Comments Add Comment

भारत

List Grid
भारतमा दुई महिनापछि सुरु भयो आन्तरिक उडान

१२ जेठ, काठमाडौं । भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् । भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट चार हजार २१ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५४ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख […]

कास्कीका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो

१२ जेठ, काठमाडौं । भारतले अष्ट्रेलियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा कास्की घर भएका तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ । कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो […]

इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्‍यो उद्धार

१२ जेठ, काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरूलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो। यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्विट गरेर जानकारी दिएको छ । Shevika Dakal, a Nepali student of BBA, in […]

भारतले वार्ता चाहेकै हो ? कालापानीबाट तत्काल सेना हटाओस्

११ जेठ, काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले कालापानीमा सैन्य क्याम्प राखेको दशकौं भइसक्यो । नेपालले पटक-पटक आग्रह गर्दा पनि नसुनेको भारत अहिले आएर मधुरो स्वरमा ‘कूटनीतिक ढंगबाट समस्याको समाधान गर्न तयार रहेको’ बताउँदैछ । तर, नयाँ नक्सा जारी गरेर नेपाल एक कदम अगाडि बढिसकेको छ । नेपाल सरकारले लिम्पियाधुरादेखि कालापानीसम्मको आफ्नो भूभागलाई समेटर […]

भारतले नेपालबाट पाम तेल र चियाकाे आयात किन रोक्यो ?

११ जेठ, काठमाडौं । भारतले नेपालबाट निकासी हुने पाम तेलमा औपचारिक प्रतिबन्ध लगाएको केही समयपछि उस्तै प्रकारको प्रतिबन्ध चियामा पनि लगाएको समाचार बाहिरिएको छ । यसले नेपालका चिया किसान र व्यवसायीहरु पीडित भन्ने अवस्था आएको छ भने कोरोनाले प्रभावित अर्थतन्त्रमा झन समस्या थपिने संकेत गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले वैशाख २९ […]

भारतबाट घर फर्कंदै गरेका १ नेपालीको मृत्यु

११ जेठ, काठमाडौं । भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए । […]

कोरोनाबाट भारतमा ३८ सय बढीले गुमाए ज्यान

११ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन हजार ८ सय ६७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा मात्रै यहाँका १ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख ३१ हजार ८६८ पुगेको छ । […]

‘भारतले नेपालीको घाउमा नुनचुक छर्क्यो’

११ जेठ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्‍यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित गरेको भने होइन । पछिल्लो सात महिनामा वार्तामा बस्न आग्रह गरेर पठाइएका तीनवटा ‘कूटनीतिक नोट’ लाई भारतले बेवास्ता गरेपछि मात्रै सुगौली […]

इण्डियालाई भारत नभनौं

हामी सम्पूर्ण नेपालीले अहिले पनि हिन्दु परम्पराअनुसार हरेक कर्म गर्दै पिच्छे संकल्पका बेला भन्ने गरेका छौं- भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गत हिमवत्खण्डे…। यो सुन्दा सबैको मन एकपटक चसक्क हुन्छ । मनमा अनेक प्रश्न उब्जन्छन् । बेलाबेलामा हामीलाई पिरिरहेको र हेपिरहेको “भारत” को उच्चारण यो पवित्र कार्यमा यति आस्थापूर्वक किन ? यो “भारत” शब्द कताबाट यहाँ आयो ? फेरि भारतवर्षे सँगसँगै यो “भरतखण्डे” पनि […]

भारतमा कोरोना संक्रमित एक लाख २५ हजार नाघे

१० जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु […]

भारतमा पीपीई अभावबारे बोल्ने चिकित्सक मानसिक अस्पताल भर्ना

९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसबाट बच्न स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीईको अभावबारे आवाज उठाउने एक चिकित्सकलाई मानसिक अस्पतालमा भर्ना गरिएको छ । २० वर्षको अनुभव बटुलेका एनेस्थियाका विशेषज्ञ डाक्टर सुधाकर राओलाई मानसिक अस्पतालमा भर्ना गरिएको हो । यससँगै उनी पछिल्लो दुई महिनामा दोस्रोपटक चर्चामा आएका छन् । भारतको दक्षिणी सहर विशाखापटनमका सडकमा उनको प्रहरीसँगको […]

