Comments Add Comment

बैंक

List Grid
सनराइज बैंकको विवादबारे राष्ट्र बैंकमा छलफल

११ साउन, काठमाडौं । सनराइज बैंकमा देखिएको आन्तरिक विवादका विषयमा नेपाल राष्ट्र बैंकमा छलफल भएको छ । राष्ट्र बैंकको बैंक तथा वित्तीय संस्था नियमन विभागका अधिकारी र सनराइज बैंकका सञ्चालकबीच छलफल भएको छलफलपछि बैंकमा देखिएको समस्या तत्काललाई टरेको छ । केही दिनयता बैंकको सञ्चालक समितिमा विवाद सिर्जना भएको विषयमा समाचार आउन थालेपछि राष्ट्र बैंकले चासो […]

महासंघको निर्वाचन सारेकामा ढकाल समूह असन्तुष्ट

९ साउन, काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको निर्वाचन सारिएको भन्दै वरिष्ठ उपाध्यक्षका उम्मेद्वार चन्द्र ढकाल समूहका उद्योगी–व्यवसायीहरुले असन्तुष्टि जनाएका छन् । बिहीबार बसेको महासंघको पदाधिकारी बैठकले आगामी २६ र २७ गतेका लागि तोकिएको निर्वाचन तत्कालका लागि स्थगित गर्ने निर्णय गरेको थियो । वरिष्ठ उपाध्यक्ष पदका अर्का उम्मेद्वार किशोर प्रधान पक्षका उम्मेद्वारहरुले पराजय हुने डरले […]

अब बैंक तथा वित्तीय संस्थाका सबै शाखा खुला हुने

९ साउन, काठमाडौं । अब बैंक तथा वित्तीय संस्थाहरुका शाखा कार्यालयहरु नियमित रुपमा सञ्चालन हुने भएका छन् । ४ महिना लामो लकडाउनका बेला बैंकहरुले सेवा जारी राखे पनि सबै शाखा कार्यालयहरु खुला गरेका थिएनन् । खुला गरिएका शाखा कार्यालयहरु पनि दिनभर सञ्चालन हुने गरेका थिएनन् । सहरी क्षेत्रमा सबै अधिकांश शाखाहरु खुलेका भए पनि ग्रामीण […]

‘कृषिको नेतृत्व लिन हामी तयार थियौँ’

८ साउन, काठमाडौं । आर्थिक वर्ष २०७७/०७८ का लागि केन्द्रीय बैंकले तय गरेको मौद्रिक व्यवस्थाप्रति प्रायः सबै क्षेत्र खुसी देखिए । मौद्रिक नीतिबाट निजी क्षेत्र उत्साहित देखिएको छ । ब्याजदर क्यापको विषयमा लघुवित्त क्षेत्रले चित्त दुखाए पनि अन्य सबै क्षेत्र खुसी देखिएका छन् । मौद्रिक नीतिले कृषि क्षेत्रलाई अझ उत्साहित पारेको छ । कृषि क्षेत्रमा […]

महालेखाको निर्देशन कुल्चिदै बीमा संस्थान

८ साउन, काठमाडौं । मुलुकभर ३९ वटा बीमा कम्पनी र एउटा पुनर्बीमा कम्पनी सञ्चालनमा छन् । यीमध्ये सरकारी लगानी रहेको राष्ट्रिय बीमा संस्थान भने बेथितिको भारीले थिचिएको छ । सरकारी नीति–नियमलाई अटेर गर्दै आएको संस्थाले महालेखा परीक्षणले दिएको निर्देशनलाई पनि वास्ता गर्दैन । हरेक वर्ष साधारण सभा गर्नुपर्ने, लेखा परीक्षण गराएर पारित गर्नैपर्ने नीतिगत व्यवस्थालाई […]

‘राष्ट्र बैंकको मौद्रिक नीति योभन्दा लचिलाे बन्न सक्थ्यो’

