Comments Add Comment

प्रदेश ५

List Grid
प्रदेश ५ का जिल्लामा खाली हुन थाले क्वारेन्टिन

२९ असार, बुटवल । वैशाखखदेखि मध्य जेठसम्म कोरोना संक्रमणको ‘हटस्पट’ बनेको प्रदेश ५ का क्वारेन्टिनहरु खाली हुँदै गएका छन् । जेठ तेस्रो साता ४० हजार रहेका क्वारेन्टिनमा अहिले पाँच हजार जना छन् । भारतबाट फर्कनेहरुको संख्या धेरै हुँदा प्रदेश ५ मा कोरोना संक्रमितको संख्या बढेको थियो । पहिलो पटक गत वैशाख १७ गते एकैदिन रुपन्देही […]

प्रदेश ५ मा १२ जना कोरोना संक्रमित थपिए

२२ असार, बुटवल । प्रदेश ५ मा सोमबार थप १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टी भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले सोमबार साँझ ५ बजे गरेको अद्यावधिक तथ्यांक अनुसार अर्घाखाँचीका २ महिला र ३ पुरुष, पाल्पाका १ महिला र दुई पुरुष, प्युठानका १ पुरुष र नवलपरासी पश्चिमका १ महिला र २ पुरुष गरी १२ जना […]

प्रदेश ५ मा थप २६ जनामा कोरोना संक्रमण

२१ असार, बुटवल । प्रदेश ५ मा आइतबार थप २६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोेना भाइरस संक्रमितको संख्या ३ हजार ९ सय ६८ पुगेको छ । रूपन्देहीको भैरहवास्थित प्रदेश जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा रूपन्देहीका २ जना, अर्घाखाँचीका १ जना, कपिलवस्तुका १ जना, नवलपरासीका १ जना र प्युठानका […]

प्रदेश ५ मा १०० दिनमा ३८० जनाले गरे आत्महत्या

२० असार, बुटवल । कोरोना महामारीको जोखिम रोक्न सरकारले गरेको लकडाउनको एक सय दिनको अवधिमा प्रदेश ५ मा ३ सय ८० जनाले आत्महत्या गरेका छन् । चैत ११ गतेदेखि असार १८ गतेसम्म प्रदेश ५ का १२ जिल्लामा ३ सय ८० जनाले आत्महत्या गरेका प्रदेश प्रहरी कार्यालय दाङले जनाएको छ । आत्महत्या गर्नेहरूमा गाउँका २६६ जना […]

खटाएको ठाउँमा नगएका स्वास्थ्यकर्मीलाई स्पष्टीकरण

१९ असार, बुटवल । सरकारले खटाएको ठाउँमा नगएका एक स्वास्थ्यकर्मीलाई प्रदेश ५ सरकारको सामाजिक विकास मन्त्रालयले स्पष्टीकरण सोधेको छ । पाल्पा अस्पताल तानसेनमा पदस्थापन भएका तर चैत २ गतेदेखि हालसम्म काममा नगएका जनस्वास्थ्य निरीक्षक अधिकृत छैटौं तहका छविराज गिरीलाई मन्त्रालयले स्पष्टीकरणसहित हाजिर हुन एकहप्ते अल्टिमेटम दिएको हो । कोरोना महामारीको जोखिमका बेला लकडाउनका समयमा पनि […]

प्रदेश ५ मा ४७ प्रतिशत धान रोपाइँ, सबैभन्दा धेरै प्युठानमा

१६ असार, बुटवल । प्रदेश ५ मा सोमबारसम्म ४७ प्रतिशत धान रोपाइँ भएको छ । भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार असार १५ गतेसम्मको तथ्यांक अनुसार ४७.०५ प्रतिशत धान रोपाइँ भएको हो । प्रदेश ५ का १२ जिल्लामध्ये प्युठानमा सबैभन्दा बढी ९६.१३ प्रतिशत र गुल्मीमा सबैभन्दा कम १९.६८ प्रतिशत रोपाइँ भएको छ । कृषि […]

प्रदेश ५ मा थपिए ९२ जना कोरोना संक्रमित

१४ असार,बुटवल । प्रदेश ५ मा आइतबार थप ९२ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयका अनुसार आइतबार ११ जना महिला र ८१ जना पुरुष गरी ९२ जना नयाँ संक्रमित थपिएका हुन् । आइतबार प्युठानमा सबैभन्दा धेरै ५ महिला र २८ पुरुष गरी ३३ जना थपिएका छन् । गुल्मीमा दुई महिला […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३१ सय बढी

१२ असार, बुटवल । प्रदेश ५ मा थप १ सय २४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयले अद्यावधिक गरेको पछिल्लो तथ्यांक अनुसार प्रदेशका १० जिल्लामा बिहीबार रातिसम्म १ सय २४ नयाँ संक्रमित थपिएका हुन् । योसँगै प्रदेश नं. ५ मा कारोना संक्रमितको संख्या ३ हजार १ सय १० पुगेको छ । […]

