Comments Add Comment

बलिउड

List Grid
बलिउडमा २१ बर्षको यात्रा ‘परिवारवाद’का कारण मात्र संभव थिएनः करिना

बलिउड नायिका करिना कपुरले आफ्नो २१ बर्ष लामो चलचित्र नगरीको करिअर परिवारवादका कारण मात्र संभव नभएको बताएकी छिन् । नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस चर्किएको छ । बलिउडमा २० बर्ष लामो यात्रा गरिसकेकी करिनाले भारतीय मिडियासँग कुरा गर्दै भनिन्–‘मेरो यति लामो बलिउड यात्रा दर्शकले स्विकार नगरेको भए संभव थिएन । २१ बर्षको […]

अस्पतालको प्रचार गरेको आरोप लागेपछि अमिताभको यस्तो जवाफ

कोरोना भाइरसको संक्रमणका कारण २३ दिनसम्म बलिउड नायक अमिताभ बच्चन मुम्बइको नानावती अस्पतालमा भर्ना भए । उनी केही दिन अगाडि मात्र कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । तर, उनले अस्पतालमा रहँदा नानावतीको प्रचार गरेको आरोप भने लागेको छ । सामाजिक संजालमा उनले महंगो अस्पताल रोजेको र प्रचार गरेको भन्दै आलोचना भैरहेको छ । एक महिलाले […]

सलमानको ‘टाइगर ३’लाई मनिषले निर्देशन गर्ने

नायक सलमान खान अभिनित चलचित्र ‘राधे’को छायांकन लकडाउनका कारण रोकिएको छ । इदमा रिलिज हुने भनिएको यो चलचित्र अब भने कहिले रिलिज हुन्छ पक्का छैन । सलमानले ‘राधे’पछि कुन चलचित्रमा काम गर्दैछन् भन्ने कौतुहलता उनको फ्यानहरुमा छ । नायक सलमान खानले केही दिन अगाडि चलचित्र निर्माण हुन लागेको संकेत गरेका थिए । भारतीय मिडियाका अनुसार, […]

आनन्दको ‘रक्षाबन्धन’मा अक्षय

नायक अक्षय कुमार र निर्देशक आनन्द एल राय नयाँ चलचित्र ‘रक्षाबन्धन’को तयारीमा जुटेका छन् । यो चलचित्रको आज घोषणा गरिएको छ । चलचित्रलाई हिमान्शु शर्माले लेखेका हुन् । नायक अक्षय कुमारले चलचित्रको फस्टलुक सार्वजनिक गरेका छन् । यो चलचित्रलाई आउँदो बर्षको नोभेम्बर ५ तारिखमा रिलिज गर्ने तयारी समेत यसको निर्माणपक्षले गरेको छ । यो चलचित्रको […]

महाराष्ट्रका मुख्यमन्त्रीको बयानमा कंगनाको आक्रोश

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि नायिका कंगना रनावत निरन्तर मिडियामा छाइरहेकी छिन् । कंगनाले सुशान्तले आत्महत्या गरेको नभई उनको योजनावद्ध रुपमा हत्या गरिएको आरोप लगाउँदै आएकी छिन् । यसैविच, भारतको महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकरेले कसैसँग प्रमाण भएको खण्डमा ल्याएर दिन आग्रह गरेका थिए । यो मुद्दा छानविनका लागि मुम्बई प्रहरी असक्षम नभएको उनको तर्क […]

रियाको बयान–‘सुशान्तको परिवारले मलाई फसाउन खोज्दैछन्’

नायिका रिया चक्रवर्तीले भारतको सर्वोच्च अदालतमा निवेदन दिदै आफूलाई नायक सुशान्त सिंह राजपुतको परिवारले फसाउन खोजेको बताएकी छिन् । सुशान्तका पिताले पटना प्रहरीमा दर्ता गरेको एफआइआरमा रियाले सुशान्तलाई मृत्युको मुखमा पुर्याएको उल्लेख गरिएको छ । तर, रियाले भने आफूमाथि लागेको सबै आरोप झुटो भएको बताएकी हुन् । भारतीय मिडियाका अनुसार, रियाले एक बर्षदेखि आफू र […]

के सुशान्तको बैंकबाट रियाले निकालेकी थिइन् १५ करोड ?

