Comments Add Comment

बैंक

List Grid
नेपालीले विदेशबाट डिजिटल वालेटमार्फत रेमिट्यान्स पठाउन सक्ने

५ असोज, काठमाडौं । अब विदेशमा काम गर्ने श्रमिकहरुले डिजिटल पेमेन्टमार्फत रेमिट्यान्स पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले रेमिट्यान्स कम्पनीहरुलाई नेपाली कार्यरत रहेका देशमा सञ्चालनमा रहेका डिजिटल पमेन्ट गर्ने संस्था (डिजिटल वालेट सञ्चालक) सँग आवद्ध भई यस्तो सेवा सुरु गर्न निर्देशन दिएको हो । राष्ट्र बैंकको यो निर्देशनसँगै अब विदेशमा रहेका नेपालीहरुले डिजिटल […]

सिभिल बैंकको स्पष्टीकरण– मर्जरको कुनै निर्णय भएको छैन

५ असोज, काठमाडौं । सिभिल बैंकले हिमालयन बैंकसँग मर्जरमा जाने कुनै प्रकारणको निर्णय नभएको स्पष्टिकरण दिएको छ । हिमालयनसँग मर्जरमा जान लागेको भन्दै हल्ला फैलिएपछि आइतबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले सिभिल बैंकसँग स्पष्टीकरण सोधेको थियो । सोमबार बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोविन्द गुरुङले नेप्सेलाई जवाफ पेश गर्दै मर्जरमा जानका लागि कुनै पनि निर्णय […]

नबिल बैंकले अब मोवाइलबाटै ऋण दिने, कसरी लिन सकिन्छ ?

५ असोज, काठमाडौं । निजी क्षेत्रको अग्रणी बैंक नबिलले नेपालमै पहिलो पटक फोनबाट लोन लिने सुविधा सुरु गरेको छ । डिजिटल बैंकिङ प्रणालीमा अब्बल रहेको नबिलले तलबी खाताबाहक ग्राहकहरुले आवश्यकता अनुसार एक लाख रुपैयाँसम्म ऋण मोबाइलबाट तुरुन्त प्राप्त गर्न सकिने छ । कसरी पाइन्छ ऋण ? यो एक नवीनतम डिजिटल सुविधा हो । यो सेवा […]

सिभिल बैंकको बदमासी-सेयर मूल्य बढाउन मर्जरको हल्ला !

४ असोज, काठमाडौं । अहिले मुलुकमा सञ्चालित २७ वाणिज्य बैंकमध्ये निकै कमजोर मानिने बैंकमध्ये एक हो सिभिल बैंक, आइतबार कारोबार खुलेसँगै सिभिल बैंकको सेयर मूल्य बढ्न शुरु भयो र आकासियो । एक पटक त करिब १० प्रतिशतले उकालो लागेको सिभिल बैंकको सेयर मूल्य बजार बन्द हुने समयमा ४.६७ प्रतिशत अर्थात ७ रुपैयाँले बढेको छ । […]

नबिलले ल्यायो आकर्षक योजनाः सस्तो ब्याजदरमा ऋण दिने, निक्षेपलाई प्रोत्साहन

२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) का कारण बैंकहरुको यतिबेला कर्जा लगानी राम्रो हुन सकेको छैन । कर्जाको माग कम हुँदा बैंकहरुमा २ खर्ब भन्दा बढी लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । अधिक तरलता भएपछि बैंकहरुले निक्षेपको ब्याज घटाइरहेका छन् । तर नविल बैंकले भने चाडपर्व योजना सार्वजनिक गर्दै निक्षेपलाई प्रोत्साहान दिने कर्जा […]

माछापुच्छ्रे बैंकले घोषणा गर्यो लाभांश

१ असोज, काठमाडौं । माछापुच्छे« बैंक लिमिटेडले गत आर्थिक वर्षको मूनाफाबाट लाभांश दिने घोषणा गरेको छ । बैंकको बिहीबार बसेको सञ्चालक समितिले आर्थिक बर्ष (२०७६/७७) को खुद मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई चुक्ता पुँजीको १०.४ प्रतिशत लाभांश (कर सहित) वितरण गर्न प्रस्ताव गर्ने निर्णय गरेको हाे । उक्त लाभांश अन्तर्गत बैंकले ७.०३प्रतिशत बोनस शेयर र ३.३७ प्रतिशत […]

सहकारीको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने

१ असोज, काठमाडौं । अब सहकारी संस्थाहरूको साधारण सभा विद्युतीय माध्यमबाट गर्न सकिने भएको छ । सहकारी विभागले बिहीबार साधारण सभासम्बन्धी नयाँ सूचना जारी गर्दै विद्युतीय माध्यमबाट सहकारीहरूले साधारण सभा गर्नसक्ने जानकारी दिएको हो । यसरी गरिएको साधारण सभामा कम्तीमा ५१ प्रतिशत सेयर सदस्यको अनिवार्य उपस्थितिको व्यवस्था गरिएको छ भने साधारणसभा पनि तोकिएकै समयमा गर्नुपर्ने […]

