Comments Add Comment

फुटबल

List Grid
मुख्य प्रशिक्षक अलमुताइरी नेपाल फर्कने

३ कात्तिक, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरी माल्दिभ्समा सम्पन्न साफ च्याम्पियनसिपपछि नेपाल नआई कतार पुगे । भारतसंगको फाइनल खेलअघि उनले त्यही खेल नै नेपाली टिमसंग आफ्नो अन्तिम खेल हुनेसमेत घोषणा गरे । साफले प्रतिबन्ध लगाएपछि भारतसँगको फाइनल खेल स्ट्याण्डमा बसेर हेरेका उनले खेल सकिएपछि नेपाल आफ्नो मुटुमा रहेको र कसैले […]

साफ च्याम्पियनसिप : फाइनल पुग्न नेपाललाई बराबरी नै पर्याप्त

२६ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेको १३ औं संस्करणको साफ च्याम्पियनसिपमा नेपालले लिग चरणको अन्तिम खेलमा बुधबार बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । बंगलादेशसँगको खेल जित वा बराबरी गरेमा नेपाल फाइनल प्रवेश गर्नेछ । सुरुआती दुई खेलमा रोमाञ्चक जित निकालेको नेपाल तेस्रो खेलमा भने भारतसँग १-० ले पराजित भएको थियो । साफ च्याम्पियनसिपमा २८ वर्ष लामो संघर्ष […]

भारत बलियाे टिम हाे, तर हामी डराउँदैनाै : मुख्य प्रशिक्षक अलमुताइरी

२३ असोज, काठमाडौं । माल्दिभ्समा भइरहेकाे साफ च्याम्पियनसिप २०२१ अन्तर्गत आफ्नाे तेस्राे खेलमा नेपालले आइतबार भारतसंग प्रतिस्पर्धा गर्दैछ । शनिबार भएकाे प्रि म्याच कन्फ्रेन्समा नेपाली टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले भारत बलियाे टिम भएकाे र खेल कठिन हुने बताए । ‘भारत बलियाे टिम हाे तर यसकाे अर्थ हामी फाइट गर्दैनाैं भन्ने हाेइन । भारतलाई हामी […]

साफ च्याम्पियनसिप खेल्न माल्दिभ्स पुग्याे नेपाली टाेली

काठमाडौं । साफ च्याम्पियनसिप खेल्न नेपाल राष्ट्रिय पुरुष फुटबल टिम सोमबार माल्दिभ्स पुगेकाे छ । १३ औं संस्करणकाे साफ च्याम्पियनसिप आागामी अक्टाेबर १ देखि १५ अर्थात असाेज १५ देखि ३० गतेसम्म माल्दिभ्समा हुँदैछ । कतारमा बन्द प्रशिक्षणमा रहेकाे नेपाली टाेली उतैबाट माल्दिभ्स गएकाे हाे । नेपालले साफकाे पहिलाे दिनमै घरेलु टाेली माल्दिभ्ससंग प्रतिस्पर्धा गर्नेछ । […]

जेससको गोलमा सिटीले चेल्सीलाई हरायो

९ असोज, काठमाडौं । प्रिमियर लिगमा शनिबार भएको खेलमा म्यानचेष्टर सिटीले चेल्सीलाई १-० ले पराजित गरेको छ । चेल्सीको मैदान स्टानफोर्ड ब्रिजमा भएको खेलमा सिटीलाई जित दिलाउन गाब्रिएल जेससले निर्णायक गोल गरे । जेससले खेलको ५३ औं मिनेटमा जाओ क्यान्सेलोको पासमा गोल गरेका थिए । त्यही गोल सिटीलाई ३ अंक दिलाउन निर्णायक बन्यो । यस […]

एसियन कप छनोट : नेपाललाई पहिलो हाफमा १-० को अग्रता

२ असोज, काठमाडौं । एएफसी महिला एसियन कप छनोट फुटबल अन्तर्गत नेपालले अहिले फिलिपिन्ससंग खेलिरहेको छ । उज्वेकिस्तानको जेएआर स्टेडियममा भएको समूह ए को पहिलो खेलमा नेपालले पहिलो हाफमा फिलिपिन्सविरुद्ध १-० को अग्रता लिएको छ । नेपालका लागि विमला चौधरीले खेलको १० औं मिनेटमा गोल गर्दै अग्रता दिलाएकी थिइन् । यस समूहमा हङकङ पनि छ […]

यु-२३ टिमको क्याम्पमा ४८ खेलाड

काठमाडौं । नेपाली यु-२३ टिमका मुख्य प्रशिक्षक बालगोपाल महर्जनले बन्द प्रशिक्षणका लागि ४८ खेलाडीलाई बोलाएका छन् । ताजिकिस्तानमा हुने एएफसी यु-२३ एसियन कप छनोटटका लागि महर्जनले बन्द प्रशिक्षणमा ४८ खेलाडीलाई बोलाएका हुन् । नेपाल रहेको समूह बी को छनोट आगामी अक्टोबर २३ देखि ३१ सम्म हुनेछ । क्याम्पमा बोलाइएको खेलाडीमा हाल राष्ट्रिय टिममा रहेका ७ […]

