Comments Add Comment

प्रचण्ड

List Grid
जब प्रधानमन्त्री ओलीले प्रचण्डलाई झुक्याए…

१८ असार, काठमाडौं । बिहीबार बिहान ११ बजे प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाको स्थायी कमिटी बैठक डाकिएको थियो । बीचैमा प्रधानमन्त्री ओलीले १२ बजे मन्त्रिपरिषद् बैठक बोलाए । प्रधानमन्त्रीले हतार–हतार मन्त्रिपरिषद् (क्याबिनेट) राखेर संसद अधिवेशन अन्त्य गराउन लागेको सुनेपछि अर्का अध्यक्ष प्रचण्डले ओलीसँग चासो राखे, ‘यता ११ बजे पार्टीको बैठक चल्दैछ, १२ बजे नै किन क्याबिनेट […]

प्रचण्ड आउँछन् भने सल्लाह गर्न सकिन्छ : गोपाल किराँती

१७ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठकमा प्रचण्डलाई लक्षित गरेर ‘तपाईंले पनि त नेकपा माओवादी केन्द्र दर्ता गराउनुभएको छ’ भनेको कुरा सार्वजनिक भएको छ । १५ भदौ २०७६ मा निर्वाचन आयोगमा दर्ता भएको नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष छन्– गोपाल किराँती । प्रचण्ड नेतृत्वको […]

ओली–प्रचण्डको आसन फेरियो, बैठक धुम्बाराही सार्न माग

१२ असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को केन्द्रीय कार्यालय धुम्बाराहीमा छ । स्थायी कमिटीको बैठकचाहिँ प्रधानमन्त्रीनिवास बालुवाटारमा राखियो । व्यस्त प्रधानमन्त्रीलाई उपस्थित हुन सहज होस् भनेरै सरकारीनिवासमा बैठक राखिएको हो । तैपनि शुक्रबारको बैठकमा प्रधानमन्त्री हाजिर भएनन् । बुधबार स्थायी कमिटी बैठक सुरु भएका दिन सम्बोधन गरेका अध्यक्ष ओली शुक्रबार गयल भए […]

आलोपालो छाडेर गल्ती गरेछु, ओलीमा अहंकारमात्र बढ्यो : प्रचण्ड

१०, असार, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो प्रधानमन्त्री हुने सहमति छाडेर गल्ती गरेँ भन्ने महसुस भएको टिप्पणी गरेका छन् । उनले प्रधानमन्त्री ओलीमा अहंकार बढेको निष्कर्षसमेत निकालेका छन् । बुधबारदेखि सुरु भएको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीमाथि कडा आक्रोश पोखे । बैठकमा प्रचण्डको कडा […]

प्रचण्डको गुनासो- जेठ २ को सम्झौता पालना भएन, ओलीले भने- कमजोरी भएको भए सुधारौंला

१० असार, काठमाडौ‌ं । नेकपा अध्यक्ष प्रचण्डले तत्कालीन माओवादी र एमालेबीच पार्टी एकता हुनुभन्दा अघिल्लो दिन २०७५ साल जेठ २ गतेको सम्झौता कार्यान्यवन नभएको गुनासो गरेका छन् । बुधबार दिउँसो बालुवाटारमा आयोजित नेकपा स्थायी कमिटीको बैठकको उद्घाटन सत्रमा सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले सम्झौता कार्यान्वयन हुँदा दुवै अध्यक्षबीच आशंका बढ्ने गरेको टिप्पणी गरेका हुन् । तत्कालीन […]

नेकपा अध्यक्षद्वयले सांसदहरुलाई भने– नागरिकता विधेयकमा छिट्टै निर्देशन आउँछ

५ असार, काठमाडौं । नागरिकता विधेयकबारे छलफल गर्न सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सचिवालय बैठक बोलाएको छ । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले सहमति जुटाउन ५ दिनको समय लिएपछि प्रधानमन्त्री एवं नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बिहीबार नेपाली कांग्रेसका नेताहरुसँग छलफल गरेका थिए । दुबै […]

जनपक्षीय बजेट आयो, खुसी छु : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल, प्रचण्डले संघीय संसदमा प्रस्तुत आगामी आर्थिक वर्षको बजेट प्रगतिशील र जनपक्षीय भएको प्रतिक्रिया दिएका छन्  । बजेटबारे प्रतिक्रिया दिँदै पूर्व प्रधानमन्त्री प्रचण्डले भने, ‘कोराना महामारीको यो विषम परिस्थितिमा पनि सन्तुलित, जनतालाई राहत दिने किसिमले सिर्जनात्मक, प्रगतिशील, जनपक्षीय ढंगले समाजवादउन्मुख बाटो पक्रिने बजेट आयो, म […]