ऋणी र बैंकबीच सहजीकरण गर्न ‘सापटी सेवा’

१ असोज, काठमाडौं । ऋणी र बैंक तथा वित्तीय संस्थाबीच सहजीकरण गर्ने ‘सापटी सेवा’ सञ्चालनमा आएको छ । व्यापार–व्यवसाय गर्न तथा विभन्न कामका लागि ऋण चाहिन्छ तर सहजै ऋण पाउन भने गाह्रो छ । यसका लागि ऋण दिने र लिनेबीच सहजीकरण गरिदिने काम ‘सापटी सेवा’ ले गर्ने जनाएको छ । पछिल्लो समय बैंक तथा वित्तीय […]

७ बैंकले सार्वजनिक गरे निक्षेप र कर्जाको ब्याजदर, कुन बैंकको कति ?

३१ भदौ, काठमाडौं । ७ वटा वाणिज्य बैंकहरुले बुधबार पछिल्लो ब्याजदर सार्वजनिक गरेका छन् । राष्ट्रिय वाणिज्य बैंक, नेपाल क्रेडिट एण्ड कमर्श बैंक, सनराइज बैंक, हिमालयन बैंक, नेपाल एसबीआई बैंक, एभेरेष्ट बैंक र स्टाण्डर्ड चार्टड बैंकले निक्षेप र कर्जाको ब्याजदर बुधबार सार्वजनिक गरेका हुन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले साधारण निक्षेपमा ३ प्रतिशतदेखि ५ […]

नयाँ नक्सा भएको सिक्का निष्कासन हुने

३१ भदौ, काठमाडौं । सरकारले नयाँ नक्सा राखी एक रुपैयाँ र दुई रुपैयाँको सिक्का निष्कासन गर्न राष्ट्र बैंकलाई स्वीकृति दिएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नयाँ नक्सासहितको सिक्का निष्कासनको स्वीकृति दिने निर्णय गरेको हो । नयाँ नक्सा राखेर सिक्का निष्कासन गर्नका केन्द्रीय बैंकलाई स्वीकृति प्रदान गरिएको नेपाल सरकारका प्रवक्ता प्रदीप ज्ञवालीले जानकारी दिए । […]

केरुङमा रोकिएका १२ सय कन्टेनर दशैंअघि नै छुटाउन व्यवसायीको माग

३० भदौ, काठमाडौं । चिनियाँ नाका केरुङमा १० महिनादेखि मालवाहक कन्टेनर रोकिएपछि व्यवसायीहरुले उद्योग, वाणिज्य तथा आपुर्ति मन्त्री लेखराज भट्टलाई दशैंअघि नै छुटाउने पहल गर्न आग्रह गरेका छन् । मंगलबार नेपाल राष्ट्रिय व्यवसायी महासंघको नेतृत्वमा सिंहदरबार पुगेको व्यवसायीको टोलीले नाकामा रोकिएका सामाग्रीहरु दशैं अगाडि नै छुटाउन आग्रह गरेका हुन् । नेपाल व्यापार संघका अध्यक्ष कुमार […]

कर्जाको माग बढ्न थाल्यो, निषेधाज्ञामा बैंकले गरे १९ अर्ब लगानी

२५ भदौं, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा लगानी योग्य रकम (तरलता) थुप्रिएको छ । बंकहरु कर्जा लगानी नभएर गुनासो गरिरहेका छन् । पछिल्लो ३ साता लामो निषेधाज्ञामा पनि कर्जा लगानी बढ्दै गएको देखिएको छ । नेपाल बैंकर्स संघका अनुसार वाणिज्य बैंकहरुले निषेधाज्ञाकै बीचमा १९ अर्ब रुपैयाँ कर्जा लगानी गरेका छन् । ‘क’ वर्गका बैंकहरुको […]

सांग्रिला डेभलपमेन्ट बैंक र नेपाल डेन्टल एसोशियशनबीच सम्झौता

२४ भदौ, काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना ग्राहक महानुभावहरुलाई सहज र डिजिटल बैंकिङ्ग सेवा दिदैं आईरहेको र आज मिती २०७७ भदौ २३ गतेका दिन ललितपुर महानगरपालिका वडा नÞ ४७, सनराइज होम्स अवस्थित नेपाल डेन्टल एसोशियशन बीच बैंकिङ्ख सेवाहरु उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको छ । यस सम्झौता अन्तर्गत नेपाल डेन्टल एसोशियशनसँग आवद्ध सदस्यहरु […]