२०४४ सालमा अधिकृतस्तरबाट सेवा सुरु गरेका त्रिलोचन पंगेनीले नेपाल राष्ट्र बैंकमा ३० वर्ष बिताए । यो अवधिमा उनले पोखरा क्षेत्रीय कार्यालय, तालिम केन्द्र, विदेशी विनिमय विभाग, आन्तरिक लेखा परीक्षण विभाग, नियमन विभाग, राष्ट्र ऋण विभाग र जनशक्ति विभागको काम गरे । यीमध्ये पनि मौद्रिक नीति तर्जुमा विभागमा बढी काम गरेर राष्ट्र बैंकको कार्यकारी निर्देशक पदबाट […]

अब हजारको नोटमा नेपालकै जुम्ल्याहा हात्ती, २६ अर्बको नयाँ नोट बजारमा

७ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले २६ अर्ब रुपैयाँ बराबरको एक हजार रुपैयाँको नयाँ नोट आज (बुधबार) देखि बजारमा पठाएको छ । नयाँ विशेषतासहितको नयाँ नोट बजारमा पठाइएको राष्ट्र बैंकका कार्यकारी निर्देशक रेवति नेपालले जानकारी दिए । उनका अनुसार आज बजारमा पठाइएका नयाँ नोटहरुमा सुरक्षा विशेषता अन्य यथावत रहे पनि हात्तीको संख्या भने थपिएको […]

नबिल डिबेन्चर–२०८२ नेप्सेमा सूचीकृत

६ साउन, काठमाडौं । नबिल बैंकको नबिल डिबेन्चर–२०८२(ऋणपत्र) नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भएको छ । सोमबार नेपाल स्टक एक्सचेन्ज लि. र नबिल बैंक लिमिटेड बीच प्रति ऋणपत्र अंकित तथा चुक्ता मूल्य एक हजार रुपैयाँ कायम भएको २० लाख थान १० प्रतिशत नबिल डिबेन्चर २०८२ (ऋणपत्र) सूचीकरण गर्ने सम्झौता भएको हो । कम्पनीले सर्वसाधारण समक्ष लक्ष्मी […]

एटीएम शुल्कमा राष्ट्र बैंकको कैंची, बैंकको आम्दानी रोकियो, खर्च उस्तै

६ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष ०७७/७८ को मौद्रिक नीतिबाट बैंकहरुको केही आम्दानीमा कैँची लगाइदिएको छ । बैंकहरुले लिँदै आएका कतिपय शुल्कहरु कटौति गर्ने मौद्रिक नीतिमा व्यवस्था गरिएपछि बैंकहरुको खर्च बढ्ने देखिएको छ । एटीएमलगायतका सेवाहरुमा बैंकले लिँदै आएको शुल्क राष्ट्र बैंकले कटौती गरिदिएपछि बैंकहरुको खर्चको भार बढ्ने भएको हो । बैंकहरुले […]

कार्यकाल बाँकी छदै कालिकाबाट बाहिरिए सीईओ बोहरा

६ साउन, काठमाडौं । कालिका माइक्रोफाइनान्सका प्रमुख कार्यकारी अधिकृत मिनबहादुर बोहरा संस्थाबाट बाहिरिएका छन् । सञ्चालक समितिसँगको सहमतिमा नै सीईओ बोहराले पद छाडेका हुन् । २०७३ सालमा तत्कालिन कालिका माइक्रोक्रेडिट डेभलपमेन्ट बैंकको सीईओ नियुक्त भएका बोहराले संस्थामा ३ वर्ष ६ महिना बिताएर सोमबार औपचारिक रुपमा बिदा भए । बोहरा बिदा भएसँगै सञ्चालक समितिले कामु सीईओको […]

ई–वालेटको लाइसेन्स रोक्दा बजारलाई के लाभ ?

