Comments Add Comment

भारत

List Grid
भारतमा सर्वोच्च अदालतले समलिंगी विवाहलाई मान्यता दियो

२१ भदौ, काठमाडौं । भारतको सर्वोच्च अदालतले समलैंगिकतालाई अपराधको श्रेणीबाट हटाएको छ । अब आपसी सहमतिमा दुई वयस्कबीच राखिने समलैंगिक सम्बन्ध अपराध मानिने छैन । प्रधानन्यायाधीश दीपक मिश्रा, न्यायाधीश राहिंटन नरीमन, एएम खानविल्कर, डीआई चन्द्रचूड र इन्दु मल्होत्राको संवैधानिक इजलासमा सुनुवाई भएको थियो । प्रधानन्यायाधीश मिश्राले भने, ‘जो जस्तो छ, त्यही रुवमा स्वीकार गर्नुपर्छ । […]

बिराटनगरको भारतीय ‘क्याम्प’ आजदेखि बन्द

१६ साउन, बिराटनगर । भारतले बिराटनगरमा एक दशकदेखि अवैधानिकरुपमा सञ्चालन गरिरहेको ‘क्याम्प अफिस’ बुधबारदेखि बन्द गरेको छ । भारतले १० वर्षअघि नेपाल सरकारको अनुमतिविनै सो कार्यालय स्थापना गरेको थियो । भारतीय दुतावासले एक प्रेस विज्ञप्ति जारी गरेर आज अर्थात अगस्ट १ देखि बिराटनगरको क्याम्प अफिसले गर्दै आएका सबै काम काठमाडौंस्थित दूतावासबाटै हुने जनाएको छ । […]

केन्याबाट भारतले उद्दार गरेका सात नेपाली चेली घर फर्कन मानेनन्

१३ फागुन, काठमाडौं । केन्याको डान्सबारमा छापा मार्दा आफ्ना नागरिकसँगै सात नेपाली पनि भेटिएपछि भारतले सबैको उद्दार गर्‍यो । तर, उद्दार गरिएका नेपाली चेलीहरु भने नेपाल फर्कन मानेनन् । २० पुसमा भारतीय विदेशमन्त्री सुष्मा स्वराजले ‘मानवबेचबिखनको जालोमा फसेका ७ नेपालीसहित ३ जना भारतीय महिलालाई केन्याबाट उद्दार गर्‍यौं’ भन्दै ट्वीट गरेकी थिइन् । लगत्तै परराष्ट्र मन्त्रालयका […]

अमेरिकी सेयर बजारमा ६ वर्षयताकै गिरावट, एसियाली बजार प्रभावित

२३ माघ, काठमाडौं । अमेरिकाको सेयर बजार सूचक ‘डाउ जोन्स इन्डस्टि्रयल एभरेज’मा सोमबार ६ वर्षयताकै उच्च गिरावट आएपछि त्यसको प्रभाव एसियाली बजारमा पनि देखिन थालेको छ । उक्त सूचक ११ सय ७५ अंक -४.६ प्रतिशत)ले घटेर २४ हजार तीन सय ४५ मा सीमित भएको छ । अमेरिका र विश्व अर्थतन्त्रमा आइरहेको परिवर्तनका कारण बजार घटेको […]

नयाँ दिल्ली भारतको सबैभन्दा प्रदूषित सहर

१५ माघ, नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्ली भारतीय सहरहरुमध्ये सबैभन्दा प्रदूषित सहर भएको एक अध्ययनले देखाएको छ । सो अध्ययनले भारतीय राज्यहरुमध्येमा उत्तर प्रदेश सबैभन्दा प्रदूषित राज्य भएको पनि देखाएको राजधानी नयाँ दिल्लीमा मङ्गलबार सार्वजनिक गरिएको एक अध्ययन प्रतिवेदनमा उल्लेख गरिएको छ । विश्व वातावरणसम्बन्धी संस्था ग्रिन पिसको भारत शाखाले मङ्गलबार सार्वजनिक गरेको उक्त […]

दुई महिना किन श्रीमतीसँग सुत्दैनन् भारतीय किसान ?

