Comments Add Comment

मधेसी मोर्चा

List Grid
मधेसी मोर्चाको आन्दोलनले चुनाव रोकिँदैनः भीम रावल

३ बैशाख,काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेशी मोर्चाको आन्दोलनले चुनाव नरोकिने बताएका छन् । रिपोर्टर्स क्लबले आइतबार आयोजना गरेको साक्षात्कारमा बोल्दै उपाध्यक्ष रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा निर्वाचन हुनुपर्ने बताए । उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन […]

मधेसी मोर्चाद्वारा निर्वाचन कार्यालय घेराउ

३ बैशाख, भैरहवा । केन्द्रीय कार्यक्रम अनुसार संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्ला निर्वाचन कार्यालय घेेराउ गरेको छ । माग पूरा नगरी स्थानिय निर्वाचन गर्न नपाइने भन्दै मोर्चाले निर्वाचन कार्यालय घेराउ गरेको हो । मोर्चाका जिल्ला संयोजक महेन्द्र यादवको नेतृत्वमा निर्वाचन कार्यालय घेराउ गरेका मोर्चाका नेता कार्यकर्ताले सरकार विरुद्ध नारावाजी गरिरहेका छन् ।

मधेसी मोर्चाका दुई रणनीतिः चुनाव स्थगित गराउने, नभए बिथोल्ने

३ बैशाख, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले स्थानीय चुनावलाई असफल पार्न बैशाख पहिलो सातादेखि आन्दोलन गर्ने निर्णय गरेको छ । आइतबार पत्रकार सम्मेलनमार्फत सार्वजनिक गर्न लागिएको कार्यक्रमको सूचीमा लाठीजुलुस र निर्वाचन कार्यालय घेराऊदेखि आम हडताससम्म छन् । मोर्चाले आन्दोलनका उद्देश्य दुई वटा बनाएको छ, पहिलो- सरकारलाई तर्साएर बैशाख ३१ को चुनाव वीचैमा स्थगित गराउनु […]

एमाले नेता भन्छन्- मधेसमा कांग्रेस र मोर्चा चिन्न छाडियो !

३ बैशाख, काठमाडौं । प्रमुख विपक्षी नेकपा एमालेले सत्ता गठबन्धनको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस चुनावको सम्भावित परिणामबाट आत्तिएर स्थानीय चुनाव भाँड्न अग्रसर भएको आरोप लगाएको छ । कांग्रेसले संविधान संशोधनबिना चुनाव हुन नसक्ने निष्कर्ष निकाल्नु र बैशाख ३१ को निर्वाचन १० दिन पर सार्न छलफल थाल्नुले यो आशंका जन्मिएको एमालेको भनाइ छ । एमाले […]

मोर्चाका नेताले ‘तास खेल्दा’ एमालेलाई घाटा, कांग्रेसलाई नाफा

१ बैशाख, काठमाडौं । वैशाख ३१ को स्थानीय निर्वाचन मधेसी मोर्चाले बहिस्कार गर्‍यो भने कुन पार्टीलाई फाइदा होला ? संघीय समाजवादी फोरम बाहेकका दलको चुनावी तयारी सुस्त देखिएपछि मधेसमै यो प्रश्न उठ्न थालेको छ । यद्यपि मोर्चाआवद्ध सबै दलले निर्वाचन कार्यालयमा दल दर्ता गराएका छन् । मधेसी मोर्चाका नेता अनिल झाले चुनावका दिन मोर्चाका नेताहरु […]

मोर्चाका नेतालाई प्रचण्डको टेलिफोनः धोका भएको छैन, वार्तामा आउनुस्

३१ चैत काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चासँग सहमति गरेर नै संविधान संशोधनको नयाँ विधेयक ल्याइएको बताएका छन् । साथै उनले अझै मोर्चा चुनावमा आउँछ भन्ने विश्वास रहेको बताएका छन् । मधेसी मोर्चाले सहमति अनुसार नआएको भन्दै संविधान संशोधनको नयाँ विधेयक अस्वीकार गरेको छ र दबावमुलक आन्दोलन घोषणा गरेको छ । तर, प्रधानमन्त्री […]

