Comments Add Comment

मजदुर

List Grid
आन्दोलनरत मजदुरलाई वार्तामा आउन रेवानको आग्रह

२० माघ, काठमाडौं । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेवान) ले सेवा शुल्क खारेजीको विरोधमा रहेका मजदुरहरुलाई वार्तामा आउन आग्रह गरेको छ । मजदुरहरुको आन्दोलन औचित्यहिन भन्दै रेवानले वार्ता र संवादमार्फत नै समस्या समाधान गर्न अपिल गरेको हो । रेस्टुरेन्ट तथा बार एसोसिएसन नेपाल रेवान -काठमाडौं, पोखरा र सौराहा) को गत सोमबार काठमाडौंमा भएको […]

सेवा शुल्क हटेपछि रेस्टुरेन्टका मजदुर आन्दोलनमा, मंगलबारदेखि हड्ताल

१८ माघ, काठमाडौं । रेस्टुरेन्ट तथा बारहरुमा ग्राहकहरुबाट लिइने सेवा शुल्क हटाउने निर्णय फिर्ता लिन माग गर्दै आएका मजजुर संगठनहरुले आन्दोलन चर्काउने भएका छन् । शुक्रबार तीन मजदुर संगठनले एक विज्ञप्ती जारी गरी १० प्रतिशत सेवा शुल्क हटाउने निर्णय फिर्ता नलिए देशव्यापी हड्तालमा उत्रिने चेतावनी दिएका छन् । माघ २० गते ४ बजे देशभर कोणसभ […]

मजदुर कुट्ने होटल सञ्चालक पक्राउ

२६ कात्तिक, मोरङ । विराटनगरमा सञ्चालित होटल एभरेष्ट इनका सञ्चालक अर्जुन साहले होटलमा कार्यरत मजदुरलाई निर्घात कुटपिट गरेका छन् । लेनदेनको बिषयमा होटल सञ्चालक साहले आइतबार मजदुर उत्तम श्रेष्ठलाई कुटपिट गरेका हुन् । होटल सञ्चालक अर्जुन साहले ५० हजार रुपैयाँ पेश्की लिएको भौचर बनाएर त्यसमा जबरजस्ती हस्ताक्षर गराएपछि मजदुर श्रेष्ठलाई कुटपिट र दुर्व्यवहार गरेका हुन् […]

मजदुरको न्यूनतम तलब तोकियो, साउनदेखि १३ हजार ४५०

२५ असार, काठमाडौं । सरकारले आन्तरिक मजदुरको तलव तोक्ने भएको छ । न्यूनतम् पारिश्रमिक निर्धारण समितिले सरकारलाई मजदुरको तलव १३ हजार ४५०  रुपैयाँ बनाउने गरी सिफारिस गरेको हो । अब श्रम तथठा रोजगार मन्त्रालयले सोमबार नै यसबारे अन्तिम निर्णय लिनेछ । यसअघि मजदुरको न्यूनतम् तलव ९ हजार ७ सय रुपैयाँ थियो । साउनबाट ३७ सय […]

रामघाटका मजदुरले नेतालाई भोट हालेनन् !

३ पुस, पोखरा । लक्ष्मीमायाको शाहीको थुन्से भरियो । बेल्चा फालिन् अनि थचक्क गेगरमै बसिन् । दाहिने हातले निधारका पसिना पुछेर छट्कारिन् र खुइय्य गरिन् । घाम अग्लिएर उनको ठीक थाप्लैमाथि आइपुगेको छ । चालेर उकासेको बालुवाको थुप्रोनेरै उभिएका छन्, सानो छोरा शाहिल । उनैलाई पुर्लुक्क हेरिन् र पानीको बोतलतिर इशारा गरिन् । घटघट पानी […]

अमेरिकामा नेपालीलाई बँधुवा मजदुर बनाएको खुलासा

१७ असार, काठमाडौं । नेपालबाट हुने मानव तस्करी भन्नासाथ हामी भारत र खाडी मुलुकलाई सम्झन्छौं । तर, अमेरिकामा पनि नेपाली महिला, बालबालिका र पुरुषलाई पनि बँधुवा मजदुरका रुपमा बलपूर्वक प्रयोग हुने गरेको स्वयं अमेरिकी सरकारले स्वीकार गरेको छ । अमेरिकी विदेश मन्त्रालयले निकालेको २०१६ को मानव बेचविखनसम्वन्धी रिपोर्टमा अमेरिकामा नेपालीहरुलाई निर्माण, औद्योगिक र खानी क्षेत्रमा […]

कोरियाको लाइनदेखि खुलामञ्चको अनसनसम्म

‘संसारका मजदुर एक हौ’ भन्दै १२७ औं मजदुर दिवस मनाउदै गर्दा मजदुरी गर्न पाउँ भन्दै इपिएस कोरियाको  लागी खुलेको ३१ सय कोटाका लागी लगभग ६१ हजार  युवायुवती लामवद्ध भएर आवेदन दिई परिक्षाको तयारी गर्दैछन् । यसरी रोजगारीका लागी अर्काको भर त पर्नु नै छ तर त्यहाँबाट सिकेको सिपको उपयोग गर्ने ठाउँ र लगानीको लागी उपयुक्त […]

मजदुरको अग्रदस्ता बनिरहने प्रचण्डको प्रतिवद्धता

१९ वैशाख, काठमाडों । एककृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अधिकारका लागि संघर्ष गर्नुपर्ने जनाएका छन् । उनले आफ्नो पार्टीले मजदुरको अग्रदस्तोको भूमिका खेलिरहने बताएका छन् । १२७ औं मे दिवसको अवसरमा विज्ञप्ति जारी गर्ने क्रममा प्रचण्डले संविधानका उपलब्धिहरुको रक्षा गर्दै थप अधिकारका निमित्त संघर्ष गर्नुपर्ने जनाएका हुन् । प्रचण्डको विज्ञप्तिमा भनिएको छ, […]