- Home
- बजेट
बजेट
११ माघ, काठमाडौं । आकस्मिक रुपमा उत्पन्न खर्चले बजेट कार्यान्वयन चूनौतिपूर्ण बन्दै गएको अर्थ मन्त्रालयले स्वीकार गरेको छ । चालु आर्थिक वर्ष २०७७/७८ को अर्धवार्षिक समिक्षा गर्दै अर्थ मन्त्रालयले बजेट कार्यान्वयनमा आकस्मिक खर्चको दवाव रहेको स्वीकार गरेको छ । यसमा निर्वाचन र कोभिड विरुद्धको खोप मूख्य रहेको मन्त्रालयले जानकारी दिएको छ । चालु आर्थिक वर्ष […]
६ माघ, काठमाडौं । सरकारसँग चालु आर्थिक वर्षमा रोजगारी सिर्जनाका लागि करिब ५० अर्ब बजेट छ । ६ महिना बित्दा पनि कार्यक्रम लागू गर्न सरकार उदासीन देखिएको छ । यो कार्यक्रम लागू भए भारत भासिनुपर्ने वा अन्य देश जान म्यानपावरको चक्कर काट्नपर्ने बाध्यतामा कमी आउने थियो । नेपालमा अहिले काम नपाएपछि हात बाँधेर बस्न बाध्य […]
२९ पुस, काठमाडौं । ठूलो आकारको बजेट बनाएर कार्यान्वयन नगर्ने परिपाटी संघीय सरकारको पुरानै रोग हो । यसमा अब प्रदेश र स्थानीय सरकार समेत जोडिएका छन् । तीन वटै तहका सरकारको एकीकृत तथ्यांक अनुसार आर्थिक वर्ष २०७६/७७ मा नेपालमा १९ खर्ब रुपैयाँ बराबरको बजेट बनेको थियो । तर, खर्च भने करीव १२ खर्ब मात्र भएको […]
२७ पुस, विराटनगर । बजेट असन्तुलनका कारण आर्थिक संकटको अवस्थामा पुगेको प्रदेश १ सरकारले मातहतका कार्यालयलाई खर्च कटौती गर्न परिपत्र गरेको छ । कोरोना महामारीका कारण राजस्व संकलन र बाँडफाँट न्यून भएपछि प्रदेश १ आर्थिक मामिला तथा योजना मन्त्रालयले खर्च कटौती गर्न परिपत्र गरेको हो । परिपत्रमा मातहतका कार्यालयलाई चियापान र अतिथि सत्कार शीर्षकमा छुट्याएको […]
१५ मंसिर, पोखरा । रवीन्द्र अधिकारीले ह्याट्रिक गरेको क्षेत्रबाट चुनाव जितेर उनकै पत्नी विद्या भट्टराई अहिले सांसद छिन् । तत्कालीन पर्यटन मन्त्री अधिकारीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएपछि गत उपनिर्वाचनमा नेकपाले भट्टराईलाई नै उम्मेदवारका रुपमा उभ्याएको थियो र कास्की क्षेत्र नम्बर २ का जनताले जिताएर प्रतिनिधिसभामा पठाए । विद्यार्थी राजनीति गरेकी विद्याले प्राज्ञिक क्षेत्रको कामलाई बिट […]
१० मंसिर, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले चालु आर्थिक वर्षको पहिलो चौमासिकमा २ अर्ब ९ करोड ८६ लाख ३६ हजार रुपैयाँ खर्च गरेको छ । यो कुल बजेटको ६.२९ प्रतिशत हो । चालू आर्थिक वर्ष २०७७/०७८ को प्रथम चौमासिक सम्मको बजेट खर्च र राजश्व सङ्कलनको अवस्था सार्वजनिक गर्दै आर्थिक मामिला तथा योजनामन्त्री झपट बोहराले गत […]
२७ कात्तिक, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६/७७ मा कुल १० खर्ब ९३ अर्ब ५५ करोड रुपैयाँ बजेट खर्च गर्दा ११ अर्ब ३९ करोड ९५ लाख रुपैयाँ बेरुजु देखिएको छ । रीत नपुर्याई गरेको कारोबार, राख्नुपर्ने लेखा नराखेको वा बेमनासिब तरिकाले खर्च गरेको रकम नै बेरुजु हो । महालेखा नियन्त्रक कार्यालयले गरेको आन्तरिक परीक्षणबाट उक्त […]
