Comments Add Comment

मजदुर

List Grid
रुकुमका स्थानीय तहले गरे अलपत्र मजदुरको उद्धार   

११ वैशाख, रुकुमपूर्व ।  कामका सिलसिलामा जिल्ला बाहिर गएर फर्किँदै गरेका मजदुरलाई रुकुम (पूर्व) का स्थानीय तहले उद्धार गरेका छन् । इँटाभट्टामा मजदूरी गरेर फर्कँदै गरेका मजदूरहरुलाई बीच बाटामा अलपत्र परेपछि स्थानीय तहले उद्धार गरेर गन्तव्यमा पुर्‍याएका छन् । भक्तपुरको इँटा उद्योगमा काम गर्ने जिल्लाका भूमे र पुथाउत्तरगंगा गाउँपालिकाका १३३ जनाको रोल्पाबाट उद्धार गरिएको छ […]

मजदुरको शव गाड्ने इँटा उद्योगका सञ्चालक समातिए

९ वैशाख, जनकपुरधाम । काम गर्दागर्दै मृत्यु भएको मजदुरको शव गाड्ने धनुषाका एक जना इँटा उद्योग सञ्चालक पक्राउ परेका छन् । जिल्लाको विदेह नगरपालिका-३ जोगियास्थित भगवती इँटा उद्योगमा काम गर्दै आएका भारतीय मजदुर सुक्ता नफादको गत वैशाख ६ गते उद्योगमै मृत्यु भएको थियो । ४० वर्षीय उनको चुँडिएको बिजुलीको तार जोड्ने क्रममा ज्यान गएपछि उद्योग […]

काठमाडौंका मान्छे गाउँ पठाउनु नै समाधान हो ?

अहिले विश्व नै कोरोना भाइरसबाट सिर्जित महामारीसँग लडिरहेको छ । हामी पनि त्यसैमा संघर्षरत छौं । विश्वका शक्तिशाली र सम्पन्न मुलुकहरुको जुन हालत छ, त्यसको तुलनामा सीमित साधन स्रोतका बाबजुद पनि हाम्रो प्रयास सार्थक नै छ । यसको अर्थ, हामीले गर्न बाँकी केही छैन भन्ने होइन । धेरै गर्न बाँकी छ । नेपालमा लकडाउन अवधि […]

‘सरकार ! तिम्रो क्वारेन्टाइनमा रोगले होइन, चिसोले ज्यान जाने भो !’

९ वैशाख, काठमाडौं । थानकोटस्थित त्रिभुवन पार्कको खुला कटेरो । माथिल्लो तलामा कालो म्याट बिछ्याइएको छ । तर, ओढ्ने लुगा छैन । पानी नछिरोस् भनेर एउटा त्रिपालले माथिल्लो भाग बार्ने प्रयास गरिएको छ, तर तीनै तिरको भाग ह्वाङ्गै छ । ‘राति पानी पसेर सुत्नै पाइएन । हावाले पनि हान्दो रहेछ । बडो समस्यामा परियो’, त्यही […]

कौशलटारबाट गाडीमा गाउँ पठाइए मजदुर, हेर्नुस् ८ तस्वीर

९ वैशाख, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन युवा संघले दुई सय बढी मजदुरलाई कैलाली, सिन्धुपाल्चोक, दोलखा, रोमछाप, सिन्धुली र काभ्रेको भकुन्डेबेसी पठाएको छ । उपत्यकामा अलपत्र मजदुरहरूलाई चार वटा बस र एउटा ट्रकमा हालेर सोमबार राति विभिन्न जिल्ला पठाएको हो । यसअघि आइतबार साँझ पनि युवा संघले सिन्धुली, ओखलढुंगा, सुनसरी, उदयपुर, सप्तरी, […]

गुल्मीमा अलपत्र चार सय मजदुरको उद्धार

९ वैशाख, गुल्मी । लकडाउनका कारण गुल्मीमा अलपत्र चार सय भन्दा बढी मजदुरको उद्धार गरिएको छ । जिल्लामा सञ्चालित विकास आयोजनामा काम गर्दै आएका मजदुरहरुलाई जिल्ला प्रशासन कार्यालय गुल्मीको पहलमा उनीहरुको घरतर्फ पठाइएको प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले बताए । जोहाङ, कालिगण्डकी करिडोर, पुल, रुद्रबेणी, वामीटक्सारलगायतका स्थानमा काम गर्दै आएका रुकुम, प्युठान, बाग्लुङ, रोल्पा, बाँके, […]

चुलो निभ्यो ? चिन्ता नगर्नुस्, घरमै आउँछ खाना !

