Comments Add Comment

भरतपुर अस्पताल

List Grid
भरतपुर कोरोना अस्पताल : कर्मचारी नै चोरीमा, लाखौं घोटालाको आशंका

१५ वैशाख, चितवन । कोरोना संक्रमितको उपचारका लागि भरतपुर महानगरपालिकाले बनाएको भरतपुर कोरोना अस्पतालका सरसामान राति कर्मचारीहरूले पोको पारेर लगेको भिडियो अनलाइनखबरले पाएको छ । अस्पतालका लेखापाल फणिन्द्र खनाल, भरतपुर अस्पतालका कर्मचारी सञ्जय बराल र महानगरपालिका स्वास्थ्य शाखाका अधिकृत सूर्य तिवारीले अस्पतालको स्टोरबाट सामान बाहिर निकालेको भिडियोमा प्रष्ट देखिन्छ । खनाल नेपाल निजामती कर्मचारी संगठन […]

कोरोना भाइरस संक्रमितको उपचार गर्न भरतपुर अस्पतालले बनायो आइसोलेसन वार्ड

१८ माघ, चितवन । चितवनको भरतपुर अस्पतालले कोरोना भाइरस संक्रमितको उपचार गर्न पाँच शय्याको छुट्टै आइसोलेसन वार्ड बनाएको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. श्रीराम तिवारीले अस्पतालको ‘ए’ ब्लकको तेस्रो तलामा यस्तो वार्ड बनाइएको जानकारी दिए । कोरोना भाइरसको संक्रमण देखिए वा आशंका लागेका बिरामीहरुलाई यहीँ राखेर उपचार गरिने डा. तिवारीले बताए । यसका लागि […]

भरतपुर अस्पतालको ‘सी ब्लक’ निर्माणको २५ प्रतिशत काम सकियो

२ फागुन, चितवन । भरतपुर अस्पतालको महत्वकांक्षी भवनका रुपमा रहेको ‘सी ब्लक’ निर्माणको २५ प्रतिशत काम सकिएको छ । भवनलाई तीन खण्डमा विभाजन गरी काम थालिएको हो । तीन खण्ड मध्ये दुई खण्डको दोस्रो तला ढलान गर्ने तयारी भैरहेको छ । फागुन ७ गते दोस्रो तला ढलान गर्ने योजना रहेको अस्पतालका तर्फबाट काम गरिरहेको इन्जिनियर […]

भरतपुर अस्पतालमा बिरामी कुरुवाका लागि छुट्टै भबन

१७, माघ, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भबन बन्ने भएको छ । शहरी विकास मन्त्रालय अन्र्तगत सघन शहरी तथा भवन निर्माण आयोजना अन्र्तगत शहरी विकास मन्त्रालयको ६ करोड दुई लाखको लागतमा बिरामी कुरुवा घर बन्ने भएको हो । घरको शहरी विकासमन्त्री मोहम्मद इश्तियाद राईले एक कार्यक्रमका बीच शिलान्यास गर्ने कार्यक्रम छ […]

भरतपुर अस्पतालको जग्गा धितो राखेर १ अर्ब ३५ करोड ऋण !

२५, पुस, चितवन । सरकारी स्वामित्वमा रहेको भरतपुर अस्पतालको जग्गा अतिक्रमण गर्ने क्रम बढेको छ । जग्गा अतिक्रमण गर्नेमात्रै होइन, यहाँको एक निजी मेडिकल कलेजले त सरकारी स्वामित्वमा रहेको अस्पतालको जग्गा बैंकमा धितो राखेर १ अर्ब ३५ करोड ६ लाख २३ हजार ऋण निकालेको छ । भरतपुर कलेज अफ मेडिकल (पुरानो मेडिकल कलेज) ले सरकारी […]

भरतपुर अस्पताल परिसरबाट हटाइयो नारायणी डेभलपमेन्ट बैंक

२० पुस, चितवन । भरतपुर अस्पतालको परिसरमा रहेको नारायणी डेभलपमेन्ट बैंकलाई जिल्ला प्रशासन कार्यालयको आदेशअनुसार हटाइएको छ । अस्पतालको दुई कठ्ठा जग्गा भाडामा लिएर ०६२ सालमा अस्पताल परिसरमा स्थापना भएको बैंक०७१ सालमा संकटग्रस्त घोषणा भएको थियो । अस्पतालसँग १५ वर्षसम्म (०७७ जेठ) सम्म भाडा सम्झौता गरेको बैंक सञ्चालनमा समेत नआएको र अस्पतालका लागिसमेत जग्गाको कम […]

टाट पल्टँदै भरतपुर अस्पताल ! प्रचण्डका ज्वाइँ आएपछि झनै गञ्जागोल

१३ पुस, चितवन । बितेका पाँच बर्षमा उपचार सेवा र पूर्वाधारमा फड्को मार्दै गएको भरतपुर अस्पताल यतिबेला आर्थिक संकटबाट गुज्रिन थालेको छ । दिनमा झण्डै १५ सयभन्दा बढी बिरामीले उपचार लिने यस अस्पतालको पछिल्लो ५ महिनाको तथ्यांक हेर्दा अस्पताल निरन्तर ओरालो लाग्न थालेको छ । केन्द्र सरकारको मातहतमा राख्ने कि प्रदेशको भन्ने विवाद एकातिर बढ्दै […]

भरतपुर अस्पतालमा बिरामी कुरुवा भवन बन्ने, ६ करोड लगानी

२४ मंसिर, चितवन । चितवनको भरतपुर अस्पतालमा बिरामी कुरुवाहरुका लागि अलग्गै भवन बन्ने भएको छ । अस्पताल भवन साँघुरो हुँदा बिरामीका कुरुवाहरु यत्रतत्र अलपत्र हुँदै आएका थिए । सहकारी विकास तथा भवन निर्माण विभागले मंसिर १९ गते एक सूचना जारी गरी बोलपत्र आह्वान गरेको थियो । आर्थिक र प्राविधिक प्रस्तावको मूल्यांकनपछि सबैभन्दा कम रकम बोलकबोल […]

भरतपुर अस्पतालमा सुत्केरीको मृत्यु

१६, असोज, चितवन ।  चितवनको भरतपुर अस्पतालमा एक सुत्केरीको मृत्यु भएको छ । मंगलवार विहान नवलपरासीको अरुणखोलाकी ३० वर्षीया तुलसी मगरको मृत्यु भएको अस्पतालले जनाएको छ । अप्रेसन गरेको २४ घण्टा भित्रै सुत्केरीको मृत्यु भएको उपचारमा संलग्न चिकित्सक श्रीप्रसाद अधिकारीले जानकारी दिए । उनले गर्भवती महिलामा पल्मोनरी थोन्वोएम्वोलिजम्को समस्या देखिएका कारण मृत्यु भएको दावी गरे । […]

भेन्टिलेटर नबन्दा भरतपुर अस्पतालमा बालकको मृत्यु

१२ असोज, चितवन । भरतपुर अस्पतालमा नियो न्याटल भेन्टिलेटर नबन्दा एक नवजात शिशुको मृत्यु भएको छ । अस्पतालका निमित्त मेसु डा. युवानिधि बसौलाले नवजात शिशुका लागि आवश्यक पर्ने नियो न्याटल भेन्टिलेटरले काम नगर्दा असोज १० गते नवजात शिशुको मृत्यु भएको जानकारी दिए । भेन्टिलेटर नहुँदा भरतपुरकी उमा तामाङकी नवजात शिशुको निधन भएको अस्पतालले जनाएको छ […]

भरतपुर अस्पतालले फिर्ता लियो न्याम्सलाई दिएको नर्सिङ कार्यक्रम

२६, भदौ, चितवन । गत वर्ष चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)लाई दिइएको प्रविणता प्रमाणपत्र तहको नर्सिङ कार्यक्रम भरतपुर अस्पतालले फिर्ता लिएको छ । सीटीईभीटीको सम्बन्धनमा चल्दै आएको नर्सिङ कार्यक्रम गतवर्ष तत्कालीन मेडिकल सुपरिटेण्डन्ट डा. रुद्रप्रसाद मरासिनीले अस्पताललाई वार्षिक करिब ४५ लाख रकम घाटा लाग्ने गरी न्याम्सलाई दिएका थिए । यसको चौतर्फी बिरोध भएको थियो । […]

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद लगिने

१८, भदौं, चितवन । चितवनको भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने प्रस्ताव मन्त्रिपरिषद्मा लगिने भएको छ । केन्द्रीय अस्पताल बनाउन भरतपुर अस्पतालले पेश गरेको प्रस्ताव पत्र बुझ्दै उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले प्रस्ताव मन्त्रिपरिषदमा लैजाने जानकारी दिएका प्रमुख मेडिकल सुपरिटेण्डन्ट डा. रविन खड्काले अनलाइनखबरलाई बताए । राजधानीबाहिर बिरामीको अधिक चाप हुने र विशिष्ट खालका सेवासमेत दिएको […]

भरतपुर अस्पताललाई टर्सरी अस्पताल बनाउँछौंः स्वास्थ्यमन्त्री यादव

२७ साउन, चितवन । उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई टर्सरी लेभलको (केन्द्रीय अस्पताल)अस्पताल बनाउने बताएका छन् । आइतबार भरतपुर अस्पतालको निरीक्षणपछि आयोजित कार्यक्रममा मन्त्री यादवले भरतपुर अस्पताल जिल्ला अस्पताल नभइ विशेषज्ञ सेवा दिने (टर्सरी) अस्पतालको रुपमा रहेको बताए । भरतपुर अस्पतालले टर्सरी लेभलको अस्पतालले दिने सुविधा प्रदान गरेपनि मान्यता भने जिल्ला अस्पताल सरहको […]

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउने गृहकार्य जारी छ : स्वास्थ्यमन्त्री यादव

२६ साउन, चितवन । उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले भरतपुर अस्पताललाई केन्द्रीय स्तरको अस्पतालको रूपमा विकास गर्न छलफल र गृहकार्य भैरहेको बताएका छन् । शनिबार भरतपुर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै मन्त्री यादवले छलफल र गृहकार्य मार्फत अस्पताललाई व्यवस्थित गर्दै लैजाने बताए । उपप्रधानमन्त्री यादवले जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा सरकार गम्भीर रहेको भन्दै शिक्षा, स्वास्थ्य […]

भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन पहल

१५ साउन, चितवन । एक वर्षमा झण्डै २ लाख ४० हजार बिरामीहरुले उपचार सेवा लिने भरतपुर अस्पताललाई केन्द्रीय अस्पताल बनाउन पहल सुरु भएको छ । भरतपुरमा अस्पतालमा आउने बिरामीको संख्या काठमाडौंको बीर अस्पताल पछिको बढी भएको अस्पताल प्रशासनको दावी छ । अस्पतालमा दैनिक एक हजार ओपीडीमा आउने र वार्षिक ४५ हजार बिरामी भर्ना हुने गरेको […]

भरतपुर अस्पतालबाट निःशुल्क सेवा लिने बढे

१० साउन, चितवन । चितवनको भरतपुर अस्पतालको सामाजिक सेवा इकाइबाट निःशुल्क र आधा शुल्क तिरेर उपचार गर्नेहरुको संख्या बढेको छ । अस्पतालको सामाजिक सेवा इकाइले दिएको जानकारी अनुसार गत वर्ष अस्पतालबाट ९ हजार तीन सय बिरामीले निःशुल्क र आधा शुल्क तिरेर उपचार गरेका छन् । अघिल्लो आर्थिक वर्ष ७ हजार ७७ जना बिरामीले निःशुल्क उपचार […]

डा. केसीको जीवन रक्षाको माग गर्दै भरतपुर अस्पतालमा प्रदर्शन

२२ असार, चितवन । अनसनमा बसेका डा. गोविन्द केसीको जीवन रक्षाको माग गर्दै चितनवको भरतपुर अस्पतालका चिकित्सकहरुले शुक्रबार दोस्रो दिनपनि अस्पताल परिसरमा प्रदर्शन गरेका छन् । एकले अर्कोको हात समाएर साङ्लो जस्तो बनाई प्रदर्शन गरिएको हो । विहान १० वजेदेखि १५ मिनेट प्रदर्शन गरिएको चिकित्सक संघ चितवनका अध्यक्ष डा. प्रकाश खतिवडाले अनलाइनखबरलाई जानकारी दिए । […]

भरतपुर अस्पतालको ‘सी’ ब्लक निर्माणमा ठेकेदारको लापरवाही

९ असार, चितवन । भरतपुर अस्पतालको महत्त्वकांक्षी भवनका रुपमा रहेको सी ब्लक निर्माणमा ठेकेदारले लापरवाही गरेका छन् ।  सम्झौताको १३ महिना पुगिसक्दा जम्मा काम भने ७ प्रतिशत मात्रै पूरा भएको छ । अस्पतालको डायगोनेष्ट्रिक भवनका रुपमा रहेको सी ब्लकको निर्माणको जिम्मा आशिष श्यामसुन्दर प्रतिष्ठा जेभीले लिएको छ । ३० महिनाभित्र भवन निर्माण गरिसक्ने गरी गत […]

भरतपुर अस्पतालको भाडाः १३ धुरको ४ लाख, १ बिगाहाको एक लाख !

१९ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालले हालै मात्रै अस्पताल परिसरमा एक क्यान्टिन निर्माण गरी सञ्चालनमा ल्याएको छ । सो क्यान्टिन १३ धुर जग्गामा छ । क्यान्टिनले मासिक भाडा ४ लाख बुझाउँदै आएको छ । वार्षिक रकम हिसाव गर्दा ४८ लाख रकम हुन आउँछ । जबकी पुरानो मेडिकल कलेजले एक विगाहा जग्गाको वार्षिक भाडा एक […]

भरतपुर अस्पतालको मेसुमा डा. रविन खड्का नियुक्त

१६ जेठ, चितवन । चितवनको भरतपुर अस्पतालको नयाँ मेडिकल सुपरिटेण्डेन्टमा डा. रविन खड्का नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पतालको मेसुमा डा. खड्कालाई नियुक्त गरेको हो । यसअघि अस्पतालका अर्थोपेडिक सर्जन डा. रुद्र मरासिनी मेसु थिए । रेडियोलोजिष्ट डा. खड्का यसअघि मध्यपश्चिम क्षेत्रीय अस्पताल सुर्खेतमा कार्यरत थिए । डा. खड्काले केही समयअघि देखि […]

भरतपुर अस्पतालका पूर्वमेसु भुर्तेल भ्रष्टाचारी ठहर, ३ महिना जेल र ३४ लाख जरीवाना

१३ वैशाख, चितवन । विशेष अदालतले चितवनको भरतपुर अस्पतालका पूर्व मेडिकल सुपरिटेन्डेन्ट डा. केशवराज भुर्तेललाई भ्रष्टाचारी ठहर गरेको छ । अस्पतालको  चारपटकसम्म मेसु बन्दा भुर्तेलले पदको दुरुपयोग गरी अकुत सम्पती आर्जन गरेको भन्दै विषेश अदालतले उनलाई भ्रष्टाचारी ठहर गरेको हो । डा. भुर्तेललाई ३ महिना कैद, ३३ लाख ५६ हजार रुपैयाँ जरिवाना र सोही बराबर […]