Comments Add Comment

प्रतिनिधिसभा चुनाव

List Grid
७२ घण्टाका लागि हुम्लाको हिल्सा नाका बन्द

८ मंसिर, हुम्ला । आगामी आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका लागि हिल्सा नाका बन्द गरिएको छ । बिहीबार राति १२ बजेदेखि आइतबार राति १२ बजेसम्मका लागि हुम्लाको उत्तरी हिल्सा नाका बन्द भएको प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बाँस्कोटाले जानकारी दिए । नाका बन्द भएपछि हिल्सा नाकाबाट आउने सवारीसाधन तथा मानिसहरु रोकिएका छन् । जिल्लाका सबै […]

चुनावमा प्रहरीको दुरुपयोगः बाकस साट्नेदेखि धाँधलीसम्म

‘सिभिल पुलिस’, अर्थात् राज्यको कानुन कार्यान्वयन गराउन जनताका बीचमा प्रत्यक्ष काम गर्ने संगठन नेपाल प्रहरी हो । अरु बेला जे-जे भनिए पनि चुनावका बेला यो प्रहरी सत्तापक्ष र विपक्ष, दुबैका निम्ति उत्तिकै चासो र महत्वको विषय बन्ने गरेको छ । प्रहरी साथमा भए चुनावमा राम्रो नतिजा ल्याउन सकिने, नभए परिणाम प्रतिकूल हुने कोणबाट हेरिन्छ । […]

तिङ्लाको ‘नो भोट’मा फुट ल्याउने उम्मेदवारको प्रयास असफल

६ मंसिर, काठमाडौं । सोलुखुम्बुको तिङ्लामा वामपन्थी र लोकतान्त्रिक गठबन्धनले मंसिर ६ र ७ मा अलगअलग चुनावीसभा गर्न खोजेका थिए । तर, मंसिर २ मा गाउँको आमभेला बस्यो र यसपटक पनि ‘नो भोट’ अभियान कायमै राख्ने लिखित निर्णय गर्‍यो । अब उम्मेदवारहरु भोट माग्न तिङ्लामा जाने छैनन् र करिब ३१ सय मतदाताले निर्वाचन बहिस्कार गर्नेछन् […]

प्रदेश र संघीय संसद निर्वाचनको खर्च सवा खर्ब !

६ मंसिर, काठमाडौं । सांसद बन्न एउटा उम्मेदवारले कति खर्च गर्नु पर्ला ? चुनाव महँगो बन्दै गएको विश्लेषण भइरहँदा यो प्रश्न पेचिलो बनेको छ । चुनावका भुक्तभोगी अधिकांशको मुखमा फुत्किन्छ, प्रतिनिधिसभा सदस्य निर्वाचित हुन कम्तिमा दुई करोड रुपैयाँ त अनिवार्य बनेको छ । त्यसो त, हरेक उम्मेदवारका लागि निर्वाचन आयोगले खर्च गर्ने लक्ष्मण रेखा कोरिदिएको […]

नुवाकोटको नालीबेलीः रामशरण र अर्जुननरसिंह दुबै ‘धराप’ मा

६ मंसिर, नुवाकोट । यो संयोगमात्रै नहुन सक्छ, नुवाकोटमा कांग्रेस नेता रामशरण महतलाई लक्षित गरी बम पड्काइनु र त्यही निहुँमा नुवाकोटका प्रहरी प्रमुख वीरेन्द्र बस्याललाई हेडक्वार्टर तानिनु । डा.महतले बम विप्लबले होइन, आफ्नै प्रतिस्पर्धी माओवादी नेता हितवहादुर तामाङले पड्काएको हुन सक्ने आरोप लाउनु र लगत्तै प्रहरी प्रमुख परिवर्तन गरिनुले नुवाकोट १ को चुनाव तनावपूर्ण हुने […]