८ वैशाख, पोखरा । ‘सर नमस्ते ! राहत बाँड्दै हुनुहुन्छ भन्ने सुनेँ । हाम्रो त बिजोगै हुन लाग्यो सर,’ दीपक श्रेष्ठले पौरखी स्वयंसेवी समूहले उपलब्ध गराएको नम्बरमा फोन गर्दै भने, ‘केही सहयोग गर्नुपर्‍यो । भोकै मर्न लाग्यौँ ।’ हेटौंडा घर भई हाल पोखरामा डकर्मी काम गर्दै आएका श्रेष्ठको लकडाउन अघिसम्म केही आम्दानी थियो । त्यसैले […]

‘हामी त नेताका लागि एक भोट मात्र रहेछौँ’

८ वैशाख, काठमाडौं । भक्तपुर जगातीस्थित चेकपोस्टमा केही दिनयता निरन्तर बाक्लो भिड छ । ड्युटीमा खटिएका प्रहरीहरूलाई त्यो भिड व्यावस्थापन गर्न हम्मेहम्मे परिरहेको छ । आफ्नो घर जान जम्मा भएको भिडलाई प्रहरीले तितरबितर पार्न पनि सक्दैन, राजधानीबाट फर्किँदै गरेका खाद्यान्न तथा तरकारीका गाडीहरूमा हालेर पठाउन पनि सक्दैन । उनीहरू माथिको आदेश कुरिरहेका छन् । सर्वसाधारण […]

अलपत्र दुई सय मजदुरलाई तिलोत्तमाले घर पठायो

८ वैशाख, बुटवल । लकडाउनका कारण घर जान नपाई अलपत्र परेका विभिन्न जिल्लाका करिब दुई सय जना मजदुरलाई रुपन्देहीको तिलोत्तमा नगरपालिले उद्धार गरी पठाएको छ । निर्माण क्षेत्रमा काम गर्दै आएका दाङ, बर्दिया र कैलालीका मजदुरलाई नगरपालिकाले आफ्नो खर्चमा चारवटा गाडी व्यवस्था गरी घर पठाएको हो । तिलोत्तमा नगरपालिकाका १७ वटै वडामा भवन निर्माणलगायतका काम […]

गोरखाबाट चार सय किलोमिटर पैदल हिँड्न लागेका मजदुरको उद्धार

८ वैशाख, गोरखा । पैदल हिँडेर घर जान कस्सिएका मजदुरको एक समूह आइतबार दिउँसो गोरखा सदरमुकाममा भेटिए । खुट्टामा चप्पल छ, पानीबाट आफू र सामान जोगाउन प्लास्टिक ओढेका छन् । लकडाउनको समयमा, न गासको ठेगान न बासको । तर मस्तिष्कमा आइरहेको घर र परिवारको सम्झनाले उनीहरुलाइ उर्जा दिइरहेको थियो । रुकुम, सुर्खेत, बाँकेलगायतका जिल्लाका उनीहरु […]

चन्द्रागिरिका मेयर र सांसदबीच बेमेल, १ सय ७६ मजदुर थानकोटमा रोकिए

७ वैशाख, काठमाडौं । थानकोटमा अलपत्र परेका तीन सय मजदुरलाई शनिबार साँझ नेकपा सांसद अञ्जना विशुंखे, प्रदेशसभा सांसद रमा आले मगर, नेपाल कम्युनिस्ट पार्टी, चन्द्रागिरि कमिटी लगायतको संयोजनमा विभिन्न जिल्लातर्फ पठाइयो । थानकोटबाट गाडी चढेर घर जान पाएपछि मजदुर खुसी देखिए । चन्द्रागिरि नगरपालिकाबाट मजदुरको उद्दार भएको विषयले सामाजिक सञ्जालमा पनि वाहवाही पायो । त्यसबाट […]

