Comments Add Comment

ब्लग

List Grid
साउने संक्रान्तिमा लुतो फालेको सम्झना

आज साउने संक्रान्ति । आजबाट दिनहरु छोटा हुन्छन् भन्ने विश्वास छ । बाढी पहिरोबाट बाचिँयो भन्ने आत्मविश्वासका साथ मनाइने साउने संक्रान्तिपछि चाडबाडहरु सुरु हुन्छन् । नाग पंचमी, जनै पूर्णिमा, श्रीकृष्ण जन्माष्टमी, तीज, दशैं तिहारजस्ता महत्वपूर्ण चाड पर्वहरु भित्रिन्छन्। हामी सानै हुँदादेखि साउने संक्रान्तिलाई तिउरे लाउने र लुतो फाल्ने पर्वका रुपमा मान्थ्यौं । यो चलन सबै […]

अबको वैकल्पिक राजनैतिक शक्ति कस्तो ?

मलाई प्राथमिक तह अध्ययन गर्दा विद्यालयका विभिन्न कार्यक्रममा, ‘पञ्चायती व्यवस्था अमर रहोस्’, ‘हाम्रा राजा हाम्रो देश प्राणभन्दा प्यारो छ’ भन्दै नारा लगाएर हिँडेको अलिअलि स्मरण छ। विकट गाउँमा भएर होला, जनताको अधिकार प्राप्त गरिएको भनिएको २०४६ सालको जनअन्दोलनको पनि केही भेउ पाइएन। त्यतिखेरको फलामे ढोका भनाउँदो एसएलसी पास नगरिकन शहर बजारतिर आउने कुनै अवसर मिलेन […]

नेकपामा तानातान : न बिग्रह न समाधान

सत्तारुढ नेकपा अनिर्णयको बन्दीजस्तै भएको छ । स्थायी समितिको बैठक सुरु भएको करिब एक महिना बित्न लाग्दा सहमतिको कुनै सुत्र फेला परेको छैन । प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग उठेपछि एकाएक अवरुद्ध हुन पुगेको स्थायी समितिको बैठक कसरी टुङ्गिएला भन्ने सर्वत्र चासोमात्र उत्पन्न भएको छैन, पार्टीमा लम्बिएको डेडलकबाट […]

महानायकका नाममा

अविछिन्न नेपाली चलचित्र क्षेत्रको विकासका लागि नायक राजेश हमालको ठूलो योगदान छ । हमालले यस क्षेत्रमा पुर्‍याएको योगदानको मूल्याङ्कन काहीँ न काहीँ गएर हुनुपर्ने थियो । चलचित्रको बाटो नै नकोरिएको समयमा उनले नायकको भूमिका देखाए । अरूले बनाएको बाटोमा हिँड्न त कठिन ठानेर खुट्टा कमाउने मान्छेको स्वभावका कारण यो बाटो बनाउन निकै चुनौतीपूर्ण थियो । […]

हामीले किन भारतीय न्युज च्यानल बन्द गर्‍यौं ?

मेरो जन्म नेपालमा भयो । तर, बाल्यकाल भारतमै बित्यो । त्यस कारण पनि मेरो भारतसँग आत्मीय सम्बन्ध छ । मेरो भारतीय व्यवसायीहरुसँग राम्रो सम्बन्ध छ र उनीहरुसँग नियमित रुपमा व्यवसाय गरिरहेको छु । मेरा भारतीय साथीहरूको सङ्ख्या पनि धेरै छ, जुन हामीबीच घनिष्ट आत्मीय सम्बन्ध छ, जुन व्यापार र राजनीति भन्दा पनि माथि छ । […]