मोर्चाका नेतालाई प्रचण्डको टेलिफोनः आउनुस् वार्ता गरौं

३१ चैत, काठमाडौं । सरकारले आन्दोलन छाडेर सहमतिमा आउन र तीनै तहको निर्वाचनलाई सफल बनाउन मधेसी मोर्चामा आवद्ध दलहरुलाई आह्वान गरेको छ । संघीयता, गणतन्त्र, समानुपातिक समावेशी, धर्मनिरेपक्षता लगायतका उपलब्धीलाई संस्थागत गर्न निर्वाचन अनिवार्य भएको भन्दै सरकारले आन्दोलन छाडेर सहमतिमा आउन आह्वान गरेको हो । मधेसी मोर्चाले संविधान संशोधन पनि नस्वीकार्ने र निर्वाचनमा पनि भाग […]

मधेसी मोर्चाले किन मानेन संशोधन विधेयक ? के हुँदा चुनावमा आउँछ ?

३० चैत, काठमाडौं । संविधान संशोधनको नयाँ विधेयक संसदमा दर्ता गर्दै गर्दा सरकारको दाबी थियो, मधेसी मोर्चा मात्र होइन, यसमा एमालेको पनि समर्थन रहन्छ । प्रमुख विपक्षी एमालेले सरकारी प्रस्तावको विरोध गर्नु त उसको धर्म नै हो भन्न सकिन्छ । तर, जसका लागि संशोधन प्रस्ताव ल्याइएको हो, त्यही मधेसी मोर्चाले पनि अस्वीकार गरेको छ । […]

मधेसी मोर्चाले भन्यो-नयाँ संशोधन प्रस्ताव पनि अस्वीकार्य

३० चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले नयाँ संविधान संशोधन विधेयक स्वीकार नगर्ने निर्णय गरेको छ । साथै उनले आफ्नो माग पुरा नहुँदासम्म हुने कुनै पनि चुनावमा भाग नलिने समेत बताएको छ । तमलोपाको कार्यालयमा बुधबार बसेको मधेसी मोर्चाको बैठकले ११ र २६ बुँदे माग अनुसार संविधान संशोधन नहुँदासम्म आन्दोलन जारी राख्ने निर्णय गरेको […]

नयाँ संशोधन विधेयक दर्ता, नयाँ प्रदेश गठन तथा सीमा हेरफेर सहज बनाउने प्रस्ताव

२९ चैत, काठमाडौं । सरकारले संविधान संशोधनको नयाँ विधेयक व्यवस्थापिका संसदमा दर्ता गराएको छ । चार महिनाअघि दर्ता गराएको सीमांकन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिए लगत्तै मंगलबार साँझ नयाँ विधेयक दर्ता भएको हो । मंगलबार दिउँसो बसेको संसद बैठकले प्रक्रियामा रहेको विधेयक फिर्ता लिन सहमति दिएको थियो । साँझ कानुनमन्त्री अजयशंकर नयकले अर्को […]

नयाँ संशोधन विधेयक दर्ता, नयाँ प्रदेश गठन तथा सीमा हेरफेर सहज बनाउने प्रस्ताव

२९ चैत, काठमाडौं । सरकारले संविधान संशोधनको नयाँ विधेयक व्यवस्थापिका संसदमा दर्ता गराएको छ । चार महिनाअघि दर्ता गराएको सीमांकन हेरफेर सहितको संविधान संशोधन प्रस्ताव फिर्ता लिए लगत्तै मंगलबार साँझ नयाँ विधेयक दर्ता भएको हो । मंगलबार दिउँसो बसेको संसद बैठकले प्रक्रियामा रहेको विधेयक फिर्ता लिन सहमति दिएको थियो । साँझ कानुनमन्त्री अजयशंकर नयकले अर्को […]

तयार भयो संविधान संशोधनको नयाँ विधेयक, मान्ला त एमाले र मोर्चाले ?

