Comments Add Comment

भेन्टिलेटर

List Grid
अमेरिकाले नेपाललाई दियो १०० थान भेन्टिलेटर

२८ कात्तिक, काठमाडौं । अमेरिकाले कोभिड-१९ विरुद्धको लडाईमा सहयोग पुर्‍याउन नेपाललाई १०० थान भेन्टिलेटर सहयोग गरेको छ । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसआईडी)मार्फत दिइएको भेन्टिलेटर अमेरिकी राजदूत र्‍याण्डी बेरीले स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकाललाई हस्तानतरण गरेका छन् । अति दुर्गम क्षेत्रका समुदायको उपचारमा सहयोग पुगोस् भनेर भेन्टिलेटर सहयोग गरेको राजदूत बेरीले बताए । स्वास्थ्यमन्त्री ढकालका […]

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमामा २ वटा भेन्टिलेटर थपियो

२७ कात्तिक, कर्णाली । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा भेन्टिलेटरको सङ्ख्या ८ पुगेको छ । यसअघि प्रतिष्ठानमा भेन्टिलेटरको सङ्ख्या ६ थियो । बुधबार हेल्थ केयर डिपार्टमेन्ट काठमाडौँले दुई थान भेन्टिलेटर सहयोग गरेसँगै अब भेन्टिलेटरको सङ्ख्या ८ पुगेको प्रतिष्ठानका अस्पताल निर्देशक डाक्टर मङ्गल रावलले जानकारी दिए । ‘प्रतिष्ठानमा हाल १० वटा आईसीयूको व्यवस्था छ’, निर्देशक डा […]

उपत्यकामा संक्रमितलाई आईसीयू र भेन्टिलेटर पाउन ‘महाभारत’

२२ असोज, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेकी येट्खा, काठमाडौंकी ५६ वर्षीया महिलालाई बुधबार दिउँसो अचानक गाह्रो भयो । ‘पल्स रेट लो’ हुनुका साथै सास फेर्न गाह्रो भएपछि परिवारका सदस्यले अस्पताल लैजान खोजे । सुरुमा शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा फोन गरे । तर वेड छैन भन्ने जवाफ […]

हेकाफद्वारा सरकारलाई २० वटा भेन्टिलेटर सहयोग

१ असोज, काठमाडौं । हेल्थ इन्भारोमेन्ट एण्ड क्याइमेट एक्सन फाउन्डेसन (हेकाफ-३६०)ले अन्तर्राष्ट्रिय बौद्ध संस्था चु जी फाउन्डेसनको सहयोगमा सरकारलाई २० वटा भेन्टिलेटर सहयोग गरेको छ । कोरानो भाइरस (कोभिड-१९)को समस्या सामना गर्न नेपाल सरकारलाई सहयोग गर्ने उद्देश्यले २० वटा भेन्टिलेटरसहितस्वास्थ्य सामग्री उपलब्ध गराएको हेकाफ ३६० ले जनाएको छ । हेकाफ ३६० ले भेन्टिलेटरसहित पीपीई, पञ्जा, […]

१० करोडको भेन्टिलेटर खरिदमा भ्रष्टाचारको गन्ध !

१८ भदौ, काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) महामारी रोकथाम तथा नियन्त्रणका लागि स्वास्थ्य सामग्री खरिद गर्दा विवादित बनेको सरकारले भेन्टिलेटर लगायतका उपकरण खरिदमा अर्को शंकास्पद बोलपत्र तयार गरेको छ । सरकारले खरिद गर्न लागेको भेन्टिलेटरलगायत १० करोडको स्वास्थ्य सामग्रीसम्बन्धी बोलपत्र तयार पार्दा नेकपा निकटको एउटा कम्पनीलाई मात्र ठेक्का पर्ने गरी ‘स्पेसिफिकेसन’ बनाइएको छ । स्वास्थ्य […]

दक्ष स्वास्थ्यकर्मी नहुँदा भेन्टिलेटर थन्कियो

७ भदौ, काठमाडौं । उदयपुरको जिल्ला अस्पतालमा दुई भेन्टिलेटरसहित ५ शय्याको आईसीयू कक्ष निर्माण गरेको महिनौं भइसक्यो, तर दक्ष स्वास्थ्यकर्मी नहुँदा थन्किएर बसेको छ । जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख मोहन सुवेदी जिल्लामा भएको भेन्टिलेटर सञ्चालनमा गम्भीर विरामीलाई धरान र विराटनगर पठाउनुपरेको बताउँछन् । चलाउन जान्ने दक्ष जनशक्ति नहुँदा ल्याइएको भेन्टिलेटर प्रयोगमा आउन नसकेको उनको भनाइ […]

