Comments Add Comment

प्रतिनिधिसभा चुनाव

List Grid
घरदैलो मैझारो गर्दै प्रकाशमानले भने- मतदाताको ‘बडील्याङ्ग्वेज’ देखेर उत्साहित छु

१५ मंसिर, काठमाडौं । काठमाडौं क्षेत्र नम्बर १ का नेपाली कांग्रेस प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रकाशमान सिंहले चुनावी घरदैलो कार्यक्रम अन्त्य गरेका छन् । काठमाडौं महानगरपालिका ११ भोटेबहाल क्षेत्रमा शुक्रबार बिहान अन्तिम घरदैलो कार्यक्रम गरेका उनले मतदाताको ‘बडी ल्याङ्ग्वेज’बाट आफू उत्साहित भएको बताए । प्रकाशमानले कात्तिक २० गतेदेखि मतदातासँग भेटघाट गर्दै भोट माग्न घरदैलो अभियान सुरु […]

कालीकोटमा मतपेटिका राखिएको ठाउँमा कम्युनिष्टको ताला, वाईसीएलको डिउटी

१५ मंसिर, कालीकोट । पहिलो चरणमा गत १० गते मतदान भएको कालीकोटमा मतपेटी राखिएको ठाउँमा कम्युनिष्टहरुले छुट्टै ताला लगाएका छन् । उनीहरुले सरकार लोकतान्त्रिक गठबन्धनको रहेको बेला सत्ताको बलमा मतपेटी तलमाथि हुन सक्ने आशंकामा मुख्य निर्वाचन अधिकृतको कार्यालयको मतपेटी राखिएको कोठमा वाम गठबन्धनको ताला लगाएका हुन् । जिल्लाभरका मतपेटी जम्मा गरी राखिएको कोठामा कम्युनिष्ट र […]

रौतहटको गरुडामा प्रहरी र राजपा कार्यकर्ताबीच झडप, ५ घाइते

१५ मंसिर, रौतहट । प्रहरी र राजपाका कार्यकर्ताहरुबीच झडप भएपछि गएराति अबेरसम्म पनि रौतहटको गरुडा नगरपालिका ५ महमदपुर तनावग्रस्त भयो । मधेस आन्दोलनका दृष्यहरु प्रोजेक्टरको माध्यमबाट देखाउँदै राजपाले चुनाव प्रचार गरिरहेको बेला प्रहरीले हस्तक्षेप गरेर रोक्न खोज्दा झडप भएको हो । झडपमा बालकसहित पाँचजना घाइते भएका छन् । उनीहरुको रौतहटका चपुर, गरुडा र गौरका अस्पतालहरुमा […]

रुकुम पश्चिमका दुई केन्द्रमा आज पुनः मतदान

१५ मंसिर, रुकुम । पश्चिम रुकुमका बाँफीकोट गाउँपालिका र आठबिसकोट नगरपालिकाका एक-एक मतदान केन्द्रमा आज पुनः मतदान हुँदैछ । १० मंसिरमा भएको पहिलो चरणको निर्वाचनका क्रममा मतपेटिकामा एसिड हालिदिँदा मतपत्र जलेपछि स्थगित भएका केन्द्रमा पुनः मतदान हुन लागेको हो । बाँफीकोट गाउँपालिका- ५ को रत्न आधारभूत विद्यालय काँडाको (क) मतदान केन्द्रमा प्रतिनिधिसभा सदस्यको र आठबिसकोट […]

पाल्पामा ‘क्लिन स्वीप’ गर्ने र शाख जोगाउने होड

१३ मंसिर, पाल्पा । ०४८ यताको चुनावमा पाल्पा कहिल्यै कुनै एक पार्टीको गढ रहेन । पहिलो संविधानसभामा देशभर ढुंगामाटो माओवादी भयो भन्दा पनि पाल्पा उसको गढ बन्न सकेन । तीन मध्येमात्र एक सिट जित्यो । तर, योपटक भने वाम गठबन्धनले प्रतिनिधिसभाका दुई सिटसँगै प्रदेशसभाका चारै सिट जितेर पाल्पालाई वामपन्थीहरुको गढ बनाउने दाबी गरेको छ । […]

