- Home
- बलात्कार
बलात्कार
४ मंसिर, हेटौंडा । मकवानपुरमा ४ वर्षकी बालिकाको बलात्कारपछि हत्या उनकै नातेदारबाट भएको खुलेको छ । बागमती गाउँपालिका– ७ कि बालिकालाई बुधबार गाउँमा पूजा रहेको समयमा फकाई नजिकैको पुलमुनि लगेर बलात्कार गरेपछि हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । हत्या आरोपमा पक्राउ परेका १६ बर्षका साजन भोलनले हत्या गरेको स्वीकार गरेको प्रहरीले जनाएको छ […]
पछिल्लो समय सतहमा आएका बलात्कारका घटनाले मानव सभ्यतालाई गिज्याइरहेका अनुभूति हुन्छ । क्रुर अमानवीय घटना अनि ततपश्चात सामाजिक तिरस्कारको पात्र । कस्तो अचम्मको सामाजिक संरचना ? सामाजिक संस्कार ? के सर्वश्रेष्ठ प्राणी मानवको नैतिकता ह्रास हुँदै गएको हो त ? भावी पिँढीलाई सुम्पिने सामाजिक संस्कारको स्तर के ? एकपटक गहन चिन्तनको परिस्थिति सिर्जना भएको छ […]
२ मङ्सिर, काठमाडौं । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा चन्द्रागिरि नगरपालिका-२ बस्ने हुम्ला ताजाकोट गाउँपालिका-२ का २३ वर्षीय युवक पक्राउ परेका छन् । प्रहरीले अनुसन्धानका लागि सूर्जवीर लोहारलाई नियन्त्रणमा लिएको हो । लोहारले बालिका बलात्कार गरेको खबर पाएपछि महानगरीय प्रहरी वृत्त थानकोटबाट खटिएको प्रहरी टोलीले लोहारलाई सोमबार दिउँसो नियन्त्रणमा लिएको हो । घटनाको […]
२ मंसिर, काठमाडौं । चन्द्रागिरि नगरपालिका–२, बसुण्डोलकी १४ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा उनका छिमेकी युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा २३ वर्षीय सुरेश लोहार छन् । महानगरीय प्रहरी वृत्त, थानकोटका डीएसपी घनश्याम श्रेष्ठका अनुसार सोमबार साँझ बालिकाको परिवारले उजुरी दिएपछि युवक पक्राउ परेका हुन् । पीडितको सोमबारै थापाथलीस्थित प्रसुती गृहमा स्वास्थ्य परीक्षण गराइएको […]
२६ कात्तिक, काठमाडौं । गोठाटारमा ७ वर्षीया बालिका बलात्कृत भएकी छन् । घटनाबारे जानकारी पाएलगत्तै महानगरीय प्रहरी प्रभाग, काँडाघारीबाट खटिएको टोलीले धादिङका ५२ वर्षीय चक्रे तामाङलाई पक्राउ गरेको छ । बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतका अनुसार पीडितले जबरजस्ती करणी भएको भन्ने जानकारी दिनासाथ खटिएको टोलीले पक्राउ गरेर अनुसन्धान थालेको छ । पीडितलाई मंगलबार नै थापाथलीस्थित प्रसुति […]
बझाङकी सम्झना कामी, कञ्चनपुरकी निर्मला पन्तलगायतका बालिकाहरूको बलात्कार, हत्या गरिएका घटनाका कारण जनमानसमा आक्रोश बढिरहेका बेला गत १८ असोजमा बलात्कार मुद्दाको कारवाही प्रभावकारी बनाउन भन्दै महान्यायाधिवक्ताको कार्यालयले जिल्ला सरकारी वकिल र उच्च सरकारी वकिल कार्यालयहरूका नाममा सूचना जारी गर्यो । महान्यायाधिवक्ता कार्यालयले यसअघि पनि थुप्रै पटक यसखालको सूचना जारी गरिसकेको र थुप्रै बहस, आदेश, कानुन, […]
१८, कात्तिक, डोटी । १५ वर्षीया किशोरीलाई बलात्कार गरी ज्यान मार्ने प्रयास गरेको आरोप लागेका प्रहरी जवान सुशील सिंह पक्राउ परेका छन् । कात्तिक १३ गते राति बालिकाको कोठामै गएर बलात्कार गरी उनकै दुपट्टाले घाँटी कसेर हत्या गर्न खोजेको भन्दै डोटी जोरायल गाउँपालिका–५ को गडसेरा अस्थायी प्रहरी पोष्टमा कार्यरत प्रहरी जवान सिंहबिरुद्ध सोमबार प्रहरीमा जाहेरी […]
