Comments Add Comment

भारत

List Grid
भारतका पाँच राज्यमा विधानसभा निर्वाचनको मतगणना जारी

१९ वैशाख, काठमाडौं । भारतका पाँच राज्यमा विभिन्न चरणमा भएको विधानसभा निर्वाचनको मतगणना भइरहेको छ । भारतको पश्चिम बंगाल, तमिलनाडु, आसाम, केरला र पुदुचेरीमा निर्वाचनको मतगणना भइरहेको छ । भारतीय सञ्चारमाध्यमहरुका अनुसार मतगणनाको प्रारम्भिक नतिजा आउन थालेको छ । २९४ सिट रहेको पश्चिम बंगालमा दुई स्थानको मतगणना रोकिएको छ । बाँकी २९२ मध्ये सत्तारुढ तृणमूल […]

भारतमा एकै दिन ३ लाख ९२ हजारभन्दा बढी संक्रमित थपिए

१९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ९२ हजार ४८८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार सो अवधिमा थप ३ हजार ६८९ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ९५ लाख नाघेको छ । त्यस्तै दुई […]

भारतमा अक्सिजन बाँड्ने युवक पक्राउ

१९ वैशाख, काठमाडौं । कोरोना संक्रमित बिरामीलाई अहिले अक्सिजन अत्यावश्यक भएको छ । अक्सिजन अभावमा कतिपयले अस्पतालमै ज्यान गुमाइरहेका छन् । यो संकटको घडीमा कसैले निःशुल्क अक्सिजन उपलब्ध गराइदिन्छ भने त्यो जत्तिको ठूलो राहत सायदै अरू हुँदैन । तर तिनै अक्सिजनदातालाई प्रहरीले पक्रेर मुद्दा चलाएको समाचार सार्वजनिक भएको छ । यो समाचार हो कोरोना संक्रमणबाट […]

भारतबाट खोप आउन अझै दुई महिना लाग्‍न सक्ने

१७ वैशाख, काठमाडौँ । आगामी जुलाई महिना अगाडी भारतले नेपालसहित छिमेकी मुलुकहरु बंगलादेश र श्रीलंका लगायतलाई खोप उपलब्ध गराउने सम्भावना कम रहेको भारतीय अधिकारीहरुले बताएका छन् । भारतमा कोरोना संक्रमितको संख्या केही साता यता ह्वात्तै बढेको छ भने मे १ देखि भारतले १८ वर्ष माथिका सबैलाई खोप लगाउने अभियान शुरु गर्ने तयारी गदैछ । सेरम […]

भारतमा एकैदिन ३ लाख ८६ हजार बढीमा कोरोना संक्रमण पुष्टि

१७ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड–१९) का ३ लाख ८६ हजार ४५२ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार उक्त अवधिमा संक्रमणको कारण ३ हजार ४९८ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको संख्या एक करोड ८७ लाख नाघेको छ । […]

आफ्ना नागरिकलाई तत्काल भारत छाड्न अमेरिकाको आग्रह

१६ वैशाख, काठमाडौं । अमेरिकाले आफ्ना नागरिकहरुलाई सकेसम्म छिटो भारत छाड्न आग्रह दिएको छ । भारतमा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण निकै तीव्र गतिमा फैलिरहेको भन्दै अमेरिकाले आग्रह दिएको हो । अमेरिकाको विदेश मन्त्रालयले एडभाइजरी जारी गरेर भारतमा कोरोना संक्रमण निकै गहिरिएको र यहाँको मेडिकल सेवा पर्याप्त नहुन सक्ने बताएको छ । स्वास्थ्य सतर्कता जारी […]

किन चासो बन्यो भारतको कोरोना संक्रमण ?

