Comments Add Comment

बजार अनुगमन

List Grid
तिनकुनेको तरकारी बजारबाट ४२ बोरा प्याज बरामद

१ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाको उपभोक्ता हित संरक्षण समितिले तिनकुनेको एक तरकारी बजारबाट ४२ बोरा प्याज जफत गरेर प्रहरीको जिम्मा लगाएको छ । तीनकुनेको हरितगृह तरकारी बजारमा बिहीबार बिहान छड्के अनुगमन गर्दा व्यापारीले लुकाएर राखेको प्याज बरामद भएको हो । विशेष गौतमको पसलबाट २९ र उन्नत सब्जी भण्डारबाट १३ बोरा प्याज जफत गरेको अनुगमन […]

वीरगञ्जमा ४ वटा पसललाई ७० हजार जरिवाना

२६ भदौं, वीरगञ्ज । वीरगञ्जमा संयुक्त बजार अनुगमन टोलीले शुक्रबार पनि बजार अनुगमन गरेको छ । अनुगमका क्रममा क्रममा ४ वटा पसललाई ७० हजार जरिवाना तिराइएको छ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय, जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालय, पर्साको संयुक्त अनुगमन टोलीले वीरगञ्ज महानगरपालिका स्थित माइस्थान २ नम्बर रोड, लिंक रोड र […]

बजार अनुगमन बढाउन २० जना जनशक्ति थप

२१, साउन, काठमाडौं । बजारमा  ठगीका घटना बढेपछि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले थप २० जना जनशक्ति वाणिज्य विभाग पठाएको छ । बजार अनुगमनमा तीब्रता दिन उद्योग, खानी र नापतौल गरी तीन वटा विभाग तथा मन्त्रालयको गरी चार चार जनाको पाँच टोली विभागमा पठाइएको मन्त्रालयले जनाएको छ । बुधबार विभाग हाजिर भएका कर्मचारीलाई बजार अनुगमनबारे […]

गाउँका सिहंदरबारमा छैन उपभोक्तालाई ठगीबाट जोगाउने कानुन

२० साउन, काठमाडौं । काठमाडौं महानगरपालिकाकाले बजारमा उपभोक्तालाई ठगिनबाट जोगाउन तीन वर्षमा कति अनुगमन गर्‍‍यो भन्ने जिज्ञासा राख्दा प्रवक्ता ईश्वरमान डंगोल छक्क परे । केही क्षण अल्मलिएपछि उनले यसबारे अनुगमन समितिका संयोजक उपमेयर हरिप्रभा खड्कालाई थाहा हुनसक्ने बताए । उपमेयर सम्पर्कमा नआएको बताएपछि प्रवक्ता डंगोलले महानगरले बजार स्वच्छताका लागि अनुगमन गरेको तर, कसैलाई कारबाही नगरेको […]

लकडाउनमा बजार अनुगमन : पर्वत उत्कृष्ट, म्याग्दीको डामाडोल !

२६ वैशाख, पोखरा । उपभोक्त मञ्च गण्डकी प्रदेशले लकडाउनको समयमा प्रदेशका विभिन्न बजार अनुगमन गरेको छ । अनुगमनका क्रममा प्रदेशभरिमै पर्वतको बजार उत्कृष्ट देखिएको र म्याग्दीको बेनी बजार मापदण्डविपरीत पाइएको मञ्चका प्रदेश अध्यक्ष कपिलनाथ कोइरालाले जानकारी दिए । ‘प्रदेशका ९ वटा जिल्लाका बजार घुम्दा पर्वतको बजार सबैभन्दा राम्रो देखियो । पर्वतको बजार पोखराभन्दा व्यवस्थित चलेको […]

बजार अनुगमन गर्न सरकारलाई संसदीय समितिको निर्देशन

१६ वैशाख, काठमाडौं । राष्ट्रिय सभाको प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिले सरकारलाई बजार अनुगमन गर्न निर्देशन दिएको छ । ‘लकडाउनको अवधिमा बजारमा कालोबजारी मौलाएकाले सरकारलाई कालोबजारी नियन्त्रणका लागि लागि बजार अनुगमन गर्न निर्देश गरेका हौं’ समिति सभापति रामनारायण बिडारीले अनलाइनखबरसँग भने । मंगलबार बसेको समिति बैठकले सरकारलाई बन्दाबन्दीको समयमा नागरिकले पालना गर्नुपर्ने कर्तव्यसहितका विषय […]

