Comments Add Comment

प्रचण्ड–माधव समूह

List Grid
प्रचण्ड–माधव समूहका सांसदहरुलाई उपत्यका नछोड्न निर्देशन

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका सांसदहरुलाई काठमाडौं उपत्यका नछोड्ने निर्देशन दिइएको छ । सिंहदरबारमा बोलाइएको संसदीय दलको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले अत्यावश्यक बाहेकका काममा उपत्यका नछोड्न निर्देशन दिएका हुन् । उपत्यका बाहिर जानैपर्ने भए त्यसको जानकारी दिन पनि निर्देशन दिइएको छ । उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि बोलाइएको छ […]

यथास्थितिमा ओलीसँग एकता सम्भव छैन : प्रचण्ड–माधव समूह

१४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले यथास्थितिमा ओली समूहसँग एकता नहुने बताएको छ । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको निर्णय बदर गर्ने सर्वोच्च अदालतको फैसला आएको भोलिपल्ट बसेको स्थायी कमिटी बैठकले आत्मालोचनासहित रुपान्तरण नभएसम्म ओली समूहसँग एकता नहुने बताएको हो । बैठकपछि प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले भने, ‘पार्टी एकतामा प्रहार गर्ने, गुट […]

काठमाडौंमा प्रचण्ड–माधव समूहको विजय जुलुस

१२ फागुन, काठमाडौं । संसद पुनर्स्थापना भएको खुसियालीमा नेकपा प्रचण्ड–माधव समूहले काठमाडौंमा विजय जुलुस निकालेको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएका जुलुस शान्तिवाटिकामा पुगेर सभामा परिणत हुने छ । सभालाई अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले सम्बोधन गर्ने कार्यक्रम छ । विजय जुलुसमा सहभागीहरुले रातो टीका लगाएका छन् । सूर्य र हँसिया हथौडा बोकेका उनीहरुले लोकतन्त्र […]

देउवालाई भेट्न बुढानीलकण्ठ पुगे प्रचण्ड र माधव नेपाल

१२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवासमा पुगेका छन् । बुधबार दिउँसो प्रचण्ड र मधवकुमार नेपाल बुढानीलकण्ठस्थित उनको निवासमा पुगेका हुन् । उनीहरुबीच सर्वोच्च अदालतले संसद विघटन बदर गरिदिएपछिको अवस्थाबारे छलफल भएको छ ।

संकटकाल लाग्दैन, लागे पनि एक महिनामै फिर्ता हुन्छ : प्रचण्ड

११ फागुन, चितवन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मुलुकमा संकटकाल लागे एक महिनामा नै फिर्ता हुने बताएका छन् । सर्वोच्च अदालतले संसद् पुनर्स्थापना गरे सरकारले संकटकाल लगाउने चर्चा चलेको सन्दर्भमा चितवनको भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै अध्यक्ष प्रचण्डले भने, ‘लाग्दैन संकटकाल, लागे पनि एक महिनामा फिर्ता हुन्छ ।’ संसद […]

प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

१० फागुन काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ । बाँकी रहेका १२ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस […]

आशंकाले अत्यायो प्रचण्ड–माधव समूहलाई

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई बिहीबार दिउँसो खबर पठायो, शुक्रबार मध्यान्हसम्म पेरिसडाँडा आइपुग्नु । नागरिकता र पार्टीको परिचय पत्र नै बोकेर आउन भनेपछि चौथो चरणको आन्दोलनमा खटिएका नेताहरु रातसाँझ गर्दै काठमाडौं आइपुगे । राजधानी नजिक रहेकाहरु बिहीबार नै काठमाडौं आए भने टाढा रहेकाहरु विहानसम्म आइपुगे । कतिपय भने आउनै सकेनन् । […]

केन्द्रीय सदस्यलाई प्रचण्ड–माधवको निर्देशन : जुनसुकै बेला निर्णय गर्नुपर्छ, तयार रहनुहोस्

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले आफ्ना केन्द्रीय सदस्यलाई जुनसुकै बेला जस्तोसुकै निर्णय लिनुपर्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएको छ । शुक्रबार पार्टी कार्यालय पेरिसडाडाँमा बसेको केन्द्रीय कमिटीको अनौपचारिक बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले केन्द्रीय सदस्यहरुलाई तयारी अवस्थामा रहन निर्देशन दिएका हुन् । ‘जुनसुकै बेला जस्तोसुकै निर्णय निर्णय लिनुपर्ने हुन्छ, […]