जनप्रतिनिधिको सुविधा बढाउने कानुन खारेज गर : साझा पार्टी

११ असार, बुटवल । प्रदेश ५ सरकारले कानून संशोधन गरेर स्थानीय तहका पदाधिकारी र सदस्यको सुविधा वृद्धि गरेको प्रति साझा पार्टी प्रदेश ५ समितिले आपत्ति जनाएको छ । नागरिक भोक र रोगको त्रासमा बाँच्नुपर्ने अवस्थामा प्रदेश सरकारको प्रस्तावमा प्रदेश सभाले आफू खुशी राज्य कोषको रकम कानून बनाएर बढाउनु लज्जास्पद भएको साझा पार्टीले ठहर गरेको छ […]

प्रदेश ५ मा थपिए १ सय २३ कोरोना संक्रमित

९ असार, बुटवल । प्रदेश ५ मा मंगलबार थप १ सय २३ जनामा कोरोना पाजेटिभ पुष्टि भएको छ । यससँगै प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ७ सय ८७ पुगेको छ । प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला भैरहवामा गरिएको परिक्षणमा पाल्पाका ४४ जना, प्युठानका ४५ जना, गुल्मीका २ जना र अर्घाखाँचीका २ जनामा कोरोना भाइरस […]

प्रदेश ५ मा कोरोना संक्रमित २४ सय बढी, ८ हजार बढी स्वाब परीक्षण हुन बाँकी

८ असार, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या २ हजार ४ सय ३९ पुगेको छ । आइतबार देशभर ४ सय २१ जना नयाँ संक्रमित थपिँदा प्रदेश ५ मा १ सय ४६ जनामा कोरोना पोजेटिभ पुष्टि भएको हो । आइतबार अर्घाखाँची जिल्लामा सबैभन्दा धेरै ६५ जनामा कोरोना संक्रमण देखिएको प्रदेश जनस्वास्थ्य निर्देशनालयले जनाएको छ […]

कानुन संशोधन गरेर बढाइयो स्थानीय तहका जनप्रतिनिधिको सुविधा

१ असार, बुटवल । ‘अरूलाई केको ध्यान, घरज्वाइँलाई खानकै ध्यान’ भन्ने उखानजस्तै मुलुक कोरोना संक्रमणको महामारीले आक्रान्त बनेको छ । देशको अर्थतन्त्र ऋणात्मक बाटोमा ओरालो लागिरहँदा प्रदेश ५ सरकारले भने कानुन संशोधन गरेर स्थानीय तहका जनप्रतिनिधिको सुविधामा भारी वृद्धि गरेको छ । अब स्थानीय तहका पदाधिकारी र सदस्यहरूले विगतमा बुझ्दै आएको मासिक रकमभन्दा धेरै हुने […]

प्रदेश ५ सरकारले भन्यो – सबै कोरोना संक्रमितलाई अस्पतालमा राख्न सक्दैनौं

३० जेठ, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमण पुष्टि भएका सबैलाई अस्पतालमा राखेर उपचार गर्न नसक्ने बताएको छ । शुक्रबार बसेको प्रदेश मन्त्रिपरिषद बैठकले जिल्ला स्तरीय, स्थानीय तह स्तरीय र सेल्फ आइसोलेसन सेन्टरको मापदण्ड स्वीकृत गर्दै अब कोरोना संक्रमितलाई अस्पतालबाहिरकै आइसोलेसनमा राख्ने निर्णय गरेको हो । प्रदेश सरकारले बुटवल, भैरहवा, दाङ र नेपालगञ्ज गरी […]

काममा अनुपस्थित डाक्टरलाई मन्त्रालयको ७ दिने अल्टिमेटम

२८ जेठ, बुटवल । सरकारले खटाएको स्वास्थ्य केन्द्रमा काम गर्न नगएकी एक चिकित्सकलाई सात दिनभित्र जवाफ सहित उपस्थित हुन प्रदेश ५ को सामाजिक विकास मन्त्रालयको अल्टिमेटम दिएको छ । मेडिकल अधिकृत डा. सीमा शर्मालाई रुपन्देहीको शुद्धोधन गाउँपालिकाको मोतीपुर प्राथमिक स्वास्थ्य केन्द्रमा खटाइएकोमा बिना जानकारी दुई महिनासम्म काममा नगएको सूचना पाएपछि मन्त्रालयले ७ दिनभित्र जवाफसहित उपस्थित […]