दिनहुँ बजार अनुगमन, उपलब्धी शून्य

२१ कात्तिक, काठमाडौं । बुधबार केही पत्रकारलाई पछि लगाएर खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक सञ्जिव कुमार कर्ण नेेतृत्वको टोली महाराजगञ्ज हिँड्यो । टोलीले भाटभटेनीसहित आसपासका केहि मिठाइ पसलमा अनुगमन गरिटोपल्यो । तर, तामझामका साथ बजार पुगेको टोलीको उपलब्धि व्यापारी तर्साउने बाहेक अरु देखिएन । अखाद्य वस्तु पत्ता लगाउन ल्याब र प्राविधिकसहितको मोबाइल भ्यानमा […]

कालोबजारीप्रति स्थानीय सरकार मौन : न अनुगमन, न कारबाही

२४ असोज मोरङ । जनप्रतिनिधिले संविधानले दिएको अधिकार प्रयोग नगर्दा स्थानीय तहमा कालोबजारी मौलाएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ र उपभोक्ता हित संरक्षण ऐन २०७५ ले दिएको अधिकार जनप्रतिनिधिले प्रयोग नगर्दा बजारमा कालोबजारी मौलाएको हो । मोरङमा जिल्ला प्रशासन कार्यालयको बजार अनुगमन झारो टार्ने खालको मात्र छ । अनुगमनको मुख्य जिम्मेवारी पाएका स्थानीय […]

विराटनगरका पसलमा अनुगमनः ४७५ को जुत्तालाई ३९०० !

१९ असोज, मोरङ । विराटनगरका पसलले ९ गुणासम्म बढी मुनाफा राखेर सामान बिक्री गर्ने गरेको भेटिएको छ । मोरङका सहायक प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे नेतृत्वको अनुगमन टोलीले गरेकाे अनुगमनका क्रममा रेडिमेड सामग्री बिक्री गर्ने पसलले ९ गुणासम्म मुनाफा राखेको भेटिएको हो । खरिद मूल्यको बढीमा २० प्रतिशतसम्म मुनाफा खान पाइने नियम भए पनि ४७५ […]

काठमाडौंका दुई वटा खाद्य स्टाेरमा शीलबन्दी, गुणस्तहीन र ठगीको आरोप

१२ असोज, काठमाडौं । रहरको दालमा कालोबजारी गर्न लागेको अाशंकामा काठमाडौंको कुलेश्वरको एक स्टोरमा शील गरिएको छ । विवरण नखुलेको रहरको दाल सिबी ब्राण्डको बोरामा धमाधम प्याकिङ गरिरहेको भेटिएपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंको अनुगमन टोलीले शील गरेकाे हो । दाल कहाँबाट ल्याइएको हो भन्ने खुल्न नसकेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी राम प्रसाद आचार्यले अनलाइनखबरलाई जानकारी […]

‘सुपथ पसलभन्दा बजार अनुगमनलाई प्राथमिकता दिनुपर्छ’

सरकारले हरेक वर्ष दशैं-तिहार र छठलाई लक्षित गर्दै सुपथ मूल्यको पसल सञ्चालन गर्छ ।  महत्वपूर्ण चाडपर्वका बेला उपभोग्य वस्तुमा केही छुट दिने उद्देश्यले सुपथ मूल्यका पसल चलाउनु राम्रै कुरा हो । तर राज्यले केही सहरका सिमित क्षेत्रमा मात्रै सुपथ मूल्य पसल खोल्नु कर्मकाण्डी जस्तो देखिन्छ । राज्यका लागि सुगम र दुर्गम भेगका जनता समान हुनुपर्छ […]

दुषित खाद्यवस्तुको बिगबिगी: दूधदेखि कुकिजसम्म अखाद्य

१३ पुस, काठमाडौं । प्रभावकारी बजार नियमनको अभावमा बजारमा अखाद्य वस्तुको बिगबिगी देखिएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले गरेको नमूना प्रयोगशाला परिक्षणले ठूला उद्योगकै उत्पादनहरू अखाद्य देखिएको छ । प्रयोगशाला परिक्षणका क्रममा अखाद्य देखिएपछि विभागले विभिन्न ५० उद्योग विरुद्ध मुद्दा दायर गरेको छ । चालू आर्थिक वर्ष (आव) २०७४/७५ को पहिलो चार […]