गोरखाका तीन मतदान केन्द्रमा महिला कर्मचारी मात्रै खटिने

५ मंसिर, गोरखा । पहिलो चरण अन्तर्गत यही मंसिर १० गते हुने पहिलो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा चुनावका लागि गोरखामा तीनवटा मतदान केन्द्र महिलामैत्री हुने भएका छन । गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, सरस्वती मावि आहाले र द वर्ल्ड क्यापिटल रानिवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिने जिल्ला निर्वाचन कार्यालय गोरखाले जनाएको छ […]

निर्वाचन आयुक्तको अपीलः आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नदिनुस्

४ मंसिर, गोरखा । निर्वाचन आयुक्त ईश्वरीप्रसाद पौडेलले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने उम्मदेवारलाई भोट नहाल्न सुझाव दिएका छन् । निर्वाचन आचारसंहिता उल्लंघनका उजुरी निर्वाचन आयोगमा परेपनि उमेदवारलाई कारवाही नभएको गुनासो आएपछि आयुक्त पौडेलले आचारसंहिता उल्लंघन गर्ने उम्मेदवारलाई भोट नदिएर जनताले कारवाही गर्नुपर्ने बताए । ‘आचारसंहिता निर्वाचन आयोगको मात्र होइन सबैको हो’ अनुगमनका क्रममा सोमबार गोरखा […]

पहिलो चरणमा कसरी हुँदैछ मतदान ? यस्तो छ प्रदेशगत हिसाब

४ मंसिर, काठमाडौं । पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा करीव ३१ लाख मतदाता सहभागी हुँदैछन् । निर्वाचन आयोगका अनुसार कुल डेढ करोड मतदाता मध्ये पहिलो चरणमा ३१ लाख ९१ हजार ९४५ ले मतदान गर्न पाउनेछन् । मंसिर १० गते हुने पहिलो चरणको निर्वाचनको सबै तयारी पूरा भइसकेको र मंसिर ७ गतेभित्र सबै मतदानकेन्द्रमा कर्मचारी […]

चुनावी प्रचारमा प्रयोग भएको जीपका चालक मृत फेला

४ मंसिर, महोत्तरी । चुनावी प्रचारमा रहेको एक भारतीय नम्बर प्लेटको जीपका चालक सोमबार बिहान मृत भेटिएका छन् । भारतको सितामढी जिल्ला पुपरी थाना निवासी अन्दाजी ४० वर्षीय चालक परशुराम मृत फेला परेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ । जलेश्वर नगरपालिका-९ स्थित प्रकौली चौकमा जीपको ढोका मुनी उनी मृत भेटिएको प्रहरी नायव उपरीक्षक बिष्णु […]

चुनावमा सेनाले स्थलगत र हवाई गस्ती गर्ने

३ मंसिर, काठमाडौं । नेपाली सेनाले निर्वाचन विरोधी गतिविधि हुन नदिन स्थल तथा हवाई गस्ती सुरु गर्ने योजना अघि सारेको छ । देशका विभिन्न भागमा उम्मेदवारलाई लक्षित गरी बम विष्फोट भइरहेका बेला प्रधानसेनापति राजेन्द्र क्षत्रीले निर्वाचनविरोधी गतिविधि हुन नदिन सेना सचेत रहेको बताएका हुन् । रक्षा मन्त्रालयका आयोजित पत्रकार सम्मेलनमा प्रधानसेनापति क्षत्रीले बम विष्फोट लगायतका […]

मतदाताको दुखेसो–आश्वासनले भरियौं, पानीको प्यास मेटिएन

२ मंसिर, डोटी  । डोटीको जोरायल गाउँपालिका–२ बुडर बजारमा विजय गाहाले होटल व्यवसाय थालेको डेढ दशक छुन लाग्यो । बजारको आकार बढ्यो, व्यापार बढ्यो, यहाँका धेरै व्यवस्था फेरिए तर खानेपानीको संकट कहिल्यै हल भएन । सुदूरपश्चिमका पहाडी जिल्ला जोड्ने भीमदत्त मार्गको छेउमै रहेको बुडर बजारमा खानेपानीको समस्या भने दशकौंदेखि उस्तै छ । दुईसय ५० भन्दा बढी […]