२६ चैत, काठमाडौं । सरकारले मधेसी मोर्चाको माग सम्वोधन गर्न संविधान संशोधनको नयाँ प्रस्ताव तयार पारेको छ । प्रमुख विपक्षी एमाले र असन्तुष्ट मधेसी मोर्चा दुबैले स्वीकार गर्ने गरी संशोधन प्रस्ताव तयार पारिएको प्रधानमन्त्री प्रचण्डले दाबी गरेका छन् । ‘आज मैले संविधान संशोधनको नयाँ मस्यौदा तयार पारेको छु’ प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘यो प्रस्ताव मधेसी […]

गच्छदारको टिप्पणीः राजेन्द्र महतो धोती सुर्केर बालुवाटार जान्छन् (भिडियोसहित)

२४ चैत, बिराटनगर । मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार मधेसी मोर्चाका नेताहरुविरुद्ध खनिएका छन् । उनले सरकारको एक कल फोन आउनासाथ राजेन्द्र महतो ‘धोती सुर्केर बालुवाटार जाने गरेको’ टिप्पणी गरे । विहीबार बिराटनगर पुगेका गच्छदारले विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै भने- ‘राजेन्द्र महतो मधेसमा मात्रै सरकारसँग वार्ता गर्ने भनेर ठूलो-ठूलो स्वरले भन्ने, सरकारको एक […]

चुनावमा भाग लिन मधेसी मोर्चा तयार, सीमांकन ‘होल्ड’ गरेर धारा २७४ संशोधन गरिने

१८ चैत, काठमाडौं । सरकार र मधेसी मोर्चाबीच सीमांकन हेरफेरलाई थाती राख्दै अन्य पाँच विषयमा संशोधन अघि बढाउने ‘भद्र सहमति’ भएको छ । यो सहमतिअनुसार अब मधेसी मोर्चा पनि निर्वाचनमा भाग लिन तयार भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार साँझ भएको सत्तापक्ष र मधेसी मोर्चावीचको छलफलले सकारात्मक निश्कर्ष निकालेको माओवादी केन्द्रका नेता वर्षमान पुनले […]

कांग्रेसमा बहसः चुनाव ठूलो कि मधेसी मोर्चा ?

१४ चैत, काठमाडौं । कार्यसम्पादन समिति गठनको प्रस्ताव गरेर नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले रामचन्द्र पौडेल समूहबाट सम्भावित आलोचना टारेका छन् । पौडेल समूहको चर्को दबावपछि मात्र देउवाले बैठक बोलाएका थिए र, पार्टी एकलौटी चलाएकोदेखि थुप्रै विषयमा पौडेल समूह देउवासँग असन्तुष्ट थियो । तर, आइतबारको बैठकको सुरुमा नै देउवाले कार्यसम्पादन समितिको प्रस्ताव राखेपछि उनको खासै […]

कांग्रेसको जागरण अभियानमा मधेसी मोर्चाको अवरोध

१४ चैत, नवलपरासी । नेपाली कांग्रेस नवलपरासीको क्षेत्र नम्बर ६ को जनजागरण अभियानलाई लक्षित गरेर संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले विरोध प्रदर्शन गरेको छ । साविक नर्सही, कुडिया, पक्लिवा, त्रिवेणी र रुपौलिया गाविस अर्थात त्रिवेणी सुस्ता गाउँपालिकाकालाई प्रदेश नम्बर ५ मा राख्नुपर्ने मागलाई सम्बोधन नगरी कांग्रेस चुनावी अभियानमा लागेको भन्दै विरोध गरेको संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका […]