तल सेती सुसाउँछ, माथि काकाभतिजको मन

७ वैशाख, पोखरा । गहिरो गल्छी छिचोलेर सेती सुसाउँदै बगिरहेको छ। सुसाउँदै बगिरहेको नदी हेर्दै नवीन र उनका काका श्री गुरुङको दिन बितिरहेको छ । नदी आफ्नो बेगमा दौडिरहेको छ । तर, उनीहरू त्यहीँ छन्, आफ्ना भोक दबाएर बसेका छन् । नदीमाथि एउटा पौवा छ । ओतमात्र लाग्न मिल्ने त्यो पौवामा काकाभतिज बस्न थालेको तीन […]

सरकारको दोहोरो नीति : थानकोटमा बस, जगातीमा जाऊ !

७ वैशाख, काठमाडौं । पैदल हिँडेर सहरबाट गाउँ फर्कन चाहनेहरूलाई लिएर सरकार फेरि अलमलमा परेको छ । आइतबार थानकोट र भक्तपुरको जगातीमा देखिएका दुई फरक-फरक दृश्य सरकार अल्मलिएको प्रमाण हो । लकडाउनका बेला घर फर्कन चाहनेहरूलाई सहरमै रोक्ने कि गन्तव्यसम्म पुग्न दिने भन्नेबारे सरकार पटक-पटक अलमलमा पर्दै आइरहेको छ । आइतबार पनि राजधानीमा यस्तै दोधार […]

विपन्नलाई खाना खुवाउने स्वयंसेवी समूह

७ वैशाख, पोखरा । पोखराको शान्तिनगर बैं‌क्युटमा बिहानैदेखि चहल पहल छ । १० बजेभन्दा अघि नै २ सय ४६ जनालाई खाना तयार पार्नु छ । सुरक्षित प्याकेजिङ गर्नु छ । गाडीमा राखेर ‘होम डेलिभरी’ गर्नुछ । करिब १५ जनाको संख्यामा रहेका यहाँका कामदारलाई खाना प्याकेटमा राख्न भ्याइनभ्याइ छ । बेंक्युटमा त्यसरी खाना पकाउँदै प्याकेटमा प्याकेजिङ […]

‍‍‍… अनि ट्रकमा ११२ जना कोचिएर धार्केदेखि पथलैयासम्म पुगे

७ वैशाख, काठमाडौं । शुक्रबार राति करिब १० बजे । धादिङको धुनीबेँसी नगरपालिका-५ धार्केको विनायक इँटा उद्योग परिसरबाट एक हुल मानिसहरू तीन किलोमिटर हिँडेर राजमार्गमा निस्किए । लकडाउनका कारण २५ दिनदेखि अलपत्र परेका उनीहरू अब आफ्नै घर जानुको विकल्प थिएन । राजमार्गको एकछेउमा एउटा कोइला बोक्ने ट्रक खडा थियो । स-साना बालबालिका र पोको पुन्तुरो […]

वाग्मती किनारमा रोकिएका मजदुरको दुखेसो-सबैले घर हिँड्नेको मात्र पीडा देख्छन्

७ वैशाख, काठमाडौं । काठमाडौंमा दिनहुँ पानी पर्न थालेको छ । वाग्मती खोला किनारको छाप्रोमा बसेका जाजरकोटका यज्ञबहादुर सिंहलाई आकाश कालोनीलो हुनेबित्तिकै रात कसरी बिताउने भन्ने चिन्ता हुन्छ । बिहीबार बिहान असिना पर्दा उनले छानो हालेको त्रिपालमा प्वाल परेको छ । यो छाप्रोमा उनीसँगै रुकुम र जाजरकोटका ७ जना बस्छन् । लकडाउनका कारण काम गर्न […]