१८ कात्तिक, डोटी । उमेरले १५ मात्रै पुगेकी छिन्, हिँड्दा पनि लरखराउँछिन्, कुनै बेला झस्याङ्ग हुन्छिन्, आफैं तर्सिन्छिन्, नयाँ मान्छे देखे डराउँछिन् । उनी जन्मजात त्यस्ती थिइनन् । बालापनको उमेर, चन्चले स्वभाव, हाँस्ने, रमाउने ती बालिका रक्षक नै भक्षक भएपछि यस्तो भएको हो । डोटी जोरायल गाउँपालिका–५ गडसेरामा रहेको अस्थायी प्रहरी पोष्टमा कार्यरत एक प्रहरी […]
१८ कात्तिक, महोत्तरी । बलात्कारको आरोप लागेका महोत्तरीको भङ्गाहा नगरपालिका–९ का वडासचिव मिथिलेश यादव पुर्पक्ष थुनामा कारागार चलान भएका छन् । सोमबार महोत्तरी जिल्ला अदालतमा भएको प्रारम्भिक सुनवाइमा न्यायाधीश दुर्गा गुरुङको आदेशले यादवलाई पूर्पक्ष थुनामा राख्न कारागार पठाइएको हो । भङ्गाहा–९ कै बासिन्दा वडासचिव यादव आफ्नै वडा बस्तीकी एक महिलालाई बलात्कार गरेको आरोपमा गत असोज […]
१६ कात्तिक, जनकपुरधाम । सर्लाहीमा एक बालिकाको बलात्कार प्रयासपछि हत्या गर्ने प्रयास भएको छ । जिल्लाको पर्सा गाउँपालिका– ५ कि एक १० बर्षीया बालिकालाई भारतीय युवकले बलात्कारको प्रयास गरेको र बालिकाले प्रतिकार गरेपछि घाँटी रेर हत्याको प्रयास गरेको पीडित परिवारले बताएको छ । शुक्रबार दिउँसो बालिका खेतमा घाँस काटिरहेका बेला भारतको सितामढी घर भएका २७ […]
२ कात्तिक, काठमाडौं । बलात्कार र बलात्कारपछि हत्याजस्ता जघन्य अपराधका मुद्दामा पनि पञ्चायतले मिलापत्र गराएका समाचारहरू आइरहेका छन् । आफूलाई गाउँ–ठाउँका जान्नेसुन्ने ठान्नेहरू मात्र नभई निर्वाचित जनप्रतिनिधिहरूसमेत दण्डनीय अपराधमा गैरकानूनी मिलापत्र गराउन संलग्न छन् । गत साउनमा पाँच सय रुपैयाँ तिराएर मिलापत्र गराएकै व्यक्तिले बझाङमा सम्झना कामीको बलात्कारपछि हत्या गरे । सामूहिक बलात्कारमा परेकी सप्तरी […]
३० असोज, सुर्खेत । बलात्कारबिरुद्ध कालो पोशाक लगाएर सुर्खेतका किशोरीहले वीरेन्द्रनगरमा प्रर्दशन गरेका छन् । पछिल्लो समय बलात्कारका घटना बढ्दै गएको र दोषीलाई कारबाही नभएको भन्दै उनीहरुले शुक्रबार प्रदर्शन गरेका हुन् । वीरेन्द्रनगरको मंगलगढी चोकमा पीडितको न्यायका लागि किशोरीहरुले कालो लुगा र मुख छोप्ने गरी कालो पट्टी बाधेर प्रर्दशन गरेका छन् । उनीहरुले हातमा ‘अझै […]
३० असोज, काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप चलाएको अभियोगमा एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा प्युठानको झिम्रुक घर भई नवलपरासी बस्ने १९ वर्षका नविन बस्नेत छन् । उनलाई नवलपरासीमा पक्राउ गरेर काठमाडौंतर्फ ल्याइएको प्रहरीको साइबर ब्युरोका निमित्त प्रमुख एसएसपी नविन्द अर्यालले अनलाइनखबरलाई बताए । बढ्दो बलात्कार र महिला हिंसाका घटनासँगै […]
२९ असोज, जनकपुरधाम । १४ वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा एकजना पक्राउ छन् । पक्राउ पर्नेमा रौतहटको बृन्दाबन नगरपालिका-४ स्थित हर्दिया पल्टुवा बस्ने ४५ वर्षीय चुनु साह रहेका छन् । साहलाई प्रदेश प्रहरी कार्यालय जनकपुरधाम र जिल्ला प्रहरी कार्यालय रौतहटबाट खटिएको संयुक्त टोलीले गरुडा नगरपालिका ४ बाट लुकिछिपी बसेको अवस्थामा पक्राउ गरेको हो । […]
