Comments Add Comment

भरतपुर अस्पताल

List Grid
भरतपुर अस्पतालभित्रै पस्यो भल

९ असोज, चितवन । भल पसेर चितवनको भरतपुर अस्पताल जलमग्न भएको छ । अस्पतालको आकस्मिक कक्ष र अन्य वार्डभित्रै पानी पसेपछि बिरामी र तिनका आफन्त मर्कामा परेका छन् । चिकित्सक तथा नर्सहरु बुट लगाएर उपचारमा खटिएका छन्.। अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार आकस्मिक कक्ष, अब्जरभेसन, स्टोर लगायतका कोठामा पानी पसेको छ । चार वर्ष […]

कोरोना संक्रमित पुरुषको भरतपुर अस्पतालमा मृत्यु

२६ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक पुरुषको शुक्रवार साँझ मृत्यु भएको छ । राप्ती नगरपालिका वडा नं. ५ का ६१ बर्षका पुरुषको अस्पतालको आइईसीयूसहित भेन्टिलेरमा राखेर उपचार गर्दागर्दै मृत्यु भएको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए । भदौ २४ गते कोरोना संक्रमण पुष्टि भएका उनलाई उच्च ज्वरो, खोकी र श्वासप्रश्वाशमा […]

भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्टको सरुवा

२५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीको सरुवा भएको छ । कोरोना कहरकै बीच डा. तिवारीको सरुवा भएको हो । डा. तिवारीको ठाउँमा नेपालगञ्जस्थित भेरी अस्पतालका चिकित्सक डा. राजन पाण्डेलाई नयाँ मेसु नियुक्त गरिएको छ । बुधबारको मन्त्रीस्तरीय निर्णयको आधारमा डा. पाण्डेलाई भरतपुर अस्पतालको नयाँ मेसु बनाइएको हो । डा. […]

चितवनमा कोरोना संक्रमणको नालीबेली

१७, भदौ, चितवन । पछिल्लो समय चितवनमा कोरोना संक्रमण ज्यामितीय रुपमा बढेको छ । गत साउन २४ गतेसम्म जिल्लामा कोरोना संक्रमित संख्या ११४ थियो, सक्रिय संक्रमितको संख्या जम्मा ९ थियो । तर, यसको झण्डै २२ दिनपछि चितवनमा संक्रमितको संख्या झण्डै ६ गुणाले बढेको छ । कोरोनाबाट स्वास्थ्यकर्मी, बालबालिका, बिरामी, वृद्धवृद्धासमेत संक्रमित हुन थालेका छन् । […]

चितवनमा कोरोना संक्रमित एक वृद्धको मृत्यु

१५ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक जनाको मृत्यु भएको छ । भरतपुर अस्पतालको आइसियूमा उपचाररत भरतपुर महानगरपालिका वडा नं. ६ का ७८ वर्षीय पुरूषको उपचारको क्रममा सोमबार विहान ७ बजेर २० मिनेटमा मृत्यु अस्पतालको कोभिड उपचार संयोजक डा. प्रमोद पौडेलले अनलाइनखबरलाई जानकारी दिए । ती पुरुषलाई भदौ २ गते कोरोना संक्रमण […]

‘कोभिड र नन-कोभिड बिरामी कसले छुट्टाउन सक्छ ?’

११ भदौ, चितवन । चितवनको भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा.श्रीराम तिवारी कोरोना संक्रमित भएर भरतपुर अस्पतालमै उपचाररत छन् । अस्पतालको क्याविन नं. १०७ मा उपचार गराइरहेका मेसु डा. तिवारीलाई अहिले पहिलको भन्दा स्वास्थ्य निकै राम्रो हुँदै गैरहेको छ । खोकी लाग्ने र घाँटीको समस्या पनि कम हुँदै छ । ‘अहिले केही कम हुँदै गएको महसुस […]

भरिन् थाल्यो भरतपुर अस्पतालको आइसोलेसन

१, भदौं, चितवन । कोरोना संक्रमितको उपचारका लागि भनेर भरतपुर अस्पतालले छुट्याएको ७५ बेड भरिन् थालेको छ । ए ब्लकको भुईँ तलामा बनाइएको आइसोलेसन बार्डमा अहिले ५३ जना कोरोना संक्रमित र ८ जना कोरोना संक्रमण शंकास्पद बिरामी राखिएको छ । संक्रमितसँगै आएका ती ८ जना व्यक्तिहरु पनि अस्पतालको कोभिड बेडमै बसिरहेका छन् । पछिल्लो समयमा […]

भरतपुर अस्पतालका मेसु तिवारीको क्लोज कन्ट्याक्टमा सांसददेखि सीडीओसम्म

३२ साउन, चितवन । भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्टसहित तीनजना अस्पतालका चिकित्सक र नर्सलाई कोरोना संक्रमण पुष्टि भएपछि जिल्लामा त्रास फैलिएको छ । यही गतिमा स्वास्थ्यकर्मी धमाधम संक्रमित भएमा बिरामीले उपचारमा समेत समस्या हुने आंशका गर्न थालिएको छ । भरतपुर अस्पताल, भरतपुर कोभिड-१९ ल्यावको समेत जिम्मेवारी हेर्दै आएका अस्पतालका मेसु डा. तिवारी आफैं संक्रमित भएर अस्पतालको […]