१३७ सिट जित्ने वाम गठबन्धनको दावी

१४ मंसिर, काठमाडौं । वाम गठबन्धनले प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १३७ सिट जित्ने दावी गरेको छ । एमाले महासचिव ईश्वर पोख्रेलले कम्तिमा पनि वाम गठबन्धनले एक सयदेखि १३७ सिट जित्ने दावी गरेका हुन् । प्रेस चौतारी र प्रेस सेन्टर नेपालले काठमाडौंमा आयोजना गरेको उम्मेदवारसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै नेता पोख्रेलले पहिलो चरणमा ३७ सिटका लागि भएको चुनावमा ३२ […]

किसानलाई धान भित्र्याउने चटारो, उम्मेदवारलाई भोट माग्ने हतारो

१३ मंसिर, वीरगञ्ज । तराईका किसानलाई यतिवेला धान भित्र्याउने चटारो छ । किसानहरु धान भित्र्याउन खेतमा व्यस्त छन् । कोही धान काट्दैछन्, कोही चुट्दैछन् । कोही पराल थन्क्याउँदै । तराईमका किसानलाई चुनावको होइन वर्षभरी खाने अन्नको चिन्ता छ । तर, दलहरुलाई भने मंसिर २१ गते हुने दोस्रो चरणको चुनावको चिन्ता छ । किसानलाई धान भित्र्याउन […]

२६ वर्षदेखि बाटो र बिजुलीकै चुनावी आश्वासन, जुन अझै अधुरो छ

१३ मंसिर, नेपालगञ्ज । जबजब चुनाव आउँछ, अन्यत्र जस्तै बाँकेको कर्णाली भनिने बघौडामा उम्मेदवार पुग्छन्, बाटो र विजुली ल्याउँछु भन्छन् । त्यही आशमा कहिले कांग्रेस त कहिले राप्रपा र एमालेलाई जिताएर पठाए तर, लोकतन्त्र आएको छ २६ वर्ष भयो, नत बघौडामा पूर्णरुपले बाटो नै पुग्यो न विजुली । नेपालगञ्जबाट राप्ती नदी तरेर जानुपर्ने बघौडा क्षेत्र […]

खुमबहादुरको बिँडो थाम्ने दीपक गिरीलाई हिराको चुनौती

१३ मंसिर, दाङ । नेपाली कांग्रेसका नेता दीपक गिरी दाङ जिल्लामा खुमबहादुर खड्कापछि चर्चामा आउने नेपाली कांग्रेसका उर्जाशील नेता हुन् । सत्तामा पुगेर मन्त्री बन्न सफल भइसकेका गिरी यसपालिको चुनावमा क्षेत्र नम्बर ३ बाट एमालेका युवा नेता हिराचन्द्र केसीसँग चुनौतीपूर्ण प्रतिस्पर्धा गर्दैछन् । दाङ क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्यका लागि तीनजना स्वतन्त्रसहित १० जना उम्मेदवार […]

ललितपुरमा १८ वर्षपछि कमब्याक गर्ने एमालेको दाउ, शाख जोगाउने कांग्रेसको प्रयास

१३ मंसिर, काठमाडौं । माओवादीसँग चुनावी तालमेल गर्दा एमालेले धेरै ठाउँमा आफूले जित्ने आँकलन गरिएका सिटहरु पनि छाड्नुपर्‍यो । तर, ललितपुरमा भने माओवादीका साथमा एमालेले १८ वर्षपछि कमब्याक गर्ने रणनीति बनाएको छ । एमालेले ०५६ सालपछि ललितपुरमा चुनाव जितेको छैन । पहिलो संविधानसभा चुनावमा ललितपुरका तीनैवटा सिट माओवादीले जित्यो । ६ वर्षपछि भएको चुनावमा माओवादी […]