नायक सुशान्त सिंह राजपुतको निधनको बिषय अब नयाँ मोडमा प्रवेश गरेको छ । मुम्बई प्रहरीले सुशान्तको निधनको बिषयमा बलिउडकर्मी तथा उनको आफन्तसँग सोधपुछ गरिरहेको छ । यसैविच, सुशान्तका पिताले पटना प्रहरीमा रिया चक्रवर्तीविरुद्ध एफआइआर दर्ता गरेपछि पटना प्रहरीले पनि यसको छानबिन गरिरहेको छ । पटनाबाट ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । सुशान्तका पिताले रिहाले […]

अंकिताको बयान–‘सुशान्त रियासँग खुशी थिएनन्’

नायक सुशान्त सिंह राजपूतकी पूर्व प्रेमिका अंकिता लोखन्डेले बिहार प्रहरीसँग कुरा गर्दै नयाँ कुराको खुलासा गरेकी छिन् । उनले, सुशान्त नायिका रिया चक्रवर्तीसँग खुशी नभएको बताएकी छिन् । सुशान्तका पिता केक सिंहले प्रहरीमा एफआइआर दर्ता गरेपछि रिया चक्रवर्तीको खोजीमा प्रहरीले लागेको छ । भारतीय मिडियाका अनुसार, अंकिताले प्रहरीसँग दिएको बयानमा भनेकी छिन्–‘सुशान्त रियासँगको प्रेममा खुशी […]

रियाको वकिलले गरिन् अग्रिम जमानतको अपिल

नायक सुशान्त सिंह राजपुतको निधनपछि प्रहरीले यो घटनालाई व्यवसायिक कोणबाट अनुसन्धान गरिरहेको थियो । तर, अब सुशान्तका पिताले नायिका रिया चक्रवर्तीविरुद्ध उजुरी दर्ता गरेपछि घटनाले नयाँ मोड लिएको छ । उजुरी परेसँगै पटनाका ४ प्रहरी अफिसर्स मुम्बई पुगेका छन् । उनीहरुले सुशान्तको अपार्टमेन्टको पनि जाँच गर्नेछन् । यसैविच, एफआइआर दर्ता भएपछि रियाकी वकिल मंगलबार बेलुकी […]

रियाविरुद्ध सुशान्तका पिताको उजुरी

नायक सुशान्त सिंह राजपुतको निधनपछि मुम्बई प्रहरीले थुप्रै बलिउडकर्मीको बयान लिइसकेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्तीको बयान पनि प्रहरीले लिइसकेको छ । तर, अब यो घटनाले नयाँ मोड लिएको छ । सुशान्तका पिता केक सिंहले रियाविरुद्ध पटना प्रहरीमा उजुरी दिएका छन् । उनले, सुशान्तलाई आत्महत्या गर्नका लागि दुरुत्साहन गरेको भन्दै उजुरी दिएका हुन् । […]

महेशको बयान–‘सुशान्तलाई ‘सडक २’मा अफर गरेको थिइनँ’

नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडमा विभिन्न प्रश्नहरु उब्जिएका छन् । सुशान्तको निधनपछि बलिउडमा ‘नेपोटिज्म’को बहस पनि चलिरहेको छ । सुशान्तलाई बलिउडकर्मीहरुले वेवास्ता गरेका कारण पनि उनले आत्महत्या गरेको खबरहरु सार्वजनिक भैरहेका छन् । अहिले मुम्बई प्रहरीले यो बिषयमा अनुसन्धान गरिरहेको छ । यसैविच, मुम्बई प्रहरीले निर्देशक महेश भट्टसँग सोमबार २ घन्टा भन्दा लामो समय […]

