Comments Add Comment

फ्रन्टलाइन हिरोज

List Grid
परिवारसँग पराई बनेर निरन्तर संक्रमितको उपचार

२० पुस, बुटवल । कोरोना भाइरस संक्रमणले विश्वलाई नै आतंकित बनाइरहेको थियो । रोगको त्रास जनतामा मात्रै होइन, स्वास्थ्यकर्मीमा पनि उत्तिकै थियो । नेपालमा देखिएका संक्रमितकै व्यवस्थापन चुनौतीपूर्ण बनिरहेको भारत लगायतका मुलुकबाट नेपालीहरु स्वदेश फर्कने क्रम सुरु भइसकेको थियो । लुम्बिनी प्रदेश सरकारले बुटवल औद्योगिक क्षेत्रमा बन्द अवस्थामा रहेको बुटवल धागो कारखानामा लुम्बिनी प्रादेशिक अस्पताल […]

सत्तालाई निरन्तर खबरदारी गर्ने डाक्टर

१४ कात्तिक, काठमाडौं । जेठ तेस्रो साता स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना परीक्षणको दायरा घटाउन ‘नेसनल टेस्टिङ गाइडलाइन फर कोभिड–१९’ बनाउँदा संक्रामक रोग विशेषज्ञ अनुप सुवेदीले भनिदिए, ‘यो जनस्वास्थ्यमाथि गम्भीर खेलवाड हो ।’ त्यसको साता नबित्दै मन्त्रालयकै ‘इन्सिडेण्ड कमाण्ड सिस्टम’ले लक्षण नदेखिएका तर आइसोलेसनमा बसेका शंकास्पद संक्रमितलाई परीक्षण नगरी १० दिनमा घर पठाउने निर्णय गर्‍यो […]

संक्रमित हुने पालो कुर्दै अरुको स्वाब परीक्षण

१३ कात्तिक, काठमाडौं । नेपालमा कोभिड– १९ को संक्रमण फैलिरहँदा काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाको माहोल कस्तो थियो ? ‘डर नै डर थियो । न सुरक्षा कवच, न भाइरसबारे पर्याप्त ज्ञान । यो भवनमा छिर्नै डरमर्दो थियो’, मेडिकल ल्याब टेक्नोलोजिस्ट लोकबन्धु चौधरी सम्झन्छन्, ‘हामीलाई चाहिने पर्सनल प्रोटेक्टिभ इक्युपमेन्ट (पीपीई) पनि अलिपछि मात्र आयो ।’ सुरुवाती […]

प्लाज्माथेरापीका नेपाली पायोनियर

१२ कात्तिक, काठमाडौं । नेपालको पहिलो ‘कन्भालेसेन्ट प्लाज्माथेरापी’ धेरैलाई ‘सरप्राइज’ भयो । बिना तयारी अपर्झटमा थियो कि पहिलो प्रयास असफल होला भन्ने डरले गुपचुप काम भइरहेको थियो ? ‘गुपचुप भन्न सकिन्छ, तर अपर्झट होइन’, यो विद्याका नेपाली पायोनियर डा. विपिन नेपाल भन्छन् । उनले अघि भने, ‘मैले त बैशाखमै प्लाज्माथेरापी सुरु गरौं भनेर नेपाल रेडक्रस […]

उनको प्रतीक्षा कहिले सकिएला ?

११ कात्तिक, काठमाडौं । यतिबेला कसैले जिन्दगी के हो ? भनेर सोध्यो भने उनको जवाफ हुन्छ–ड्युटी, ड्युटी र ड्युटी । पहिला त उनलाई पनि कोरोना भाइरससँग बहुतै डर लाग्थ्यो । डरसँगै भाइरसको सामना गरिन् । कोराना लागेर मरिन्छ कि क्या हो भनेर डराएकी उनी अहिले सुरक्षा सावधानी अपनाएर कोरोना संक्रमणबाट अरुलाई पनि बचाउन सकिन्छ निश्कर्षमा […]

कान्छो फ्रन्टलाइनर : फोहोरदेखि शवसम्म उठाउँछन्

१० कात्तिक, विराटनगर । जम्मा १८ वर्षका भए, विराटगर महानगरपालिका–२ का चन्दन पोद्दार । उनको दिन भने विश्वलाई नै आक्रान्त पारिरहेको कोरोना भाइरस विरुद्धको युद्वमा बितिरहेको छ । यो वर्ष कक्षा १० मा पुगेका उनले काम गर्ने कोशी अस्ताल कोभिड–१९ उपचार केन्द्र र उनको परिवार बस्ने घर करिब चार किलोमिटर दुरीमा छ । बाबुआमासँग घरमा […]

सुदूरमा खटिएका डा. अशोक

९ कात्तिक, कैलाली । सेती प्रादेशिक अस्पतालको अस्थायी कोरोना अस्पताल बाहिर डा. अशोक चौधरी निराश मुद्रामा देखिए । कोरोना संक्रमितको उपचारमा रातदिन खटिएका मेडिकल अधिकृतको यो मुद्रामा पक्कै पनि सुखद सन्देश थिएन । ‘के भयो डाक्टर सा’ब ? उनले भने, ‘संक्रमित एक महिलाको अवस्था सुधार्न सकिएन । प्लाज्माथेरापी गर्नलाई प्लाज्मा दिने मान्छे कोही भेटिएन ।’ […]

कोरोना कहरमा चिनिएका डाक्टर

८ कात्तिक, वीरगञ्ज । फेमिली फिजिसियन तथा आकस्मिक रोग विशेषज्ञ उदयनारायण सिंह (३६) अहिले नारायणी अस्पतालमा इमर्जेन्सी विभाग प्रमुख छन् । बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरानका एमडी उनले त्यहाँँ उपप्राध्यापकको जागिर पनि पाएका थिए । तर, मन आफ्नै वीरगञ्जमा तानियो । अनि राजिनामा दिएर नारायणी अस्पतालमा अस्थायी मेडिकल अधिकृत बन्न आए । गृह नगरको […]