Comments Add Comment

बलिउड

List Grid
सुशान्तकी प्रेमिका रिया चक्रवर्ती पक्राउ

बलिउड अभिनेत्री रिया चक्रवर्तीलाई भारतको नार्कोटिक्स कन्ट्रोल ब्यूरो (एनसीबी) ले पक्राउ गरेको छ । उनी केही समयअघि आत्महत्या गरेका अभिनेता सुशान्त सिंह राजपुतकी प्रेमिका हुन् । रियामाथि सुशान्तलाई आत्महत्याका निम्ति दुरुत्साहन गरेको लगायत थुप्रै आरोपहरु लाग्दै आएको छ । यो प्रकरण ड्रग्ससँग जोडिएपछि एनसीबीले हात हालेको हो । एनसीबीले रियालाई धेरै दिनदेखि सोधपुछ गर्दै आएको […]

कंगनाको अफिसमा छापा, शिवसेनाले दियो चेतावनी

शिवसेनाको आइटी सेलले नायिका कंगना रनावतविरुद्ध उजुरी दर्ता गरेको छ । श्रीनगरको प्रहरी स्टेशनमा कंगनाको एक बयानलाई लिएर उजुरी दर्ता भएको हो । कंगनाले केही दिन अगाडि मुम्बइलाई पाकिस्तानले कब्जा गरेको कश्मिर(पीओके)सँग तुलना गरेकी थिइन् । शिवसेनाको यो मागमा प्रहरीले कानुनी सल्लाहा लिइरहेको छ । यस्तै, सोमबार बीएमसीले नायिका कंगना रनौतीको अफिसमा अवैध निर्माणको नोटिस […]

‘शमशेरा’को छायांकन सेटमा फर्किए संजय

बलिउड नायक संजय दत्तलाई तेश्रो स्टेजको क्यान्सर पुष्टी भैसकेको छ । उनी, उपचारका लागि अमेरिका जाने तयारीमा पनि छन् । तर, उनले अमेरिका जानु अगाडि चलचित्र ‘शमशेरा’को छायांकन सक्ने योजना बनाएका छन् । उनै, संजयले सोमबारदेखि चलचित्र ‘शमशेरा’को छायांकन सुरु गरेका छन् । भारतीय मिडियाका अनुसार, कोरोना भाइरसको बढ्दो संक्रमण र संजयको स्वास्थ्य अवस्थालाई हेरेर […]

रियामाथि मिडियाको दुर्व्यवहारमा बलिउडकर्मीको आक्रोश

नायक सुशान्त सिंह राजपुतको निधनपश्चात उत्पन्न परिस्थितीले अहिले नयाँ मोड लिइरहेको छ । उनको निधनपछि विभिन्न व्यक्तिहरुमाथि छानविन पनि भैरहेको छ । अहिले, मिडिया र प्रहरीको निशानामा उनकी प्रेमिका रिया चक्रवर्ती परेकी छिन् । आइतबार आफ्नो बयानका लागि एनसीबीको अफिस पुगेकी रियालाई मिडियाका क्यामेराले घेरेका थिए । मिडियाकर्मीले न त सामाजिक दुरीको नै ख्याल राखे […]

मलाइकालाई पनि कोरोना पुष्टी

आइतबार बिहान मात्र बलिउड नायक अर्जुन कपुरले आफूलाई कोरोना पोजिटिभ देखिएको बताएका थिए । उनले, कोरोना संक्रमण देखिएपछि आफू होम क्वारेन्टाइनमा बसेको पनि बताएका थिए । अर्जुनलाई कोरोना पुष्टी भएको केही घन्टापछि बलिउड नायिका मलाइका अरोरालाई पनि कोरोना पुष्टी भएको छ । मलाइका र अर्जुन केही बर्षदेखि प्रेम सम्बन्धमा छन् । रियालिटी शो ‘इन्डियाज बेष्ट […]

अर्जुन कपुरको कोरोना रिपोर्ट पोजिटिभ

बलिउड नायकद्धय अमिताभ बच्चन, अभिषेक बच्चन, नायिका ऐश्वर्या राय कोरोना संक्रमणबाट मुक्त भैसकेका छन् । कोरोना कहरकै कारण बलिउडकर्मीहरुले काम सुरु गर्न सकिरहेका थिएनन् । तर, पछिल्लो केही दिनयता केही चलचित्रको छायांकन भने सुरु भएको छ । नायक अक्षय कुमार आफ्नो नयाँ चलचित्रको छायांकनका लागि बेलायत पुगेका छन् । नायक अर्जुन कपुरले नायिका प्रिती सिंहको […]

‘जीरो’ फ्लप भएपछि साहरुखले पढे ५० फिल्मको स्क्रिप्ट

सन् २०१८ मा रिलिज भएको चलचित्र ‘जीरो’ असफल भएपछि नायक साहरुख खानले नयाँ चलचित्र साइन गरेको खबर सार्वजनिक भएको छैन । हुनत, भारतीय मिडियामा साहरुखको नयाँ चलचित्रको बारेमा दैनिक बहस हुने गर्छ । तर, साहरुखले अहिलेसम्म नयाँ चलचित्रको बारेमा कुनै घोषणा गरेका छैनन् । तर, करिब २ बर्षमा नायक साहरुख खानको हातमा ५० वटा स्क्रिप्ट […]