बहुमत नफापेको बहुदल

अहिले नेपालको राजनीतिक बजार निकै पेचिलो, घोचिलो, आरोपिलो अवस्थामा छ । नयाँ संविधानको व्यवस्था अनुसार २०७४ साल मंसिर १० र २१ गरी दुई चरणमा सम्पन्न भएको प्रतिनिधिसभाको निर्वाचनमा तत्कालीन एमाले—माओवादी केन्द्रले दुई तिहाई नजिकको बहुमत प्राप्त गरेपछि २०७४ साल फागुन ३ गते दोश्रो पटक कुर्चीमा बसेका प्रधानमन्त्री केपी शर्मा ओलीको कुर्सी ९ रेक्टर स्केलको भूकम्प […]

आफ्नै जीवनको मध्यावधि समीक्षा

यौटा बत्ती बालौँ भन्थेँ पुग्न माथि माथि बत्ती नबल्दै यो जीवन जाने हो कि साथी । म कार्यरत संस्था नेपाल राष्ट्र बैंकले वर्षेनी मौद्रिक नीतिको मध्यावधि समीक्षा गर्दछ । जुनसुकै संस्था, परियोजना वा कार्यक्रमको निर्धारित उद्देश्य हासिल गर्नका लागि मध्यावधि समीक्षा गर्ने पर्दछ । नत्र सो कार्यक्रमको प्रगति, उपलब्धि तथा कमजोरीबारे जानकारीको अभावमा सारा प्रयास […]

नेपालमा कोभिड—१९ संक्रमणको वास्तविकता

एक जना गरिब मानिस दिनभरि सेठकोमा काम गर्ने र साँझ घरमा रोटी पकाएर खाने दैनिकी थियो । हरेक दिन उसले पकाएको चार रोटीमध्ये एउटा सधैं मुसाले चोरेर लैजान्थ्यो । एकदिन त्यो मुसालाई मानिसले समातेर सोध्यो, ‘तिमी किन मेरो रोटी चोरेर खान्छौ ?’ त्यो मुसाले भन्यो, ‘यसको जवाफ भगवान् बुद्धसँग ‘सोध्नु पर्छ’। जवाफ सुनेर मानिस अचम्ममा […]

बिहे गर्दा गोरी केटी खोज्छौं, अनि कसरी बद्लिन्छ समाज ?

असार, बिहेको सिजन हो । धमाधम जोडीहरू बन्दैछन् । बिहेअघि केटी हेर्न जाँदा होस् वा फेसबुकमा मन मिल्ने साथी खोज्दा होस् सबै केटालाई गोरी केटी चाहिन्छ। शिक्षादीक्षा, घरव्यवहार, रूप, चालचलन, बोलीवचन यी सबै कुराहरू बिस्तारै हेरिने कुराहरूमा पर्छन् । सर्वप्रथम त नजरमा राम्री हुनुको परिभाषा गोरी हुनु र नहुनुले निर्धारण गर्ने गरेको पाइन्छ नेपाली समाजमा […]

राष्ट्रवादी ओलीलाई एमसीसी स्वीकार्न केले बाध्य बनायो ?

राष्ट्रिय स्वाभिमानपूर्ण इतिहासमा नेपालका एक महान सपुत भीमसेन थापा, जो नेपालमा मात्र होइन, बेलायतकै इतिहासमा चर्चाको विषय बन्न पुगे । उनले कहिल्यै सूर्य नअस्ताउने देशसँग राष्ट्रियताको सवालमा नेपाल जस्तो सानो देशले युद्धको मैदानमा गरेको अभूतपूर्ण प्रदर्शनले विश्वलाई चकित पारेका थिए । त्यस्तै, आज भारतीय विस्तारवादविरुद्वमा केपी शर्मा ओलीले कालापानीमा देखाएको चट्टानी अडानलाई पनि धेरैले भीमसेन […]

कसैको राष्ट्रियतामाथि शंका नगरौं, नागरिकतामा विभेद नगरौं

‘शंकाले लंका जलाउँछ, विश्वासले संसार चलाउँछ ।’ नेपाली समाजको लोकप्रिय उखान । अन्जु पन्तले गाएको ‘शंका नगर मेरो मायामा’ भन्ने गीत निकै लोकप्रिय छ । उखानको मर्म अहिले निकै सान्दर्भिक छ । पछिल्लो समयमा आफूलाई ‘राष्ट्रियतावादी’ भन्नेहरुले तराईमूलका बासिन्दाको ‘राष्ट्रियता’ माथि निकै शंका गर्दैछन् । यसमा बढी नेकपा सर्मथित हनुमानहरु छन् । हनुमान किन भनिएको […]