चुनाव बहिस्कार गर्ने उपेन्द्र यादवको आन्तरिक प्रस्ताव

११ चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्ड चीन प्रस्थान गर्नुभन्दा केही घण्टा अघिमात्रै विहीबार दिउँसो उपेन्द्र यादव दिल्लीबाट काठमाडौं विमानस्थलमा ओर्लिएका थिए । त्यहाँबाट सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा प्रचण्ड र उपेन्द्रवीच केहीबेर कुराकानी भयो, त्यसलगत्तै मधेसी मोर्चाको बैठक बस्यो । प्रधानमन्त्री प्रचण्ड चीन जानुअगावै विहीबारै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने योजनामा थिए । यसका लागि उनले […]

चीन जानुअघि मोर्चासँग सहमति गर्ने प्रधानमन्त्रीको प्रयास, ओली र यादवसँग छलफल

१० चैत, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले विहीबार साँझ चीन प्रस्थान गर्नुअघि नै मधेसी मोर्चासँग लिखित सहमतिपत्रमा हस्ताक्षर गर्ने प्रयास अघि बढाएका छन् । यसका लागि सिंहदरबारमा मधेसी मोर्चा र एमालेका नेताहरुसँग प्रधानमन्त्रीले बेग्लाबेग्लै छलफल गरेका छन् । मोर्चाका नेताहरुसँगको छलफलपछि प्रधानमन्त्रीले एमाले नेताहरुसँग छलफल गरेका छन् । प्रधानमन्त्रीसँगको छलफलपछि मधेसी मोर्चाका नेताहरु पनि आन्तरिक बैठकमा […]

धारा २७४ संशोधन गरे मधेसी मोर्चाले स्थानीय चुनावमा भाग लिने

९ चैत, काठमाडौं । मधेसी मोर्चा र संघीय गठवन्धनले संविधानको धारा २७४ संशोधन गरे सीमांकन हेरफेरलाई थाती राखेर स्थानीय चुनावमा सहभागी हुने संकेत दिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकै सक्रियतामा सत्तारुढ र मधेसी मोर्चाका नेताहरुबीच कार्यदल स्तरमा छलफल चलिरहेको छ । कांग्रेसका कृष्ण सिटौला, माओवादीका कृष्णबहादुर महरा, राप्रपाका दिपक बोहोरा कार्यदलमा छन् भने मधेसी […]

सीमांकनलाई थाती राखेर कुनै सम्झौता गर्दैनौंः ठाकुर

७ फागुन, सप्तरी । तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले सीमांकनलाई थाती राखेर सरकारसँग कुनै सम्झौता नगर्ने बताएका छन् । बाहिर चर्चा भए जस्तो कुनै सहमति नभएको भन्दै उनले संविधान संशोधन नभई मधेसी मोर्चा चुनावमा जान नसक्ने बताए । गत फागुन २३ गते सप्तरीको मलेठमा प्रहरीको गोलीबाट मारिएका पाँच जनाको परिवारलाई भेट्न सप्तरी आएका […]

मधेसी मोर्चाद्वारा रुपन्देहीका ३ गाउँपालिकाको कार्यालयमा तालाबन्दी

६ चैत, भैरहवा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चा रुपन्देहीले जिल्लाका ३ वटा गाउँपालिकाको कार्यालयमा तालाबन्दी गरेको छ । मोर्चाले मर्चवारीमाई गाउँपालिका, कोटहीमाई गाउँपालिका रसेमरीमाई गाउँपालिकामा तालबन्दी गर्दै साइनबोर्ड पनि हटाएको हो । सरकारले संविधान संसोधन नगरी स्थानिय तहको निर्वाचन घोषणा गरेकाले केन्द्रीय कार्यक्रम अनुसार गाउँपालिकाको कार्यालयमा तालबन्दी गरिएको मोर्चाको एक घटक सदभावना पार्टीका केन्द्रीय उपाध्यक्ष […]