५ साउन, काठमाडौं । पछिल्लो समय साना कारोबारमा विद्युतीय भुक्तानी बढ्दै गएको छ । मोबाइल र टेलिभिजन रिचार्ज गर्न, पानी/बिजुलीको बिल तिर्न, हवाई टिकट काट्न र अन्य विद्युतीय कारोबारमा रकम भुक्तानी गर्न सेवा सञ्चालक तथा सेवा प्रदायकका विद्युतीय पर्स (ई–वालेट) एपको प्रयोग बढ्दो छ । यही बेला नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीतिमार्फत विद्युतीय कारोबारको भुक्तानी […]

‘एनआरएन कम्पनीको आईपीओमा प्रतिफल सुनिश्चित छ’

५ असार, काठमाडौं । गैरआवासीय नेपालीहरुको अभियानमार्फत ‘एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट लिमिटेड कम्पनी’ दर्ता गरियो । यस कम्पनीको उद्देश्य थियो, नेपालको विकासमा एनआरएनको योगदान देखाउने । कम्पनीमा करिब ८ सय व्यक्तिले एक लाख रुपैयाँदेखि १ करोड रुपैयाँसम्म रकम जम्मा गरे । ८० करोड हाराहारीमा पैसा जम्मा भएपछि कम्पनीले नेपालमा लगानी शुरु गर्‍यो । लमजुङको दोर्दी […]

ऋणमा सहुलियतदेखि किसानलाई क्रेडिट कार्डसम्म

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष २०७७/७८ का लागि मौद्रिक नीति सार्वजनिक गरेको छ । कोभिड–१९ बाट अर्थतन्त्रलाई जोगाउने मौद्रिक नीतिले विशेष प्राथमिकता दिएको छ । राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले ल्याएको आफ्नो कार्यकालको पहिलो मौद्रिक नीतिले विशेष गरेर कोभिडबाट उत्पन्न संकटलाई नै प्राथमिकतामा राखेको छ । आर्थिक पुनरुत्थान लक्षित विशेष कार्यक्रममा […]

‘बजेटले निराश बनायो, मौद्रिक नीतिले आशावादी’

२ साउन, काठमाडौं । नेपाल चेम्बर अफ कमर्शका अध्यक्ष राजेशकाजी श्रेष्ठले मौद्रिक नीति स्वागत योग्य भएको प्रतिक्रिया दिएका छन् । शुक्रबार आर्थिक वर्ष २०७७÷७८ का लागि राष्ट्र बैंकले ल्याएको मौद्रिक नीति निजी क्षेत्रमैत्री भएको उनले बताए । सरकारले ल्याएको बजेटले भने निराश बनाएको बेला मौद्रिक नीतिले केहि आशा थपेको उनले बताए । ऋणको भाका २ […]

मौद्रिक नीति उत्साह दिने आयोः बैंकर शाह

२ साउन, काठमाडौं । नेपाल बैंकर संघका पूर्व अध्यक्ष तथा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले मोद्रिक नीति उत्साहजनक आएको बताएका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार ल्याएको आर्थिक वर्ष २०७७/७८ को मौद्रिक नीतिले मुलुकको अर्थतन्त्रलाई सकारात्मक दिशामा लैजाने बैंकर शाहले बताए । उनले ठूला ऋणिदेखि साना सबैलाई मोद्रिक नीतिले समटेको बताए । ‘निक्षेपका […]

‘मौद्रिक नीति सुन्दा राम्रै लाग्यो, कार्यान्वयन ध्यान दिइयोस्’

२ साउन, काठमाडौं । नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवालले मौद्रिक नीति साना तथा मझौला उद्योगी व्यवसायीहरुका लागि समग्रमा राम्रो आएको बताएका छन् । अध्यक्ष कटुवालले ऋणको भाका सार्ने तथा साना उद्योगी–व्यवसायीलाई पनि पुनरकर्जाको पहुँचमा पुर्याउने व्यवस्था राम्रो भएको बताए । महासंघले उठाएदै आएका मागहरु पनि कतिपय समेटिएको उनले बताए । कतिपय मागहरु नसमेटिए […]

खेतीपाती गर्नेेलाई किसान क्रेडिट कार्ड !