के गृहस्थ र ब्रह्मचार्य जीवनको कुनै मिलनबिन्दु हुन्छ ? यो प्रश्नको सजिलो जवाफ छैन । तर, भारतको झारखण्डबाट पूर्वी सिंहभूमि जिल्लास्थित गुडाबान्दा प्रखण्डका सयौं किसानहरुले दुवै प्रकारको जीवनबीच तालमेल मिलाएर बाँचिरहेका छन् । नक्सल प्रभावित क्षेत्रको रेशम किरा पालन गर्ने विवाहित किसानहरु वर्षमा दुई महिना जति ब्रह्मचार्य जस्तो जीवन बाँच्ने गर्छन् । यस दौरान उनीहरु […]

ओलीले भनेः भारतले जवाफ दिइसक्यो, कथाका पछाडि किन कुद्ने ?

२ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष ओली शर्मा ओलीले वाम गठबन्धनको सरकार बनेपछि पूँजी पलायन हुन्छ, लगानी आउँदैन भनेर दुश्प्रचार गरिएको बताएका छन् । आफूलाई बुद्धिजिवी ठान्नेहरुले साना स्वार्थका लागि देशविरुद्ध प्रचार गरेको उनले बताए । वाम गठबन्धनले आइतबार गरेको पत्रकार सम्मेलनमा एक प्रश्नको जवाफ दिँदै एमाले अध्यक्ष ओलीले भारतले आधिकारिक व्क्तव्यमा नै मिलेर […]

भारतको ‘धम्कीपूर्ण आदेश’ अस्वीकार गरेको त्यो दिन

१ असोज, काठमाडौं । ऐतिहासिक संविधानसभाले नयाँ संविधान बनाएको दुई वर्ष पूरा भएको छ । नयाँ संविधानले तेस्रो वर्षको ढोका ढक्ढक्याउनै लागेको छ । मंगलबार संविधान दिवस मनाइसकेपछि हामी संवैधानिक यात्राको तेस्रो वर्षमा प्रवेश गर्नेछौं । नयाँ संविधान जारी भएयताका वर्षहरुको समीक्षा र सिंहावलोकन कसरी गर्ने ? ०७२ साल असोज ३ गते नै संविधान जारी […]

दशैंका खसीबोकामा पनि भारतकै भर

२६ भदौ, काठमाडौं । नेपालीले दशैं मनाउन पनि भारतकै भर पर्नुपरेको छ । दशैंमा अत्यधिक खपत हुने खसीबोका र भेडाच्याङ्ग्रा लागि भारतमै निर्भर हुनुपरेको हो । व्यवसायीहरूका अनुसार दशैंमा खपत हुने मासुका लागि ८० प्रतिशतभन्दा बढी चौपाया छिमेकी मुलुक भारतबाट आयात हुन्छ । मुलुकको आन्तरिक उत्पादन कमजोर हुँदा मासुका लागि खपत हुने यस्ता चौपायामा परनिर्भर […]

भारतबाट आउने बिजुलीमा दैनिक एक करोड २० लाख घाटा

३२ साउन, काठमाडौं । दुई तीन दिनदेखि पूर्व तथा मध्य नेपालमा भइरहेको वर्षाले विद्युत प्रसारण लाईन, सबस्टेसन तथा वितरण प्रणालीलगायत संरचनामा क्षति पुग्दा नेपाल विद्युत्त प्राधिकरणलाई दैनिक एक करोड २० लाख घाटा भएको छ। ढल्केबर सबस्टेसनमा पानी जम्दा ढल्केबर मुजफ्परपुरबाट आयात हुने एक सय मेगावट बिजुली प्रयोगमा ल्याउन नसकिएको प्राधिकरणको भनाई छ। प्राधिकरणका कार्यकारी निर्देशक […]

आफ्नो लगानीबाहेककाे बिजुली भारतले नकिन्ने

२२ असार, काठमाडौं । जलस्रोतमा धनी देश नेपालले विद्युत्त बेचेर संबृद्ध हुने सपना देखेको धेरै भयो । नेपाली विद्युत्तको मूल बजार भारत हो । तर, भारतले आफ्नो लगानीमा उत्पादिन बिजुली मात्रै किन्ने कानुन बनाउन लागेको आजको नयाँ पत्रिका दैनिकमा लेखेको छ । कानुन पारित भएमा नेपालमा विद्युत्त उत्पादन गरेर भारत निर्यात गर्ने उद्देश्यले आउने भारतबाहेकका […]