कोरोना रिपोर्ट नेगिटिभ आएपछि डिस्चार्ज भए ऐश्वर्या र आराध्या

बलिउड नायिका ऐश्वर्या राय र उनकी छोरी आराध्याको कोरोना रिपोर्ट नेगिटिभ आएको छ । नायक अभिषेक बच्चनले ट्विट गर्दै ऐश्वर्या र आराध्याको रिपोर्ट नेगिटिभ आएको जानकारी ट्विटमार्फत दिएका छन् । अभिषेकले लेखेका छन्–‘सबैको आर्शिवादका लागि धन्यवाद । ऐश्वर्या र आराध्यको रिपोर्ट नेगिटिभ आएको छ । उनीहरु अस्पतालबाट डिस्चार्ज भएका छन् । म र मेरो पिता […]

कंगनाले ‘गली ब्वाई’लाई वाहियात फिल्म भनेपछि जोयाको यस्तो जवाफ

नायिका कंगना रनौटले चलचित्र ‘गली ब्वाई’लाई वाहियात भनेकी थिइन् । ‘गली ब्वाई’ जस्ता चलचित्रले अवार्ड पाउँदा ‘छिछोरो’ले नपाएको भन्दै उनले आक्रोश व्यक्त गरिन् । कंगनाले ‘गली ब्वाई’लाई वाहियात भनेपछि यसकी निर्देशक जोया अख्तरले जवाफ फर्काएकी छिन् । जोयाले भनिन्–‘कंगना रनौटले सबै अवार्ड कार्यक्रम बहिष्कार गरिसकेकी छिन्, तर उनी अझै पनि अवार्डको बिषयमा बोलिरहेकी छिन् ।’ […]

ए आर रहमान भन्छन्–‘मलाई कामविहीन बनाउन ठूलै समूह लागेको छ’

संगीतकार ए आर रहमानको संगीतको चर्चा विश्वभर छ । तर ए आर रहमानको हातमा राम्रा चलचित्र छैनन् । यो विषयमा रहमान भन्छन्–‘म राम्रो चलचित्रलाई कहिले पनि अस्वीकार गर्दिनँ । तर बलिउडमा एउटा समूह छ, जसले मेराविरुद्ध गलत हल्ला फैलाइरहेको छ ।’ रहमानले भने–‘जब ‘दिल बेचरा’का निर्देशक मुकेश छाबडाले चलचित्रमा संगीतका लागि मलाई अफर गर्न आए, […]

डिजिटल प्लेटफर्ममा सुशान्तको ‘दिल बेचरा’को नयाँ रेकर्ड

बिहिबार बेलुकी डिजिटल प्लेटफर्ममा रिलिज भएको नायक सुशान्त सिंह राजपुत अभिनित अन्तिम चलचित्र ‘दिल बेचरा’ले नयाँ रेकर्ड राखेको छ । यो चलचित्रलाई २४ घन्टा भन्दा कम समयमा ७ करोड ५० लाख भन्दा बढी भ्यूज मिलेको छ । यो कुनै पनि भारतीय चलचित्रलाई डिजिटल प्लेटफर्ममा मिलेको सर्वाधिक धेरै भ्यूज हो । लभ स्टोरी कथामा बनेको यो […]

२ हप्ताको सुटिङका लागि अक्षयले लिए २७ करोड पारिश्रमिक

अक्षय कुमार बलिउडका सर्वाधिक कमाई गर्ने नायक हुन् । अफर आएका चलचित्र नछोड्ने यी नायक अब नयाँ चलचित्र ‘बेलबटम’को छायांकनका लागि अगष्ट महिनामा लण्डन जाने तयारीमा छन् । यो चलचित्रको छायांकन सकेर भारत फर्किएपछि उनले चलचित्र ‘अतरंगी रे’को छायांकनका लागि समय दिनेछन् । धनुष र नायिका साराअली खानको मुख्य भूमिका रहने चलचित्रमा अक्षयको विशेष भूमिका […]

