Comments Add Comment

बैंक

List Grid
व्यापारमा दम छैन, अब कृषिमा होमिने हो : दीपक मल्होत्रा

११ असार, काठमाडौं । फागुन अन्तिम साताको कुरा हो । कोरोना भाइरस (कोभिड–१९) को विश्वभर फैलिँदै गरेको महामारीसँगै नेपालमा पनि यसको त्रास बढिरहेको थियो । यद्यपि, त्यसबेला नेपालमा भेटिएका एक जना संक्रमित निको भइसकेका थिए भने थप संक्रमितहरू देखिएका थिएनन् । नेपाल ग्रिन जोनमै भए पनि जनमानसमा डर बढ्दै गयो । कोरोनाविरुद्धको सतर्कताका सामग्रीहरूको खोजी […]

यातायात कार्यालयमा कोरोनालाई गिज्याउने भिड

१० असार, काठमाडौं । सडकको किनार मोटरसाइकल र चार पांग्रे सवारी साधनले भरिएको छ । कोही आइहाले पार्किङ गर्ने ठाउँ भेट्न सहज छैन । ‘लौ ब्लु बुक….. ’ भन्दै केही व्यापारीहरु ग्राहक बोलाइरहेका छन् । कोही पानीका बोतल (मिनरल वाटर) बेच्न डुलाइरहेका छन् । नजिकै सोडा, पानीपुरी चटपटे बिक्री भइरहेको छ । यो दृश्य ललितपुरको […]

‘अप्ठ्यारोमा परेकालाई मौद्रिक नीतिमार्फत मलमपट्टी लगाउँछौं’

१० असार, काठमाडौं । यतिबेला नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्षको मौद्रिक नीतिको गृहकार्य गरिरहेको छ । कोरोना महामारीका कारण थिलथिलो बनेको अर्थतन्त्रलाई चलायमान बनाउन मौद्रिक नीतिले के-कस्तो व्यवस्था गर्ला भन्ने यतिबेला आम चासोको विषय बनेको छ । अर्कोतर्फ बजेटले समेट्न नसकेका विषयहरु पनि मौद्रिक नीतिले समेट्ला भन्ने निजी क्षेत्रको अपैषा छ । खासगरी सरकारले […]

मौद्रिक नीति साउन पहिलो साताः गभर्नर अधिकारी

१० असार, काठमाडौं । आगामी आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति असार अन्तिम साता नआउने भएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आगामी आर्थिक वर्षका लागि मौद्रिक नीति साउन पहिलो सातामात्रै आउने बताएका हुन् । राष्ट्र बैंकले आगामी आर्थिक वर्षका लागि असार मसान्तभित्रै मौद्रिक नीति ल्याउनेगरी गृहकार्य गरिरहेको थियो । अधिकारीले अन्तरवार्ताका […]

मालपोत कार्यालयमा भिडभाड, पाँच दिनमै ३० करोड राजस्व संकलन

८ असार, काठमाडौं । चाबहिलस्थित मालपोत कार्यालयमा पुग्नुभयो भने तपाईंले एकछिनका लागि कोरोना भाइरस बिर्सिनुहुनेछ । सेवाग्राहीको निधारमा थर्मल गन तेर्स्याउनेबाहेक यहाँ कुनै पनि सतर्कता अपनाइएको पाइँदैन । आइतबार अनलाइनखबरको टोली मालपोत कार्यालयमा पुग्दा मालपोत भवनको अगाडि कानुन व्यवसायीको फर्ममा सेवाग्राही भरिभराउ थिए । कार्यालय प्रवेश गर्ने मुख्यद्वारमा पनि भिडभाड थियो । प्रवेशद्वारमा बसेका सुरक्षा […]

‘शेयर बजारमा अनलाइन कारोबार सहज बनाउ’

७ असार, काठमाडौं । सेयर बजारमा अनलाईन कारोवारलाई सहज बनाउन सरोकारवालाले सुझाव दिएका छन् । कनेण्ट आईपिएसबाट गरिने भुक्तानीको सिमा हटाईनुपर्ने भन्दै विज्ञ तथा सरोकारवालाले कारोबार सहज बनाउन सुझाव दिएका हुन् । आईतबार आगामी मौद्रिक नीतिमा पूँजीबजारमा समावेश हुनुपर्ने बिषयमा आर्थिक पत्रकार समाज (सेजन)ले आयोजना गरेको बेबिनारमा सहभागी लगानीकर्ताले यस्तो सुझाव दिएका हुन् । मार्जिन […]

बैंकरलाई बैंकिङ कसूर नलगाउन बैंकर्स संघको सुझाव

५ असार, काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैंकरलाई बैंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो । राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको […]

‘हस्ताक्षर गरेकै भरमा बैंकिङ कसूर लगाउनु ठिक भएन’

५ असार, काठमाडौं । नेपाल बैंकर्स संघले कर्जा लगानीमा हस्ताक्षर गरेकै भरमा बैकरलाई बेंकिङ कसूर लगाउनु उचित नभएको बताएको छ । आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिमा आफ्नो लिखित सुझाव दिदै संघले यस्तो व्यवस्था हुनु गलत हुने धारणा राखेको हो । राम्रै नियतले काम गर्दा पछिल्ला दिनहरुमा बैंकरमाथि मुद्दा चलेको भन्दै संघले सुझावमै राष्ट्र बैंकको […]