प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दै

७ फागुन, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहको आकस्मिक केन्द्रीय कमिटी बैठक बस्दैछ । केन्द्रीय कार्यालय पेरिसडाँडामा आकस्मिक केन्द्रीय कमिटी बैठक बोलाइएको हो । बैठक दिउँसो एक बजेदेखि शुरु हुँदैछ । यो समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकतासहित उपस्थित हुन हिजो मात्रै भनेको थियो । नागरिकतासहित केन्द्रीय सदस्यहरु काठमाडौं आएपछि एक बजेबाट बैठक शुरु हुन लागेको हो । […]

टुँडिखेलमा प्रचण्ड–माधव समूहको मानव साङ्लो

६ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले बिहीबारदेखि चौथो चरणको आन्दोलन सुरु गरेको छ । चौथो चरणको आन्दोलनको पहिलो कार्यक्रम अन्तर्गत यो समूहले मानव साङ्लो बनाएर टुँडिखेल घेरेको छ । पुस ५ मा प्रतिनिधिसभा विघटन भएपछि चरणबद्ध आन्दोलन गरिरहेको यो समूहले माघ २८ मा काठमाडौंमा जनसभा गरेर तेस्रो चरणको आन्दोलन अन्त्य गरेको […]

नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित बोलायो

६ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्यहरुलाई नागरिकता सहित पार्टी कार्यालयमा बोलाएको छ । बिहीबार टेलिफोन गरेर केन्द्रीय कार्यालय पेरिसडाडाँमा नागरिकताको प्रमाणपत्र सहित उपस्थित हुन आग्रह गरेको हो । यो समूहले यसअघि पनि नागरिकता संकलन गरेको थियो । तर, सबैको नागरिकता संकलन भएको थिएन । नागरिकता संकलनको प्रयोजन भने पार्टी अभिलेखको कागजपत्र मिलाउन […]

सभामुखले बैठक नराखेपछि प्रचण्ड–माधव समूहले बुझायो विरोधपत्र

५ फागुन, काठमाडौं । बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले दलहरुबीचको सहमतिअनुसार बैठक नबोलाएको भन्दै नेकपा प्रचण्ड–माधव समूहले उपसभामुखलाई विरोधपत्र बुझाएको छ । मंगलबार साँझ कार्यव्यवस्था परामर्श समितिको बैठकमा दलहरुले बुधबार दिउँसो २ बजे प्रदेश बैठक बोलाउन सुझाव दिएका थिए । दलहरु तयार भएपछि सभामुख श्रेष्ठले बैठक बोलाएका थिए । तर बिहान ६ बजे नै सूचना […]

त्रिपुराका मुख्यमन्त्रीको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहको आपत्ति

५ फागुन, काठमाडौं । भारतीय जनता पार्टी (भाजपा) का नेताको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड-माधव समूहले आपत्ति जनाएको छ । नेपाल लगायत देशमा भाजपा विस्तार गर्ने र सरकार बनाउने त्रिपुराका मख्यमन्त्री विप्लव देवको अभिव्यक्तिप्रति प्रचण्ड-माधव समूहले बक्तव्य जारी गरी गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरेको छ । ‘हाम्रो पार्टी विप्लव देवको यस प्रकारको अभिव्यक्तिप्रति गम्भीर आपत्ति प्रकट गर्दै […]

संसद् पुनर्स्थापना भए ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् : सुरेन्द्र पाण्डे

४ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका नेता सुरेन्द्र पाण्डेले संसद् पुनर्स्थापना भए केपी शर्मा ओलीले तुरुन्तै अर्को पार्टी गठन गर्ने बताएका छन् । यो समूहको फेसबुक पेज मार्फत् गरिएको कुराकानीमा पाण्डेले आफ्ना कार्यकर्ता सुरक्षित गर्न ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्ने बताए । ‘संसद् पुनर्स्थापना भयो भने ओलीले तुरुन्तै अर्को पार्टी दर्ता गर्छन् । […]

प्रतिबद्धता पत्र बनाउन प्रचण्ड–माधव समूहले बनायो कार्यदल

४ फागुन, काठमाडौं । संसद् विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड–माधव समूहले आम नागरिकलाई विश्वास दिलाउन प्रतिबद्धता पत्र लेख्ने गृहकार्य थालेको छ । संघर्ष समितिका संयोजक नारायणकाजी श्रेष्ठको संयोजकत्वमा प्रतिबद्धता पत्र लेख्ने कार्यदल बनेको छ । गएको माघ २६ मा बसेको संघर्ष समितिको बैठकले श्रेष्ठको संयोजकत्वमा कार्यदल गठन गरेको हो । प्रतिबद्धतापत्रको मस्यौदा तयार पार्न बनेको कार्यदलमा […]