भारतमा नेपालीलाई भोकै मर्न बाध्य नपारियोस् : जनसम्पर्क समिति

९ जेठ, काठमाडौं । नेपाली कांग्रेस निकट भारतस्थित नेपाली जनसम्पर्क समितिले भारतमा रहेका नेपालीलाई सरकारले वास्ता नगरेको गुनासो गरेको छ । पटकपटक अनुरोध गर्दा पनि सरकारले वास्था नगरेको भन्दै जनसम्पर्क समितिले भारतीय भूमिमा भोकै मर्न बाध्य नबनाउन सरकारको ध्यानाकर्षण गराएको छ । सीमा क्षेत्रमा पुगेकाहरुको समेत परीक्षण नगरेरै प्रवेश गराइएको भन्दै समितिले निश्चित मापदण्ड पूरा […]

भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघ्यो

९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख १८ हजार नाघेको छ। भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा एक लाख १८ हजार चार सय ४७ जना मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका छ हजार ८८ नयाँ संक्रमित फेला परेका हुन् । भारतमा […]

कोरोना र लकडाउन : घर फर्कि‌ंदा ज्यान गुमाएका भारतीय मजदुरहरू

८ जेठ, काठमाडौंं । जब भारतले २४ मार्चमा लकडाउन घोषणा गर्‍यो, दैनिक ज्यालादारीमा काम गर्ने हजारौं मजदुरहरू रोजगारीविहीन बन्न पुगे । उनीहरूको आम्दानीको बाटो नै बन्द भयो । जुन सहरलाई बनाउन र चलाउन उनीहरूले मद्दत गर्दै आएका थिए, त्यही सहरमा उनीहरू बेवारिसे भए । जुन रेल र बसले उनीहरूलाई घर लैजान्थ्यो, त्यो पनि बन्द भयो […]

भारतमा निको भए ४५ हजार बढी कोरोना संक्रमित

८ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसका ४५ हजारभन्दा बढी संक्रमित निको भएका छन् । यहाँका १ लाख १२ हजार तीन सय ५९ संक्रमित भएकोमा ४५ हजार ३ सयले स्वास्थ्यलाभ गरेको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा मात्रै यहाँ ५ हजार ५ सय ९ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । भारतमा […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३३ सय नाघ्यो

७ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार तीन सय नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म तीन हजार तीन सय ३ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा १४० जनाको कोरोना भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]

नेपालको नयाँ नक्साबारे भारतीय मिडियाले के लेखे ?

६ जेठ, काठमाडौं । मन्त्रिपरिषदले मंगलबार नेपालको नयाँ नक्सालाई स्वीकृति दिएसँगै देशभित्र राष्ट्रवादको ठूलै तरंग उब्जेको छ । देशका मिडियाहरुमा महत्वका साथ समाचार प्रकाशन–प्रशारण भइरहेका छन् । एउटा देशले आफ्नो नक्सा परिवर्तन गर्नु भनेको अन्तर्राष्ट्रिय चासोको विषय पनि हो । त्यसैले यो विषयले अन्तर्राष्ट्रिय मिडियाहरुको पनि ध्यान तान्ने अपेक्षा थियो । तर, भारतबाहेक विश्वका प्रमुख […]

भारतमा कोरोना संक्रमित एक लाख नाघे

६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमितको संख्या एक लाख नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अुनसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख एक हजार एक सय ३९ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका चार हजार नौ सय ७० नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै […]

भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या तीन हजार नाघ्यो

५ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या तीन हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा अहिलेसम्म तीन हजार २९ जनाको कोरोना भाइरसको कारण मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना भाइरसबाट एक सय ५७ जनाको मृत्यु भएको हो । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको […]

मुम्बईबाट चितवन हुँदै घर आएका थिए धनुषाका २ संक्रमित

४ जेठ, जनकपुरधाम । धनुषामा फेला परेका २ कोरोना संक्रमित २ महिनाअघि नै भारतको मुम्बईबाट फर्केर आएको पाइएको छ । मुम्बईबाट उनीहरु घर नआई चितवन गएका थिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भनेका धनुषाका थप २ पुरुष संक्रमित नगराइन नगरपालिका–१, घोरघासका हुन् । केही महिनाअघि यी दुवै जना भारतको मुम्बई गएको र फागु पूर्णिमाको समयमा […]