Comments Add Comment

प्रचण्ड

List Grid
ओलीले बनाएका २ मन्त्री पनि फर्किन खोज्दैछन् : प्रचण्ड

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओली समूहमा रहेका नेताहरु आफूहरुतर्फ आउन लागेको बताएका छन् । ओलीले बनाएको दुई जना मन्त्रीसमेत आफूसँग वार्तामा रहेको प्रचण्डले बताए । ‘केपी ओलीलाई छोड्ने मान्छेको लाम लागेको छ । अरु त अरु, दुई जना मन्त्री पनि फर्कन मसँग वार्तामा छन्’, उनले भने । […]

प्रचण्डले भने : केपीजी, देख्नुभयो विरोध प्रदर्शन कस्तो हुन्छ ?

२८ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विरोध प्रदर्शन कस्तो हुन्छ हेर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई आग्रह गरेका छन् । प्रतिनिधिसभा विघटनको विरोधमा प्रचण्ड–माधव समूहले माघ ९ मा गरेको सभा गरेको दिन ओलीले सभा भनेको कस्तो हुन्छ माघ २३ गते देखाउने बताएका थिए । त्यसअनुसार ओली समूहले काठमाडौंमा शक्ति प्रदर्शन गरेको […]

प्रचण्ड-माधव समूहको विरोध सभा सुरु (LIVE)

२८ माघ, काठमाडौं । संसद विघटनविरुद्ध काठमाडौंमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहको विरोध सभा सुरु भएको छ । काठमाडौंका विभिन्न स्थानबाट निस्किएको जुलुस भृकुटीमण्डप पुगेर सभामा परिणत भएको हो । सभालाई प्रचण्ड, माधव नेपालसहित १४ जनाले सम्बोधन गर्ने तय भएको छ ।  

प्रचण्ड-माधव समूहको विरोधसभालाई १४ नेताले सम्बोधन गर्ने

२८ माघ, काठमाडौं । नेकपा (प्रचण्ड-माधव) समूहले आज काठमाडौंमा आयोजना गरेको विरोधसभालाई १४ जना नेताहरुले सम्बोधन गर्ने भएका छन् । संसद विघटनको विरोधमा आयोजित सभालाई अध्यक्ष प्रचण्ड र माधव नेपालसहित झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, रघु जी पन्त, देव गुरुङ, जनार्दन शर्माले सम्बोधन गर्ने छन् । यसैगरी सन्तकुमार चौधरी, रामचन्द्र झा, रामकुमारी झाँक्री, महफुज अन्सारी, भानुभक्त […]

प्रचण्ड-माधव समूहले निकाल्यो विरोध जुलुस (फोटो फिचर)

२८ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेकपा (प्रचण्ड-माधव समूह)को जुलुस विभिन्न स्थानबाट सुरु भएको छ । माइतीघर, पुल्चोक, त्रिपुरेश्वर, केशर महल र जमलबाट जुलुस निस्किएका छन् । ती जुलुसहरु सुन्धारामा पुगेर मूल जुलुसमा मिसिने छन् । अध्यक्ष प्रचण्ड, माधव नेपाल लगायतले नेतृत्व गरेको मूल जुलुस विभिन्न स्थान परिक्रमा गर्दै भृकुटीमण्डपमा पुगेर विरोधसभामा परिणत हुने […]

जुलुस सुरु नहुँदै जाम, सबै ट्राफिक प्रहरी सडकमा

२८ माघ, काठमाडौं । प्रचण्ड–माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शनसहित विरोध सभा गर्ने भएपछि उपत्यकाको ट्राफिक व्यवस्थापन प्रभावित भएको छ । यातायात आवागमनलाई व्यवस्थित गर्ने प्रयासमा बिहानैदेखि डाइभर्सन सुरु गरिएको छ । ठूला गाडीहरुलाई चक्रपथभित्र प्रवेश गर्न पूर्णरुपमा रोक लगाइएको छ । ठूला गाडीहरुलाई चक्रपथ वरिपरि नै रोकिएको छ । कालीमाटी, थापाथली, लैनचौर, रत्नपार्क, पुतलीसडक क्षेत्रतिर […]

प्रचण्ड-माधव समूहले काठमाडौंमा शक्ति प्रदर्शन गर्दै, दुई लाख मानिस उतार्ने दाबी

२८ माघ, काठमाडौं । संसद विघटनको विरोधमा आन्दोलनरत नेकपा (प्रचण्ड-माधव समूह)ले आज काठमाडौंमा विरोधसभा गर्दैछ । भृकुटीमण्डपमा हुने विरोधसभालाई अध्यक्ष प्रचण्डसहितका शीर्ष नेताहरुले सम्बोधन गर्नेछन् । विरोधसभा अघि पुल्चोक, माइतीघर मण्डला, केशरमहल, त्रिपुरेश्वर र जमलबाट जुलुस निस्किने छन् । ती जुलुसको शीर्ष नेताहरुले नेतृत्व गर्नेछन् ।  मुख्य र्‍याली भने सुनधाराबाट सुरु हुनेछ । भृकुटीमण्डपमा पुगेर […]

ओलीलाई प्रचण्डको प्रश्न : तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको ?