६ कात्तिक, काठमाडौं । सरकारले आर्थिक व्ययभार धान्न नसकेको भन्दै नोवेल कोरोना भाइरस (कोभिड–१९) लागेका निश्चित समूह बाहेकको निःशुल्क उपचार नगर्ने घोषणा गरेको छ । सरकार यो विषयमा संविधान, जनस्वास्थ्य ऐन २०७५ र सर्वोच्च अदालतको आदेशकै विरुद्ध जान तयार भएको देखिन्छ । कोभिडको महामारीका बेला संसारका विभिन्न पुँजीवादी देशहरुमा राज्यले नागरिकहरुका लागि खर्च गरेका छन् […]
२६ असोज, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ का लागि सरकारले ल्याएको १४ खर्ब ७४ अर्ब ६४ करोड रुपैयाँ बजेटको स्रोतमध्ये आन्तरिक ऋणबाट २ खर्ब २५ अर्ब रुपैयाँ उठाउने लक्ष्य छ । आन्तरिक ऋणमध्ये हालसम्म ३० अर्ब रुपैयाँ उठाइसकेको छ भने ३ अर्ब रुपैयाँ मंगलबार उठाउँदैछ । नेपाल राष्ट्र बैंङ्कले ३० अर्ब रुपैयाँ विकास ऋण […]
३० भदौ, डोटी । स्थानीय तहहरुले असार १० गतेभित्र स्थानीय सभामा नयाँ आर्थिक वर्षको बजेट तथा कार्यक्रम पेश गरिसक्नु पर्ने कानुनी व्यवस्था भएपनि सुदूरपश्चिम प्रदेशका तीन स्थानीय तहहरुले अहिलेसम्म पनि बजेट तथा कार्यक्रम ल्याएका छैनन् । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ (१) र अन्तर सरकारी वित्त व्यवस्थापन ऐन, २०७४ को दफा २१ […]
५ भदौ, काठमाडौं । देशभर चालु आर्थिक वर्ष २०७७/७८ को बजेट ल्याउने स्थानीय तहको संख्या ६९० पुगेको छ । शुक्रबारसम्मको तथ्यांकअनुसार ६३ स्थानीय तहको बजेट भने अझै सार्वजनिक भएको छैन । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको एकीकृत विवरणअनुसार बजेट ल्याउन असफल स्थानीय सरकारमध्ये धेरैजसो प्रदेश नं २ मा छन् । यहाँ कुल १३६ स्थानीय […]
चालु आर्थिक वर्षका लागि गत जेठमा १४ खर्ब ७४ अर्ब ६४ करोडको बजेट जारी भयो । मैले यस बजेटको कार्यान्वयनका केही जँघारहरु देखेको छु । सरसर्ती हेर्दा हालकै पाराले यी जँघारहरु छिचोल्न सरकारलाई सम्भवतः आच्छु–आच्छु पर्ने पक्का छ । सरकारलाई तर्न गाह्रो पर्ने देखिएका ती जँघारहरुलाई यहाँ १२ वटा बुँदामा प्रस्तुत गरेको छु– २८० नयाँ […]
१२ साउन, काठमाडौं । चालु आर्थिक वर्ष २०७७/७८ को बजेट कार्यान्वयन शुरु भएको सोमबार १२ औं दिन बितिसक्दा पनि अझै २ सय भन्दा बढी स्थानीय सरकार बजेट ल्याउन असफल भएका छन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गरेको अद्यावधिक तथ्यांकअनुसार आइतबारसम्म देशभरका ५ सय ५२ वटा स्थानीय तहको मात्र बजेट पेश भएको छ । […]
४ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले समयमा अख्तियारी पठाउन नसक्दा बजेट खर्चमा प्रगति गर्न नसकिएको बताएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले आइतबार गत आर्थिक बर्ष २०७६÷०७७ को समीक्षा गर्दै प्रदेश सरकारले समयमा बजेट खर्चको अख्तियारी मातहतको निकायमा पठाउन नसकेको ठहर गरेको हो । प्रदेश सरकारको समीक्षापछि पत्रकारलाई प्रतिक्रिया दिँदै सरकारका प्रवक्ता आन्तरिक मामिला […]