वैवाहिक अंगीकृत नागरिकता र राष्ट्रियताको सवाल

प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिले नेपाली पुरूषसँग विवाह गर्ने विदेशी महिलालाई ७ वर्ष पछि मात्र वैवाहिक अंगिकृत नागरिकता दिने व्यवस्थासहित नागरिकता विधेयक बहुमतले पास गरेको छ । समितिले नेपाली पुरुषसँग बिहे गर्ने विदेशी महिलाले नागरिकता लिन चाहेमा बैवाहिक सम्बन्ध कायम भई नेपालमा निरन्तर सात वर्ष स्थायी बसोबास गरेको हुनुपर्ने व्यवस्था गरेको अवस्था छ । […]

कोरोना, बेसार र प्रधानमन्त्रीको बालहठ

हामी नेपाली भौगोलिक विशिष्टता र विविधतामा छौं, यो कुरा आम नेपालीलाई अवगत नै छ । आम नेपाली परिवेशमा बेसार मात्र होइन, औषधिजन्य अन्य जडीबुटीयुक्त मरमसलाहरू नहालेर नपकाएको र नखाइने खाना, खानेकुरा बिरलै होला नेपालीको भान्छामा, त्यो पनि परापूर्व काल देखिनै अविछिन्न रुपमा । हामी नेपाली जतिसुकै सहरिया भएपनि, स्वदेशमा रहँदा वा विदेशमा रहँदा पनि जडीबुटीयुक्त […]

एमसीसीमाथि शंका गर्ने ठाउँ

नेपाल एक अल्पविकसित मुलुक भएता पनि भू–राजनीतिका हिसाबले विश्वमा उदाउँदा दुई ठूला राष्ट्रहरु उत्तरमा चीन र दक्षिणमा भारतका बीचमा अवस्थित नेपाललाई सार्वभौम मुलुकका रुपमा चिनिन्छ । मुलुकले गणतन्त्रको अभ्यास गरेको १२ वर्ष नाघिसक्यो । लामो समयको राजनीतिक अस्थिरतालाई चिर्दै राज्य स्थायी सरकारमा प्रवेश गरेसँगै सरकारका गतिविधिलाई जनताले चासो दिएका छन् । जनताले सरकारलाई एक मौका […]

मैले ब्लड क्यान्सरलाई जितें

विराटनगरमा रहेको मकालु टेलिभिजनमा समाचार सम्पादक थिएँ । केही स्थानीय कलेजहरुमा पढाउँथें । ठूलो छोरा कलेजमा थिए । सानो छोरा स्कुलमा । सानी छोरी काखमै । सामान्यरुपमा हेर्दा मसँग के थिएन र ? वृद्धा आमाको काख थियो । पत्नीको साथ थियो । दाइहरुको आशिर्वाद थियो । परिवारको कान्छो छोरो । समग्रमा खुसी थिएँ । हुर्किँदै […]

सरकारको अकर्मन्यताले सिर्जित आन्दोलन

करिब–करिब ३ महिनाजतिको लामो लकडाउनको अवधिमा पनि सरकारले कोरानाको रोकथाम र उपचारमा प्रभावकारी काम नगरेको भन्दै केही दिनदेखि सडकमा विरोध प्रदर्शन भइरहेको छ । कुनै पनि राजनीतिक दलको ब्यानरविना देशैभर एकैपटक नागरिकले सरकारको कमजोर नीति र तयारीप्रति आक्रोश पोखेको यो पहिलो घटना हो । यसरी हजारौं युवाहरूले लकडाउनको प्रवाह नगरी प्रधानमन्त्री निवासबाहिर एवं राजधानी बाहिरका […]

शिक्षा क्षेत्रको लकडाउन खोलिदेउ, सरकार !