बैंकसम्म पुग्नै पर्ने बाध्यता छैन, यसरी गर्नुस् सानिमा बैंकको डिजिटल कारोबार

५ असार, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) कारण करिब ३ महिनासम्म भएको लकडाउन अझै आंशिक रुपमा कायमै रहेको छ । सुरक्षाका हिसाबले होस या पहुँचका हिसाबले, यस्ताे बेलामा बैंकिङ कारोबार गर्नका लागि बैंकको शाखा कार्यालयसम्म जानका लागि सहज छैन । पछिल्लो समय बैंकिङ कारोबारका लागि शाखा कार्यालयसम्मै पुग्नु पर्ने बाध्यता भने हटेको छ । डिजिटल […]

सुरक्षा मापदण्ड पालना गरेरमात्रै व्यापार गर्न महासंघको आग्रह

५ असार, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघले विश्व स्वास्थ्य संगठन तथा नेपाल सरकार, स्वास्थ्य मन्त्रालयले तोकेको सुरक्षासम्बन्धी न्यूनतम मापदण्ड पालना गरेर मात्रै उद्योग व्यवसायहरू सञ्चालन गर्न आग्रह गरेको छ। कोरोना भाइरसको संक्रमणि दिन प्रतिदिन बढ्ने क्रममा रहेको भन्दै महासंघका अध्यक्ष नरेश कटुवालले शुक्रबार एउटा अपिल जारी गर्दै सम्पूर्ण उद्योगी व्यवसायीहरूलाई मापदण्ड पालना गर्न आग्रह […]

लगानी बोर्डको सीईओका लागि दरखास्त आह्वान

५ असार, काठमाडौं । सरकारले लगानी बोर्डको (प्रमुख कार्यकारी अधिकृत) सीईओ नियुक्तिका लागि प्रक्रिया सुरु गरेको छ। बोर्डका तत्कालीन सीईओ महाप्रसाद अधिकारीलाई सरकारले नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त गरेपछि बोर्डको सीईओ पद रिक्त थियो । रिक्त सीईओ पदपूर्तिका प्रतिपर्धाका आधारमा नियुक्त गर्ने भन्दै सरकारले सार्वजनिक सूचना निकाल्दै दरखास्त आह्वान गरेको छ । सार्वजनिक-निजी साझेदारी तथा लगानी […]

सहकारीले दिएको तनाव : बचतकर्ताको साँवा पनि गुम्ने खतरा

५ असार, काठमाडौं । सहकारी संस्थाहरूले सर्वसाधारणहरूको निक्षेप लिएर मनपरी गर्ने गरेका समाचारहरू बेलाबखतमा आउँछन् । साधारण समयमा पनि सर्वसाधारणहरूलाई सास्ती दिने सहकारी संस्थाहरूले लकडाउनपछि झनै तनाव दिन थालेका छन् । सर्वसाधारणहरूलाई फकाएर निक्षेप राख्न लगाउने अनि पछि ब्याज होइन साँवा समेत फिर्ता गर्न सहकारीहरूले आनाकानी गर्ने गरेका छन् । सिभिल बैङ्कका अध्यक्ष तथा पूर्वसांसद […]

३१ अर्बले घट्यो सेयर बजारको पुँजीकरण

५ असार, काठमाडौं । सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्बले घटेको छ । बजार धेरै जसो ओरालो लाग्दा सेयर बजारको पुँजीकरण १० महिनामा ३१ अर्ब ८ करोड रुपैयाँले घटेको हो । नेपाल राष्ट्र बैङ्कले सेयर कारोबार मापक नेप्से परिसूचकसँगै पुँजीकरण समेत घटेको जानकारी दिएको छ । २०७६ असार मसान्तमा १५ खर्ब ६७ अर्ब ५० […]

चैतसम्मको कर तिर्न बैङ्कर्स संघको आग्रह

४ असार, काठमाडौं । सरकारलाई चैत मसान्तसम्म तिर्नुपर्ने कर तिर्न बैङ्कहरूलाई नेपाल बैङ्कर्स संघले आग्रह गरेको छ । संघको बुधबार बसेको बैठकले निर्णय गरेर आफ्ना सदस्य बैङ्कहरूलाई चैत मसान्तमा तिर्नुपर्ने कर तिर्न आग्रह गरेको हाे। वाणिज्य बैङ्कका प्रमुख कार्यकारी अधिकृतहरूको छाता संगठन बैङ्कर्स संघले सरकारलाई सहयोग पुग्ने भन्दै यस्तो निर्णय गरेको हो । निर्णय पछि […]