सेभ द चिल्ड्रनले सरकारलाई दियो ७ थान भेन्टिलेटर

७ भदौ, काठमाडौं । अन्तर्राष्ट्रिय गैर सरकारी संस्था सेभ द चिल्ड्रेनले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई ७ थान मेकानिकल भेन्टिलेटर दिएको छ । ग्लोबल फन्ड परियोजनामार्फत एक करोड ७५ लाख ३० हजार ५ सय ३७ रुपैयाँ बराबरका भेन्टिलेर दिइएको सेभ द चिल्ड्रनले जनाएको छ । उसले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशलालाई पीसीआरको नमूना संकलन कार्यमा प्रयोग हुने पीसीआर स्याम्पल […]

प्रधानमन्त्रीलाई देउवाको प्रश्न : आईसीयू र भेन्टिलेटर व्यवस्था गर्न किन ढिलाई ?

१ भदौ, काठमाडौं । प्रमुख विपक्षी नेपाली काग्र्रेसका सभापति शेरबहादुर देउवाले कोरोना महामारीमा बढ्दो चुनौती सामना गर्न सरकार असमर्थ देखिएको बताएका छन् । सोमबार प्रधानमन्त्री केपी शर्मा ओली र सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग बालुवाटारमा भएको भेटमा कांग्रेस सभापति देउवाले आफ्नो कामजोरीको समीक्षा गरेर नयाँ रणनीति बनाउन आग्रह गरेका छन् । […]

भारतद्वारा नेपाली सेनालाई १० वटा भेन्टिलेटर सहयोग

२५ साउन,काठमाडौं । भारतले कोरोना भाइरस (कोभिड-१९) महामारीविरुद्ध लड्न नेपाली सेनालाई १० वटा  भेन्टिलेटर सहयोग गरेको छ । आइतबार जंगी अड्डामा आयोजित एक कार्यक्रममा भारतीय राजदूत विनय मोहन क्वात्राले प्रधानसेनापति पूर्णचन्द्र थापालाई हस्तान्तरण गरेका हुन् । कोरोना महामारी रोकथाम, प्रतिकार्य र नियन्त्रणको लागि नेपाल सरकारले जारी गरेको कोभिड-१९ प्रतिकार्य राष्ट्रिय अभियान योजना सफल पार्न भारतले […]

कैलालीमा एक कोरोना संक्रमित भेन्टिलेटरमा

३२ जेठ कैलाली । कैलालीमा एक जना कोरोना संक्रमित पुरुषको स्वास्थ्यमा जटिल समस्या देखिएपछि सेती प्रादेशिकको अस्पतालको भेन्टिलेटरमा राखेर उपचार गरिएको छ । जिल्लाको गोदावरी नगरपालिका ७ का ४३ बर्षीय पुरुषको भेन्टिलेटरमा उपचार भइरहेको सेती अस्पतालमा सूचना अधिकारी दिलिप श्रेष्ठले बताए । विगत दुई दिनदेखि धनगढीकै नवजीवन अस्पतालको आईसीयूमा उपचाररत उनलाई संक्रमण पुष्टि भएपछि अस्थायी […]

४० लाख मानिस बस्छन्, आइसोलेसन वेड जम्मा १९७ !

९ जेठ, काठमाडौं । सोमबार एकैदिन बाँकेको नरैनापुरस्थित क्वारेन्टाइनमा बसेका ५९ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमणको पुष्टि भयो । तर आइसोलेसन बेडको अभावमा उनीहरू रातभर त्यहीँ कोरोना संक्रमण नभएकाहरूसँगै बसे । बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई कोरोना विशेष अस्पताल बनाइएको थियो, जुन यसअघि नै संक्रमितले भरिइसकेको छ । त्यही कारण जेठ १ गते […]

भेन्टिलेटरमा कतिबेला राखिन्छ, कतिबेला निकालिन्छ ?

२६ जेठ, काठमाडौं । संगीतकार अम्बर गुरुङ्गको निधनको अघिल्लो दिन नै उनका विषयमा दुखद हल्ला चलेको थियो । हल्ला केहीबेरमा साम्य भए पनि भेन्टिलेटरमा राखिएका गुरुङका विषयमा धेरै अड्कलबाजीहरु गर्न थालिए । कोहीले उनको प्राण गइसके पनि कुनै प्रयोजनका लागि भेन्टिलेटरमा राखेर सास फेराइएको अनुमान लगाए । कसैले भ्ोन्टिलेटरमा राख्नासाथ अब ‘बाच्दैनन्’ भन्ने लख काटे […]