२ साउन, कैलाली । सुदूरपश्चिम प्रदेश सरकारले गत आर्थिक बर्ष २०७६/०७७ मा करिब ६३ प्रतिशत बजेट खर्च गरेको छ । चालुतर्फ ५५.६७ प्रतिशत र पुँजीगततर्फ ७१.०८ प्रतिशत गरि जम्मा ६२.८२ प्रतिशत बजेट खर्च गरेको प्रदेश लेखा नियन्त्रक कार्यालयले जनाएको छ । चालु तर्फको १५ अर्ब ९ करोड ४८ लाख ३६ हजारमध्ये ८ अर्ब ४० करोड […]
३० असार, डोटी । सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक बर्ष २०७७/०७८ को बजेट तथा कार्यक्रममा दुई सय ७० मन्दिरका योजना ल्याएको छ । यी योजनाहरुमा २४ करोड २२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । पर्यटन प्रवर्द्धन गर्ने भन्दै प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले मन्दिर मर्मत सम्भार, मन्दिर निर्माणलगायतका योजनालाई प्राथमिकतामा राखेको हो । […]
२९ असार, जनकपुरधाम । प्रदेश २ सरकारले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको बजेट मत विभाजन प्रकृयामार्फत् एक महिनापछि पारित भएको छ । यसअघि सर्वसम्मतले पारित हुँदै आएको प्रदेश २ को बजेट यसपटक भने मत विभाजन प्रकृयाले बहुमतले पारित भएको हो । गत असार १ गते प्रदेश सरकारले रु ३३ अर्ब ५६ करोड ९ […]
२४ असार, सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७७/०७८ का लागि ल्याएको बजेट सर्वसम्मत पारित भएको छ । प्रदेशसभाको बुधबारको बैठकले विनियोजन विधेयक २०७७ सर्वसम्मत पारित गरेको हो । कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले संसदमा उठेका विषयमाथि जवाफ दिएपछि विधेयक पारित भएको हो । सरकारले ल्याएको नीति दीर्घकालीन र बजेट जनतामुखी भएको […]
२१ असार, धनगढी । सुदूरपश्चिम प्रदेश सभामा प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाका सांसदहरुले नाराबाजी गरेका छन् । बिरोधकै बीच सभामुखले बजेटसम्बन्धमा छलफल अगाडि बढाउनेबित्तिकै नाराबाजी भएको हो । प्रतिपक्षी दलले रोष्ट्रम घेराउ गर्दै नाराबाजी गरे पनि बजेटमाथिको छलफल सम्बन्धी प्रस्ताव स्वीकृत भएको सभामुख अर्जुन बहादुर थापाले घोषणा गरे । असार १ गते प्रदेश सरकारले […]
१९ असर, हेटौंडा । बागमती प्रदेश सरकारले ल्याएको आर्थिक वर्ष २०७७/०७८ को विनियोजन विधेयक प्रदेशसभाबाट बहुमतले पारित भएको छ । बजेटमाथि प्रदेशसभामा उठेका प्रश्नको मुख्यमन्त्री डोरमणि पौडेल र मन्त्रीहरुले जवाफ दिएपछिशुक्रबार बजेट पारित गरिएको हो । बजेटमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) बाहेक अन्य दलका सांसदले विपक्षमा मतदान गरे । बागमती प्रदेश सरकारले आर्थिक वर्ष […]
१६ असार, हेटौंडा । वागमती प्रदेशकोे बजेटमाथि मंगलबार प्रदेशसभामा छलफल सुरु भएको छ । छलफलमा सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेताहरुल नै बजेटको विरोध गरेका छन् । नेकपाका सांसद हिरानाथ खतिवडाले सरकारले बजेट ल्याउँदा कार्यान्वयन हुने विश्लेषण नगरी ल्याएको भन्दै नसच्याउने भए छलफलको अर्थ नरहने बताए । सरकार नसुध्रे समर्थन गर्न नसक्ने समेत उनले […]