Comments Add Comment

'भेरोसेल खोप

List Grid
ललितपुर महानगरमा आजदेखि ४५ वर्ष माथिकालाई भेरोसेल खोप लगाइँदै

१५ साउन, काठमाडौं । ललितपुरम हानगरपालिकामा आज शुक्रबारदेखि कोरोना भाइरस (कोभिड-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । महानगरपालिका भित्रका ४५ वर्षमाथिका सबै नागरिकलाई आइतबारसम्म खोप लगाइने महानगरले जनाएको छ । खोप कार्यक्रम २९ वटै वडामा सञ्चालन हुनेछन् । खोप लगाउन आफ्नो वडा कार्यालयमा सम्पर्क गर्न महानगरपालिकाले सूचना जारी गरेको छ । साथै, भेरोसेल खोप लगाउने कार्यक्रम सकिएको […]

काठमाडौं महानगरमा आजदेखि भेरोसेल खोप लगाइँदै

१४ साउन, काठमाडौं । काठमाडौं महानगरपालिकामा आजदेखि पुनः कोराना भाइरस (कोभडि-१९)विरुद्धको भेरोसेल खोप लगाइँदैछ । यसअघि खोपको पहिलो मात्रा छुटेका ५० वर्षमाथिका सबै उमेर समूहका लागि आज बिहीबारदेखि खोप लगाइने काठमाडौं महानगरपालिकाले जानकारी दिएको छ । महानगरपालिकाका ३२ वटा वडामै बिहान १० बजेदेखि पाँच बजेसम्म खोप लगाइने छ । खोप लगाउनेहरुले नागरिकताको प्रमाणपत्र, पासपोर्ट, सवारी […]

मुख्यमन्त्री चढेको हेलिकप्टर आयो, कोरोना खोप आएन

१ साउन, गोरखा । उत्तरी गोरखाको चुमनुव्री गाउँपालिकाका १८ देखि ५५ वर्ष उमेरका नागरिकका लागि छुट्टयाइएको तीन हजार डोज भेरोसेल खोप दुई सातादेखि जिल्ला स्वास्थ्य कार्यालयमा थन्किएको छ । १७ असारमा खोप आएपछि अन्यत्र २० गतेबाट अभियान शुरु भयो । तर सडक सञ्जाल नजोडिएको चुमनुव्री गाउँपालिकामा जाने पदमार्ग पनि अविरल वर्षाका कारण अवरुद्ध भएकाले खोप […]

काठमाडौंमा मौजुदा खोप सकियो, कार्यक्रम स्थगित

१ साउन, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको पहिलो डोजको मौजुदा सकिएपछि काठमाडौंमा खोप कार्यक्रम स्थगित गरिएको छ । स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले विज्ञप्ति जारी गर्दै मौजुदा खोप सकिएको भन्‍दै साउन ४ गतेको लागि लगाउने भनिएको खोप कार्यक्रम स्थगित गरेको जनाएका छन् । विज्ञप्तिमा भनिएको छ, ‘ कोभिड १९ विरुद्धको भेरोसेल खोप […]

बागमती, गण्डकी र लुम्बिनीमा भोलिदेखि खोप कार्यक्रम

२८ असार, काठमाडौं । सरकारले भोलि (मंगलबार)देखि तीनवटा प्रदेशमा कोभिड-१९ विरुद्धको भेरोसेल खोप कार्यक्रम सञ्चालन गर्ने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलका अनुसार सोमबार बसेको स्वास्थ्य तथा जनसंख्या मन्त्रीस्तरीय बैठकले भोलि (मंगलबार)देखि नै खोप सञ्चालन गर्ने निर्णय भएको बताए । मन्त्रीस्तरीय निर्णय बमोजिम नै बागमती, गण्डकी र लुम्बिनी प्रदेशमा मंगलबारदेखि खोप […]

अब कोरोना खोप अभियान कार्यक्रम नियमित !

२७ असार, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप कार्यक्रम अब नियमित सञ्चालन हुने बताएको छ । मन्त्रालयका प्रवक्ता डा. कृष्ण पौडेलले आइतबारको नियमित प्रेस ब्रिफिङमा चीनबाट खोप आउने क्रम जारी रहेको भन्दै नागरिकलाई खोप लगाउने कार्यक्रम अब नियमित हुने बताएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार वीर अस्पतालको नवनिर्मित सर्जिकल भवनको उद्घाटन […]

