Comments Add Comment

बलिउड

List Grid
सोनु भन्छन्–‘राजनीतिमा लाग्ने कुनै इच्छा छैन’

लक डाउनको समयमा प्रवासी मजदुरहरुलाई उनीहरुको घर पठाउन मद्दत गरेपछि बलिउड कलाकार सोनु सुदको प्रशंसा सामाजिक संजालमा खुबै भयो । सोनुल १२ हजार भन्दा बढी प्रवासी मजदुरहरुलाई गाडी, ट्रेन, प्लेनको माध्यमबाट उनीहरुको घर पुर्याउन मद्दत गरेका थिए । उनै सोनुले केही दिन अगाडि महाराष्ट्रका मुख्यमन्त्री उद्धव ठाकेरलाई भेट गरेका थिए । ठाकरेसँगको भेटपछि सोनु राजनीतिमा […]

जोन र इमरानको ‘मुम्बई सागा’को सुटिङ जुलाइबाट सुरु हुने

भारतका विभिन्न राज्य सरकारले नयाँ शर्त अनुसार चलचित्र, सिरियल, रियालिटी शोको छायांकन सुरु गर्ने अनुमती दिएसँगै अब धेरै प्रोजेक्टको काम सुरु हुने भएको छ । यसैविच, निर्देशक संजय गुप्ताले आफ्नो प्रोजेक्ट ‘मुम्बई सागा’को छायांकन सुरु गर्ने तयारी थालेका छन् । भारतीय मिडियाका अनुसा, जुलाइबाट यो चलचित्रको छायांकन हैदराबादमा सुरु हुँदैछ । यो चलचित्रमा नायक जोन […]

‘कुल्ली नम्बर १’मा मास्क लगाएका वरुण

लकडाउनका कारण बलिउडका थुप्रै चलचित्रको प्रदर्शन मिति पछि धकेलिएको छ । केही निर्माताले हल खोल्ने समयसम्म प्रतीक्षा गर्न नसकेपछि डिजिटल माध्यमबाट चलचित्र रिलिज गर्न थालेका छन् । तर महँगो बजेटमा बनेका चलचित्रका मेकरले भने हल खुल्ने समयकै प्रतीक्षा गरिरहेका छन् । नायक वरुण धवन नयाँ चलचित्र ‘कुल्ली नम्बर १’ रिलिजका लागि उत्साहित छन् । तर […]

जान्हवी भन्छिन्–‘घरमै कोरोना देखिएपछि हामी निकै डराएका थियौं’

नायिका जान्हवी कपुरले आफूहरुको घरमै कोरोना भाइरस देखिएपछि निकै डराएको बताएकी छिन् । केही हप्ता अगाडि उनको घरमा काम गर्ने २ जना मानिसमा कोरोना पोजिटिभ देखिएको थियो । तर, कोरोना भाइरसको संक्रमण हटेपछि परिवारका सदस्य निकै नै सजग भएको उनले बताइन् । जान्हवीले यस्तो अवस्थामा सम्पूर्ण जिम्मेवारी आफूले आफ्नो काँधमा लिएको पनि बताएकी छिन् । […]

‘आर्या’मा काजोलको स्थान कसरी सुष्मिताले लिइन् ?

बलिउड नायिका सुस्मिता सेन ‘आर्या’ नामक डिजिटल सिरिजबाट अभिनयमा कमब्याक गर्दैछिन् । सुस्मिताले यो सिरिज गत वर्ष नै साइन गरेकी थिइन् । अहिले उनी यो सिरिजको प्रचारमा व्यस्त थिइन् । तर यो सिरिजको पहिलो रोजाइमा भने सुस्मिता थिइनन् । यसको निर्माणपक्षले नायिका काजोललाई अफर गरेको थियो । काजोलले यो भूमिकालाई निकै रुचाएकी पनि थिइन् । […]

कंगनाले किन गरिन् बलिउडकर्मीको आलोचना ?