भारतको ‘दादागिरी’: एकाधिकार तोडिने डरले नेपाली ग्यास बुलेट रोक्ने प्रयास

३१ जेठ, काठमाडौं । भारतले नेपाली उद्योगीका ग्यास बुलेटलाई ग्यास ढुवानी गर्न तत्काल अनुमति नदिने संकेत गरेको छ । ९ महिनादेखि नेपाली बुलेटले मागेको अनुमति रोकेर भारतले आफ्ना बुलेटवाला ट्रान्सपोर्टरलाई संरक्षण गरिरहेको छ । नेपाली उद्योगीले भित्र्याएका बुलेटलाई भारतले बिष्फोटको खतराबाट मुक्त रहेको प्रमाणित गर्न मानेको छैन । नेपाल भित्रिसकेका नेपालकै बुलेटसमेत भारतको हेपाह प्रवृत्तिका […]

भारतीय पूर्वराजदूतको विश्लेषणः चुनावमा नआए मधेसी दललाई घाटा हुन्छ

२९ जेठ, काठमाडौं । नेपालमा हुन लागेको दोस्रो चरणको चुनावमा भाग नलिए मधेसकेन्द्रित दललाई घाटा हुने भारतीय कूटनीतिज्ञले निश्कर्ष निकालेका छन् । राष्ट्रिय जनता पार्टीले निर्वाचन बहिस्कारको घोषणा गरेकै भोलिपल्ट नेपालका लागि पूर्वभारतीय राजदूत राकेश सुदले स्थानीय चुनावमा भाग नदिए मधेसकेन्दि्रत दललाई घाटा हुने स्पष्ट पारेका हुन् । नेपाल मामिलाका जानकार पूर्वराजदूत सूदले भारतीय पत्रिका […]

भारत र अमेरिकाको एउटै चासोः प्रचण्ड सरकारको विदेश नीतिले निरन्तरता पाओस्

२७ जेठ, काठमाडौं । भारत र अमेरिकाले प्रचण्ड नेतृत्वको सरकारले अपनाएको विदेश नीति वर्तमान सरकारले निरन्तरता देओस् भन्ने चाहना व्यक्त गरेका छन् । परराष्ट्रमन्त्री कृष्णबहादुर महरालाई टेलिफोन गरेर भारतीय विदेशमन्त्री सुष्मा स्वराजले यस्तो चाहना राखेकी हुन् । शुक्रबारै अमेरिकी राजदूत टेपलेट्जले महरासँग भेटेर अघिल्लो सरकारको विदेश नीतिमा जोड दिइन् । शुक्रबार नै दिउँसो पौने १ […]

भारत र चीनबीच बढ्दो प्रतिस्पर्धाः कसले जित्ला ?

भारत र चीनबीच पारम्परिक प्रतिद्वन्दिता विद्यमान रहीआएको छ । यो बढ्दो छ । आर्थिक, सामरिक हिसाबले चीन भारतभन्दा धेरै अगाडि छ । भारत शक्तिशाली भएकाले भन्दा पनि विश्वकै एउटा विशाल बजार भएका कारणले अमेरिका, युरोपीय युनियन र चीन जस्ता शक्ति राष्ट्रहरुले भारतलाई महत्व दिने गरेका छन् । भारतले चीनलाई आफ्नो प्रतिस्पर्धी ठाने पनि चीनको प्रतिस्पर्धा […]

भारत लगिँदै गरेका दुई युवतीको माइती नेपालद्वारा उद्धार

१७ वैशाख, कञ्चनपुर । पश्चिमी सीमा नाका गड्डाचौकीबाट माइती नेपाल कञ्चनपुरले वैदेशिक रोजगारको प्रलोभनमा पारी भारततर्फ लैजाँदै गरेका दुईजना युवतीको शनिबार साँझ उद्धार गरेको छ । काठमाडौँबाट भारतको नयाँदिल्लीतर्फ जाँदै गरेको बा३ख ४१६८ नंको बसमा जाँदै गरेका सिन्धुपाञ्चोककी अन्दाजी २२ वर्षीया र सोलुखुम्बुकी ३० वर्षीया युवतीको सीमा नाकाबाट उद्धार गरिएको हो । ‘उद्धार गरिएका एकजना […]