८ लाख भेरोसेल खोप : पहिलो प्राथमिकता जेष्ठ नागरिक

२५ असार, काठमाडौं । सरकार चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको ८ लाख डोज भेरोसेल खोप शुक्रबार काठमाडौं आइपुगेको छ । सरकारले ४० लाख खोप खरिदका लागि सिनोफार्मसँग ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ गरेको थियो । सम्झौताअनुसार पहिलो लट खोप शुक्रबार बिहान काठमाडौं ल्याइएको हो । साउन ८ गतेसम्म थप दुई उडानमार्फत खोप ल्याइने स्वास्थ्य सेवा विभागको खोप […]

पर्सामा ८ हजार ६ सय जनालाई भेरोसेलको दोस्रो मात्रा लगाइने

२३ असार, वीरगञ्ज । पर्सामा कोभिड–१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा बिहीबार र शुक्रबार लगाइने भएको छ । पहिलो मात्रा लगाएका ६० देखि ६५ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा लगाउन लागिएको हो । पर्सामा ८ हजार ६ सय ९३ जनालाई भेरोसेलको दोस्रो मात्रा खोप लगाइने स्वास्थ्य कार्यालय पर्साका खोप अधिकृत अनिल सिंहले जानकारी दिए […]

सुर्खेतमा भेरोसेल खोपको दोस्रो मात्रा असार २४ देखि लगाइने

२३ असार, सुर्खेत । सुर्खेतमा कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो डोज असार २४ गतेदेखि दिइने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६२ देखि ६४ वर्ष उमेर समूहका नागरिक र अग्रपंक्तिमा खटिएका व्यक्तिहरुलाई दोस्रो मात्रा दिइनेछ । जिल्लामा ६ हजार १५३ जनालाई दोस्रो डोज दिइने स्वास्थ्य सेवा कार्यालय सुर्खेतका प्रमुख चेतनिधि वाग्लेले जानकारी दिए […]

कोरोना खोप लगाउन ज्येष्ठ नागरिक घन्टौं लाइनमा

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा  मंगलबारदेखि लगाउन सुरु गरिएको छ । चीनबाट ल्याएको भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । भेरोसेल खोपको दोस्रो मात्रा लगाउन स्वास्थ्य कार्यालय काठमाडौंले जिल्लाका ३२ स्थानमा खोप केन्द्र […]

आजदेखि भेरोसेल खोपको दोस्रो मात्रा लगाइँदै

२२ असार, काठमाडौं । कोभिड-१९ विरुद्धको भेरोसेल खोपको दोस्रो मात्रा आजदेखि लगाउन सुरु गरिने भएको छ । भेरोसेल खोपको पहिलो मात्रा लगाएका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई आजदेखि दोस्रो मात्रा दिन लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । सरकारले गत जेठ २५ गतेदेखि २९ गतेसम्म भेरोसेल खोपको पहिलो मात्रा देशभर दिइएको […]

साउन ८ भित्र आइसक्ने छ सवा २४ लाख डोज कोरोना खोप

२० असार, काठमाडौं । चिनियाँ कम्पनी सिनोफार्मसँग खरिद गरेको सवा २४ लाख डोज भेरोसेल खोप आगामी तीन साताभित्रै आइसक्ने भएको छ । पहिलो खेप खोप असार २५ गते काठमाडौं आइपुग्नेछ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ विरुद्धको खोप खरिदबारे सिनोफार्मसँग सम्झौता भएको १८ असारमा बताएको थियो । तर ‘नन डिस्क्लोजेबल एग्रिमेन्ट’ भएको भन्दै थप विवरण खुलाउन […]

परराष्ट्रमन्त्री भन्छन्–चीनबाट ४० लाख खोप ल्याउँदैछौं

२ असार, काठमाडौं । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रघुवीर महासेठले चीनबाट ४० लाख डोज खोप किन्ने तयारी भइरहेको बताएका छन् । हिमालय टेलिभिजनको कार्यक्रम ‘यक्ष प्रश्न’मा कुरा गर्दै मन्त्री महासेठले चीनसँग ४० लाख र अमेरिकाको जोनसन एण्ड जोनसनसँग ५० लाख डोज खोप किन्न कुराकानी भइरहेको उल्लेख गरे । ‘जोनसन एण्ड जोनसनको ५० लाख बिश्वबैंकमार्फत् किन्दैछौं, उहाँहरुले नै […]

काठमाडौंमा रोकिएको खोप कार्यक्रम पुनः सञ्चालन, जेठ ३१ र असार १ गते लगाइने

३० जेठ, काठमाडौं । काठमाडौं महानगरपालिकाले खोप अभावमा स्थगित गरेको कोभिड–१९ विरुद्धको खोप कार्यक्रम पुनः सञ्चालन गर्ने भएको छ । काठमाडौं महानगरपालिकाको शहरी स्वास्थ्य तथा खाद्य पदार्थ नियमनका विभागीय प्रमुख हरिबहादुर कुँवरले जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न परिपत्र भएबमोजिम खोप […]