२७ असोज, काठमाडौं । जिल्ला अदालत सप्तरीले पञ्चायती बसेर बलात्कारको घटनामा लुकाउन भूमिका खेल्ने ३ जनालाई जनही एक लाख १० हजार धरौटीमा छाडेको छ । डाक्नेश्वरी नगरपालिका–७ ब्रम्हपुरीकी १७ वर्षीया किशोरीलाई २६ भदौमा चार जनाको समूहले बलात्कार गरेका थिए । घटनाबारे उजुरी गर्न खोज्दा पञ्चायतीले रोकेर ५५ हजारमा मिलापत्र गराउन खोजेपछि पीडितले आत्महत्या गरेकी थिइन् […]
अचेल दिनहुँजसो कलिला बालिका बलात्कृत भएका समाचार आइरहेका छन् । यसप्रति सबैको आक्रोश छ । तर, यही आक्रोश यदि पीडित उमेर पुगेकी युवती या महिला भइन् भने धेरैको आक्रोश मौनतामा बदलिन्छ । अझ कतिको आक्रोश त झन दोषारोपणमा बदलिन्छ । उमेर नपुगेका कलिला बालिकाहरु बलात्कृत हुँदा मात्र धेरैलाई ‘यो त गलत भयो’ जस्तो लाग्छ । […]
२५ असोज, विराटनगर । मोरङको धनपालनाथ गाउँपालिकामा जनप्रतिनिधिकै रोहबरमा बलात्कारको घटनामा मिलापत्र गराइएको छ । पीडित युवतीलाई ५ लाख रुपैयाँ क्षतिपूर्ति दिने भनेर उधारोमा मिलापत्र गराइए पनि पीडक पक्षले रकम नदिएपछि पीडित पक्ष प्रहरीसमक्ष पुगेको छ । उधारो मिलापत्र गरिएको कागजमा धनपालथान गाउँपालिका – ५ कि वडा सदस्य नेपालदेवी खवास र बेलबारी नगरपालिका– ८ का […]
२५ असोज, सप्तरी । बलात्कारको घटनामा पञ्चायतीको माध्यमले उन्मुक्ति दिने कार्य बढेको भन्दै सप्तरीमा आइतबार विरोध प्रदर्शन भएको छ । युवाहरुको एक समूहले बलात्कार गर्नेलाई कानुन अनुसारको कारवाही गराउनुको सट्टा पञ्चायती बसाएर उन्मुक्ति दिन खोजेको भन्दै विरोध जनाएका हुन् । सदरमुकाम राजविराजस्थित शिव मन्दिर प्राङ्गणबाट सुरु भएको विरोध जुलुसले नगरको विभिन्न भाग परिक्रमा गरेको थियो […]
२४ असोज, जनकपुरधाम । खडक नगरपालिका, सप्तरीमा भएको बलात्कार प्रयासको घटना लुकाउन खोजेको भन्दै युवाहरुले राजविराजमा प्रदर्शन गरेका छन् । ‘बलात्कार प्रयासको घट्नालाई ढाकछोप गर्न पाइँदैन, दोषीलाई कारबाही गर, बलात्कार गर्ने अपराधी जोगाउन पञ्चायती बसाउन पाइँदैन’ जस्ता नारा लेखिएको प्लेकार्ड बोकेर उनीहरुले स्थानीय गजेन्द्र चोकमा प्रदर्शन गरेका हुन् । ‘बलात्कार प्रयासको घटनामा पीडक पक्षलाई जरिवाना […]
२३ असोज, काठमाडौं । सञ्चार माध्यमहरूले बलात्कारपीडितको पक्षमा समाचार लेखेको भन्दै मोरङ बार एसोसिएसनले आपत्ति जनाएको छ । मोरङ बारले निकालेको विज्ञप्तिमा बलात्कारको मुद्दामा न्यायाधीशले दिएको लिखित आदेशलाई ‘गोप्य कागज’ भन्दै त्यस्तो आदेश सार्वजनिक गर्नेमाथि कारवाही हुनुपर्ने भनिएको छ । ‘करणी गरेको हुँ तर एकहजार रुपैयाँ दिने शर्तमा’ भनेर अदालतमा सकारी वयान दिएका मोरङ, रतुवामाई, […]
२२ असोज, कैलाली । कैलालीमा आफ्नै छोरीलाई बाबुले बलात्कार गरेको आरोप लागेको छ । जिल्लाको गोदावरीमा ११ वर्षीया बालिकालाई उनकै बाबुले बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय कैलालीमा मुद्दा दर्ता भएको छ । शनिबार राति ४५ वर्षीय बाबुले ११ वर्षीया छोरीलाई बलात्कार गरेको भन्दै जाहेरी आएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक […]