Comments Add Comment

भारत

List Grid
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चीनमा भन्दा बढी

१६ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट चीनमा भन्दा धेरै मानिसको मृत्यु भएको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट चार हजार ७ सय ६ जनाको मृत्यु भएको छ । चीनमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या चार हजार ६३८ जनाको मृत्यु भएको छ । भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या […]

भारतले भन्यो– भरोसापूर्ण वातावरण भएमात्र नेपालसँग वार्ता

१६ जेठ, काठमाडौं । भारतले नेपालसँगको सीमा समस्या समाधानका लागि ‘भरोसापूर्ण वातावरण’ भएमात्र वार्ता गर्न सकिने बताएको छ । नेपालका अधिकारीहरुले सीमा वार्ता गर्न भारत तयार नभएको भनिरहेका बेला भारतीय विदेश मन्त्रालयबाट पछिल्लो धारणा सार्वजनिक भएको हो । बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता अनुराग श्रीवास्तवले भारत सबै छिमेकीसँग वार्ता गर्न तयार रहेको […]

भारतले नेपाल र चीनसँग परिस्थिति बिगारिरहेको छ : इमरान खान

१४ जेठ, काठमाडौं । पाकिस्तानी प्रधानमन्त्री इमरान खानले नेपाल र भारतबीच जारी सीमा विवादका विषयमा मुख खोलेका छन् । धर्मको आडमा बाँचिरहेको मोदी सरकारको विस्तारवादी नीति छिमेकीहरूका लागि निरन्तर खतरा बनेको उनले बताएका छन् । प्रधानमन्त्री खानले ट्विटरमा लेखेका छन्, ‘नेपाल/चीनसगँगको सीमा विवादमा भारतले परिस्थिति बिगारिरहेको छ ।’ अर्को ट्विटमा उनी लेख्छन्, ‘काश्मीरलाई अवैध रूपमा […]

सगरमाथाको उचाइ नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने

१४ जेठ, काठमाडौं । विश्वको सर्वाेच्च शिखर सगरमाथाको उचाई घटबढ भए नभएको आधिकारिक जानकारी नेपाल र चीनले संयुक्त रूपमा सार्वजनिक गर्ने भएका छन् । नेपालले यसअघिनै शिखरमा सर्भे टोली पठाएको थियो भने चीनिया टोली बुधवार विहान शिखरमा पुगेको छ । दुवै देशको सहमति अनुसा रनै चिनियाँ सर्भे टोली सगरमाथाको उचाइ नाप्न शिखरमा पुगेको हो । […]

भारतमा कोरोना संक्रमित संख्या डेढ लाख नाघ्यो

१४ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट संक्रमित हुनेको संख्या एक लाख ५० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार, अहिलेसम्म भारतमा एक लाख ५१ हजार ७६७ जना संक्रमित भइसकेका छन् । पछिल्लो २४ घण्टामा भारतमा कोरोना भाइरसका ६ हजार ३८७ नयाँ संक्रमित भेटिएका छन् । त्यस्तै, अहिलेसम्म भारतमा कोरोना भाइरसको कारण […]

भारतमा कोरोना संक्रमित एक लाख ४५ हजार नाघे

१३ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या एक लाख ४५ हजार ३८० पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ५३५ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा अहिलेसम्म कोरोना भाइरसबाट […]

प्रदेश २ मा भारतबाट एक सातामै आए साढे ६ हजार जना

१२ जेठ जनकपुरधाम । प्रदेश २ का जिल्लामा भारतबाट एक सातामै साढे ६ हजार भन्दा धेरै मानिस आएका छन् । जेठ ६ देखि १२ गतेसम्म प्रदेश २ मा ६ हजार ७ सय १३ जना मानिस भारतबाट आएका प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ । यी मानिसहरुलाई राख्न एक सातामा थप ७८ क्वारेन्टाइन थपिएको छ । […]

भारतीय संस्थापनलाई केही प्रतिप्रश्न

कालापानी क्षेत्रमा नेपाली भूभाग मिचेर गरिएको सडक निर्माणको नेपालले जनाएको बिरोध र त्यसपछि छुटेको भूभाग समेटेर नक्सा प्रकाशन गरिएपछि भारतमा ठूलै खैलाबैला मच्चिएको छ।  तर भारतीय संचार माध्यम र त्यहाँको संस्थापन पक्षका राजनीतिक तथा बौध्दिक वृत्त यस घटनाको बस्तुगत विश्लेषण गर्नुको सट्टा निम्नस्तरीय प्रचारबाजीमा उत्रिएका छन्। यस प्रचारमा कतिले अज्ञानतावस र कतिले गलत नियतले बिभिन्न […]

चिया निकासीमा अवरोध छैन : उद्योग राज्यमन्त्री दुगड

१२ जेठ, काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले भारततर्फ चिया निकासीमा अवरोध नभएको दावी गरेको छ । सहज निकासीमा केही समस्या देखिएपनि चियामा प्रतिबन्ध नै भने नभएको उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले अनलाइनखबरलाई बताए । ‘पूर्ण निकासीमा केही समस्या देखिएको तर त्यो पनि समाधान उन्मुख छ, बाहिर अनर्गल हल्ला धेरै भयो,’ राज्यमन्त्री […]

भारतमा दुई महिनापछि सुरु भयो आन्तरिक उडान

१२ जेठ, काठमाडौं । भारतमा दुई महिनादेखि बन्द रहेको आन्तरिक उडान सोमबारदेखि शुरु भएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार भारतका विभिन्न प्रान्तहरुको बीचमा लामो समयको वार्तापछि सबै राज्य आन्तरिक उडानका लागि सहमत भएका हुन् । भारतको सरकारले यो चरणको लकडाउनमा प्रान्तलाई नै लकडाउन कस्तो बनाउने भन्ने कुराको निर्णय लिने अधिकार दिएको छ । सोही कारण […]

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या चार हजार नाघ्यो

भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट मृत्यु हुनेको संख्या चार हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार भारतमा कोरोना भाइरसबाट चार हजार २१ जनाको मृत्यु भएको हो । पछिल्लो २४ घण्टामा मात्र भारतमा १५४ जनाको यो भाइरसको कारण मृत्यु भएको हो । त्यस्तै अहिलेसम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख […]

कास्कीका ३ नेपालीलाई भारतले अष्ट्रेलियाबाट दिल्ली ल्यायो

१२ जेठ, काठमाडौं । भारतले अष्ट्रेलियामा अलपत्र परेका आफ्ना नागरिकहरुलाई उद्धार गर्ने क्रममा कास्की घर भएका तीन जना नेपालीलाई पनि नयाँदिल्ली ल्याएको छ । कास्की घर भएका अर्जुन प्रसाद तिमिल्सिना, विश्व तिमिल्सिना र मुक्तिप्रसाद तिमिल्सिनालाई भारतीय नागरिकहरुसँगै नयाँदिल्ली ल्याइएको हो । उनीहरु बाबु–छोराहरु हुन् । एकजना छोरा बोनम्यारो सम्बन्धी विरामी छन् । अर्का छोराले बोनम्यारो […]

इन्डोनेसियामा अलपत्र नेपाली विद्यार्थीलाई भारतले गर्‍यो उद्धार

१२ जेठ, काठमाडौं । इन्डोनेसियामा अलपत्र परेकी एक नेपाली विद्यार्थीलाई भारतले उद्धार गरेको छ । रत्ननगर–९ चितवनकी शेभिका ढकाललाई भारतले उद्धार गरेको हो । भारतले इन्डोनेसियामा रहेका आफ्ना नागरिकहरूलाई उद्धार गर्ने क्रममा ढकाललाई पनि उद्धार गरेको हो। यो कुरा इन्डोनेसियास्थित भारतीय दूतावासले ट्विट गरेर जानकारी दिएको छ । Shevika Dakal, a Nepali student of BBA, in […]

भारतले वार्ता चाहेकै हो ? कालापानीबाट तत्काल सेना हटाओस्

११ जेठ, काठमाडौं । नेपाली भूमि अतिक्रमण गरेर भारतले कालापानीमा सैन्य क्याम्प राखेको दशकौं भइसक्यो । नेपालले पटक-पटक आग्रह गर्दा पनि नसुनेको भारत अहिले आएर मधुरो स्वरमा ‘कूटनीतिक ढंगबाट समस्याको समाधान गर्न तयार रहेको’ बताउँदैछ । तर, नयाँ नक्सा जारी गरेर नेपाल एक कदम अगाडि बढिसकेको छ । नेपाल सरकारले लिम्पियाधुरादेखि कालापानीसम्मको आफ्नो भूभागलाई समेटर […]

भारतले नेपालबाट पाम तेल र चियाकाे आयात किन रोक्यो ?