भारतीय प्रधानमन्त्री मोदीले राष्ट्रपति भण्डारीलाई भेटे

५ बैशाख, काठमाडौं । भारत भ्रमणमा रहेकी राष्ट्रपति विद्या भण्डारीसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले शिष्टाचार भेट गरेका छन् । भारतको राजकीय भ्रमणमा रहेकी राष्ट्रपति भण्डारी राष्ट्रपति भवनमा बसेकी छन् । उनलाई भेट्न भारतीय प्रधानमन्त्री मोदी त्यही पुगेका थिए । भेटमा दुई देशको सम्वन्ध अझ मजबुत बनाउनेबारे कुराकानी भएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जानकारी दिएका […]

भारतीय जनताका लागि शुभेक्षा लिएर आएको छु: राष्ट्रपति भण्डारी

  ५ बैशाख, नयाँदिल्ली । राष्ट्रपति विद्यादेवी भण्डारीलाई भारतको राष्ट्रपति भवन फोरकोर्टमा भारतीय समकक्षी प्रणव मुखर्जी र प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा स्वागत गरेका छन् । राष्ट्रपति भण्डारीको सम्मानमा मंगलबार बिहान ‘गार्ड अफ अनर’ कार्यक्रम राखिएको थियो । भण्डारीलाई ‘सेरेमोनियल’ स्वागत गरिएको भारतीय विदेश मन्त्रालयका प्रवक्ता गोपाल बागलेले जनाएका छन् । स्वागतपछि संक्षित प्रतिक्रिया दिँदै […]

यहाँका कोही बच्चा छन् प्रधानमन्त्री, त कोही कम्पनीका मालिक

यो गाउँमा गएको बेला तपाइँलाई यदि कसैले राष्ट्रपति बाख्रा चराउन गएको छ, प्रधानमन्त्री घरायसी सामान लिन बजार गएको छ भनेर भन्यो भने अचम्म नमान्नुहोला । किनकी भारतको राजस्थानस्थित बुँदी गाउँका बच्चाहरुमा कोही राष्ट्रपति छन्, कोही प्रधानमन्त्री त कोही विभिन्न मोबाइल कम्पनीका मालिक । खासमा यो गाउँका मानिसहरुलाई आफ्ना छोराछोरीको नाम राख्दा विभिन्न पदकोे नाम, मोबाइल […]

राष्ट्रपति आज भारत जाँदै, दुई दिन सार्वजनिक विदा

३ बैशाख, काठमाडौं । सरकारले राष्ट्रपति विद्या भण्डारी भारत भ्रमणमा जाने र आउने दुबै दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । आइतबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपतिको भारत भ्रमण स्वीकृत गर्दै विदाको निर्णय गरेको हो । राष्ट्रपति विद्यादेवी भण्डारी ३४ सदस्यीय टोलीसहित भोलि भारत भ्रमणमा जाँदैछिन् । राष्ट्रपतिका रुपमा उनको यो पहिलो विदेश भ्रमण हुनेछ […]

भारतको नयाँ प्रस्तावः दुबै देश मिली नापौं सगरमाथाको उचाइ

२८ चैत, काठमाडौं । भारतले नेपालसामू दुई देशको संयुक्त टोली बनाएर सर्वोच्च शिखर सगरमाथाको उचाइ नाप्ने नयाँ प्रस्ताव अघि सारेको छ । सर्बे अफ इण्डियाले माघमा सगरमाथाको उचाई नाप्न टोली पठाउने एकतर्फी घोषणा गरेको थियो । तर, नापी विभागले आफैं उचाइ नाप्ने भन्दै सरकारसँग बजेट माग गरेको छ । अब भारतले नेपाल भारतको संयुक्त टोलीले […]