प्रचण्डको निर्देशन- निर्वाचनसम्बन्धी कार्यक्रम नरोक्नू

३ मंसिर, काठमाडौं । प्रकाश दाहालको निधनका कारण विभिन्न जिल्लामा चुनावी कार्यक्रमहरु स्थगित भएको खबर आउन थालेपछि माओवादी अध्यक्ष प्रचण्डले त्यस्ता कार्यक्रमहरु नरोक्न निर्देशन दिएका छन् । निर्वाचनका लागि तय गरिएका सबै कार्यक्रमहरु सुचारु राख्न अध्यक्ष प्रचण्डले सिंगो पार्टी कमिटीलाई निर्देशन दिएको पार्टी प्रवक्ता पम्फा भुसालले अनलाइनखबरलाई बताइन् । ‘विभिन्न जिल्लामा चुनावी कार्यक्रमरु रोकिएका खबरहरु […]

सुर्खेतमा उम्मेदवारका साझा एजेण्डाः विकास र समृद्धि

३ मंसिर, सुर्खेत । प्रदेश र प्रतिनिधिसभाको चुनावलाई लक्षित गरी सुर्खेतका प्रमुख प्रतिस्पर्धी दल गाउँ–गाउँमा पुगेर आश्वासन बाँड्न थालेका छन् । मतदाता आकर्षित गर्न नेपाली कांग्रेस, एमाले, माओवादी केन्द्र र राप्रपाका केन्द्रीय नेतादेखि वडास्तरका नेता कार्यकर्ताहरु जतनाको घरदैलामा पुगेका देखिन्छन् । विभिन्न समस्या व्यवस्थापन गर्ने विषयलाई विशेष प्राथमिकतामा राखेर दलहरु जित आफ्नो पोल्टामा पार्ने कसरतमा लागेका […]

सिन्धुपाल्चोकमा ‘बाबु साहेब’ बलिया कि शेरबहादुर ?

१ मंसिर, बाँसखर्क (सिन्धुपाल्चोक) । नेपाली कांग्रेसले गतसाता काठमाडौंमा पत्रकार सम्मेलन गरेर लोकतान्त्रिक गठबन्धनका उम्मेदवार पशुपति शमसेर जबराको जित सुनिश्चित रहेको घोषणा गरिरहेका बेला सिन्धुपाल्चोकको हेलम्बुमा राणाका प्रतिस्पर्धी शेरबहादुर तामाङ आफू २० हजार मतान्तरमा जित्ने दावी गर्दै थिए । सत्तारुढ राप्रपा प्रजातान्त्रिकका अध्यक्ष पशुपति शमसेर जबरालाई जिताउन कांग्रेसले आफ्नै सबै शक्ति लगाएको कारण उसको अपेक्षा […]

काठमाडौंमा कांग्रेसका तीन नेता हृयाट्रिक होडमा

१ मंसिर, काठमाडौं । वाम गठबन्धनका कारण प्रतिनिधिसभा धेरै क्षेत्रमा एमाले-माओवादी आक्रमक र कांग्रेस रक्षात्मक देखिएका छन् । तर, १० वटा निर्वाचन क्षेत्र भएको काठमाडौंमा ठीक विपरीत छ । कांग्रेसले जिल्लाको ९ सिटमा उम्मेदवारी दिएको छ भने क्षेत्र नम्बर ७ मा राप्रपालाई समर्थन गरेको छ । वाम गठबन्धनबाट एमालेले ७ र माओवादी केन्द्रले ३ सिटमा […]

दाङ ३ का निर्वाचन अधिकृतको नियुक्ति कानून बिपरीत

१ मंसिर,दाङ । दाङ निर्वाचन क्षेत्र नम्वर ३ मा नियम विपरीत निर्वाचन अधिकृत तोएकिो खुलासा भएको छ । कानून अनुसार सम्बन्धित जिल्लाका कर्मचारीलाई निर्वाचन अधिकृत तोक्न पाइदैन । तर, निर्वाचन अधिकृत तोक्ने निकाय न्याय परिषद्ले दाङको निर्वाचन क्षेत्र नम्बर ३ मा सोही क्षेत्रको मतदाता समेत रहेका उप न्याधिवक्ता चक्रदेव आचार्यलाई निर्वाचन अधिकृत तोकेपछि विवाद भएको […]