सुर्खेतमा ‘हेभीवेट’ चुनावः पूर्वगृहमन्त्रीदेखि जेलब्रेक कमाण्डरसम्म

११ मंसिर, सुर्खेत । प्रदेश नं ६ को प्रस्तावित राजधानी सुर्खेतमा दोस्रो चरणअन्तर्गत आगामी २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावी प्रतिस्पर्धा रोचक बन्दैछ । दुईवटा निर्वाचन क्षेत्र रहेको सुर्खेतमा पूर्वगृहमन्त्री, पूर्वमन्त्री र बहालवाला राज्यमन्त्रीदेखि सुर्खेत जेलब्रेकका कमाण्डरसम्म चुनावी प्रतिस्पर्धामा छन् । कोही जितको हृयाटि्रक गरिसकेका उम्मेदवार छन् भने कोही हारको ह्याट्रिक पूरा गरिसकेका उम्मेदवारहरु […]

नुवाकोटमा ११५ वर्षीया वृद्धाबाट मतदान

१० मंसिर, नुवाकोट । प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्यको निर्वाचनमा नुवाकोटको ककनी गाउँपालिका–८ का ११५ वर्षीया बाटुली लामिछानेले मतदान गरेकिछन् । ककनी गाँउपालिका–८ मात्रागाउँमा रहेको अरुणोदय आधारभूत विद्यालय मतदान केन्द्रबाट लामिछानेले आज अपराह्न मतदान गरेकि हुन्। उनले छोरा नेत्रप्रसाद लामिछानेको सहयोगमा मतदान गर्नुभएको मतदान अधिकृत अर्जुन लामाले जानकारी दिए । विसं १९५९ साल चैत १० गते […]

मनाङका संवेदनशील केन्द्रका मतपेटिका सोमबार हेलिकप्टरबाट ल्याइने

१० मंसिर, मनाङ । हिमाली जिल्ला मनाङमा मतदान सकिएको छ । सबैभन्दा कम मतदाता रहेको मनाङमा प्रतिनिधिसभा र प्रदेशसभा चुनावको मतदान सकिएको मनाङका मुख्य निर्वाचन अधिकृत दीपक ढकालले जानकारी दिए । यहाँको पाँच मतदानस्थललाई अतिसंवेदनशील सूचिमा राखिएको छ । सुरक्षा समिति मनाङले मनाङस्थित नार फू गाउँपालिकास्थित ५ वटा मतदानस्थललाई अतिसंवदेनशील सूचिमा राखेको हो । यी […]

डोल्पामा ५४ प्रतिशत मतदान

१० मंसिर, डोल्पा । १८ हजार मतदाता रहेको डोल्पामा ५४ प्रतिशत मतदान  भएको छ । ६६ मतदान केन्द्र मध्ये  सम्पर्कमा अाएका ६४ मतदान केन्द्रमा साढे एक बजेसम्म ५४ प्रतिशत सम्पन्न भएको जनाइएको छ । अहिलेसम्म १० हजार बढी मत खसिसकेको छ । यस्तै उपल्लो डोल्पामा पर्ने फोद गाउँमा रहेको मतदान केन्द्रमा मतदान सम्पन्न भएको छ । […]

सिन्धुपाल्चोकको देउरालीमा झडप, प्रहरीद्वारा हवाई फायर

१० मंसिर, सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको देउराली प्राथमिक विद्यालयको मतदान केन्द्रमा झडप भएको छ । झडपलाई नियन्त्रणमा लिन प्रहरीले एक राउण्ड हवाई फायर गरेको छ । निर्वाचन क्षेत्र नं. १ अन्तर्गत पर्ने सुनकोशी गाउँपालिकामा रहेको उक्त केन्द्रमा एजेन्ट बसेका लोकतान्त्रिक गठबन्धनका व्यक्तिहरूले वामपन्थी कार्यकर्तालार्इ अाक्रमण गरेपछि झडप भएको थियो । झडपमा तीन जना सामान्य घाइते भएको […]

उपल्लो डोल्पाका ८ वटा केन्द्र अझै सम्पर्कविहीन

१० मंसिर, डोल्पा । जिल्लाका ६६ मतदान केन्द्र मध्ये ५८ वटामा मतदान सुरु भएको छ । बाँकी ८ वटा केन्द्र अहिलेसम्म सम्पर्कविहीन छन् । सम्पर्क नहुँदा ८ वटा केन्द्रमा मतदान सुरु भयो कि भएन भन्ने जानकारी नआएको प्रमुख जिल्ला अधिकारी केशवरजा आचार्यले जानकारी दिए । उपल्लो डोल्पाको शे-फोक्सुन्डो, डोल्पो बुद्ध गाउँपालिका र छार्काताङसोङ गाउँपालिका अन्तर्गतका […]