१५ वैशाख, काठमाडौं । भारत अहिले कोरोना भाइरस (कोभिड–१९) को महामारीको दोस्रो लहरको सामना गरिरहेको छ । दोस्रो लहरबाट समस्यामा परेको भारतको तस्वीरले समग्र विश्व नै आश्चर्यमा परेको छ । यद्यपि यो महामारी भारतको मात्र नभई प्रत्यक्ष/अप्रत्यक्षरुपमा सबैको संकट हो । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)की प्रमुख वैज्ञानिक सौम्या स्वामीनाथन भन्छिन्, ‘भाइरसले सीमा, राष्ट्रियता, उमेर, लिंग […]

भारतमा कोरोना संक्रमणबाट एकैदिन ३६ सयबढीको मृत्यु

१६ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणको कारण ३ हजार ६४५ जनाको मृत्यु भएको छ । भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार बिहीबार उक्त अवधिमा ३ लाख ७९ हजारभन्दा धेरै नयाँ संक्रमित थपिएका छन् । यससँगै भारतमा समग्र कोरोना संक्रमितको संख्या पनि एक करोड ८३ लाख नाघेको छ […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघ्यो

१५ वैशाख, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ । भारतको स्वास्थ्य एवं परिवार कल्याण मन्त्रालयका अनुसार अहिलेसम्म २ लाख १ हजार १८७ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा मात्र भारतमा कोरोना संक्रमणको कारण ३ हजार २९३ जनाको मृत्यु भएको छ । […]

भारतमा २४ घण्टामा थपिए ३ लाख २३ हजारभन्दा धेरै संक्रमित

१४ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २३ हजार १४४ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार सो अवधिमा २ हजार ७७१ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या एक करोड ७६ लाख नाघेको छ । त्यस्तै अहिलेसम्म […]

कोरोनाको दोस्रो लहर : भारतले गरेका गल्ती

१३ वैशाख, काठमाडौं । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार शनिबार भारतमा ३ लाख ४९ हजारभन्दा धेरै मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । यो संख्या विश्वभर एकैदिनमा थपिने कोरोना संक्रमित संख्याको करिब एक तिहाइ हो । कोरोनाको दोस्रो लहर अहिले भारतभर फैलिएको छ । केही राज्यले कोरोना संक्रमण नियन्त्रणको लागि सामाजिक गतिविधिमा कडाइ गर्ने नियमहरु ल्याएका […]

भारतलाई खोप, अक्सिजन र भेन्टिलेटर सहयोग गर्ने अमेरिकाको वचन

१३ वैशाख, काठमाडौं । अमेरिकाले कोरोनाविरुद्धको भ्याक्सिन कोभिशिल्ड उत्पादनका लागि आवश्यक पर्ने कच्चा पदार्थलगायतका स्वास्थ्य सामग्री भारतलाई सहयोग गर्ने वचन दिएको छ । आइतबार दुई देशका राष्ट्रिय सल्लाहकारहरुबीच सहयोग सम्बन्धमा टेलिफोन कुराकानी भएलगत्तै अमेरिकाले भारतलाई सहयोग गर्ने वचन दिएको हो । अमेरिकाले भारतलाई खोपको कच्चा पदार्थ, अक्सिजन निर्माण, भेन्टिलेटर, पीपीई किट, र्‍यापिड टेस्ट किट लगायतका […]

भारतमा पछिल्लो २४ घण्टामा थपिए साढे ३ लाख नयाँ संक्रमित

१२ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ४९ हजार ६९१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार ७६७ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमित हुनेको कुल संख्या १ करोड ६९ लाख नाघेको छ । त्यस्तै कोरोनाबाट मृत्यु हुनेको संख्या पनि १ लाख […]

भारतमा कोरोना कहर : एकै परिवारका ४ सदस्यको ८ दिनको अन्तरालमा मृत्यु

१२ वैशाख, काठमाडौं । कोरोनाको दोस्रो लहरबाट प्रभावित भारतीय नागरिक त्राहीत्राही छन् । उपचारका लागि अस्पताल गएकाहरु अक्सिजन नपाएर छटपटाउँदै ज्यान गुमाइरहेका छन् । लासहरुको चाङले अन्त्येष्टि गर्न पालो कुर्नुपर्ने स्थिति छ । शव जलाउने काठ अभाव भएपछि चिनी उद्योगमा पेलेका उँखुका डाँठ खोसाखास गर्नुपर्ने बाध्यता छ । यहीबीचमा महाराष्ट्र राज्यको पुणेमा कोरोना संक्रमित एकै […]

