Comments Add Comment

ब्लग

List Grid
समाजमा पुरुषका व्यथा !

घरेलु हिंसा (कसुर र सजाय) ऐन–२०६६ को दफा २ को खण्ड “क” मा घरेलु हिंसा भन्नाले कुनै व्यक्तिले घरेलु सम्बन्ध भएको अर्को कुनै व्यक्तिलाई दिएको शारीरिक, मानसिक, यौनजन्य वा आर्थिक यातनालाई बुझाउँछ र सो शब्दले गाली गर्ने तथा भावनात्मक चोट पुर्‍याउने अन्य कार्यलाई समेत जनाउँछ भनेर घरेलु हिंसालाई परिभाषित गरिएको छ । यो परिभाषालाई हेर्दा […]

‘पटेल नीति’को मोदी संस्करण

सन् १९४७ मा भारतको स्वतन्त्रतापछि प्रथम सरकारका गृहमन्त्री तथा उपप्रधानमन्त्री सरदार वल्लभ भाइ पटेलले प्रधानमन्त्री जवाहरलाल नेहरुलाई भारतमा तत्कालीन समयमा रहेका हैदरावाद, कश्मीर, जुनागढ, जयपुर, सिक्किम, नेपाल, बङ्गलादेशलगायतका करिब तीन सयभन्दा बढी राज्यहरूलाई गाभेर ‘विशाल भारत’ बनाउने प्रस्ताव गरेका थिए । त्यतिबेला हैदराबाद, जुनागढलगायतका राज्यहरूलाई ‘बल प्रयोग’ बाट र अन्य साना राज्यहरूलाई भने सुरक्षा र […]

आउनुहोस् सत्यको पक्षमा बोलौं

आखिर विचार राजनीति र दर्शनमा समाज विज्ञानको मुख्य पुँजी भनेको मान्छे हो । मान्छेहरुले अर्जुन सरलाई बाँचुन्जेल मानसिक रोगी भन्दै मजाक उडाएर मरेपछि धेरैले नशा रोगी बनाएर महिमा गाए, त्यो चरित्रका राजनीतिशास्त्रको एक सामान्य शल्यक्रिया गर्ने यो बसाईमा जर्मको गर्दैछु । पछिल्लोपटक जनयुद्धको राजधानी रोल्पातिरबाट एक पूर्व छापामार कमरेड रेशम जो  जनयुद्धकालमा विप्लवका सहयोगी थिए, […]

साक्षरता अभियानमा युवाको भूमिका

सामान्य अर्थमा साक्षरता भन्नाले अक्षरमा लेखिएका सूचनालाई पढ्न सक्नु, लेख्न सक्नु र दैनिक जीवनमा आइपर्ने समस्यालाई समाधान गर्न सक्ने क्षमतालाई बुझाउँछ । साक्षरता व्यक्तिको त्यो क्षमता हो जसले मुद्रित सामग्रीको प्रयोग गरी परिवेशअनुसार समस्याको पहिचान गर्ने, बुझ्ने, व्याख्या गर्ने र गणितीय समस्या समाधान गर्ने कार्य गर्न सक्छ । समयको परिवर्तनसँगै साक्षरताको परिभाषामा पनि व्यापक परिवर्तन […]

बन्दाबन्दीको स्वरुपलाई परिवर्तन गर्ने कि ?

वैश्विक महामारी कोभिड १९ सँग जुध्नको लागि नेपालले चैत्र ११ गतेबाट सुरु गरेको बन्दाबन्दी तेस्रो महिनामा प्रवेश गरिसकेको छ । यद्यपि कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढिरहेको छ । चीनमा लकडाउन सुरु भएको ७६ औं दिनपछि जनजीवन सामान्य भएको थियो । यद्यपि नेपालमा भने कोरोना संक्रमणको मिटर प्रतिदिन बढिरहेको छ । सरकार कोरोनाको पहिचान, रोकथाम, […]