उपभोक्तामाथि खेलवाडः हजारौं फर्ममा अनुगमन, कारवाहीमा आलटाल

३१ असोज, काठमाडौं । आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले आर्थिक वर्ष ०७३/७४ मा करीव पाँच हजार व्यापारिक फर्ममा अनुगमन गर्‍याे । सोही वर्ष खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण विभागबाट अनुगमन भएका फर्मको संख्या झण्डै तीन हजार छ । आपूर्ति व्यवस्थापन विभाग अत्यावश्यकीय उपभोग्य वस्तुको अनुगमन गर्ने निकाय हो । खाद्य प्रविधिले खाद्य वस्तु […]

वालिङका मासु पसलको अनुगमन, मूल्यमा एकरुपता भेटिएन

२७ फागुन, वालिङ । स्याङ्जाको प्रमुख व्यापारिक केन्द्र वालिङमा रहेका मासु पसलको विहिबार अनुगमन गरिएको छ । इलाका प्रशासन कार्यालय वालिङको अगुवाइमा गरिएको मासु पसल अनुगमन क्रममा मूल्यमा एकरुपता नभएको, मूल्यसूची टाँस नगरिएको, बिना दर्ता पसल सञ्चालन गरिएको पाइएको र काट्ने ठाउँको सरसफाइ गर्नका लागि सुझाव दिइएको इलाका प्रशासन कार्यालय वालिङका प्रमुख दामोदर शर्माले बताए । […]

झापाका डिपार्टमेन्ट स्टोरबाट अखाद्य वस्तु बरामद

१५ भदौ, झापा । खाद्यान्नमा मिसावट र म्याद गुजि्रएका खाद्य सामग्री बिक्री गरेको जनगुनासो बढेपछि मंगलबार जिल्ला बजार अनुगमन समिति झापाले बिर्तामोडका चार ठूला डिपार्टमेन्टमा अनुगमन गरेको छ । झापाका सहायक प्रमुख जिल्ला अधिकारी डमरुप्रसाद निरौलाको नेतृत्वमा रहेको अनुगमन टोलीले बिर्तामोड-९ मा रहेको शिखर बजार इन्टरनेशनल प्रालि, बिर्तामोड-६ मा रहेको गोरखा सुपर मार्केट, बिर्तामोड-७ मा […]

बजार अनुगमनका क्रममा व्यापारी पक्राउ गरेको बिरोधमा बजार बन्द

९ भदौ, गोरखा। व्यापारीलाई पक्राउ गरी तीन दिनदेखि हिरासतमा राखेको विरोधमा गोरखा उद्योग वाणिज्य सङ्घले आज बिहानैदेखि गोरखा बजार बन्द गराएको छ । सरकारले अनुदानमा उपलब्ध गराएको रासायनिक मल व्यक्तिगत पसलबाट बिक्री गर्दै आएका अनिता एग्रोभेटका सञ्चालक रामशरण कोइराला, विशाल किराना स्टोर्सका अनु श्रेष्ठ र श्रेष्ठ किराना स्टोर्सका ईश्वर श्रेष्ठलाई संयुक्त बजार अनुगमन संयन्त्रले मङ्गलबार […]

कालोबजारी रोक्न भोलिदेखि सरकारी अनुगमन टोली बजारमा

३१ साउन, काठमाडौं । आपूर्ति मन्त्रालयको नेतृत्वमा मंगलबारदेखि विशेष बजार अनुगमन सुरु हुने भएको छ । बजारमा अस्वाभाविक रुपमा भइरहेको मूल्यवृद्धि र अखाद्य मिसावटविरुद्ध सरकारले विशेष अनुगमन सुरु गर्न लागेको हो । यसअन्तरगत विशेष गरी दैनिक उपभोग्य वस्तुका ठूला विक्रेतादेखि खुद्रा विक्रेताहरुकोमा सरकारी अनुगमन टोली पुग्नेछ । आपूर्तिमन्त्री दीपक बोहोराले अनुगमन सुरु गर्नेबारे आइतबार उद्योगी […]