कोरोनाको नयाँ भेरियन्ट र भारतको अनिश्चित भविष्य

१० वैशाख, काठमाडौं । सन् २०२० को जनवरी ३१ मा पहिलो पटक कोरोना संक्रमण पुष्टि भएको भारतमा यसको विस्तार तुलनात्मक रुपमा सुस्त थियो । संक्रमण उच्च विन्दुमा पुगेको दिन १५ सेप्टेम्बरमा करिब ९८ हजार नयाँ संक्रमित भेटिएका थिए । त्यसपछि यो संख्यामा कमी आउन थाल्यो, जुन पाँच महिनासम्म नै जारी रह्यो । सन् २०२१ को […]

भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा क्यानडाको प्रतिबन्ध

१० वैशाख, काठमाडौं । क्यानडाले भारत र पाकिस्तानबाट आउने यात्रुवाहक उडानमा ३० दिनका लागि प्रतिबन्धको घोषणा गरेको छ । क्यानडाका यात्रायातमन्त्री ओमर अल्घाब्राले यी दुई मुलुकमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पछिल्लो समय बढ्दो क्रममा रहेको भन्दै यात्रुवाहक उडानमा प्रतिबन्ध लगाउनुपरेको बताएका छन् । नले भारत र पकिस्तानबाट आउने धेरै मानिसमा कोरोना संक्रमण देखिएको बताएका […]

भारतमा एकैदिन ३ लाख ३२ हजारभन्दा बढीमा कोरोना संक्रमण

१० वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा एकैदिन थप तीन लाख ३२ हजार ७३० जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा कोरोना संक्रमणको कारण २ हजार २६३ जनाको मृत्यु भएको छ । यससँगै भारतमा कोरोनाबाट संक्रमितको हुनेको समग्र संख्या एक करोड ६२ लाख नाघेको छ […]

भारतमा थपिए ३ लाख १४ हजारभन्दा बढी कोरोना संक्रमित, २१ सयभन्दा बढीको मृत्यु

९ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख १४ हजार ८३५ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार सो अवधिमा २ हजार १०४ कोरोना संक्रमितको मृत्यु भएको छ । यससँगै भारत एकैदिन सबैभन्दा धेरै कोरोना संक्रमित भेटिने मुलुक बनेको छ । भारतमा कोरोनाबाट संक्रमित हुनेको समग्र संख्या पनि एक करोड ५९ […]

भारत महाराष्ट्रको अस्पतालमा अक्सिजन लिक हुँदा ११ जनाको मृत्यु

८ वैशाख, काठमाडौं । भारतको महाराष्ट्रको नासिकस्थित डाक्टर जाकिर हुसेन अस्पतालमा अक्सिजन ट्यांक लिक हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको छ । नासिक नगर निगमका आयुक्त कैलाश जाधवले उक्त घटनामा ११ जनाको मृत्यु भएको पुष्टि गरेका हुन् । अक्सिजन लिकेज भएकाले अस्पतालमा आधा घण्टासम्म आपूर्ति रोकिएको थियो । जाधवका अनुसार अहिले प्राविधिक इन्जिनियरको सहयोगमा लिकेज […]

भारतमा एकैदिन झण्डै तीन लाख नयाँ संक्रमित थपिए, दुई हजारभन्दा बढीको मृत्यु

८ वैशाख, काठमाडौं । भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) का दुई लाख ९५ हजार ४१ नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार उक्त अवधिमा २ हजार २३ जनाको कोरोना संक्रमणको कारण मृत्यु भएको छ । त्यस्तै भारतमा सक्रिय संक्रमितको संख्या पनि साढे २१ लाख नाघेको छ । यससँगै भारतमा कोरोनाका समग्र […]

कोरोनाको दोस्रो लहर रोक्न किन असफल भयो भारत ?

८ वैशाख, काठमाडौं । गत मार्च महिनाको सुरुआतमा भारतका स्वास्थ्यमन्त्री हर्ष वर्धनले भारत कोरोना महामारीको अन्त्य गर्ने दिशामा रहेको बताएका थिए । उनले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वको प्रशंसा गर्दै ‘अन्तर्राष्ट्रिय सहकार्यमा विश्वको लागि उदाहरण’ भएको बताएका थिए । गत जनवरीदेखि भारतले अन्य मुलुकलाई  कोरोना भाइरस (कोभिड–१९) विरुद्धको खोप वितरण सुरु गरेको थियो । हर्षवर्धनको आशा […]