Comments Add Comment

भारत

List Grid
भारतमा कस्तो छ कोरोना संक्रमणको अवस्था ?

२७ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या एक सयबाट एक हजार पुग्न १५ दिन लाग्यो । तर, हजारबाट पाँच हजार पुग्न नौ दिन पनि लागेन । भारतको स्वास्थ्य मन्त्रालयकाअनुसार बिहीबार बिहान ८ बजेसम्म भारतमा कुल संक्रमितको संख्या पाँच हजार ९५ पुगेको छ । उनीहरुमध्ये एक सय ६६ जनाले ज्यान गुमाएका छन् भने […]

भारतमा मृतक संख्या १ सय ४९, संक्रमित ५२ सय

२७ चैत, काठमाडौं । भारतमा एकै दिन कोरोना भाइरस संक्रमितको संख्या सात सय ७३ जना बढेको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयकाअनुसार बुधबार रातिसम्म कोरोना भाइरस संक्रमितको संख्या पाँच हजार दुई सय ७४ पुगेको छ । र अहिलेसम्म मृतक संख्या १ सय ४९ पुगेको छ । भारतीय समाचार संस्था पीटीआईका अनुसार अहिलेसम्म एक लाख १२ हजार […]

भारतमा कोभिड १९ संक्रमित संख्या ५ हजार नजिक, १४ महिनाको शिशुको पनि मृत्यु

२६ चैत, काठमाडौं । भारतमा कोभिड १९ बाट संक्रमितको संख्या मंगलबारसम्म ४ हजार सात सय ८९ पुगेको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार मृतकको संख्या १२४ पुगेको छ र उपचारपछि तीन सय ५२ जना निको भएका छन् । भारतीय सञ्चार माध्यम टाइम्स अफ इन्डियाका अनुसार पछिल्लो एक हप्तामा भारतमा संक्रमितको संख्या दोब्बर […]

कोभिड १९ : भारतमा एकै दिन २८ जनाको मृत्यु, सात सय संक्रमित

२५ चैत, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमितको संख्या ४ हजार २ सय ८१ जना पुगेको छ । त्यहाँको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार देशभरमा गरी अहिलेसम्म १ सय ११ जनाको मृत्यु भएको छ भने तीन सय १८ जना निको भएका छन् । बितेको २४ घण्टामा भारतमा सात सय चार जनामा […]

अमेरिकी एजेन्सीले भन्यो : मोदीको हिन्दू अतिवादले भारत संकटमा

२५ पुस, काठमाडौं । हिन्दू साम्प्रदायिक एजेण्डा र गिर्दो अर्थव्यवस्थाका कारण भारतले सन् २०२० मा धेरै ठूला चुनौती भोग्नुपर्ने निश्कर्ष अमेरिकाले निकालेको छ । अमेरिकी एजेन्सी युरेसिया ग्रु पले जारी गरेको वार्षिक प्रतिवेदनमा विश्वमा ठूला चुनौती सामना गर्ने भूराजनीतिक जोखिममा भारत पाँचौ नम्बरमा परेको हो । धार्मिक र सामाजिक द्वन्द्वका कारण भारतको विदेश नीतिसमेत प्रभावित […]

नयाँ पुलको टुंगो छैन, बेलीब्रिज बनाउन भारतले मानेन

६ भदौ, बिराटनगर । वीरगञ्जपछिको दोस्रो ठूलो नाका बिराटनगर भन्सारनजिकै भारतीय क्षेत्रको पुल जीर्ण हुँदा नेपालका उद्योगी व्यवसायीहरु चिन्तित बनेका छन् । बिराटनगर भन्सार कार्यालयदेखि करिब ८ किलोमिटर दक्षिणतर्फको मिरगञ्ज पुल जीर्ण भएपछि नेपाल–भारत आवत–जावत गर्ने ठूला मालवाहक सवारी साधनको आवागमनमा कठिनाइ उत्पन्न भइरहेको छ । तीन वर्षअघिको बाढीले मिरगञ्ज पुलमा क्षति पुर्‍याएको थियो । […]

१० वर्षमा नेपालले भारतलाई बेच्यो डेढ अर्बको बिजुलीे

४ साउन, काठमाडौं । गत साता अविरल वर्षाका कारण देशभरको बिजुलीको माग आधा कटौती भयो । दैनिक १२ सय मेगावाटको माग ६ सय मेगावाटमा झर्दा खोलानदीमा पानीको सतह बढ्यो । कुलेखानीसहित देशभरका प्रायः सबै आयोजनाहरु पूर्ण क्षमतामा चले । यसरी माग कम र आपूर्ति बढी भएपछि नेपालले करिब २ सय मेगावाट बिजुली भारत निर्यात गर्‍याे । […]

विषादी परीक्षण रोक्ने भारतको पत्रबारे प्रधानमन्त्री– म भ्रममा रहेछु

२६ असार, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आयातित फलफूल र तरकारीको विषादी परीक्षण रोक्न भारतीय पक्षले पठाएको पत्रबारे आफूले पछिमात्र थाहा पाएको दाबी गरेका छन् । भारतीय पक्षले पठाएको पत्रबारे आफूलाई सुरुमा थाहै नदिएर गुमराहमा राखिएको उनको भनाइ थियो । नेपाल टेलिभिजनबाट प्रसारित ‘जनतासँग प्रधानमन्त्री’ कार्यक्रममा प्रधानमन्त्री ओलीले भने, ‘मलाई पछि मात्र थाहा भयो […]

नेपालको बिजुली बंगलादेशमा बेच्न भारतले देला ?