‘भूत पुलिस’मा ज्याकलिन र यमी

बलिउड मेकरहरु विस्तारै चलचित्रको छायांकनमा फर्किन थालेका छन् । एकपछि अर्को चलचित्रको निर्माणको घोषणा भैरहेको छ । भारतमा दैनिक ८० हजार कोरोना संक्रमित देखिएका छन्, तर बलिउड मेकर नयाँ चलचित्रको घोषणा गर्न आतुर देखिदैछन् । रमेश तैरानी र अक्साई पुरीको निर्माणमा तयार हुन लागेको चलचित्र ‘भूत पुलिस’का लागि केही दिन अगाडि मात्र नायकद्धय अर्जुन कपुर […]

‘आदिपुरुष’मा प्रभाषसँग सैफको टकराव

नायक प्रभाषको डिमाण्ड भारतीय बजारमा ठूलो छ । चलचित्र ‘बाहुबली र बाहुबली २’मा काम गरेपछि प्रभाष प्रान्तिक चलचित्रमा मात्र सिमित छैनन् । अब, उनलाई पर्दामा हेर्न चाहने दर्शक भारतभर नै देखिएका छन् । यसैले, उनलाई लिएर महंगो बजेटमा चलचित्र बनाउन बलिउड निर्माताहरु पनि लालयित छन् । उनै, प्रभाष अब ‘तानाजी’का निर्देशक ओम राउतको निर्देशनमा बन्न […]

रणवीर, अयान र विक्कीको ब्लड चेक गर्न आवश्यक छः कंगना

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि विभिन्न बिषयहरु अगाडि आइरहेका छन् । नायिका रिया चक्रवर्तीको नाम ड्रग्ससँग जोडिएपछि अहिले यसले सर्वाधिक चर्चा पाइरहेको छ । यसैविच, नायिका कंगना रनावतले बलिउडका ९९ प्रतिशत मानिसहरुले ड्रग्स लिने गरेको बताएकी छिन् । उनले भनिन्–‘म आग्रह गर्न चाहन्छु कि, रणवीर कपुर, रणवीर सिंह, अयान मुखर्जी, विक्की कौशल जस्ता कलाकारले […]

रियालाई विद्या र तापसीको को समर्थन

नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीलाई शंकाको घेरामा राखेर सीबीआइले सोधपुछ गरिरहेको छ । सुशान्तका फ्यान र उनको परिवारले उनको लागि न्याय मागिरहेका छन् । तर, केही मिडियाले भने रियालाई हत्यारा प्रमाणित गरिसकेका छन् । यसले, रियालाई मानसिव तनाव भोग्नु परिरहेको छ । तर, अब भने केही नायिकाहरु रियाको समर्थनमा उत्रिएका छन् […]

ट्विटरमा कंगनाको फलोअर्स कसरी घटे ?

नायिका कंगना रनावतले ट्विटरमा आफ्नो दैनिक ४० देखि ५० हजार फलोअर्स कम भएको बताएकी छिन् । आफू राष्ट्रवादी भएकै कारणले गर्दा फलोअर्स कम भएको उनको तर्क छ । एक ट्विटर प्रयोगकर्ताले लेखेका छन्–‘हो, मैले पनि यो कुरा नोटिस गरिरहेकी छु । मलाई यो बिषयमा शंका थियो तर अब पुष्टी भयो कि ट्विटरले नै यो काम […]

आलियाको ‘सडक २’लाई खराब प्रतिक्रिया

महेश भट्टको निर्देशनमा तयार भएको चलचित्र ‘सडक २’को ट्रेलरले युटुबमा डिसलाइकको रेकर्ड नै राखेको थियो । अब, यो चलचित्रले प्रतिक्रिया पनि निकै खराब पाएको छ । यो चलचित्र अगष्ट २८ मा डिज्नी प्लस हटस्टारमा रिलिज भएको छ । यसलाई आइएमडीबीमा जम्मा १.१ रेटिङ मिलेको छ । यो चलचित्रलाई बलिउड समिक्षकहरुले पनि निकै खराब भनेका छन् […]

बलिउड अभिनेत्री जसले करियर र परिवारबीच यसरी सन्तुलन मिलाए

विवाह गरेपछि अझ सन्तानको आमा बनेपछि महिलाहरुले आफ्नो करियरलाई सन्तुलित रुपमा अगाडि बढाउन सक्दैनन् । हामीकहाँ यस्तै धारणा छ । त्यसैले विवाह गरेपछि कतिपयले आफ्नो रुचीका क्षेत्र वा पेशा–व्यवसाय समेत त्याग्ने गरेका छन् । आमा भइसकेको अवस्थामा त सम्पूर्ण समय नै बालबच्चा र घरपरिवारमा लगाउनुपर्ने भएकाले आफैलाई भुल्नुपर्छ भन्ने लाग्छ । तर, के विवाह वा […]

आफूलाई आकर्षक देखाउन के गर्छन् बलिउड अभिनेत्रीहरु

अहिले कोरोनाको कारण मेकअप गर्ने, पार्लर धाउने अनुकुल वातावरण छैन । त्यसो त धेरैजसो अवस्थामा घरभित्र बस्नुपर्ने, हिँडडुल गर्दा मास्क लगाउनुपर्ने भएकाले पनि मेकअप गर्नैपर्ने बाध्यता नहोला । यद्यपि यस्तो अवस्थामा पनि कसरी आफ्नो अनुहार, कपाल, छाला, नङ अर्थात समग्र शरीरको सौन्दर्य कायम राख्ने ? कसरी आफुलाई फिट एन्ड फाइन राख्ने ? सरोकारका विषय हुन् […]

रिया भन्छिन्–‘म टुटेकी थिएँ, यसैले महेश भट्टलाई मेसेज गरेँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधनपछि उनकी प्रेमिका रिया चक्रवर्तीको बिषयममा थुप्रै खालका खबर सार्वजनिक भैरहेका छन् । केही मिडियामा त रिया र निर्देशक महेश भट्टविच प्रेम रहेको चर्चा पनि नचलेको होइन । रियाले जुन ८ मा महेशलाई म्यासेज गरेकी थिइन् । सुशान्तको निधनपछि यो म्यासेज सार्वजनिक भयो । यो बिषयमा कुरा गर्दै रियाले एक […]

रिया भन्छिन्–‘मैले सुशान्तको पैसा खर्च गरेको थिइनँ’

बलिउड नायक सुशान्त सिंह राजपुतको निधन भएको २ महिना बढी भैसकेको छ । तर, उनको मुद्दाको छानबिन अझै सकिएको छैन । अहिले यो मुद्दालाई भारतको सीबीआइले छानबिन गरिरहेको छ । सुशान्तकी प्रेमिका रिया चक्रवर्ती यो मुद्दाको वरिपरी सबैभन्दा धेरै घेरिएकीछिन् । उनै रियाले एक भारतीय टेलिभिजनसँग कुरा गर्दै भनेकी छिन्–‘सन. २०१९ को अक्टुबर महिनामा हामी […]

आमा बन्दै अनुष्का

नायिका अनुष्का शर्मा र क्रिकेटर विराट कोहलीले आउँदो बर्ष आफूहरु तिन जना हुने बताएका छन् । अनुष्का र विराटले तस्वीर शेयर गर्दै आउँदो बर्ष आफूहरु माता–पिता बन्न लागेको खुलाएका हुन् । ट्विटर मार्फत उनीहरुले सन्तानको प्रतिक्षामा रहेको बताएका छन् । केही दिन अगाडि नायिका करिना कपुरले आफू आमा बन्न लागेको खुलाएकी थिइन् । क्रिकेटर विराट […]

कोरोनामुक्त भएपछि अमिताभले सुरु गरे सुटिङ

बलिउड नायक अमिताभ बच्चन केही दिन अगाडि मात्र कोरोना संक्रमणबाट मुक्त भएका थिए । अमिताभ कोरोना संक्रमित भएपछि उनले संचालन गर्दै आएको रियालिटी गेम शो ‘कौन बनेगा करोडपति १२’को छायांकन एक महिना पछि सारिएको थियो । तर, अब भने अमिताभले यो शोको छायांकन सुरु गरेका छन् । अमिताभ आफैले यो शोको छायांकनका क्रममा लिइएका तस्वीर […]

अटोबायोग्राफी सार्वजनिक गर्दै सैफ

बलिउडमा २ दशक समय बिताइसकेका नायक सैफअली खानले आउँदो बर्ष आफ्नो अटोबायोग्राफी सार्वजनिक गर्ने तयारी गरेका छन् । उनको यो पुस्तकर्लाइ हार्पर कालिन्सले सार्वजनिक गर्नेछ । यो पुस्तकमा सैफको चलचित्र र व्यक्तिगत जीवनसँग जोडिएका बिषयहरु उल्लेख हुनेछन् । सैफ आफ्नो निजी जिन्दगीलाई पहिलो पटक पुस्तकमार्फत सार्वजनिक गर्न तयार भएका छन् । सैफले पुस्तकमा आफ्नो घर, […]

अनन्या र इशानको ‘खाली पिली’ टिजरमा डिसलाइक धेरै

बलिउडकर्मीका छोराछोरीले अभिनय गरेका चलचित्रमाथि दर्शकको आक्रोश पोखिने क्रम रोकिएको छैन । नायिका आलिया भट्ट अभिनित ‘सडक २’को ट्रेलरमा १ करोड भन्दा धेरै डिसलाइक आएको थियो । अब, अर्की नायिका अनन्या पाण्डे अभिनित चलचित्र ‘खाली पिली’को टिजरमा पनि दर्शकको आक्रोश पोखिएको छ । यो चलचित्रमा अनन्या र इशान खट्टरको मुख्य भूमिका छ । नायक सुशान्त […]