जम्मु-कश्मीरमा भएको एक हत्याको विरोधमा नायिका कंगना रनोटले कार्ड अभियान सुरु गरेकी छिन् । बुधबार एक भिडियो सार्वजनिक गर्दै कंगनाले यो हत्याकाण्डमा बुद्धिजीवीहरू मौन बसेको भन्दै आलोचना गरेकी छिन् । उनले कार्डमा लेखेकी छिन्–‘बुद्धिजीवीहरूको ध्यान त्यतिबेला मात्र यस्तो घटनामा जान्छ, जब यस्ता घटनामा जेहादी विषय लुकेको हुन्छ । नत्र उनीहरू चुप बस्छन् ।’ कंगनाको टिमले […]

आमिरको ‘लाल सिंह चड्ढा’मा कोरोनाको संकट देखाइने

नायक आमिर खानको नयाँ चलचित्र ‘लाल सिंह चड्ढा’ यो वर्षको क्रिसमसमा रिलिज नहुने पक्का भएको छ । अब आउँदो वर्ष मात्र यो चलचित्रको रिलिज गरिनेछ । यसैबीच यो चलचित्रको निर्माणपक्षले अब आफ्नो कथामा कोरोना भाइरसको संकटलाई पनि समावेश गर्ने निर्णय गरेको छ । यो चलचित्रले सन् १९४७ पछि भएका केही ऐतिहासिक कथालाई प्रस्तुत गर्नेछ । […]

प्लेनबाट ५ सय मजदुरलाई घर पुर्‍याउँदै अमिताभ

बलिउड नायक अमिताभ बच्चन मजदुरहरूको सहयोगका लागि अगाडि आएका छन् । कलाकार सोनु सुदले मजदुरहरूलाई घरसम्म पुर्‍याउन मेहनत गरिरहेको समयमा अमिताभ पनि अगाडि आएका हुन् । अमिताभले मजदुरहरूलाई घरसम्म पुर्‍याउनका लागि प्लेनको व्यवस्था गरेका छन् । उनले वाराणसीका ५ सय मजदुरलाई घर पुर्‍याउनका लागि तीन फ्लाइट बुक गरेको भारतीय मिडियामा उल्लेख छ। पहिलो फ्लाइट बुधबार […]

प्रदर्शकलाई बलिउड निर्माताको आग्रह–‘निःशुल्क फिल्म चलाउनुहोस्’

भारतमा विगत ३ महिनादेखि हलहरू बन्द छन् । हलहरू बन्द हुँदा चलचित्र रिलिज पनि ठप्प छ। केही निर्माताले डिजिटल प्लेटफर्मबाट चलचित्र रिलिज गर्ने तयारी गरेका छन् । यो कुराको हल सञ्चालकहरूले विरोध पनि गर्दै आइरहेका छन् । भारतमा लकडाउन बिस्तारै खुकुलो हुन थालेको छ। अबको एक महिनापछि भारत सरकारले हलहरू पनि सञ्चालन गर्ने तयारी थालेको […]

जान्हवीको ‘गुञ्जन सक्सेना’ डिजिटल रिलिज हुने

कोरोना भाइरसको कारण भारतमा लामो समयदेखि जारी लकडाउनका कारण बलिउड क्षेत्र पनि ठूलो असरबाट गुज्रिँदै आएको छ। बलिउडका कैयौं चलचित्रहरू रिलिजको प्रतीक्षामा छन् । छायांकन भइरहेका चलचित्रको सेटमा समेत असर परिसकेको छ। तर निर्माण भएर रिलिजका लागि तयार भएका चलचित्रका निर्माताहरूले भने अन्य विकल्प सोच्न थालेका छन् । अहिले एकपछि अर्को बलिउड चलचित्र डिजिटल प्लेटफर्ममा […]

जावेद अख्तरलाई ‘रिचर्ड डाँकिन्स पुरस्कार’

बलिउडका सफल गीतकार जावेद अख्तरलाई विश्व चर्चित ‘रिचर्ड डाँकिन्स पुरस्कार’बाट सम्मानित गरिएको छ । जावेद यो पुरस्कार प्राप्त गर्ने पहिलो भारतीय नागरिक समेत बनेका छन् । यो पुरस्कार विश्वचर्चित अंग्रेजी विकासवादी जीव वैज्ञानिक रिचर्ड डाँकिन्सको नामबाट प्रदान गरिन्छ । यो पुरस्कार सन् २००३ बाट प्रदान गर्न थालिएको हो। यो पुरस्कार विज्ञान, खोज, शिक्षा र मनोरञ्जन […]

१२ महिनामा सर्वाधिक कमाइ गर्ने फिल्मकी नायिका बनिन् तापसी

नायिका तापसी पन्नुको क्रेज बलिउडमा चुलिँदै गएको छ । तापसीको स्पष्ट बोल्ने शैली र फरक कथामा रुचिका कारण पनि उनी चर्चित छिन् । उनै नायिकाको पछिल्लो एक वर्षमा पाँचवटा चलचित्र रिलिज भएका छन् । यी ५ चलचित्रको व्यापारिक आँकडा हेर्ने हो भने तापसी, सर्वाधिक कमाइ गर्ने बलिउड नायिका बनेकी छिन् । तापसीले यो कुराको जानकारी […]

बस र ट्रेनपछि प्लेनबाट मजदुरलाई घर पठाउँदै सोनु

पर्दामा खलनायकको रुपमा देखिदै आएका बलिउड कलाकार सोनु सुद लक डाउनको समयमा मजदुरका लागि रियल हिरो बनेका छन् । सामाजिक संजालमा अहिले उनको प्रशंसा खुबै हुने गर्दछ । घर जान नपाएर अलपत्र परेका वा बाटोमा हिड्दै गरेका मजदुरलाई बसको माध्यमबाट उनले घर पुर्याउने काम गरे । उनले, दैनिक हजार भन्दा बढी यात्रुका लागि गाडीको प्रवन्ध […]

सय धनाढ्य कलाकारको सूचीमा अक्षय कुमार

फोर्ब्स म्यागेजिनले सन् २०२० मा सर्वाधिक कमाइ गर्ने कलाकारको सूची निकालेको छ । यो वर्ष सर्वाधिक कमाइ गर्ने मनोरञ्जन दुनियाँका सेलिब्रिटीहरूको सूचीमा बलिउडबाट नायक अक्षय कुमार मात्र परेका छन्। अक्षय कुमार यो सूचीको ५२ औं नम्बरमा छन् । नायक अक्षय कुमारले ४८.५ मिलियन डलर आम्दानी गरेको फोर्ब्सले उल्लेख गरेको छ । अक्षयले हलिउड सेलिब्रिटी जेनिफर […]

लकडाउनमा समाजसेवासँगै यसरी गर्दैछन् साहरुखले फिल्मको तयारी

बलिउड नायक साहरुख खानले लकडाउनको समयमा सामाजिक कामलाई तीव्रता दिइरहेका छन् । साहरुखले कोरोना भाइरससँग जुध्नका लागि गरिरहेको सहयोगको सर्वत्र प्रशंसा पनि भइरहेको छ। उनै साहरुख खानले लकडाउनको समयमा नै आफ्नो नयाँ चलचित्रको तयारीलाई पनि तीव्रता दिएका छन् । साहरुखले नयाँ चलचित्रका लागि निर्देशक, लेखक र छायाकार फाइनल गरिसकेको भारतीय मिडियाले उल्लेख गरेका छन् । […]

रेल स्टेशनमा अलपत्र बालकको सहयोगका लागि अघि आए साहरुख

केही दिनअगाडि सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो, जहाँ एक बालक आफ्नी आमालाई उठाउने कोसिस गरिरहेका थिए । तर उनकी आमा मरिसकेकी थिइन् । रेलवे स्टेसनमा केही दिनदेखि भोकै रहेका ती महिलाको खान नपाएरै निधन भएको थियो । उनको साना दुई बालक उनलाई उठाउने कोसिस गरिरहेका थिए । बिहारको मुजफ्फरपुर रेल स्टेसनमा यो घटना घटेको […]

बरुणले किन लिए ‘मिस्टर लेले र रणभूमी’ छाड्ने निर्णय ?