९ असार, काठमाडौं । बंगलादेश नेपालमा उत्पादित बिजुली किनेर आफ्नो देशको अभाव टार्ने योजनामा छ । यसका लागि नेपालका जलविद्युत आयोजनाहरुमा लगानी गर्न पनि ऊ इच्छुक छ । तर, यो त्यति सरल छैन । किनभने, नेपाल र बंगलादेशको बीचमा भारत छ । नेपाल र बंगलादेशबीच विद्युत ब्यापारका विषयमा हालै सहमतिपत्रमा हस्ताक्षर भइसकेको छ । दुई […]

‘भारत’का लागि अदालतले दिएको ‘स्टे अर्डर’ खारेज

जेठको २२ गते बुधबार नै नेपालमा रिलिज भएको चलचित्र ‘भारत’का लागि जिल्ला अदालत काठमाण्डौले दिएको ‘स्टे अर्डर’ खारेज गरेको छ । चलचित्र विकास बोर्डले पठाएको स्पष्टिकरण पत्र पाएसँगै अदालतले भारतका लागि दिएको ‘स्टे अर्डर’ खारेज गरेको हो । यो चलचित्रको नेपाल वितरक ब्यांकटेस इन्टरटेन्मेन्टले बुधबार नै ‘भारत’ नेपालमा रिलिज गरि पाउँ भनेर अदालतमा मुद्दा दायर […]

भारतमा आज अन्तिम चरणको चुनाव, गणना २३ मेबाट

५ जेठ, काठमाडौं । भारतमा लोकसभाको सातौं तथा अन्तिम चरणको मतदान भइरहेको छ । भारतमा ११ अप्रिलबाट लोकसभा चुनाव सुरु भएको थियो । आज अन्तिम चरणको चुनाव सकिएपछि २३ मेबाट मतगणना सुरु गर्ने तयारी छ । साँझ ६ बजेसम्म मतदान हुने र त्यसपछि मत सर्वेक्षणका नतिजाहरु सार्वजनिक हुने छन् । आइतबार ८ राज्यमा ५९ सिटका […]

मणिपुरका नेपालीभाषीलाई मनको बाघले खाँदैछ : भवानी अधिकारी

३० चैत, मणिपुर (भारत) । भारतको सानोमध्येको एक राज्य मणिपुरमा झण्डै ५० हजारको सङ्ख्यामा नेपालीभाषी भारतीय नागरिकको बसोबास छ । १० बर्ग किलोमिटरभित्र नेपालीभाषीका चारवटा ठूला गाउँ छन् । यी गाउँमा परम्परागत नेपाली धर्म संस्कृतिको प्रचार गर्ने विभिन्न संघ संस्था खुलेका छन् । सानो सङ्ख्यामा भए पनि नेपाली भाषा र साहित्यका क्षेत्रमा काम पनि भइरहेका […]

भारतमा लोकसभा चुनाव सुरु, कसले जित्ला ?

२८ चैत, काठमाडौं । भारतमा पहिलो चरणको लोकसभा चुनाव सुरु भएको छ । पहिलो चरणमा १८ राज्य र दुई केन्द्र शासित प्रदेशका ९१ सिटमा निर्वाचन भएको हो । ११ अप्रिलबाट सुरु चुनाव १९ मेसम्म चल्ने छ । मत गणना भने २३ मेबाट सुरु गरिने छ । तल्लो  सदन लोकसभाका लागि कुल १ हजार २७९ उम्मेदवार […]

भारत र पाकिस्तानमा को शक्तिशाली ?