कच्चा तेलको मूल्यमा भारी गिरावट, सुनको मूल्य भने बढ्यो

४ असार, काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा कच्चा पेट्रोलियम पदार्थको मूल्यमा भारी गिरावट आएको छ । नेपाल राष्ट्र बैंकले १० महिनाको तथ्यांकमा आधारित रिपोर्ट सार्वजनिक गर्दै कच्चा पेट्रोलियम पदार्थको मूल्यमा ६१.५ प्रतिशतको गिरावट आएको जानकारी दिएको हो । २०७६ बैशाख मसान्तमा प्रति ब्यारल अमेरिकी डलर ७२.५३ रहेको कच्चा पेट्रोलियम पदार्थको मूल्य २०७७ बैशाख मसान्तमा ६१.५ प्रतिशतले […]

विदेशी मुद्रा सञ्चिती १२ खर्ब नाघ्यो, एक वर्षको आयात धान्न सक्ने

३ असार, काठमाडौं । चालु आर्थिक वर्ष २०७६/७७ को १० महिनामा विदेशी विनिमय सञ्चिती १२ खर्ब रुपैयाँ नाघेको छ । २०७६ साउनदेखि वैशाख मसान्तसम्मको १० महिनाको अवधिमा विदेशी विनिमय सञ्चित बढेर १२ खर्ब ३५ अर्ब २५ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत साउनमा विदेशी विनिमय सञ्चिती १० खर्ब ३८ अर्ब ९२ […]

इन्भेस्टमेन्ट बैङ्कले फिर्ता पायो एक अर्ब २० करोड

३ असार, काठमाडौं । नेपाल इन्भेस्टमेन्ट बैङ्कले तनहुँ जलविद्युत् कम्पनीको काउन्टर ग्यारेन्टी बसेबापतको रकम फिर्ता पाउन थालेको छ । गत मंगलबार इटालीको उच्च अदालतमा क्षतिपूर्ति पाउनेगरी बैङ्कले मुद्दा जितेको थियो । इटालीको इन्सेटा सानपाउलो बैङ्कले मंगलबार बैङ्कलाई करिब एक अर्ब २० करोड रुपैयाँ पठाएको बैङ्क स्रोतले जनाएको छ। अब बैङ्कले पाउनुपर्ने बाँकी ८५ करोड हाराहारी […]

सहकारीमा यसरी रुपान्तरण हुँदैछन् ३२ हजार समूह

३ असार, काठमाडौं । च्याउसरी फैलिएका सहकारी संस्थाका कारण वित्तीय क्षेत्रको बदमासी बेला–बेला सतहमा आउने गरेको छ । सीमित व्यक्तिले संस्था खोल्ने र सामान्य नागरिकको निक्षेपमा रमाउने परिपाटीले बद्नाम बन्दै गएको सहकारी क्षेत्र कमजोर सरकारी नीतिले थप बदनाम हुने चिन्ता बढेको छ । सरकारले बजेटमा नै समावेश गरेर गरिबी निवारण कोषद्वारा प्रवद्र्धित ३२ हजारभन्दा धेरै […]

मुद्रास्फीति सुधार हुँदै, मंहगो भयो तराईको भान्सा

३ असार, काठमाडौं । मुद्रास्फीति दरमा सुधार हुने संकेत देखिएको छ । पछिल्लो केही महिना क्रमिकरुपले मुद्रास्फीति सुधार हुँदै गएको हो । फागुन महिनासम्म ६ दशमलव ७० प्रतिशत रहेको उपभोक्ता मुद्रास्फीति वैशाखमा घटेर ५.८३ प्रतिशतमा झरेको छ । यद्यपि, वार्षिक विन्दुगत आधारमा हेर्दा भने मुद्रास्फीति बढेको नेपा राष्ट्र बैंकले बताएको छ । राष्ट्र बैंकका अनुसार […]

सानिमा बैङ्कद्वारा करुणा फाउन्डेसन नेपाललाई १० लाख सहयोग

सानिमा बैंक लिमिटेडले करुणा फाउन्डेसन नेपाललाई रु १० लाख सहयोग रकम उपलब्ध गराएको छ । जन्मजात हुने अपांगता रोकथाम तथा अपांगता भएका व्यक्तिहरु लक्षित “अपा¨ता रोकथाम तथा पुुनस्र्थापना कार्यक्रम” मार्फत् अपांगता भएकाहरुका लागि आवश्यक सहायक सामाग्रीहरु (ह्विलचेयर, श्रवणयन्त्र लगायत) खरिद प्रयोजनका लागि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सो सहयोग रकम उपलब्ध गराएको हो । […]

नेपाली शान, भान्सामा नेपालकै उत्पादन 

गतसाल जङ्गलबाट टिपेर ल्याएको एक मुठो निउरोको २० रुपैयाँ स्थानीय कर लगाएको समाचार सुनियो । लगानी नभएको वस्तु बिक्री गर्दा प्राप्त रकम सबै नाफा हुने देखेकाले त्यस्तो कर लगाइएको हुन सक्छ । तर एक व्यक्तिले दिनभरि गरेको मेहनत बर्खाको चिप्लो भिर र जङ्गलमा यात्रा गर्दाको कठिनाइलाई कसरी मुद्रासँग समायोजन गर्ने ? यद्यपि ‘कर’ करैले तिर्नेकुरा हो,  खुसीले त कर […]