कालिका लघुवित्तमा घोटालाको आशंका, राष्ट्र बैंकले थाल्यो अनुसन्धान

२४ भदौं, काठमाडौं । राष्ट्रिय स्तरको लघुवित्त कालिका लघुवित्त वित्तीय संस्थामा लाखौँ अनियमितता भएको विषय बाहिर आएपछि राष्ट्र बैंकले अनुसन्धान थालेको छ । संस्थाको तनहूँको साजबोट शाखा कार्यालयमा ५३ जना नक्कली ऋणी खडा गरेर शाखा प्रवन्धक शर्मिला घिमिरेले कर्जा लिएको भन्दै उजुरी परेको थियो । संस्थाका निमित्त सीईओकै मिलेमतोमा यस्तो अनियमितता भएको कतिपय कर्मचारीको आशंका […]

अब बैंकले घर र गाडी कर्जाको ब्याजदर बढाउन नपाउने

२३ भदौं, काठमाडौं । घर र गाडी खरिदका लागि बैंकबाट लिएको ऋणमा अब ब्याजदर बढाउन नपाउने भएको छ । नेपाल राष्ट्र बैंकले मंगलबार बैंक तथा वित्तीय संस्थाका लागि एकीकृत निर्देशन जारी गर्दै घर र गाडी खरिदका लागि दिएको कर्जामा  ब्याजदर घटबढ नगर्न निर्देशन दिएको हो । बैंकहरुले हालसम्म आधारदर (बेस रेट) घटबढ हुनेवित्तिकै ऋणको व्याजदर […]

‘कोभिडमा पनि अर्थतन्त्रका सूचक सकारात्मक छन्’

२३ भदौं, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले कोरोना भाइरस (कोभिड–१९) को बेला पनि अर्थतन्त्रका सूचकहरु सकारात्मक नै देखिएको बताएका छन् । मंगलबार बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरुसँगको छलफलका क्रममा गभर्नर अधिकारीले कोभिड–१९ को संक्रमणको अवधिमा समेत मुलुकको समष्टिगत आर्थिक स्थायित्वसंग संवन्धित परिसूचकहरु सकारात्मक रहेको बताएका हुन् । उनले निर्यातको स्थिरता […]

अनुशासित हुन बैंकलाई गभर्नरकाे आग्रह

२३ भदौ, काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतहरु (सीईओ) लाई अनुशासित भएर काम गर्न आग्रह गरेका छन् । मंगलबार ‘क’, ख’ र ‘ग’ वर्गका सीईओहरुसँगको छलफलमा यस्तो आग्रह गरेका हुन् । उनले तरलतासँग नआत्तिन आग्रह गरे । राष्ट्र बैंकले मंगलबार नै जारी गर्ने एकिकृत निर्देशनका विषयमा छलफल […]

नेपाल एग्रो लघुवित्तले मनायो वार्षिकोत्सव

२३ भदौ, काठमाडौं । कास्की जिल्लाको पोखरा केन्द्रीय कार्यालय रहेको नेपाल एग्रो लघुवित्त वित्तीय संस्थाले आफ्नो स्थापनाको चार वर्ष पुरा गरि पाँचौ वर्ष प्रवेश गरेको छ । २०७३ भाद्र महिना देखी नेपाल राष्ट्र बैंकबाट ईजाजतपत्र प्राप्त गरि वित्तीय कारोबार सञ्चालन गरिरहेको यस संस्थाले ग्रामिण भेगका बस्तीहरुका आर्थिक र सामाजिक रुपमा पछि परेका महिलाहरुलाई प्राथमिकतामा राखेर […]

आजबाट बिहीबारसम्म बैंकका सबै शाखा खुल्ने

२३ भदौ, काठमाडौं । आजबाट बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको […]

भोलिदेखि बिहीबारसम्म बैंकका सबै शाखा खुला गर्न निर्देशन

२२ भदौं, काठमाडौं । मंगलबारदेखि बिहीबारसम्म बैंक तथा वित्तीय संस्थाका राजश्व संकलन हुने सबै शाखा तथा काउन्टरहरु खुला हुने भएका छन् । नेपाल राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागले बैंकहरुलाई राजश्व संकलनका लागि ३ दिन सबै शाखा तथा काउन्टरहरु खुला गर्न निर्देशन दिएको हो । सरकारले भदौ २५ सम्म राजश्व तिरिसक्न करदाताहरुलाई भनेको […]

निक्षेपलाई प्रोत्साहन नगरिए पुँजी बाहिरिने जोखिम हुन्छ

पछिल्लो समय बैंकहरुमा २ खर्ब रुपैयाँको हाराहारीमा अधिक तरलता देखिएको छ । कोभिड-१९ का कारण कर्जाको माग हुन सकेको छैन । बैंकमा लगानीयोग्य रकम धेरै हुँदा यसको असर निक्षेपको ब्याजदरमा देखिएको छ । पछिल्लो समय बैंकहरुले कर्जाको ब्याजदरसँगै निक्षेपको ब्याजदर पनि घटाएका छन् । पुस मसान्तमा ६.८ प्रतिशत रहेको निक्षेपको ब्याजदर बैशाख मसान्तमा आइपुग्दा ६.४ […]