१५ फागुन, काठमाडौं । भारतले पाकिस्तानी भूमिमा बम खसालेपछि दुई देशबीच तनाव झन बढेको छ । भारत सरकार र त्यहाँका मिडियाहरुको उत्तेजना हेर्दा कुनै पनि क्षण पाकिस्तानको धैर्यको बाँध फुट्न सक्ने खतरा देखिन्छ । यसबाट कुनै पनि समय दुई देशबीच युद्ध भड्किन सक्ने खतराले विश्व समुदायलाई चिन्तित बनाएको छ । यदि निर्णायक युद्धमा होमिएको खण्डमा […]

भारतमा यसवर्ष चिनीको उत्पादन घट्ने प्रक्षेपण, मूल्यवृद्धिको सम्भावना

८ माघ, काठमाडौं । भारतमा यसवर्ष चिनीको उत्पादन घट्ने अनुमान गरिएको छ । भारतीय चिनी मिल्स संगठन (आइएसएमए) ले विज्ञप्ति जारी गरी सन् २०१९ मा चिनीको उत्पादन घट्ने जनाएको हो । इथानलको उत्पादन बढ्दा चिनीको उत्पादन घट्ने अनुमान गरिएको भारतीय सञ्चारमाध्यमहरुले लेखेका छन् ।  आइएसएमएले जारी गरेको रिपोर्ट अनुसार यस वर्ष भारतमा ३.०७ करोड टन […]

चोभारमा हुनेछ भारत र चीनबाट आउने रेलको भेट !

२० मंसिर, काठमाडौं । केपी शर्मा ओली नेतृत्वको सरकारले प्राथमिकतामा राखेको रक्सौल-काठमाडौं रेलमार्ग ब्रोडगेज कि स्टाण्डर्ड गेज भन्ने अझै टुंगो नभएको खुलेको छ । भारतले यो रेलमार्ग ब्रोडगेजमै बनाउन प्रस्ताव गरेको छ । नेपालले भने आधुनिक प्रविधिमा जान आग्रह गरेको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले जानकारी दिए । रेलमार्ग अध्ययनका लागि भारतसँग भएको समझदारीमा […]

पहिलो खेलमा भारतविरुद्ध अष्ट्रेलियाको रोमाञ्चक जित

५ मंसिर, काठमाडौं । तीन खेलको टि–ट्वान्टी क्रिकेट सिरिजको पहिलो खेलमा घरेलु टोली अष्ट्रेलियाले भारतमाथि रोमाञ्चक जित निकालेको छ । बुधबार भएको खेलमा अष्ट्रेलियाले भारतलाई ४ रनले पराजित गरेको हो । वर्षाको कारण १७ ओभरमा छोट्याइएको खेलमा १७४ रनको लक्ष्य पछ्याउँदै ब्याटिङ गरेको भारतले ७ विकेटको क्षतिमा १६९ रन मात्रै बनाउन सक्यो । खेलको एक […]

ईपीजीको प्रतिवेदन नबुझ्न मोदीलाई दबाव, ‘स्मार्ट बोर्डर’मा भारतको आपत्ति

२७ कात्तिक, काठमाडौं । भारतको खुफिया एजेन्सी र कर्मचारीतन्त्रको तीव्र आपत्तिपछि नेपाल भारत प्रवुद्ध समूह (ईपीजी)ले तयार पारेको संयुक्त प्रतिवेदनका कतिपय दफाहरु संशोधन गर्न नेपाली पक्षमाथि दबाव परेको छ । उच्च स्रोतका अनुसार प्रवुद्ध समूहको प्रतिवेदन नेपाल पक्षीय रहेको भन्दै भारतीय ‘सुरक्षा र ब्युरोक्रेसी’ पक्षले जस्ताको त्यस्तै प्रतिवेदन नबुझ्न भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई समेत दबाव […]

चार राजदूत सिफारिसको तयारी, को को हुँदैछन् फिर्ता ?

११ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त […]

सरकारले भारतमा राजदूत बनाएर पठाउने व्यक्ति भेटेन !

११ कात्तिक, काठमाडौं । सरकारले लामो समयदेखि रिक्त रहेका भारतसहित चार कूटनीतिक नियोगमा राजदूत नियुक्तिको प्रक्रिया अघि बढाएको छ । परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले प्रधानमन्त्री केपी शर्मा ओलीसँग राजदूत नियुक्तिबारे छलफल समेत गरिसकेको स्रोतले जनाएको छ । अर्को महिनाबाट अन्य देशमा पनि राजदूतको पदावधि सकिँदैछ । तर, पहिलो चरणमा भारत, मलेसिया, संयुक्त राष्ट्रसंघ र संयुक्त […]

पश्चिम सेती बन्न नदिने को हो ? यस्तो छ भारतीय स्वार्थ

आयोजना बन्ने हल्ला चलेको दशकौं बितिसक्दा पनि पश्चिम सेतीले गति लिन सकेको छैन । पछिल्लो समय आयोजना निर्माणका लागि अनुमति लिएको चिनियाँ कम्पनी थ्रीगर्जेज आयोजनाबाट बाहिरिएसँगै पश्चिम सेतीको निर्माण कार्य फेरि अनिश्चितातर्फ धकेलिएको छ । थ्री गर्जेज चीनको सरकारी कम्पनी हो । अहिले बूढीगण्डकीबाट गेजुवालाई हटाउने निर्णयकै कारण थ्री गर्जेज पनि बाहिरिएको चर्चा छ । […]