सोनुले सार्वजनिक गरे ‘प्रवासी रोजगार’ एप

लकडाउनको समयमा हजारौ मजदुरलाई आफ्नो घर फर्किन सहयोग गरेका बलिउड कलाकार सोनु सुदले अब नयाँ कामको सुरुवात गर्दैछन् । उनले, एउटा एपको निर्माण गरेका छन् जसले लाखौ मजदुरलाई रोजगारी खोज्न सहयोग गर्नेछ । ‘प्रवासी रोजगार’ नाम दिएर उनले सुरु गरेको एपको माध्यमबाट लाखौ मानिसहरुले जागिरको बिषयमा सही जानकारी पाउनेछन् । सोनुका अनुसार, ५ सय भन्दा […]

कंगनाले गाली गरेको क्षण संझिदै स्वराले लेखिन्–‘खुशीको संझना’

नायिका कंगना रनावत र बलिउडका अन्य केही नायिकाहरुविचको वाकयुद्ध चलिरहेको छ । कंगनाले ‘बी ग्रेड’का नायिकाहरु भनेपछि उनीसँग तापसी पन्नु, स्वरा भाष्कर, ऋचा चड्डा लगायतका नायिका रिसाएका छन् । यसैविच, कंगनालाई नायिका स्वरा भाष्करले पनि जवाफ दिएकी छिन् । कंगनामाथि प्रश्न गर्दै एक ट्विटर प्रयोगकर्ताले लेखे–‘कंगनाजी, तपाई यती धेरै नाटक किन गर्नुहुन्छ ? चलचित्र ‘तन्नु […]

कंगनाले विदेशी नायिका भनेपछि आलिया र ज्याकलिनको यस्तो जवाफ

नायिका कंगना रनावतले नायक सुशान्त सिंह राजपुतको निधनपछि बलिउडकर्मीमाथि एकपछि अर्को आरोप लगाइरहेकी छिन् । उनले, नायिका आलिया भट्टको चर्को आलोचना पनि गरिरहेकी छिन् । हालै मात्र, एक टेलिभिजन अन्र्तवार्तामा आलियाले ज्याकलिन फर्नान्डेज र आलिया भट्टलाई विदेशी नागरिक भन्दै दर्शकहरुले उनीहरुलाई मन पराएका कारण आफूलाई दर्शकबाट कुनै आशा नभएको उल्लेख गरेकी थिइन् । कंगनाले भनेकी […]

कंगनाको जवाफ–‘तापसी, स्वरा र ऋचालाई घरको बिल तिर्नुपर्ने दबाब छ’

नायिका कंगना रनावत र बलिउडका केही नायिकाहरुको आरोप–प्रत्यारोप रोकिएको छैन । कंगनाले नायिकात्रय तापसी पन्नु, स्वरा भाष्कर र ऋचा चड्डालाई ‘बी ग्रेड’का नायिका बताएपछि उनीहरु कंगनासँग भड्किएका थिए । अब, कंगनाले यी तिन नायिकालाई जवाफ दिएकी छिन् । एक भारतीय मिडियासँग कुरा गर्दै कंगनाले भनेकी छिन्–‘यो दुःखको कुरा हो कि उनीहरुले मलाई समर्थन गरिरहेका छैनन् […]

कट्रिना, इशान र सिद्धार्थको ‘फोन भूत’

बलिउडमा नयाँ चलचित्रको छायांकन कहिलेबाट सुरु हुन्छ पक्का छैन । तर, मेकरहरुले पनि नयाँ नयाँ चलचित्रको निर्माण घोषणा गर्न थालेका छन् । यसैविच, नायिका कट्रिना कैफले दुई यूवा नायकसँग रोमान्स गर्ने भएकी छिन् । कट्रिनाको साथमा नायकद्धय इशान खट्टर र सिद्धार्थ चतुर्वेदीको मुख्य भूमिका रहने चलचित्र ‘फोन भूत’ निर्माणको घोषणा गरिएको छ । चलचित्रको फस्टलुक […]