Comments Add Comment

फेसबुक

List Grid
फेसबुकसँग किन नाता तोड्दैछन् अमेरिकी किशोर किशोरी ?

सोसल मिडिया साइट फेसबुकसँग अमेरिकी किशोर किशोरीहरुको दूरी बढ्न थालेको छ । जसका कारण अमेरिकी किशोरवर्गमा फेसबुकका अलावा अन्य सोसल प्लेटफर्म लोकप्रिय हुँदैछन् । द प्यू रिसर्च सेन्टरका अनुसार १३ देखि १७ वर्ष उमेरका अमेरिकी किशोर किशोरीहरुमध्ये केवल ५१ प्रतिशतले मात्र फेसबुक चलाउँछन् । जबकी सन् २०१५ मा यो उमेर समूहका ७१ प्रतिशत किशोर किशोरीले […]

फेसबुकमा पुराना डाटा हटाउन सकिने, डेटिङ सेवा पनि सुरु हुँदै

काठमाडौं । आगामी दिनमा फेसबुकले आफ्ना प्रयोगकर्तालाई ब्राउजिङ हिस्ट्री डिलिट गर्ने सुविधा प्रदान गर्दैछ । फेसबुक संस्थापक मार्क जकरबर्गले मंगलबार यसको घोषणा गरेका छन् । क्यालिफोर्नियामा आयोजित फेसबुक कम्पनीको वार्षिक एफएट सम्मेलनलाई सम्बोधन गर्ने क्रममा जकरबर्गले यस्तो घोषणा गरेका हुन् । जकरबर्गका अनुसार फेसबुकको पुरानो हिस्ट्री डिलिट गर्ने टूलको नाम ‘क्लियर हिस्ट्री’ हुनेछ । उनले […]

फेसबुक डाटा चोरेको आरोप लागेको क्याम्ब्रिज एनालिटिका बन्द

२० वैशाख, काठमाडौं । फेसबुक प्रयोगकर्ताका गोप्य सूचना चोरेर अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पलाई सघाएको आरोप लागेको कम्पनी क्याम्ब्रिज एनालिटिका बन्द हुने भएको छ । राजनीतिक पार्टीहरुलाई परामर्श दिने यो कम्पनीमाथि करिब ९ करोड फेसबुक प्रयोगकर्ताको डाटा चोरेको आरोप लागेको छ । कम्पनीले आफ्नो वेबसाइटमा सूचना जारी गर्दै व्यवसाय बन्द गर्न लागिएको जानकारी दिएको छ । […]

फेसबुकसँगको विवादका कारण ह्वाट्स एपका सीईओले राजीनामा दिने

काठमाडौं । लोकप्रिय म्यासेजिङ सर्भिस ह्वाट्स एपका सहसंस्थापक जान कोउमले कार्यकारी प्रमुख पदबाट राजीनामा दिने भएका छन् । फेसबुकबाट उनले यसको आधिकारिक घोषणा गरेका हुन् । ‘प्रविधिभन्दा बाहिर आफ्नो रुचिका काममा संलग्न हुन केही खाली समय चाहिएको’ उनले एक पोष्टमा लेखेका छन् । तर वासिंटन पोष्टमा सोमबार प्रकाशित समाचारअनुसार ह्वाट्सएपको रणनीतिका सम्वन्धमा यसको प्यारेन्ट कम्पनी […]

फेसबुक लाइभ गर्दागर्दै पत्रकारलाई गोली लाग्यो, घटनास्थलमै मृत्यु

१० वैशाख, काठमाडौं । पत्रकारहरु अक्सर छिटो सूचना दिने क्रममा कुनै कार्यक्रम वा घटनाहरुको प्रत्यक्ष प्रसारण गर्छन् । आजभोलि फेसबुक पेजबाट पनि प्रत्यक्ष प्रसारण गर्ने चलन छ । यसैक्रममा निकारागुआमा एक पत्रकारको गोली लागेर मृत्यु भएको छ । निकारागुआमा सरकारविरुद्ध भइरहेको विरोध प्रदर्शनलाई फेसबुकबाट लाइभ प्रसारण गर्दागर्दै गोली लागेर एन्जेल गहोनाको घटनास्थलमै मृत्यु भएको हो […]

सञ्चार मन्त्रालयले भन्यो : फेसबुक बन्द गर्ने हल्ला मात्र हो

३० चैत, काठमाडौं । सामाजिक सञ्जाल फेसबुकमा आउने फेक न्यूज धेरैका लागि टाउको दुखाइको विषय बनेको छ । फेक न्यूजदेखि डाटाको दुरुपयोगलाई लिएर फेसबुकका संस्थापक मार्क जुकरबर्गले पनि माफी माग्दै हिँड्नु परेको छ । नेपालमा सूचना तथा सञ्चार प्रविधि मन्त्रालय भने फेसबुकमा फैलिएको गलत सूचनाले हैरान छ । पछिल्लो समय मन्त्रालयको लेटरप्याडमा फोटोसपबाट बनाएर फेसबुक […]

फेसबुक छाड्दै दिग्गज कम्पनीहरु, कस कसले छाडे ?

सन् २०१६ मा अमेरिकी राष्ट्रपति चुनावी अभियानमा फेसबुक प्रयोगकर्ताका डाटालाई अनधिकृत रुपमा प्रयोग गरिएको खुलासा भएसँगै विवादमा फसेको फेसबुकका प्रमुख मार्क जुकरबर्गले विश्वभरका प्रयोगकर्तासँग गल्ती स्वीकार गर्दै माफी मागेका छन् । तर जुकरबर्गका दुख सुरु भएको देखिएको छ, किनकी एक पछि अर्को गर्दै विश्वका दिग्गज कम्पनीहरुले फेसबुकलाई छाड्दै गएका छन् । टेस्ला कम्पनीका प्रमुख एलन […]

तपाईलाई थाहा छ ? फेसबुकले तपाईलाई कसरी बेचिरहेको छ !

७ चैत, काठमाडौं । फेसबुक अहिलेसम्मकै ठूलो संकटसँग जुधिरहेको छ र कम्पनीको पहिलो प्रतिक्रियाले उसलाई कुनै राहत दिएको छैन । २०१६ मा अमेरिकी राष्ट्रपति चुनावमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकाले फेसबुकका ५ करोड युजर्सको निजी जानकारी चोरेको आरोप छ । फेसबुकका डेटा सुरक्षा प्रमुख एलेक्स स्टमसको प्रस्ताविक विदाइले कम्पनीको देशभरका कार्यालयमा चिन्ता बढेको […]

करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी

६ चैत, काठमाडौं । करोडौं फेसबुक प्रयोगकर्ताको डाटा चोरी भएको आशंका गरिएको छ । यो खबर सार्वजनिक भएलगत्तै सामाजिक सन्जाल फेसबुकको शेयरमा तीव्र गिरावट आएको छ । सन् २०१६ मा अमेरिकी राष्ट्रपति निर्वाचनमा डोनाल्ड ट्रम्पलाई मद्दत गर्ने कम्पनी क्याम्ब्रिज एनालिटिकलले फेसबुकका पाँ च करोडभन्दा बढी प्रयोगकर्ताको निजी जानकारी चोरेको आरोप सार्वजनिक भएको हो । न्यूयोर्क […]

तपाइको फेसबुक अकाउन्ट अरुले त खोलिरहेको छैन ? यसरी थाहा पाउनुहोस्

साइबर अपराधीहरुलेे इन्टरनेट प्रयोगकर्ताका विभिन्न अकाउन्टहरु ह्याक गर्ने र प्रयोगकर्ताका डाटाहरुको दुरुपयोग गर्ने घटना नौलो होइन । पछिल्ला वर्षहरुमा अनलाइनमार्फत प्रयोगकर्ताको पहिचान चोरी गर्ने घटना तीव्र रुपमा बढिरहेको छ । प्रचलनमा रहेका सोसल मिडिया साइटहरुमध्ये फेसबुक धेरै प्रयोगकर्ताको लागि सबैभन्दा महत्वपूर्ण अकाउन्टको रुपमा रहेको हुन्छ । फेसबुकमा गरिने कुराकानी तथा शेयर गरिने जानकारीहरुको दृष्टिले गर्दा फेसबुकमा हरेक […]

फेसबुकमा भर पर्दा बन्द हुन पुग्यो विश्वकै चर्चित वेबसाइट

भिजिटरका लागि फेसबुकमा भर पर्ने न्यूज पोर्टलहरुले खराव समयको सामना गर्नुपर्ने अबस्था आएको छ । फेसबुकले गरेको नीतिगत परिवर्तनको शिकार एउटा ‘ठूलो माछा’ भएको छ । महिलाहरूका प्रेरणादायक विषयवस्तु तथा ‘हाउ टू’ मा केन्द्रित सामग्री पस्किने विश्वचर्चित वेबसाइट ‘लिटल थिङ्ग्स’ शनिबारबाट बन्द भएको छ । सन् २०१६ मा मात्रै अमेरिकामा रहेको सिटी नेसनल बैँकबाट उसले ठूलो ऋण लागानी पाएको थियो । […]

बदलिँदैछ फेसबुकको अनुहारः तन्नेरी छोड्दै, पाका जोडिँदै

विश्वमा सबैभन्दा धेरै प्रयोगकर्ता रहेको सोसल नेटवर्किङ साइट फेसबुकको ‘फेस’ तीव्र रुपमा बदलिएको छ । अमेरिकामा बाउआमा तथा हजुरबा हजुरआमाहरुले ठूलो संख्यामा फेसबुक साइन अप गरिरहेका छन् भने युवा जमात तीव्ररुपमा फेसबुकबाट टाढा हुँदैछन् । एक अध्ययनले यो कुराको पुष्टि गरेको हो । इ–मार्केटरको एक रिपोर्ट अनुसार, फेसबुक छाड्ने युवा जमातलाई इन्स्टाग्रामको तुलनामा स्न्यापच्याटले तीव्र […]

नेपाली युवकले जिते ५५ लाख रूपैयाँको ग्लोबल फेसबुक अवार्ड

नेपाली युवक अभिनव खनाल सहसंस्थापक रहेको कम्पनीले व्यवसाय (सोसल अन्टरपेनरसीप) ग्रान्ड अवार्ड जितेको छ । समाजिक सञ्जाल फेसबुकले दिने प्रतिष्ठित पुरस्कार अभिनव सहसंस्थापक रहेको बिन भोयाज कम्पनीले जितेको हो । पुरस्कार राशी ५५ हजार अमेरिकी डलर छ । तर, फेसबुकले रकम दिने नभइ विज्ञापन र फेसबुकका उच्च कर्मचारीहरुले व्यवसाय कसरी अगाडि बढाउने भन्ने प्रशिक्षण दिनेछन् […]

अब फेसबुकले बताइदिनेछ तपाइको आर्थिक हैसियत

सामाजिक सञ्जाल फेसबुकले अब प्रयोगकर्ताको आर्थिक अवस्था कुन हैसियतको हो भन्ने कुरा सजिलै बताइदिने भएको छ । प्रयोगकर्ताको सामाजिक, आर्थिक अवस्थाबारे बताउने प्रविधि ल्याउने तयारीमा फेसबुक लागेको छ । कम्पनीले प्रयोगकर्ता निम्न, मध्यम वा उच्च कुन वर्गका हुन् भनी बताउने प्रविधिका लागि प्याटेण्ट आवेदन दिएको बताइएको छ । फेसबुकले व्यक्तिको शिक्षा, घरजग्गा लगायत सम्पत्तिको स्वामित्व […]

फेसबुकले जब सोध्यो, ‘तपाईं कोसित सुत्नुहुन्छ ?’

फेसबुकले एउटा नितान्त व्यक्तिगत प्रश्न सोध्न थालेपछि प्रयोगकर्ताहरु चिढिएका छन् । पछिल्लो समय ल्याइएको ‘डिड यू नो ?’ फिचरमा फेसबुकले सोधेको विवादास्पद प्रश्न हो, ‘तपाईंं कोसँग सुत्ने गर्नुभएको छ ? यो प्रश्नलाई कतिपय प्रयोगकर्ताले ‘घटिया’ संज्ञा दिएका छन् । यस विषयमा टि्वटरमा एकजनाले लेखेका छन्, ‘फेसबुक, मलाई थाहा छ, तिमी ओभरसेयरिङमा विश्वास गर्छौं तर यो […]

सामाजिक सञ्जालले तपाईलाई कति रोगी बनाएको छ ?

सामाजिक सञ्जाल संसारभर दिनानुदिन लोकप्रिय र शक्तिशाली बन्दै गएको छ । शहर मात्र होइन, गाउँका मानिसहरु पनि सामाजिक सञ्जालमा झुम्मिएका छन् । मानिसले आफ्नो व्यक्तिगत पीर-व्यथा र खुशी साट्ने थलो बनाएको सामाजिक सञ्जाल बौद्धिक बहस गर्ने चौतारीसमेत हो । यसका धेरै सकारात्मक पक्षहरु त छँदैछन् तर, पछिल्लो समय विभिन्न दुष्प्रभावहरु पनि उजागर हुन थालेका छन् […]

अब फेसबुकमा उल्लेख्य परिर्वतन !

नयाँ वर्ष २०१८ मा प्रवेश गर्दा संसारका धेरै व्यक्तिहरुले विभिन्न खाले संकल्प गरे । उनीहरु मध्ये एक थिए फेसबुकका संस्थापक मार्क जुकरबर्ग । उनले फेसबुकका तमाम समस्याहरुको समाधान खोज्ने संकल्प लिएका छन् । फेसबुकमा नै पोष्ट गरेको एउटा आलेखमा उनले फेसबुकका नीतिहरु तथा यसका उपकरणहरुको गलत प्रयोग भइरहेको भन्दै चिन्ता व्यक्त गरेका छन् । फेसबुकको […]

भिनाजु त यूएस आर्मी होइन, नटवरलाल पो परेछन् !

२७ मंसिर, काठमाडौं । सिन्धुपाल्चोकको माङ्खा–७ का तुलबहादुर तामाङले धनकुमारी (परिर्वतीत नाम) लाई ७ महिनाअघि फेसबुकमा ‘फ्रेन्ड रिक्वेस्ट’ पठाए । आफू यूएस आर्मीको जागिरे भएको परिचय दिए । संखुवासभाको माकल गाउँपालिका–५ की मनकुमारी तामाङको कुरामा लोभिँदै गइन् । फेसबुकमा साथी भएको छोटो समयमा उनीहरुबीच विवाह भयो । यूएस आर्मीसँग विवाह गर्न पाउँदा धनकुमारी पनि दंग […]

बालबालिकाको लागि फेसबुकको उपहारः मेसेन्जर किड्स

सोसल मिडिया चलाउन कति वर्ष उमेर पुग्नुपर्छ ? सोसल मिडियाहरु अनुसारका आ आफ्ना मापदण्ड छन् । फेसबुकमा खाता खोल्नका लागि प्रयोगकर्ताको उमेर १३ वर्ष पुगेकै हुनुपर्छ । अर्थात सोभन्दा कम उमेरका बालबालिका फेसबुकका लागि योग्य मानिदैन । यो त नियम न भयो । तर यथार्थमा चाहीँ १३ वर्षमुनिका २ करोड बालबालिकाले फेसबुक चलाउने गरेको पाइएको […]

फेसबुकमा २७ करोड नक्कली अकाउन्ट

सन् २०१६ को अमेरिकी राष्ट्रपतिय चुनावमा रुसले गरेको साइबर हस्तक्षेपमा फेसबुकको प्रयोग गरिएको विषयलाई लिएर फेसबुक यसअघि नै छानविनको घेरामा छ । यहीँ बीचमा फेसबुकले आफ्नो अर्को कमजोरी पनि स्विकार गरेको छ । सोसल मिडिया साइट फेसबुकमा २७ करोड नक्कली अकाउन्ट रहेको कुरा फेसबुकले स्विकार गरेको छ । द टेलिग्राफमा प्रकाशित एक समाचार अनुसार फेसबुकले […]

फेसबुकमार्फत् पार्सल आउँदैछ ? प्रहरीलाई खबर गर्नोस् !

३० असोज, काठमाडौं । मोरङको सुन्दर हरैंचाका ४५ वर्षीय प्रदीप सुब्बाको पैसा कमाउने तरिका सजिलो थियो । उनी एकजना बेलायती नागरिकका नाममा फेसबुक आइडी बनाउँथे र नेपालीहरुलाई बेलायतबाट पार्सल आएको छ भन्दै पैसा कमाउँथे । यसैगरी उनले करोडौं रुपैयाँ उठाए । तपाईका नाममा आएको पार्सल भारतको राजस्व कार्यालयमा कर तिर्न बाँकी रहेकाले अड्किएको छ भन्दै […]