बुधबार माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्योलमा रहेका करिब पाँच लाख विद्यार्थी खुसी भए, मानसिक तनावबाट मुक्त भए । कारण– सरकारले एसईईको परीक्षा आन्तरिक मूल्यांकनका आधारमा ग्रेड निर्धारण गर्ने निर्णय गर्यो । सरकारले एसईई नै खारेज गर्ने निर्णय त गरेको छैन, यस वर्षको मात्रै आन्तरिक मूल्यांकनबाट नतिजा निकाल्ने भन्यो । वर्षौंदेखि हाउगुजीको रुपमा चित्रण गरिएको फलामे […]

‘दलित’ शब्द भ्रम र यथार्थ

अमेरिकामा जर्ज फ्लोयडको हत्या र नेपालमा नवराज विक समेतको हत्यामा चर्किएको विवादमा बुझ्नुपर्ने कुरा भनेको मानिस मानिसको विभेद मानिस आफैंले सिर्जना गरेको हो प्रकृतिले हैन।विभेदका अनेक रुपहरु छन्- सेतो, कालो, धर्म, सम्प्रदाय, वर्ण, जात, पूर्व, पश्चिम यस्तै अनेक। नेपालमा यो विभेद मूलतः वर्ण व्यवस्था र त्यसको उपविभाजन जात जातिमा मात्र नभएर भूगोल, शरीरको बनोट, भाषा, […]

बालुवाटार प्रदर्शनको संकेत के हो ?

नागरिक आन्दोलन, अभियान र जागरणको विषय आउँदासाथ धेरैले स्मरण गर्ने एकजना यशस्वी अभियन्ता मार्टिन लुथर किंगले विद्रोह र क्रान्तिको भाष्य र अर्थको भेदका बारेमा बोलेको एउटा पंक्तिको भावानुवाद यस्तो छ – एउटा सामाजिक आन्दोलन जसले मानिसलाई उत्प्रेरित मात्र गर्छ भने त्यो विद्रोह हो । तर, त्यसले मानिस र संस्थाहरु दुवैलाई परिवर्तन नै गरिदिन्छ भने त्यो […]

लकडाउनपछिको सहर र साइकलयात्रीको लागि गर्नुपर्ने तयारी

गत जुन ३ मा तेस्रो विश्व साइकल दिवस सबै साइकलप्रेमी र वातावरणप्रेमीहरूले मनाए । यही समयताका कोरोना भाइरसका कारण विश्वका कैयौं देशका उच्च पदस्थहरूले समेत साइकलप्रेम प्रदर्शन गरे । जसले साइकललाई अपरिहार्य आवश्यकताको रुपमा परिभाषित गर्न समेत मद्दत पुग्यो । कोभिडका कारण विश्वभरका सहरहरूमा यसअघि कहिलै नदेखिएको तीव्र परिवर्तनहरू देखिएका थिए । कोभिडको फैलावट रोक्न […]

राजनीतिक नैतिकताको परिधिभित्र छैनन् तीनै तहका सरकार

राजनीतिमा नैतिकताका विषय सर्वकालीक चर्चायोग्य छ । सरकारहरुले गर्ने कानुनको उपेक्षा, सेवा प्रवाहमा सुस्तता र गुणस्तरहीनता तथा भ्रष्टाचार, अनियमितता र आपराधिक कार्यको अनुसन्धानमा गर्ने पक्षपातपूर्ण हस्तक्षेपका कारण सरकारहरुको नैतिक चेत सदैव परीक्षित रहँदै आएको छ । अन्तरदेशीय सीमामा अनिच्छित तर कारुणिक मृत्युवरण गर्ने ‘मोग्लानी’ हरूका मृत्युपूर्वका कल्पनातीत आर्तनाद र तिनका परिवारहरू असह्य पीडाले सर्वसाधारणका मन […]