दोलखाबाट पाँच दिन हिँडेर काठमाडौं, थानकोटबाट गाडीमा सरर…

६ वैशाख, काठमाडौं । बर्दियाका बुद्धिराम थारु चिउरा, दालमोठ र केही प्याकेट चाउचाउको भरमा परिवारसहित दोलखाको तामाकोसी गाउँपालिका, जफेबाट पैदल हिँडेका थिए । ‘भोकले मर्नुभन्दा रोगले लगेको जाति…’ भनेर श्रीमती, १७ वर्षका छोरा मिलन र १२ वर्षकी छोरी शिलासहित पैदल निस्किएको उनी सुनाउँछन् । लकडाउनको सुरुवाती दिनमा बुद्धिराम मजदुरी गरिरहेकै थिए । तर, बिस्तारै काम […]

प्रधानमन्त्रीको निर्देशनपछि हिँडेर जाने मजदुर बाटोमै रोकिए

६ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अत्यावश्यक बाहेकका आवतजावत पूर्ण रुपमा बन्द गर्न निर्देशन दिएपछि गृह प्रशासनले कार्यान्वयन थालेको छ । गृहमन्त्रायलले प्रहरी प्रधान कार्यालय, नक्साललाई शुक्रबार सर्वसाधारणको आवतजावत पूर्ण रुपमा रोक्न निर्देशन दिएको हो । विभिन्न स्थानीय तहले अलपत्र मजदुरलाई गाडीमा राखेर आफ्नो क्षेत्रबाट कटाइरहेका बेला गृहको निर्देशनपछि यो पनि रोकिएको छ […]

लाखौंको रोजगारी गुम्दा श्रम सम्बन्ध खल्बलिने चिन्ता

३ वैशाख, काठमाडौं । अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले कोरोना भाइरस (कोभिड–१९) को कारण विश्वभर सवा एक अर्ब मानिसको रोजगारी प्रभावित हुने जोखिम औँल्याएको छ । त्यसमध्ये धेरैको तलब कटौती हुने र धेरैले रोजगारी गुमाउने आईएलओको अनुमान छ । नेपालमा पनि कतिपय उद्योगी–व्यवसायीले कामदार कटौती गर्नुपर्ने अवस्था आएको बताएका छन् । अहिले कति कामदारले बेतलबी […]

आर्थिक प्याकेजका लागि व्यवसायी र सरकारवीच सौदाबाजी, मजदुर भन्छन्- हामीलाई पनि नछुटाइयोस्

७ चैत, काठमाडौं । कोरोनाको त्रासबाट प्रभावित एयरलाइन्स, पर्यटन तथा होटेल व्यवसायका लागि आर्थिक सहयोग प्याकेजको तयारी सरकारले गरेको अर्थमन्त्रीले आश्वासन दिएका छन् । मजदुर संगठनका नेताहरुले भने आफूहरुलाई नछुटाउन सरकारको ध्यानाकर्षण गराएका छन् । बिहीबार अर्थ मन्त्रालयले पर्यटन क्षेत्रमा कोरोनाले पारेको प्रभावका विषयमा सरोकारवालासँग छलफल गरेको थियो । नेपाल पर्यटन बोर्डका निर्देशक मणिराज लामिछानेका […]

पोखरा विमानस्थलमा कार्यरत ७१ कामदार ‘सेल्फ क्वारेन्टाइन’मा

२८ फागुन, पोखरा । कास्कीमा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा कार्यरत ७१ जना कामदारलाई ‘सेल्फ क्वारेन्टाइन’मा राखिएको छ । विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस आक्रमणबाट बच्न सेल्फ क्वारेन्टाइनमा राखिएको नेपाल नागरिक उड्डयन कार्यालय, पोखरा विमानस्थलका प्रमुख विनेश मुनकर्मीले जानकारी दिए । चीनदेखि विमानस्थलमा काम गर्न कोरोना भाइरस फैलिइसकेपछि २० जना पुरानै कामदार र ८७ […]