकम्प लगतै बाह्रविसे नजिकै खुर्सानीबारीको कान्लेमा बस्दै आएका थिए । पहिरोले गाउँमा […]
१७ पुस, काठमाडौं । ऐतिहासिक रानीपोखरी पुनर्निर्माणका लागि काठमाडौँ महानगरपालिकाले चौथो पटक बोलपत्र (टेण्डर) आहृवानको तयारी गरेको छ । भूकम्प गएको तीन वर्ष बितिसक्दासम्म रानीपोखरी कहिले पुनर्निर्माण हुने भन्ने विषय अझै अन्योलमा परिरहँदा कामपाले बोलपत्र आहृवानको तयारी गरेको हो । भूकम्प गएकै वर्ष माघ महिनामा राष्ट्रपति विद्यादेवी भण्डारीले रानीपोखरी पुनर्निर्माणको शुभारम्भ गर्नुभए पनि निर्माण कार्यले […]
१६ पुस, काठमाडौं । काठमाडौं महानगरपालिकाले न्युरोडमा रहेको जुद्ध वारुण यन्त्र भवन भत्काउने भएको छ । राणाकालीन प्रधानमन्त्री जुद्ध समशेर जबराका पालामा बनेको उक्त भवन भत्काएर सोही ठाउँमा उस्तै स्वरुपको नयाँ भवन बनाउने काठमाडौं महानगरपालिकाको तयारी छ । भवन जीर्ण हुँदै गएको र जुनसुकै अवस्थामा भत्किन सक्ने खतरा देखिएकाले त्यसलाई भत्काएर नयाँ बनाउने तयारी थालिएको […]
१५ पुस, काठमाडौं । सुरक्षित आवास निर्माणका लागि बैंक तथा वित्तीय संस्थाबाट ऋण लिनेक्रम बढ्दै गएको पाइएको छ । बैंक तथा वित्तीय संस्थाबाट ऋण लिएर निजी घर तथा आवास निर्माण गर्न पाइने भएकाले कर्जाको माग बढ्दै गएको पाइएको हो । निजी आवास निर्माणका लागि एक हजार ४०० जनाले बैंकबाट ऋण लिएका छन् । भूकम्पपीडितलाई ऋण […]
०७२ साल वैशाख १२ को भूकम्प र त्यसपछिका परकम्पबाट क्षतिग्रस्त भएका संरचनाहरुको पुनर्निर्माण, प्रभावित परिवारहरुको पुनर्स्थापना र उनीहरुको जीवीकोपार्जनमा समेत विशेष सहयोग गर्र्ने उद्देश्यले गठन भएको राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले विगत तीन वर्षमा भौतिक संरचनाहरुको पुनर्निर्माणमा महत्वपूर्ण उपलब्धी हासिल गरेको छ । निजी आवास निर्माण लगायतका क्षेत्रमा देखा परेका समस्याहरुलाई सुल्झाउँदै जोखीममा परेका परिवारको स्थानान्तरण, एकीकृत […]
१२ पुस, काठमाडौं । धरहरा पुनर्निर्माणको काम आजबाट औपचारिक रुपमा सुरु हुँदैछ । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्दैछन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । तर, पुनर्निर्माण […]
९ मंसिर, गोरखा । गोरखामा ५८ प्रतिशत नीजि आवास पुनर्निर्माणको काम सकिएको छ । कुल ७० हजार चार सय ८१ लाभग्राही मध्य ४० हजार तीन सय ८९ भूकम्प पीडितले घर निर्माण गरिसकेको राष्ट्रिय पुनर्निर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधार कार्यालयले जनाएको छ । ‘घर निर्माण सम्पन्न गरेपछि मात्र तेस्रो किस्ता पाउने […]
४ मंसिर, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले चालू आर्थिक वर्ष भित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता जनाएको छ । प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले चालू आर्थिक वर्षभित्र निजी आवास पुनर्निर्माणको काम सम्पन्न गर्ने प्रतिवद्धता व्यक्त गरे । मंगलबार संघीय संसद विकास तथा प्रविधि समितिको बैठक कोरम नपुगेर स्थगित भएपछि उनले पत्रकारहरुसँगको कुराकानीम […]