प्रचण्ड–माधव समूहद्वारा चौथो चरणको आन्दोलन घोषणा

२ फागुन, काठमाडौं । संसद विघटनविरुद्ध आन्दोलनरत नेकपा प्रचण्ड-माधव समूहले चौथो चरणको कार्यक्रम घोषणा गरेको छ । केन्द्रीय संघर्ष समितिले आइतबार पत्रकार सम्मेलन गरी फागुन ५ देखि १५ गतेसम्मको आन्दोलनको कार्यक्रम घोषणा गरेको हो । संघर्ष समितिका अनुसार फागुन ५ देखि १२ गतेसम्म जिल्ला कमिटीहरुले सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्नेछन् । फागुन ६ गते […]

आयोगलाई प्रचण्ड–माधव समूहको प्रश्न : नेकपाको विवाद हल नगरी चुनाव हुन्छ ?

२ फागुन, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले निर्वाचन आयोगलाई नेकपाको आधिकारिकता विवाद हल नगरी कसरी निर्वाचन हुन्छ भनेर प्रश्न गरेको छ । आयोगले आइतबार निर्वाचन आचार संहिताबारे छलफल गर्न दलहरुलाई बोलाएको थियो । छलफलमा सहभागी प्रचण्ड–माधव समूहका नेता लिलामणि पोखरेलले आयोगले दलको विवाद निरुपण गर्नुको विकल्प नभएको बताए । ५ पुसमा प्रतिनिधिसभा विघटन भएसँगै फुटेको […]

प्रचण्ड–माधव समूहद्वारा पिनको संयोजकमा बन्जाडे र सहसंयोजकमा पोखरेललाई जिम्मेवारी

२ फागुन, काठमाडौं । नेकपा (प्रचण्ड–माधव समूह)ले प्रोगेसिभ इन्जिनियरिङ एसोसिएसन नेपाल (पिन) मा संयोजक र सहसंयोजक तोकेको छ । अध्यक्षद्वय प्रचण्ड र माधव नेपालले संयुक्त पत्र लेखेर नन्द बन्जाडेलाई संयोजक र छविराज पोखरेललाई सहसंयोजक तोकिएको जानकारी दिएका हुन् । बन्जाडे नेपाल निकट र पोखरेल प्रचण्ड निकट हुन् । पिन नेकपा निकट इन्जिनियरहरुको संगठन हो । […]

रामकुमारी झाँक्रीलाई तत्काल रिहा गर्न प्रचण्ड–माधव समूहको माग

२९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले केन्द्रीय सदस्य रामकुमारी झाँक्री पक्राउको विरोध गरेको छ । राष्ट्रपतिबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले राज्यविरुद्धको कसुर गरेको आरोपमा बिहीबार विहान झाँक्रीलाई शंमखुलस्थिच निवासबाट पक्राउ गरेको थियो । प्रचण्ड–माधव समूहले भने राजनीतिक आलोचनालाई राज्यविरुद्धको कसुर देख्नु गम्भीर दृष्टिभ्रम, पूर्वाग्रह र स्वेच्छाचारिता भएको बताएको छ । प्रवक्ता नारायणकाजी श्रेष्ठ प्रकाशले […]

निर्वाचन आयोग र अदालतलाई प्रचण्ड–माधवको खबरदारी

२८ माघ, काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा काठमाडौंमा शक्ति प्रदर्शन गरेको प्रचण्ड–माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले निर्वाचन आयोग र सर्वोच्च अदालतलाई खबरदारी गरेका छन् । नेकपाको अधिकारिकता विवाद चलिरहेका बेला प्रधानमन्त्री केपी शर्मा ओली मंगलबार निर्वाचन आयोग पुगेर आफू नै नेकपाको आधिकारिक भएको दाबी गरेका थिए । त्यसको भोलिपल्ट प्रचण्ड–माधव समूहले […]

तस्वीरमा प्रचण्ड-माधव समूहको शक्ति प्रदर्शन

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहले बुधबार काठमाडौंमा गरेको प्रदर्शन र सभामा देशभरिबाट जनसहभागिता देखियो । शक्ति प्रदर्शन गर्ने सिलसिलामा यो समूहले उपत्यकाका विभिन्न ५ ठाउँबाट जुलुस निकालेको थियो । जुलुस भृकुटीमण्डपमा पुगेर मुख्य सडकमै सभा आयोजना गरिएको थियो । राजधानीको सबैभन्दा व्यस्त मानिने क्षेत्रमा सभा राखेको र त्यहाँ दशौं हजार मानिसहरु सहभागी भएका […]