गणतन्त्र ल्याउन लडेका सबै शक्ति एक हुनु राष्ट्रिय आवश्यकता हो : प्रचण्ड

१५ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध हुनुपर्ने बताएका छन् । गणतन्त्र दिवसको अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै प्रचण्डले भनेका छन्, ‘गणतन्त्र प्राप्तिका लागि लडेका सबै शक्तिहरु एकताबद्ध भई जनअपेक्षा अनुसार सुशासन र विकासमा समर्पित हुनु आजको राष्ट्रिय आवश्यकता हो ।’ उनले […]

ईदको शुभकामना दिँदै प्रचण्डले भने– एक भएर कोरोनाको प्रतिरोध गरौं

१२ जेठ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुस्लिम समुदायको महान् चाड ईदका अवसरमा स्वदेश तथा विदेशमा रहेका सबै नेपाली मुस्लिम दिदीबहिनी तथा दाजुभाइहरूमा हार्दिक बधाई तथा शुमकामना व्यक्त गरेका छन् । सबै जातीय, धार्मिक र वर्गीय समुदायमा कोरोना भाइरस (कोभिड–१९) ले समानरुपले आक्रमण गरिरहेको उल्लेख गर्दै प्रचण्डले यस महामारीविरुद्धको […]

भूमि व्यवस्था मन्त्रीद्वारा प्रचण्डलाई अध्यावधिक नक्सा हस्तान्तरण

१० जेठ, काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई लिम्पियाधुरा क्षेत्र समावेश गरिएको नेपालको अध्यावधिक नक्सा हस्तान्तरण गरेकी हुन् । शनिबार बिहान अध्यक्ष प्रचण्ड निवास खुमलटार पुगेर नेपालको राजनीतिक तथा प्रशासनिक नक्सा अध्यक्ष प्रचण्डलाई प्रदान गरेकी हुन् । नक्सा हस्तान्तरणका क्रममा अध्यक्ष […]

नेकपाको सैद्धान्तिक बहस : भैंसी लिएपछि पाडो किन छाड्ने ?

जेठ ३ गते पार्टी एकताको २ वर्ष तथा मदन आश्रितको २७ औं स्मृति दिवसका अवसरमा नेकपाका अध्यक्षद्वय केपी ओली र प्रचण्डले जारी गरेको तीन पेज लामो संयुक्त वक्तव्यलाई कर्मकाण्डका रुपमा मात्र बुझियो भने सत्तारुढ पार्टीभित्रका आयामहरु बुझ्न सकिन्न । यो वक्तव्यका मस्यौदाकारहरुको त्यो ओली र प्रचण्डको ‘मिलापत्रको लिखत’ हो । वक्तव्यमा सुविचारित रुपमा प्रयोग भएका […]

ओली र प्रचण्डले भने : मदन भण्डारीको मृत्युको गहिरो अन्वेषण हुन्छ

३ जेठ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले मदन भण्डारी र जीवराज आश्रितको जिप दुर्घटनामा भएको मृत्युको घटनाको गहिरो अन्वेषण गर्दै सत्य तथ्य सार्वजनिक गर्न निरन्तर लागिरहने बताएको छ । तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारी र तत्कालीन संगठन विभाग प्रमुख जीवराज आश्रितको जिप दुर्घटनामा मृत्यु भएको २७ वर्ष पूरा भएको अवसरमा शनिबार विज्ञप्ति […]

नेकपा एकताको दुई वर्ष : विचारमा वर्णसंकर मति, संगठनमा सर्वनाशको गति

केही दिनअघि आफूलाई भेट्न पुगेका केही मन्त्रीसँग नेकपा उपाध्यक्ष बामदेव गौतमले भनेका थिए– पार्टी एकता लामो समयसम्म जान्छ भन्ने विश्वास त अब मलाई छैन । तर, पनि  पार्टी फुट्न नदिन पटक–पटक धोका पाए पनि यसपटक फेरि केपी ओलीलाई साथ दिएको हुँ । प्रधानमन्त्री बनाउँछन् भन्ने त मलाई छैन । तत्कालीन नेकपा एमाले र माओवादीबीच एकीकरण […]

प्रचण्डले जिम्मा लिएपछि नेकपामा स्थायी कमिटी बैठक, के छ एजेण्डा ?

३० वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले टार्दै आएको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का स्थायी कमिटी बैठक बुधबार बस्ने भएको छ । बुधबार ११ बजे बैठक बोलाइएको भन्दै पार्टी कार्यालयबाट स्थायी कमिटी सदस्यहरुलाई एसमएमएस र टेलिफोन आएको छ । बैठक २५ गते बोलाइएको थियो, तर स्थायी कमिटीको एजेण्डा तयार पार्न भनी वैशाख २४ गते […]

लिपुलेक विवादमा भारतमात्र होइन, चीन पनि संलग्न छ : प्रचण्ड

२८ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले लिपुलेकको सीमा विवादमा चीन पनि संलग्न भएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उनले नेपाल र भारतबीच लिम्पियाधुरामा रहेको सीमा विवाद अब भारतसँग मात्र छलफल गरेर समाधान नहुने बताएका हुन् । ‘सुगौली सन्धिअनुसार लिम्पियाधुरा कालीनदीको मुहान […]

एक-दुई दिनभित्र स्थायी कमिटी बैठक बोलाउँछौं : प्रचण्ड

२५ वैशाख, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक–दुई दिनभित्र पार्टीको स्थायी कमिटी बैठक बोलाइने बताएका छन् । बिहीबार संघीय संसद भवन नयाँ बानेश्वरमा कोरोना परीक्षणका लागि पुगेका अध्यक्ष प्रचण्डले पत्रकारहरुसँग गृहकार्य नपुगेकाले बिहीबार निर्धारित बैठक बस्न नसकेको बताए ।  ‘अलि गृहकार्य नपुगेकै हो मुख्य रुपमा । त्यसकारण दुई अध्यक्षले […]

बुद्धका उपदेशले कोरोनाविरुद्ध लड्न मनोबल पैदा गर्ने प्रचण्डको विश्वास

२५ वैशाख, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गौतम बुद्धका उपदेशले उच्च मनोबल पैदा गर्ने र कोरोनाविरुद्ध विजय प्राप्त गर्न मद्दत मिल्ने विश्वास व्यक्त गरेका छन् । सामाजिक सांस्कृतिक ऐक्यवद्धता, सदभाव र सहिष्णुता नेपाली समाजको विशेषता हो भन्दै उनले यही विशेषताले कोरोना भाइरसविरुद्ध लड्ने ताकत र ऊर्जा पैदा हुने बताएका […]

सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छलफल

२४ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठकअघि अध्यक्षद्वय केपी शर्मा ओली र प्रचण्डबीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठकका एजेण्डा र स्थायी कमिटी बैठकमा पेश गर्ने प्रस्तावका सन्दर्भमा उनीहरुबीच छलफल भएको हो । नेकपा सचिवालय बैठक आज अपरान्ह ३ बजे बस्दैछ । सो बैठकमा प्रचण्ड र महासचिव विष्णु पौडेलले […]

प्रचण्डलाई भेट्न बामदेव बिहानै पुगे खुमलटार

२४ वैशाख, काठमाडौं । अघिल्लो सचिवालय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको पक्षमा उभिएका नेकपा उपाध्यक्ष बामदेव गौतमले बुधवार बिहानै अर्का अध्यक्ष प्रचण्डलाई भेटेर आफू पार्टीमा एकताको पक्षमा रहेको बताएका छन् । यसबीचमा बामदेव ओलीतिर लागेको बुझेपछि प्रचण्ड, झलनाथ खनाल, माधव नेपाल र नारायणकाजी श्रेष्ठ चार नेताको मात्र अलग छलफल भएको थियो । सो छलफलमा बामदेवले […]

स्थायी कमिटीको समीकरण : कसको पक्षमा कति ?

२३ वैशाख, काठमाडौंं । केन्द्रीय सचिवालयमा उपाध्यक्ष बामदेव गौतमको साथ पाएपछि बहुमतमा पुगेका प्रधानमन्त्री केपी शर्मा ओलीका लागि वैशाख २५ मा बस्ने स्थायी कमिटी बैठक पेचिलो बन्नेछ । स्थायी कमिटीमा करिब दुई तिहाइ सदस्यहरू ओलीको विपक्षमा हुनेछन् । यदि ओली र प्रचण्डबीच मंसिर ४ को सहमतिअनुसार अघि बढ्ने मोडालिटीमा सहमति भएको हो भने पूर्वमाओवादी पक्ष […]

प्रधानमन्त्री ओली र प्रचण्डबीच फेरि खटपट !

२३ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)मा अध्यक्षद्वय केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच फेरि असमझदारीको संकेत देखिएको छ । त्यही कारण २५ गते बोलाइएको स्थायी कमिटी बैठकमा पेश गर्ने सहमतिको प्रस्ताव लेखन समेत अगाडि बढेको छैन । प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओली र अर्का अध्यक्ष प्रचण्डबीच मंगलबार पनि भेटवार्ता भएको […]