२७ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘तपाईं कम्युनिस्ट पार्टीको अध्यक्ष कि हिन्दु महासंघको’ भनी प्रश्न गरेका छन् । अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आवद्ध सञ्चारकर्मीसँग मंगलबार भएको छलफलका क्रममा प्रचण्डले कम्युनिस्ट पार्टीको अध्यक्ष हो कि हिन्दु महासंघको अध्यक्ष हो ? भन्ने प्रश्न ओली आफैंले उठाएको बताए । अयोध्या, […]

केपी ओली रक्षात्मक अवस्थामा गइसके : प्रचण्ड

२६ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नारायणहिटी संग्राहलय अगाडि ३५ हजार पनि मानिस सहभागी नभएपछि प्रधानमन्त्री केपी शर्मा ओली रक्षात्मक अवस्थामा गइसकेको बताएका छन् । आफू निकट शिक्षकहरुको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले समूह समूहले धाकधक्कु लगाए पनि जनताले साथ नदिएको बताए । ‘ओली रक्षात्मक अवस्थामा गइसके । उनीहरुको सुरक्षा […]

संविधान मिचेर गरिने चुनाव अवैधानिक हुन्छ : प्रचण्ड

२३ माघ, काठमाडौं । नेपाल कम्युनिष्ट पार्ट (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संविधान मिचेर गरिने चुनाव अवैधानिक हुने बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा भंग गरेर वैशाख १७ र २७ मा मध्यावधि चुनाव घोषणा गरेका छन् । यो असंवैधानिक भएको भन्दै परेको १३ वटा रिटमा सर्वोच्च अदालतमा सुनुवाई भइरहेको छ । […]

सरकारलाई प्रचण्डको आग्रह : विप्लवसँग वार्ता गर्ने भए प्रतिबन्ध हटाऊ

२३ माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहले विप्लव समूहसँग वार्ता गर्ने भए सरकारले प्रतिबन्ध हटाउनुपर्ने बताएको छ । शुक्रबार पत्रकारहरुसँग कुरा गर्दै प्रचण्ड साधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले विप्लव वार्तामा आए आफूहरुको समर्थन रहने बताए । हिजो पनि आफूहरु विप्लवहरुलाई प्रतिबन्ध लगाउनुभन्दा मुल धारमा ल्याउन सके राम्रो भन्ने पक्षमा रहेको तर प्रधानमन्त्री केपी शर्मा […]

स्वेतपत्र जारी गर्ने प्रचण्ड-माधव समूहको तयारी

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहले स्वेतपत्र जारी गर्ने तयारी गरेको छ । आफ्नै पार्टीबाट निरंकुश प्रवृत्ति देखिएको भन्दै प्रचण्ड-माधव समूहका नेताहरुले आत्मसमीक्षा गरेर स्वेतपत्र जारी गर्ने बताएका हुन् । शुक्रबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने, ‘ कहाँ त्रुटि भयो ? किन समयमै यो प्रवृत्तिलाई रोक्न […]

मैले एमसीसीको समर्थन गरेको छैन : प्रचण्ड

२३ माघ, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-माधव नेपाल समूहका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले आफू मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)को समर्थनमा नगएको प्रष्टीकरण दिएका छन् । बिहीबारको आम हड्तालको अनुगमनका क्रममा नेता-कार्यकर्ताले एमसीसीविरुद्ध नारा लगाएपछि प्रचण्डले रोकेका थिए । त्यही विषयमा शुक्रबार बिहान पत्रकारसँग कुरा गर्दै उनले संवैधानिक निकायहरुमा भएको असंवैधानिक नियुक्तिविरुद्ध आम हड्ताल गरेकाले […]

फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुनसक्छ : प्रचण्ड

२२ माघ, काठमाडौं । नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्भवतः फागुन पहिलो साताबाट संयुक्त आन्दोलन हुने बताएका छन् । संवैधानिक निकायहरुमा भएको नियुक्तिको विरोध गर्दै आफ्नो समूहले आहृवान गरेको आमहड्तालका क्रममा प्रचण्ड सातदोबाटो चोकमा पुगेर नाराबाजी गरेका छन् । त्यसक्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रचण्डले हड्ताल आफूहरुको बाध्यता भएको बताए । सरकारले बलमिच्याई गरेर […]