५ मंसिर, गोरखा । भूकम्पको तीन वर्षसम्म पनि गोरखाको सिरानचोक गाउँपालिका-७ श्रीनाथकोटस्थित सिम्लेका आइत बरामको घर पुनर्निर्माण हुन सकेको थिएन । पैसा नभएकै कारण डीपीसी गरेर गारो लगाउने काम बीचमै रोकिएको थियो । बराम मात्रै होइन सिम्लेका अधिकांश पीडितहरुले घर पुनर्निर्माण गर्न सकेका थिएनन् । सबैको एउटै समस्या थियो, आर्थिक अभाव । तर, निर्माण सामग्री […]
२३ असोज, काठमाडौं । भूकम्पबाट क्षति भएका संरचनाहरुको पुनर्निर्माणमा खटिएका इञ्जिनियरलगायतका प्राविधिक कर्मचारी कार्यक्षेत्रमा नगएर नियमित कलेज अध्ययन गरिरहेको भेटिएको छ । प्राविधिक कर्मचारीले जिम्मेवारीवहन नगरेको भेटिएपछि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले यसमाथि छानबिन थालेको छ । भूकम्पबाट प्रभावित जिल्लाको पुनर्निर्माणका लागि इन्जिनियर, सब–इन्जिनियर, असिस्टेन्ट पदमा करिब ३ हजार कार्यरत छन् । तर १ वर्षे करारमा नियुक्त प्राविधिक […]
१६ असोज, काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले भूकम्प पिडितहरुले नीजि आवास पुनर्निर्माण गर्न अनुदान रकम लिन नयाँ समयसीमा तोकेको छ । प्राधिकरणको निर्देशक समितिको बैठकले घर निर्माणका लागि अनुदानको पहिलो किस्ता प्राप्त गरिसकेका र पहिलो किस्ता नै नपाएका लाभग्राही हकमा सूचना जारी गरेको हो । प्राधिकरणका अनुसार २०७५ असार मसान्तसम्म प्रथम किस्ता प्राप्त गर्ने नीजि […]
८, असोज, काभ्रे । राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुशील ज्ञवालीले भूकम्प पीडितलाई सहुलियतपूर्ण ऋण चाँडै दिइने बताएका छन् । स्थानीय तहसँगको साझेदारीमा भूकम्प पीडितलाई सामूहिक जमानीमा ३ लाख रुपैयाँसम्म ऋण दिइने उनले बताएका हुन् । काभ्रे धुलिखेलको सञ्जीवनी उच्च माविको विद्यालय भवन अनुगमनमा आएका ज्ञवालीले पत्रकारसँगको कुराकानीमा सहुलियत ऋणको लागि रकम व्यवस्थापन […]
२१ भदौ, काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले पुनर्निर्माणको कामलाई द्रुत गतीमा अघि बढाउन निर्देशन दिएका छन् । प्राधिकरणको निर्देशक समितिको १३ औं बैठकलाई बिहीबार सिंहदरबारमा सम्बोधन गर्दै समितिका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले काममा ढिलाइ नगर्न भनेका हुन् । ऐन नियमले कुनै प्रकारका ढिलाइ भए त्यसलाई फुकाएर भूकम्प पीडितलाई यथासक्य चाँडो घरबासको व्यवस्था मिलाउनु पर्ने […]
२ भदौ, काठमाडौं । रानीपोखरी पुनर्निर्माणको जिम्मा नेपाली सेनालाई नदिइने भएको छ । अब काठमाडौं महानगरपालिका आफैंले रानीपोखरी निर्माण गर्नेछ भने स्वरुप पनि पुरानै हुने सम्भावना बढेको छ । रानीपोखरी पुनर्निर्माणको जिम्मेवारी काठमाडौं महानगरपालिकाले पाएको थियो । तर, पटकपटक विवादका कारण काम हुन नसकेपछि महानगरले सेनालाई जिम्मा दिने प्रस्ताव गर्यो, जसमा लगभग सहमति जुटेको थियो […]
१ असार, सिन्धुपाल्चोक । जिल्लामा पुननिर्माणमा खटिएका प्राविधिकहरु कार्यक्षेत्रमा नजाँदा घर बनाइरहेका भूकम्पपीडित समस्यामा परेका छन् । शहरी विकास तथा भवन डिभिजन कार्यालयले प्रत्येक वडामा इन्जिनियर, ओभरसियर र सवओभरसियर खटाए पनि उनीहरु गाउँमा नजाँदा नयाँ घर बनाएर सरकारी अनुदानका लागि प्राविधिकको सिफारिस पर्खेर बसेकाहरु समस्यामा परेका हुन् । प्राविधिक नहुँदा कतिपयले घर नबनाई आफै फोटो […]