भरतपुर अस्पतालका मेसुसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण

३२ साउन, चितवन । फ्रन्टलाइनमा बसेर काम गरिरहेका भरतपुर अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. श्रीराम तिवारीसहित ३ वरिष्ठ चिकित्सकलाई कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार राति गरिएको कोरोना परीक्षणमा डा. तिवारीसहित अस्पतालको स्त्री तथा प्रसूति रोग विभागका प्रमुख प्रा.डा. सुनिलमणि पोखरेल र आकस्मिक कक्षका चिकित्सक डा.कृपा पौडेललाई कोरोना संक्रमण पुष्टि भएको छ । उनीहरुको अवस्था […]

भरतपुर अस्पताल आएका १३ जनामा कोरोना, नर्स पनि संक्रमित भएपछि आकस्मिक कक्ष सिल

३० साउन, चितवन । चितवनको भरतपुर अस्पतालमा स्वाब संकलन गरिएका १३ जना र अस्पतालको आकस्मिक कक्षमा कार्यरत एक नर्समा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै अस्पतालको आकस्मिक कक्ष सिल गरिएको छ । विहीबार भरतपुर कोभिड ल्याबमा गरिएको परीक्षणमा संक्रमण पुष्टि भएका १६ जनामध्ये १३ जना भरतपुर अस्पतालमा उपचारका लागि आएकाहरु भएको पाइएको छ । […]

भारतीय च्यानल बन्द गरिएपछि डाक्टरले दिए आपत्तिजनक अभिव्यक्ति, प्रहरीले थाल्यो अनुसन्धान

२७ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा काम गर्ने एक चिकित्सकले आपत्तिजनक अभिव्यक्ति दिएको भिडियो सार्वजनिक भएको छ । उनको अभिव्यक्तिबारे प्रहरीले छानविन थालेको छ । भरतपुर अस्पतालको मेडिसिन विभागमा कार्यरत डा. ऋतुराज तिवारीले नेपालमा भारतीय समाचार च्यानल बन्द भएपछि एक आपत्तिजनक भिडियो रेकर्ड गराएका थिए । उनले अश्लील शव्द प्रयोग गर्दै हिन्दी भाषामा ‘भारतले […]

भरतपुर अस्पतालमा कोरोना संक्रमितको डायलासिस

२५ असार, चितवन । चितवनको भरतपुर अस्पतालमा कोरोना संक्रमित एक बिरामीको डायलासिस गरिएको छ । मकवानपुर हेटौंडा उपमहानगरपालिका-४ घर भएका कोरोना संक्रमित ३३ वर्षका युवकको डायलासिस गरिएको हो । अस्पतालको हेमोडायलासिस युनिट पूरै खाली गराएर उनको बिहीबार उनको मात्रै करिब साढे ३ घण्टा लगाएर डायलासिस गरिएको अस्पतालका मिर्गौला रोग विशेषज्ञ डा. सन्तोष गुरुङले जानकारी दिए […]

चितवनमा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि

१७ असार, काठमाडौं । चितवनको भरतपुरस्थित प्रयोगशालामा गरिएको परीक्षणमा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार १०१ वटा नमूना परीक्षण गर्दा २५ जनामा कोरोना संक्रमण पुष्टि भएको भरतपुर अस्पतालले जनाएको छ । अस्पतालले बुधबार बिहान सार्वजनिक गरेको विवरण अनुसार चितवनका १३, नवलपुरका १० तथा झापा र गोरखाका १–१ जनामा कोरोना संक्रमण पुष्टि भएको […]

१९ जना कोरोना संक्रमित भरतपुर अस्पतालबाट डिस्चार्ज

९ असार, चितवन । चितवनको भरतपुर अस्पतालबाट १९ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलका अनुसार डिस्चार्ज गरिएकाहरुमा भरतपुर महानगरका १० जना, माडी नगरपालिकाका ६ जना, नवलपरासी बर्दघाट–सुस्ता पूर्वका २ जना र कपिलवस्तुका १ जना छन् । उनीहरुमध्ये तीन जनाको पीसीआर नतिजा नेगेटिभ आएपछि र बाँकी १६ जनाको १४ दिनसम्म […]