नायक बरुण धवन चलचित्र ‘स्ट्रिट डान्सर’ असफल भएपछि करिअरको बारेमा गम्भिर देखिएका छन् । यहीकारणले गर्दा पनि उनले साइन गरेका २ वटा चलचित्र छाडेको भारतीय मिडियामा उल्लेख छ । कमेडी कथामा बन्न लागेको चलचित्र ‘मिस्टर लेले’बाट बरुणले हात झिकेका छन् । बरुणले आफूसँग यो चलचित्रका लागि डेट नभएको भन्दै हात झिकेको बताएपनि उनले स्क्रिप्ट चित्त […]

महाराष्ट्र सरकारले दियो सुटिङको अनुमति

भारतको महाराष्ट्र सरकारले विभिन्न स्थानमा छायांकनका लागि अनुमति दिएको छ । यद्यपि यसका लागि छायांकन युनिटले सरकारले तोकेको शर्तहरूको पालना गर्नुपर्नेछ। भारतमा लामो समयदेखि जारी लकडाउनका कारण चलचित्र, सिरियल, रियालिटी सोलगायतको छायांकन रोकिएको थियो। अब, बिस्तारै छायांकन सुरु गर्ने तयारीमा निर्माताहरू लागेका छन्। राज्यको संस्कृति मन्त्रालयले जारी गरेको शर्तअनुसार नै निर्माताले काम गर्नुपर्नेछ । नियम […]

संगीतकार वाजिद खानको निधन

बलिउडका चर्चित संगीतकार वाजिद खानको निधन भएको छ । आइतबार राति उनको ४२ वर्षको उमेरमा निधन भएको हो । बलिउडमा साजिद-वाजिदको जोडी सर्वाधिक चर्चित मानिछ । वाजिद लामो समयदेखि किड्नीका बिरामी थिए । उनको मुम्बइको एक अस्पतालमा उपचार भइरहेको थियो । तर, स्वास्थ्य अवस्था झनै खराब भएपछि उनको भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो । उनलाई […]

साहरुखको अफिसमा ६ जना कोरोना संक्रमितलाई राखियो

बलिउड नायक साहरुख खानले कोरोनासँगको लडाइँमा सरकार र नागरिकलाई आफूले सकेको सहयोग गर्दै आएका छन् । २५ हजार पीपीई किट्स उपलब्ध गराउनेदेखि पाँच हजारलाई एक महिनासम्म खाना खुवाउने काम साहरुखले गरिसकेका छन् । उनै साहरुखले अप्रिल महिनामा आफ्नो अफिसलाई क्वारेन्टिन बनाउन सरकारसँग आग्रह गरेका थिए । साहरुख र गौरी खानले सरकारलाई आग्रह गरेको करिब एक […]

अमिताभ लेख्छन्–‘लकडाउनमा जे सिके‌ँ, त्यति ७८ वर्षमै सिकेको थिइनँ’

बलिउड नायक अमिताभ बच्चनले आफूले लकडाउनमा जीवनको विषयमा धेरै कुरा सिकेको बताएका छन्। सामाजिक सञ्जाल ट्विटरमा मनको भावना लेख्दै अमिताभले भनेका छन्–‘यो लकडाउनको समयमा मैले जतिकुराहरू सिकेँ, त्यति कुरा मैले आफ्नो जीवनको ७८ सालमा पनि सिकेको थिइनँ ।’ उनले ट्विटरमा ट्विट गर्दै लेखेका छन्–‘लकडाउनको समयमा मैले जति सिके, बुझेँ र जाने त्यति मैले आफ्नो जीवनको […]