गुल्मी २ का कांग्रेस उम्मेदवार भन्छन्- कम्युनिष्ट गढ भत्काउँछु

१ मंसिर, गुल्मी । गुल्मी क्षेत्र नम्बर २ को चुनावी प्रतिस्पर्धा फरक खालको बन्ने देखिएको छ । गुल्मी २ मा केन्द्रमा र जिल्ला तहमै चर्चित वाम गठबन्धनबाट उम्मेदवार बनेका एमाले केन्द्रीय सचिव गोकर्ण बिष्टसँग कांग्रेस गुल्मीका पूर्व जिल्ला सभापति चन्द्र केसी उम्मेदवार छन् । बिष्ट दुई पटकसम्म सोहि क्षेत्रबाट निर्वाचित भएका थिए । केसी पार्टी […]

नेतालाई भोटको चिन्ता, जनतालाई नोट र नाका ! (भिडियोसहित)

२९ कात्तिक, कोदारी (सिन्धुपाल्चोक) भूकम्पबाट सबैभन्दा धेरैले ज्यान गुमाएको साविकको बरुवा गाउँ विकास समितिको बरुवामा पुग्दा जस्ताको टहरोको बाहिर बामगठबन्धन र लोकतान्त्रिक समूह दुवै उमेदवारहरुको पोष्टर टाँसिएको थियो । पोष्टर नजिकै थिए ६५ वर्षीय सोनाम लामा र उनकी श्रीमती ६४ वर्षीय लरर्की लामा । मुस्किलले भित्र पस्न सकिने त्यो टहरोको एउटा कुनामा बच्चाको स्याहार गर्दै […]

योग शिविर बन्यो उम्मेदवारलार्इ भोट माग्ने थलो

२९ कात्तिक, जनकपुर । जनकपुरमा सञ्चालन भएका विभिन्न योग शिविरहरुमा अहिले उम्मेदवारहरुको जमघट हुन थालेको छ । जनकपुरको विभिन्न स्थानमा करीब एक दर्जनको संख्यामा योग शिविरहरु सञ्चालन भइरहेका छन् । प्रत्येक योेेग शिविरहरुमा एक सयदेखि २ सय भन्दा बढी व्यक्तिहरु योग प्रणायाम गर्न आउने गरेका छन् । महिला र पुरुष मतदाताहरुको उल्लेख्य सहभागिता रहने भएपछि […]

सोलुका मतदाता भन्छनः कुरा होइन काम गर्नेलाई भोट

२८ कात्तिक, सोलुखुम्बु । आसन्न प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकै गर्दा सोलुखुम्बुका आम मतदाता उत्साहित छन् । यतिबेला उम्मेदवार चुनावी एजेण्डासहित मत माग्न कहिल्यै नपुगेको जनताको घर/घरमा उनीहरू पुगिरहेका छन् । कहिल्यै नचिनेका व्यक्तिलाई सधैँ चिनिरहे जस्तो व्यवहार समेत उम्मेदवारले देखाए । उनीहरू आफ्नो पोल्टोमा मत लिनका लागि अनेकौ सपना बाँढ्दै मतदाताको घरघरमा पुग्ने गरेका […]

देउवाको बचाउ गर्दै आरजुको घरदैलोः मतदातालाई बुझाउनै हम्मे

२८ कात्तिक, कैलाली । आरजु राणा प्रधानमन्त्री शेरबहादुर देउवाकी पत्नी मात्र होइनन्, दुवै संविधानसभाकी सभासद् पनि हुन् । तर, दुवै पटक उनी समानुपातिक कोटाबाट चुनिएकी थिइन् । पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेकी उनलाई पतिको बचाऊ गर्नै हम्मे परिरहेको छ । २०४८ देखि ०६४ सालसम्मका निर्वाचनमा देउवा निरन्तर साविकको डडेलधुरा-१ बाट निर्वाचित भए । तर, ०७० […]