काठमाडौं महानगरमा दुई दिनमा १८ हजार बढीले लगाए ‘भेरोसेल’ खोप

२७ जेठ, काठमाडौं । काठमाडौँ महानगरपालिकामा दुई दिनमा १८ हजार बढीले चिनियाँ खोप ‘भेरोसेल’ लगाएका छन् । महानगरपालिकाका ३२ वटै वडामा खोप केन्द्र बनाएर महानगरले यही जेठ २५ गतेदेखि खोप लगाउने काम शुरु गरेको हो । महानगरपालिकाले दोस्रोपटक ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई शुरु गरेको खोप अभियान कार्यक्रममा दुई दिनमा १८ हजार ११३ […]

प्रदेश-१ मा ७० हजारलाई मंगलबारदेखि भेरोसेल खोप दिइने

२३ जेठ, विराटनगर । प्रदेश १ मा ७० हजारलाई भेरोसेल खोप लगाइने भएको छ । मंगलबारबाट प्रदेशका १४ वटै जिल्लामा चीन सरकारले अनुदानमा उपलब्ध गराएको भेरोसेल खोप लगाइने भएको हो । खोप ६० देखि ६४ वर्ष उमेर समूहका व्यक्तिलाई लगाइने छ । ७० हजारलाई कोभिड १९ विरुद्धको खोप लगाउने गरि १४ वटै जिल्लामा खोप पठाउने […]

भक्तपुर नगरपालिकामा १६ हजारले भेरोसेल खोपको दोस्रो डोज लगाए

१८ जेठ, भक्तपुर । भक्तपुर नगरपालिकामा कोभिड–१९ विरुद्धको चिनियाँ खोप भेरोसेलको दोस्रो डोज लगाउनेको सङ्ख्या १६ हजार ५२ पुगेको छ । गरका सबै वडामा आवश्यक जनशक्ति र स्वयंसेवक परिचालन गरी यही जेठ ५ गतेदेखि १८ गतेसम्म स्वास्थ्य सुरक्षा मापदण्ड अपनाएर खोप प्रदान गरिएको जनस्वास्थ्य केन्द्र इन्चार्ज डा रत्‍नसुन्दर लासिवाले बताए । नगरपालिकाद्वारा सञ्चालित जनस्वास्थ्य केन्द्रले […]

खोप शाखा प्रमुखलाई प्रश्न : गाउँमा पुगेकाहरुले भेरोसेलको दोस्रो डोज कसरी लगाउने ?

४ जेठ, काठमाडौं । कोरोना महामारी तीव्र गतिमा बढेपछि सरकारले वैशाख १६ गतेदेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाउने घोषणा गर्‍यो । निषेधाज्ञा घोषणा गर्दै सरकारले उपत्यका छाड्न चाहनेलाई दुई दिन समय पनि दियो । त्यही अवधिमा धेरै नागरिकले काठमाडौं उपत्यका छाड्दै आ–आफ्नो गाउँ फर्किए । निषेधाज्ञाकै बीचमा काठमाडौं उपत्यकामा भेरोसेल खोपको दोस्रो डोज अभियान सुरु भएको […]

काठमाडौं महानगरले ३२ वटै वडामा खोप केन्द्र तोक्ने

३० काठमाडौं । काठमाडौं महानगरपालिकाले भेरोसेल खोपको दोस्रो डोज लगाउनका लागि सबै वडामा खोप केन्द्र तोक्ने भएको छ । पहिलो डोज लगाउने समयमा खोप केन्द्रहरु व्यवस्थित नहुँदा सर्वसाधरणको भिड अत्याधिक भएको र खोप केन्द्रहरुमा जनस्वास्थ्यका मापदण्ड पालना नभएको भन्दै आलोचना भएपछि महानगरले दोस्रो डोज लगाउने कार्यलाई थप व्यवस्थित बनाउन लागेको हो । काठमाडौं महानगरपालिकाका जनस्वास्थ्य […]

अल्का अस्पतालमा ‘भेरोसेल खोप’ लगाउनेको भिड

९ वैशाख, काठमाडौं । ललितपुरको अल्का अस्पतालमा चिनियाँ कम्पनी सिनोफार्मको भेरोसेल खोप लगाउनेको भिड लागेको छ । एउटा मात्र खोप केन्द्र र अन्तिम दिन भएकाले अल्का अस्पतालमा खोप लगाउनेको भिड लागेको हो । साथै अन्य अस्पतालमा भेरोसेल खोपको पहिलो डोज लगाउने अभियान सकिएपनि अल्का अस्पतालमा बिहिबारसम्म खोप अभियान सञ्चालन भएको छ । यो खोप १८ […]