रोल्पामा पनि भेटिए कोरोना संक्रमित

२५ जेठ, बुटवल । प्रदेश ५ का १२ वटै जिल्लामा कोरोना भाइरसकाे संक्रमण फैलिएको छ ।आइतबार रोल्पाका तीन जनामा पहिलो पटक कोरोना संक्रमण देखिएसँगै प्रदेशका सबै जिल्लामा संक्रमण फैलिएको हो । आइतबार प्रदेश ५ मा २ महिलासहित ३६ जना नयाँ संक्रमित थपिएका छन् । कपिलवस्तुमा मात्रै २४ जना थपिएका छन् । कपिलवस्तुमा एक जना महिला […]

क्वारेन्टिन व्यवस्थित नभएको भन्दै प्रदेश सरकारविरुद्ध रिट

२२ जेठ, बुटवल । क्वारेन्टिन मापदण्ड अनुसार सञ्चालन नभएको भन्दै प्रदेश ५ को मुख्यमन्त्री कार्यालय र स्थानीय तहविरुद्ध उच्च अदालतमा रिट परेको छ । कपिलवस्तुको मायादेवी गाँउपालिका–५ का सुनील कुमार चौहान र कपिलवस्तुकै कृष्णनगर नगरपालिका–६ का अरुणेश कुमार उपाध्यायले उच्च अदालत तुल्सीपुरको बुटवल इजलासमा रिट दायर गरेका हुन् । रिटमा प्रदेश ५ को मुख्यमन्त्री तथा […]

प्रदेश ५ का व्यवसायीको चेतावनी- कर दाखिलाको निर्णय फिर्ता नभए चरणवद्ध आन्दोलन

२१ जेठ, बुटवल । नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ समितिले जेठ २५ सम्म कर दाखिला गर्न सरकारले जारी गरेको निर्णय फिर्ता लिन माग गरेको छ । जेठ १५ गते सर्वोच्च अदालतले लकडाउन अवधिलाई शून्य समय मान्ने फैसला गरेको सन्दर्भमा सरकारले त्यसलाई समेत बेवास्ता गर्दै जेठ २५ सम्म मूल्य अभिवृद्धि कर, अन्त शुल्क र अग्रिम […]

प्रदेश ५ को रोल्पाबाहेक सबै जिल्लामा पुग्यो कोरोना भाइरस

१९ जेठ, बुटवल । प्रदेश ५ मा मंगलबार १११ जना थपिएसंगै प्रदेशमा कोरोना संक्रमितको संख्या ७ सय ६१ पुगेको छ । मंगलबार प्युठानमा पनि पहिलोपटक एकजना संक्रमित भेटिएका छन् । अब रोल्पावाहेक ११ जिल्लामा कोरोना संक्रमित फेला परेका छन् । मंगलबार कपिलवस्तुका ४९, रुपन्देहीका २३, बाँकेका १७, दाङका १७, बर्दियाका ३ जना र नवलपरासी पश्चिमका […]

कोरोनाबाट मृत्यु हुनेको परिवारलाई प्रदेश सरकारले एक लाख दिने

२० जेठ, बुटवल । प्रदेश ५ सरकारले कोरोना संक्रमणबाट मृत्यु हुनेको परिवारलाई एक लाख रुपैयाँ दिने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद वैठकले कोरोना संक्रमणबाट मृत्यु हुने व्यक्तिका परिवारलाई एक लाख रुपैयाँ राहतस्वरुप दिने निर्णय गरेको हो । यस्तै कोरोनाबाट मृतकको शब बोक्नका लागि दुई वटा शबवाहन खरिद गर्न दुईवटा अस्पताललाई १५–१५ लाख रुपैयाँ […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६६८, तीन हजारको रिपोर्ट आउन बाँकी

१९ जेठ, बुटवल । प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ६७८ पुगेको छ । मंगलबार कपिलवस्तुमा १७ जना,रुपन्देहीमा ८ जना र नवलपरासी पश्चिममा एकजना नयाँ संक्रमित थपिएका सम्बन्धित जिल्ला स्वास्थ्य कार्यालयले जानकारी दिएका हुन् । मंगलबार कपिलवस्तुमा थपिएका नयाँ संक्रमितहरुमा शिवराज नगरपालिकाका १५ जना तथा बाणगंगा नगरपालिका र महाराजगन्ज नगरपालिकाका एक/एक जना रहेका छन् । […]

प्रदेश ५ मा कोरोना संक्रमितको संख्या ३९९ पुग्यो

१६ जेठ, बुटवल । कपिलवस्तुमा थप ४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमितहरु कपिलवस्तु नगरपालिका-१० का २४ वर्षका पुरुष र वडाम्बर ११ का २३, २५ र २६ वर्षका तीनजना पुरुष हुन् । योसँगै कपिलवस्तुमा कोरोना संक्रमितको संख्या १३६ पुगेको छ । कपिलवस्तु नगरपालिकाको बुद्धपद्म मावि, निग्लिहवा र वडानम्बर ११ को जहदीका क्वारेन्टाइनबाट […]