शीर्ष स्थानको टोटनहमको पहिलो हार

२५ भदौ काठमाडौं । प्रिमियर लिगको शीर्ष स्थानमा रहेको टोटनहम हट्सपरले २०२१-२२ सिजनमा पहिलो हार बेहोरेको छ । यसअघि लगातार तीन खेल जितेको टोटनहम शनिबार क्रिस्टल प्यालेससंग पराजित भएको हो । क्रिस्टल प्यालेसले दश खेलाडीमा समेटिएको टोटनहमलाई ३-० ले पराजित गर्दै सिजनको पहिलो जित हात पार्‍यो । घरेलु मैदानमा क्रिस्टल प्यालेसलाई जिताउन ओडसन एडुवार्डले दुई […]

सिंगापुरमा फुटबल खेल्ने लाकेन थ्रीस्टारमा अनुबन्ध

२६ भदौ, काठमाडौं । सिंगापुरमा फुटबल खेलेका लाकेन लिम्बु ए डिभिजन क्लब थ्रीस्टारमा अनुबन्ध भएका छन् । पाटने क्लब थ्री स्टारले १९ वर्षीय मिडफिल्डर लाकेनलाई अनुबन्ध गरेको हो । थ्रीस्टारले लाकेनलाई लामो समयका लागि अनुबन्ध गरिएको जनाएको छ तर कति समय र अनुबन्ध रकम भने खुलाएको छैन । आगामी कात्तिक २९ गतेदेखि सुरु हुने ए […]

महिला फुटबल : मैत्रीपूर्ण खेलमा नेपालले बंगलादेशलाई हरायाे

२४ भदाै, काठमाडौं । दुई खेलाडीले राष्ट्रिय टिममा डेब्यु गर्दै गाेल समेत गरेपछि नेपालकाे महिला राष्ट्रिय फुटबल टिमले बंगलादेशलाई पहिलाे मैत्रीपूर्ण खेलमा २-१ पराजित गरेकाे छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलमा महिला सिनियर टिमका लागि सबिता राना मगर र प्रिती राईले डेब्यु खेलमै गाेल गरे । सात नयाँ अनुहार समेट्दै टिम बनाएका प्रशिक्षक ग्यारी […]

बंगलादेशविरुद्धको मैत्रीपूर्ण खेलको पहिलाे हाफमा नेपाललाई २-० काे अग्रता

२४ भदौ, काठमाडौं । बंगलादेशविरुद्धकाे पहिलाे मैत्रीपूर्ण खेलकाे पहिलाे हाफमा नेपाली महिला टिमले २-० काे अग्रता बनाएकाे छ । दशरथ रंगशालामा पहिलाे पटक खेलिरहेकाे नेपालले २३ मिनेटभित्र नै दुई गाेल गरेकाे हाे । दुव‌ै गाेल पहिलाे पटक राष्ट्रिय टिममा खेल्दै गरेका दुई खेलाडीले गरे । खेलकाे १४ औं मिनेटमा डेब्युटान्ट सबिता रानाले विमला चाैधरीकाे पासमा […]

ब्राजिल र अर्जेन्टिनाको खेल किन भयो स्थगित ?

२१ भदौ, काठमाडौं । नेपाली समय अनुसार सोमबार विहान ब्राजिल र अर्जेन्टिनाबीच फुटबल खेल हुने तय थियो । सन् २०२२ विश्वकप छनोट अन्तर्गतको यो खेल अन्तिम समयमा आएर स्थगित भयो । त्यसको कारण हो कोरोना भाइरस महामारी र यसको सावधानीका लागि बनाइएका नियम । ब्राजिलले अर्जेन्टिनाका चार खेलाडीले आफ्नो देशको स्वास्थ्य सुरक्षा मापदण्ड पालना नगरेका […]

नेपालले खेल जितेन, मन जित्यो [ फोटो फिचर ]

काठमाडौं । दक्षिणएशियाको बलियो राष्ट्र भारत विरुद्ध नेपालले दोस्रो मैत्रीपूर्ण खेलमा २-१ को हार बेहोर्‍यो । करिब ५ हजार भन्दा बढी दर्शकको अघि जित्ने लक्ष्यका साथ मैदान उत्रिए पनि नेपालले जित आफ्नो पक्षमा पार्न सकेन । नतिजालाई छाड्ने हो भने नेपाली खेलाडी र टिमको प्रदर्शनले मन जित्यो । खेल सकिएपछि नेपालका प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले पनि […]