सिन्धुपाल्चोकमा ११ बजेसम्म ४० प्रतिशत मतदान

१० मंसिर, सिन्धुपाल्चोक । प्रतिनिधिसभा र प्रदेशसभाको चुनावमा  बिहान ११ बजेसम्म ४० प्रतिशत मतदान भएको छ । पाँचपोखरी थाङ्पाल गाउँपालिकाको लागर्चेको दुई मतदान केन्द्रमा मौन अवधिमा आचारसंहिता उल्लंघन भएका विषयमा दलबीचको विवादले समयमा मतदान हुन नसकेकामा दलहरुको सहमतिपछि बिहान १०ः२० मिनेटमा मतदान सुरु भएको मुख्य निर्वाचन अधिकृत जिल्ला न्यायाधीश दीपक खनालले जानकारी दिए। बिहान सुरु […]

१० बजेसम्म २५ प्रतिशत मत खस्यो

१० मंसिर, काठमाडाैं । पहिलो चरण अन्तर्गत आज विहानदेखि ३२ जिल्लामा सुरु भएको मतदानमा १० बजेसम्म २५ प्रतिशत मत खसेको छ । निर्वाचन आयोगस्थित संयुक्त निर्वाचन सञ्चालन केन्द्रबाट प्राप्त पछिल्लो जानकारी अनुसार उच्च हिमाली क्षेत्रका मतदान केन्द्रहरुमा चिसोका कारण केही समय ढिलो मतदान सुरु भएको छ । अन्य मतदान केन्द्रहरुमा भने शान्तिपूर्ण रुपमा समयमै मतदान […]

दोलखाको जामुने मतदान केन्द्रमा तनाव, थप सुरक्षा फोर्स मगाइयो

१० मंसिर, काठमाडौं। जिल्लाको तामाकोशी गाउँपालिकाको जफेमा रहेको जामुने मतदान केन्द्रमा तनाव भएको छ । मतदान केन्द्रनै कब्जा गर्ने प्रयास भएपछि तनाव सिर्जना भएको प्रहरीले जनाएको छ । बुथको सुरक्षा लागि अहिले थप सुरक्षा फोर्स माग गरिएको छ । बुथ कब्जा गर्न आएको समूहले अहिले मतदान केन्द्र भन्दा माथिबाट ढुङगामुढा प्रहार गरिएको प्रहरीले जनाएको छ । […]

३२ जिल्लामा आइतबार सवारीसाधन चलाउन नपाइने

९ मंसिर, काठमाडौं । पहिलो चरण अन्तर्गत प्रतिनिभि र प्रदेशसभाको चुनाव हुने ३२ जिल्लामा भोलि सवारीसाधन बन्द हुने भएको छ । ३२ जिल्लामा शनिबार राति १२ बजेदेखि आइतबार साँझ ५ बजेसम्म सवारी चलाउन पाइने छैन । निर्वाचन आयोगले मंसिर १० गते मतदान हुने क्षेत्रमा निजी तथा सार्वजनिक सवारीसाधन सञ्चालनमा रोक लगाएपछि यो क्षेत्र भएर चल्ने […]

उपप्रधानमन्त्री थापाले मौन अवधिमा भोट मागे, आयोगले सोध्यो स्पष्टीकरण

८ मंसिर, काठमाडौं । निर्वाचन आयोगले मौन अवधिमा भोट मागेको भन्दै उपप्रधान तथा ऊर्जामन्त्री कमल थापालाई स्पष्टीकरण सोधेको छ । आयोगको आचार संहिता केन्द्रीय अनुगमन समितिले थापालाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न निर्देशन दिएको हो । आइतबार हुने पहिलो चरणको चुनावको मौन अवधि बिहीबार राति १२ः०० बजेदेखि सुरु भइसकेको छ । तर, उपप्रधानमन्त्री थापाले मौन […]