संस्मरण : दरबार हत्याकाण्डदेखि गणतन्त्रसम्म

संयाेग नै भन्नुपर्छ, नेपालका ठूला ठूला घटनाक्रममा म नेपालमा थिइनँ। राजदरबार हत्याकाण्ड ( जेष्ठ १९ ) हुँदा म संयुक्त राष्ट्र संघमा कार्यरत मेरा पतिसँग इस्ट टिमोरमा थिएँ । इस्ट टिमोरको समयअनुसार शायद रातको १-२ कति बजेको हुँदो हो, कैलाशजीको फोनमा घन्टी बज्यो । नेपालमा “होल फेमिली कोल्याप्स” भनेको आवाज सुनें । नेपालमा कसलाई के भएछ […]

ब्राह्मणवादको विरोध गर्दा बाहुनहरु तर्सिनु जरुरी छैन

जेठ १० गते रुकुममा भएको घटनामा दलित र क्षेत्रीय (ठकुरी) हरुको संलग्नता थियो, तर प्रदर्शन गर्नेहरुले सडकदेखि सदनसम्म ‘ब्राह्मणवाद मूर्दावाद’ भनेर नारा लगाए । लकडाउनको अवधिभर भौतिकरुपमा भेटघाट नभएका एकजना मित्रले फोनमा सामान्य भलाकुसारीपछि प्रश्न तेर्साए– त्यो घटनामा बाहुनको के दोष थियो र ? युगको हिसावले हामी एक्काइशौं शताब्दीमा छौं, राजनीतिक व्यवस्थाका हिसावले हाम्रो देशमा […]

अन्तरजातीय प्रेम स्वीकार्ने आँट तपाईंसँग छ ?

गत शनिबार घटेको एउटा कहालीलाग्दो घटनाले नेपाली समाज फेरि एकोचोटि तरङ्गित भएको छ। जाजरकोट भेरी नगरपालिका-४ रानागाउँका २१ वर्षीय नवराज विकले रुकुम पश्चिमको चौरजहारी नगरपालीरा-८, सोतीकी मल्ल थरकी युवतीसँग प्रेम गर्दा आज समाजले मृत्यु उपहार दिएको छ। त्यतिमात्र होइन गाउँलेले लखेटेपछि घाइते भएर ज्यान बचाउन जाजरकोट र रुकुम पश्चिमको सीमामा पर्ने ठूलो भेरी नदीमा हाम […]

दलितमाथि प्रेम सम्बन्धकै कारण किन हत्या, बलात्कार र आक्रमण हुन्छ ?

यतिबेला जाजारकोट रुकुम शोकमग्न छ । सोती घटनामा रुकुम जाजारकोटका युवाहरु मारिएका छन् । ती युवाहरुले देशको सीमा वचाउन या कुनै देशभक्त आन्दोलन लडाईमा मारिएका हुन्थ्ये भने आज उनीहरुका बा-आमाले गर्व गर्दै मेरो सन्तानले देशका निम्ति जीवन बलिदान गर्‍यो भन्थे होला । तर, उनीहरु कुनै परिवर्तनका निम्ति नभएर विल्कुलै मानवीयतामाथिको जर्जर अपराधमा पिल्सिएका हुन् । […]

बिसे नगर्चीले परिकल्पना गरेको गणतन्त्र

दोस्रो पटकको नुवाकोट हमलामा पनि पराजय व्यहोरेपछि गोरखा राज्यमा ठूलोे आर्थिक सङ्कट आइलाग्छ । विपन्न पहाडी राज्यको सारा खरखजना र धनसम्पत्ति सिद्धिएको अनुमान हुन्छ । तर, महत्वाकांक्षी राजाको राज्य विस्तारको उत्कट अभिलाषा यतिमै सेलाउँदैन । आवश्यक परामर्श र अर्थ सङ्कलनका लागि चतुर महाराज प्रजाको घरदैलोमा पुग्छन् । यसै क्रममा टाठाबाठा ठानिएका दरबारीया दमाई बिसे नगर्चीको […]