११ जेठ, काठमाडौं । भारतले नेपालबाट निकासी हुने पाम तेलमा औपचारिक प्रतिबन्ध लगाएको केही समयपछि उस्तै प्रकारको प्रतिबन्ध चियामा पनि लगाएको समाचार बाहिरिएको छ । यसले नेपालका चिया किसान र व्यवसायीहरु पीडित भन्ने अवस्था आएको छ भने कोरोनाले प्रभावित अर्थतन्त्रमा झन समस्या थपिने संकेत गरेको छ । भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएएफटी) ले वैशाख २९ […]

भारतबाट घर फर्कंदै गरेका १ नेपालीको मृत्यु

११ जेठ, काठमाडौं । भारतको गुजरातबाट नेपाल आउँदै गरेका एक नेपालीको बाटामा ज्यान गएको छ । अर्घाखाँचीको भूमिकास्थान नगरपालिका–९ का ३५ वर्षीय कृष्णबहादुर गैरेको बाटामा निधन भएको हो । अत्यधिक बान्ता गरेका कारण उनको मृत्यु भएको कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी दीर्घनारायण पौडेलले जानकारी दिए । मृतकसँगै बसेकाका अनुसार उनले अत्याधक मदिरा सेवन गरेका थिए । […]

कोरोनाबाट भारतमा ३८ सय बढीले गुमाए ज्यान

११ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या तीन हजार ८ सय ६७ पुगेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार, पछिल्लो २४ घण्टामा मात्रै यहाँका १ सय ४७ जनाको मृत्यु भएको छ । त्यस्तै, भारतमा कोरोना भाइरसबाट संक्रमित हुने मानिसको संख्या पनि एक लाख ३१ हजार ८६८ पुगेको छ । […]

‘भारतले नेपालीको घाउमा नुनचुक छर्क्यो’

११ जेठ, काठमाडौं । नोवेल कोरोना भाइरस (कोभिड–१९) संक्रमितको ग्राफ ह्वात्तै बढिरहेका बेला नेपालले नयाँ नक्सा जारी गर्‍यो । कूटनीतिक माध्यमबाट दुई देशबीच मिल्न बाँकी सीमा व्यवस्थापनका लागि सहमति जनाएको नेपालले एकाएक नक्सा प्रकाशित गरेको भने होइन । पछिल्लो सात महिनामा वार्तामा बस्न आग्रह गरेर पठाइएका तीनवटा ‘कूटनीतिक नोट’ लाई भारतले बेवास्ता गरेपछि मात्रै सुगौली […]

इण्डियालाई भारत नभनौं

हामी सम्पूर्ण नेपालीले अहिले पनि हिन्दु परम्पराअनुसार हरेक कर्म गर्दै पिच्छे संकल्पका बेला भन्ने गरेका छौं- भारतवर्षे भरतखण्डे आर्यावर्तान्तर्गत हिमवत्खण्डे…। यो सुन्दा सबैको मन एकपटक चसक्क हुन्छ । मनमा अनेक प्रश्न उब्जन्छन् । बेलाबेलामा हामीलाई पिरिरहेको र हेपिरहेको “भारत” को उच्चारण यो पवित्र कार्यमा यति आस्थापूर्वक किन ? यो “भारत” शब्द कताबाट यहाँ आयो ? फेरि भारतवर्षे सँगसँगै यो “भरतखण्डे” पनि […]

भारतमा कोरोना संक्रमित एक लाख २५ हजार नाघे

१० जेठ, काठमाडौं । भारतमा कोरोना भाइरस (कोभिड-१९) बाट संक्रमित हुनेको संख्या एक लाख २५ हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार अहिलेसम्म भारतमा समग्र संक्रमितको संख्या एक लाख २५ हजार १०१ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा ६ हजार ६५४ नयाँ संक्रमित फेला परेका हुन् । त्यस्तै भारतमा कोरोना भाइरसबाट अहिलेसम्म मृत्यु […]

भारतमा पीपीई अभावबारे बोल्ने चिकित्सक मानसिक अस्पताल भर्ना

९ जेठ, काठमाडौं । भारतमा कोरोना भाइरसबाट बच्न स्वास्थ्यकर्मीको सुरक्षाका लागि आवश्यक पीपीईको अभावबारे आवाज उठाउने एक चिकित्सकलाई मानसिक अस्पतालमा भर्ना गरिएको छ । २० वर्षको अनुभव बटुलेका एनेस्थियाका विशेषज्ञ डाक्टर सुधाकर राओलाई मानसिक अस्पतालमा भर्ना गरिएको हो । यससँगै उनी पछिल्लो दुई महिनामा दोस्रोपटक चर्चामा आएका छन् । भारतको दक्षिणी सहर विशाखापटनमका सडकमा उनको प्रहरीसँगको […]