रिजल्ट बिर्सनुस्, खेलबाट खुशी छु : मुख्य प्रशिक्षक अलमुताइरी

२० भदौ, काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अबदुल्लाह अलमुताइरीले भारत विरुद्धको दोस्रो मैत्रीपूर्ण खेलमा राम्रो प्रदर्शन गरेको बताएका छन् । दशरथ रंगशालामा आइतबार भारतसँगको खेल २-१ ले गुमाएपछि पत्रकार सम्मेलनमा उनले नतिजा बिर्सँदा नेपाली टिमको प्रदर्शनबाट खुशी रहेको बताए । ‘आज हामीले राम्रो खेल्यौं । रिजल्टलाई बिर्सनुस् म खुशी छु’ उनले भने […]

दोस्रो मैत्रीपूर्ण खेलमा भारतसँग नेपाल २–१ ले पराजित

२० भदौ, काठमाडौं । एक महिनापछि हुने साफ च्याम्पियनसिप जित्ने लक्ष्य राखेको नेपालका लागि आफ्नो क्षमता जाँच्ने अवसर थियो, भारतसँगको दुई मैत्रीपूर्ण खेल । प्रतियोगिता अघि आयोजित पत्रकार सम्मेलनमा प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले प्रष्ट भनेका थिए, ‘यो खेल हार्नुको अर्थ साफमा पनि हार्छौं भन्ने होइन । तर हामी दुबै खेल जित्न चाहन्छौं । फिफा र्‍याङ्किङका लागि […]

भारतविरुद्ध नेपालले फर्कायो गोल

२० भदौ, काठमाडौं । भारतसँगको मैत्रीपूर्ण खेलमा नेपालले गोल फर्काएको छ । २-० ले पछि परेको अवस्थामा ५६ औं मिनेटमा नेपालका लागि तेज तामाङले गोल गरेका हुन् ।

नेपालविरुद्ध भारतलाई २-० को अग्रता

२० भदौ, काठमाडौं । मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध दोस्रो गोल गरेको छ । भारतका लागि ८० औं मिनेटमा कप्तान सुनील क्षेत्रीले गोल गरे । उनले काउन्टर अट्याकमा गोल गरेका हुन् । भारतीय डी बक्सबाहिर नेपालले पाएको फ्रिकिकमा सुजल श्रेष्ठले हानेको बललाई भारतीय गोलकिपरले पञ्च गरेर फर्काएका थिए । सुनीलले त्यही बल लिएर काउन्टर अट्याकमा गोल […]

नेपालविरुद्ध भारतलाई अग्रता

२० भदौ, काठमाडौं । मैत्रीपूर्ण खेलमा भारतले नेपालविरुद्ध अग्रता लिएको छ । ६२ औं मिनेटमा भारतीय खेलाडी फारुख चौधरीले गोल गर्दै टिमलाई अग्रता दिलाएका हुन् । उनी ४६ औं मिनेटमा विपिन सिंहकाे स्थानमा मैदान प्रवेश गरेका थिए ।

नेपाल-भारत मैत्रीपूर्ण फुटबल : पहिलो हाफ गोलरहित बराबरीमा

२० भदौ, काठमाडौं । नेपाल र भारतबीच आइतबार भइरहेको दोस्रो मैत्रीपूर्ण फुटबल खेलको पहिलो हाफ गोलरहित बराबरीमा सकिएको छ । दशरथ रंगशालामा भइरहेको खेलमा दुवै टोलीले गोल गर्न सकेनन् । पहिलो हाफमा नेपालले गोल गर्ने दुई राम्रो अवसर गुमायो । मुख्य प्रशिक्षक अबदुल्लाह अलमुतईरीले पहिलो खेल खेल्ने टिममा तीन खेलाडी परिवर्तन गरेका थिए । उनले […]

फुटबल हेर्न एमाले अध्यक्ष ओली दशरथ रंगशालामा

२० भदौ, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली दशरथ रंगशालामा भएको नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबल खेल अवलोकन गर्न पुगेका छन् । आइतबार अपरान्ह उनी फुटबल हेर्न दशरथ रंगशालामा पुगेका हुन् । नेपाल र भारतबीच दोस्रो मैत्रीपूर्ण खेल आइतबार हुँदैछ । यसअघि गत बिहीबार भएको मैत्रीपूर्ण खेलमा नेपाल र भारतले १-१ को बराबरी […]

भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा ३ खेलाडी परिवर्तन

२० भदौ, काठमाडौं । भारतसँगको दोस्रो मैत्रीपूर्ण खेलमा नेपालले तीन खेलाडी परिवर्तन गरेको छ । आइतबार दशरथ रंगशालामा हुने खेलका लागि मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले पहिलो रोजाइमा आशिष लामा, मनिष डाँगी र सुजल श्रेष्ठलाई मौका दिएका छन् । यसअघि बिहीबार भएको पहिलो मैत्रीपूर्ण खेलमा पहिलो रोजाइमा खेलेका अन्जन विष्ट, सुमन अर्याल र नवयुग श्रेष्ठको ठाउँमा […]