२ साउन, काठमाडौं । सरकारले किसानहरुलाई बेलाबखत विभिन्न आश्वासनहरु बाँड्दै आएको छ । यही सिलसिलामा शुक्रबार नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको मौद्रिक नीतिमा अबदेखि कृषकहरुलाई ‘किसान क्रेडिट कार्ड’ दिइने उल्लेख छ । मौद्रिक नीतिमा ‘कृषि कर्जा’ उपशीर्षकमा भनिएको छ, ‘कृषकलाई वित्तीय साधनका साथै कृषि सूचना तथा जानकारी उपलब्ध गराउन कृषि विकास बैङ्कमार्फत ‘किसान क्रेडिट कार्ड’ […]

पुनर्कर्जा एक खर्बबाट बढेन, सबैको पहुँच पुर्‍याइने

२ साउन, काठमाडौं । पुनर्कर्जा कोषको आकार एक खर्ब नै कायम भएको छ । यसअघि नेपाल राष्ट्र बैङ्कले ६० अर्ब रुपैयाँबाट बढाएर एक खर्ब पुर्‍याएको थियो । मौद्रिक नीतिले पुनर्कर्जा कोषको आकारका विषयमा बोलेको छैन। यद्यपि, पुनर्कर्जाको पहुँच गाउँ-गाउँमा पुर्‍याउने राष्ट्र बैङ्कले बताएको छ। कोभिड-१९ संकटबाट अति प्रभावित हवाई उड्ययन व्यवसाय, यातायात, होटल, रेस्टुरेन्टलगायतका पर्यटन […]

१५ प्रतिशतको क्याप अवैज्ञानिक भएको भन्दै लघुवित्त बैकर्स संघ असन्तुष्ट

२ साउन, काठमाडौं । नेपाल राष्ट्र बैङ्कले आगामी आर्थिक वर्ष २०७७/७८ का लागि ल्याएको मौद्रिक नीतिप्रति लघुवित्त बैङ्कर्स संघले असन्तुष्टि जनाएको छ । लघुवित्त वित्तीय संस्थाहरूले लिने कर्जाको ब्याजदरको सीमा अधिकतम १५ प्रतिशत तोकिएको भन्दै संघले असन्तुष्टि जनाएको हो । संघका अध्यक्ष वसन्त लम्सालले राष्ट्र बैङ्कको निर्णय ठीक नभएको बताए । १५ प्रतिशतको क्यापले लघुवित्तहरूलाई […]

 कोरोनाबाट अतिप्रभावित क्षेत्रलाई सहुलियत दिन ५० अर्बको कोष

२ साउन, काठमाडौं । सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेटमा व्यवस्था भएअनुसार कोरोनाबाट अति प्रभावित पेशा/व्यवसाय सञ्चालनका लागि ५० अर्बको कोष कार्यान्वयनमा आउने भएको छ । मौद्रिक नीतिले उक्त कोष परिचालनको घोषणा गरेको हो । निश्चित मापदण्ड बनाएर ५० अर्बको कोष परिचालन गरिने गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार यो कोषको रकम […]

वाणिज्य बैंकहरूले साना कर्जामा १५ प्रतिशत लगानी गर्नैपर्ने

२ साउन, काठमाडौं । एक करोड रुपैयाँभन्दा कम कर्जालाई प्रोत्साहन गर्ने गरी नेपाल राष्ट्र बैङ्कले मौद्रिक नीति ल्याएको छ । खासगरी सानो लगानीबाट स्वउद्यमी बन्न चाहनेलाई लक्षित गर्दै सानो कर्जालाई प्रोत्साहन गर्नेगरी नीति आएको छ । वाणिज्य बैङ्कहरूले २०८१ असार मसान्तसम्म आफ्नो कुल कर्जा लगानीको न्यूनतम १५ प्रतिशत हुने रकम लघु, साना तथा मझौता उद्यमका […]