ओलीले प्रचण्डलाई भने : हप्कीदप्की गर्ने होइन, कानुनको पालना गर्नुस्

२२ माघ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई हप्की दप्की नगर्न र कानुनको पालना गर्न आग्रह गरेका छन् । नेकपाको प्रचण्ड–माधव समूह नियम तोड्ने, धाकधक्कु लगाउने र कानून मान्दिन भन्दै प्रहरी प्रशासन तथा निर्वाचन आयोगलाई धम्की दिदै हिँडेको उल्लेख गर्दै उहाँले अब ‘कानून मान्दिनँ’भन्ने जमाना गएको टिप्पणी गरे […]

आम हड्ताल गर्न सडकमा निस्किए प्रचण्ड

२२ माघ, काठमाडौं । आज घोषित आम हड्ताल सफल बनाउन पुस्पकमल दाहाल (प्रचण्ड) पनि सडकमा आएका छन् । प्रचण्ड ललितपुरस्थित सातदोबाटो चोकमा निस्किएका हुन् । प्रचण्ड-नेपाल समूहले आज असंवैधानिक संसद विघटन र अवैधानिकरुपमा संवैधानिक आयोगमा नियुक्ति गरेको भन्दै आम हड्ताल गरेको छ । हड्ताल सफल बनाउन सबै शीर्ष नेताहरु सडकमै आएका छन् । नेता नारायणकाजी […]

अवहेलना मुद्दामा प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश

२१ माघ, काठमाडौं । अदालतको अवहेलना मुद्दामा सर्वोच्च अदालतले नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको छ । बुधबार न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले प्रचण्डलाई ७ दिनभित्र आफैं लिखित जवाफ पेश गर्न आदेश दिएको हो । काठमाडौंको शान्तिवाटिकामा आयोजित सभामा प्रचण्डले ‘केपी ओलीको निरंकुश र स्वेच्छाचारी कदमलाई सही […]

पूर्व लडाकूहरुलाई समाजमा स्थापित गर्न नसक्नु कमजोरी भयो : प्रचण्ड

२१ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्व लडाकूहरुलाई संगठनमा जिम्मेवारी दिएर समाजमा स्थापित गर्न नसक्नु कमजोरी भएको स्वीकार गरेका छन् । त्यसको समाधानका लागि पार्टीमा पूर्व लडाकूहरुको विशेष पार्टी कमिटी बनाउने योजना सुनाए । बुधबार बर्हिगमित जनमुक्ति सेना नेपालको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रचण्डले पूर्व लडाकूहरुलाई केन्द्रमा स्थापित गरेको बताए […]

प्रचण्ड-माधव समूहद्वारा आयोगमा नेकपाको आधिकारिकता दाबी पेस

२० माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहले राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी निर्वाचन आयोगमा पेश गरेको छ । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगमा पुगेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को आधिकारिकता दाबी पेश गरेका हुन् । वरिष्ठ नेता झलनाथ खनालले भने, ‘दाबी प्रस्ताव गर्न दल ऐनको धारामा टेकेका छौं […]

निर्वाचन आयोग पुगे प्रचण्ड र माधव नेपाल

२० माघ, काठमाडौं । नेकपा प्रचण्ड माधव समूहका शीर्ष नेताहरु आधिकारिकता दाबी गर्दै निर्वाचन आयोगमा पुगेका छन् । अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालसहितका नेताहरु आयोगको कार्यालय पुगेका हुन् । सोमबार बसेको सो समूहको केन्द्रीय समितिको बैठकले आयोगमा आधिकारिकता दाबी गर्न जाने निर्णय गरेको थियो । राजनीतिक दलसम्बन्धी ऐनको दफा ४४ अनुसार आधिकारिता दाबी […]

प्रचण्डविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता

१९ माघ, काठमाडौं । नेकपा प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डविरुद्ध सर्वोच्च अदालतमा अदालतको अवहेलना मुद्दा दायर भएको छ । अधिवक्ता समिर हायुले सोमबार मुद्दा दायर गरेका हुन् । जसको पेसी भोलि मंगलबारका लागि तोकिएको छ । प्रचण्डले पटकपटक अदालत र न्यायाधीशहरूलाई लक्षित गरेर धम्कीपूर्ण अभिव्यक्ति दिएको रिट निवेदकको दाबी छ । सर्वोच्च अदालतमा हाल […]