चितवनको कोरोना अस्पताल खाली गराइयो, संक्रमित भरतपुर अस्पतालमा

१ असार, चितवन । विभिन्न विवादमा मुछिएको भरतपुर कोरोना विशेष अस्थायी अस्पताल खाली गराइएको छ । अस्पतालमा बसेका कोरोना संक्रमितले सामान्य सुविधासमेत नपाएकाले मर्मतका लागि भन्दै अस्पताल खाली गराइएको हो । अस्पतालमा संक्रमित राखिएको ठाउँमा बाथरुम फुटेर जलथल भएपछि संक्रमितले भिडियो खिचेर सार्वजनिक गरेका थिए । उनीहरूले गर्मीमा पङ्खाको समेत व्यवस्था नभएको भन्दै आक्रोशसमेत पोखेका […]

कोरोनाबाट मृत्यु भएका वृद्धसँगै रहेका बिरामीमा संक्रमण देखिएन

२९ जेठ, चितवन । भरतपुर अस्पतालमा मृत्यु भएको कोरोना संक्रमित वृद्धको ज्वाईँ र उनीसँगै आइसियूमा रहेका बिरामीमा कोरोना संक्रमण रिपाेर्ट नेगेटिभ आएको छ । मुटु, सुगर र उच्च रक्तचापसमेतका बिरामी रहेका भरतपुर महानगरपालिका वडा नं. ११ का वृद्धको मंगलबार बिहान भरतपुर अस्पतालको आइसियूमा मृत्यु भएको थियो । श्रीमतीसहित छोरी ज्वाईँको घरमा बसेका वृद्धलाई उपचारका लागि […]

चितवनमा एक जना कोरोना संक्रमितको मृत्यु, संक्रमणको स्रोत खुलेन

२७ जेठ, चितवन । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मंगलबार बिहान मृत्यु भयो । उनी कोरोनाबाट मृत्यु हुने चितवनको पहिलो व्यक्ति हुन् । ६८ वर्षीय ती पुरूषलाई कहाँबाट कोरोना सर्यो भन्ने विषयमा अस्पतालका डाक्टर तथा स्वास्थ्य कार्यालयका कर्मचारीहरु अन्योलमा परेका छन् । भरतपुर महानगरपालिका वडा नं. ११ कोलटाँडीका ती पुरुषमा सुगर, प्रेसर […]

भरतपुर अस्पतालको आईसीयूमा एक कोरोना संक्रमितको मृत्यु

२७ जेठ, चितवन । भरतपुर अस्पतालको आईसीयूमा एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । नारायणी सामुदायिक अस्पतालको आईसीयूबाट भरतपुर अस्पतालको आईसीयूमा सोमबार साँझ सारिएका एक संक्रमितको मृत्यु भएको हो । उनको मंगलबार विहान ७ बजेर ६ मिनेट जाँदा मृत्यु अस्पतालले जनाएको छ । उनको शव भरतपुर अस्पतालको आईसीयूमै छ । शवको व्यवस्थापन कसरी गर्ने […]

चितवनको भरतपुर अस्पतालमा एक युवकको मृत्यु

२४ जेठ, भरतपुर । चितवनस्थित भरतपुर अस्पतालको आईसीयूमा एक युवकको मृत्यु भएको छ । माडी नगरपालिका ६ कल्याणपुरका २७ वर्षीय पुरुषको शनिबार बिहान मृत्यु भएको हो । उनी भारतबाट ११ दिन अघि माडी आएका थिए । उनमा ज्वरो र खोकीको समस्या बढ्दै गएपछि शुक्रबार दिउँसो भरतपुर अस्पतालको कोभिड आईसीयूमा भर्ना गरिएको थियो । उपचारकै क्रममा […]

६ महिनासम्म बनेन भरतपुर अस्पतालको सिटीस्क्यान मेसिन

५ जेठ, चितवन । केन्द्रीय अस्पतालको मान्यता पाएको चितवनको भरतपुर अस्पतालको सिटीस्क्यान मेसिन बिग्रिएको ६ महिना भयो, तर अहिलेसम्म बनेको छैन । गएको मंसिर महिनाबाट बिग्रिएको मेसिन जेठ लाग्दासमेत नबन्दा बिरामीले निजी अस्पताल र ल्याबमा महँगो शुल्कमा सिटी गराउन बाध्य छन् । मेसिन नचल्दा बिरामीले त सास्ती पाएका छन् नै चिकित्सकहरुलाई समेत समस्या परेको छ […]

भरतपुर अस्पतालले बन्द गर्‍यो फेसबुक पेज

१७ वैशाख, काठमाडौं । विवादमा परेपछि भरतपुर कोरोना विशेष (अस्थायी)अस्पतालले फेसबुक पेज बन्द गरेको छ । अस्पतालका सामग्री चोरीको गम्भीर आरोप लागेका कर्मचारीको पक्षमा निकालिएका विभिन्न व्यक्ति तथा संगठनका विज्ञप्ति अस्पतालको आधिकारिक फेसबुक एकाउण्टबाट सार्वजनिक भएपछि सर्वत्र विरोध भएको थियो । त्यसपछि अस्पतालको फेसबुक एकाउण्ट बन्द गरिएको हो । अस्पतालमा विभिन्न भूमिकामा काम गर्दा फणिन्द्रप्रसाद […]