Comments Add Comment

मधेसी मोर्चा

List Grid
सप्तरी घटनाको थप खुलासा: मोर्चा र एमालेवीच प्रतिष्ठाको लडाइँ, सुरक्षा लापरवाही

सप्तरीमा एमालेको सभा सकिनै लाग्दा अकस्मात् गोली चलाइयो । पाँच नागरिक मारिए । एमाले र मोर्चाको प्रतिष्ठाको त्यो लडाईंमा जो मारिए, तिनको अभियान र आन्दोलनसँग कुनै सम्बन्ध थिएन । मुलुकको दोस्रो ठूलो दल नेकपा एमालेले ‘मेची-काली अभियान’ अन्तर्गत सप्तरीको बसबिट्टीस्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रभित्र ०७३ साल फागुन २३ गते सभा गरिरहेको थियो । एमालेलाई मधेस […]

संघीय गठबन्धनले सात शहरमा जनप्रदर्शन गर्ने

३ चैत, काठमाडौं । संघीय गठबन्धनले प्रमुख सात शहरमा जनप्रदर्शन गर्ने भएको छ । संघीय समाजवादी फोरम नेपालको कार्यालय तीनकुनेमा बिहीबार बसेको गठबन्धनको बैठकले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । मधेसी मोर्चाले यसअघि नै आन्दोलन गर्ने घोषणा गरेको थियो । मोर्चासमेत आवद्ध गठबन्धनले मोर्चाको आन्दोलनलाई समेत जोडेर थप कार्यक्रम अघि सारेको छ । जसअनुसार गठबन्धनमा […]

मधेसी मोर्चाका चार दलले सरकारलाई दिएको समर्थन फिर्ता लिए

३ चैत, काठमाडौं । मधेसी मोर्चासम्वद्ध थप चार दलले सरकारलाई दिएको समर्थन औपचारिक रुपमै फिर्ता लिएका छन् । तमलोपा, सदभावना, रामसपा र फोरम गणतान्त्रिकका नेताहरुले समर्थन फिर्ताको लिखित पत्र संसद सचिवालयमा बुझाएका छन् । मधेसी मोर्चामा आवद्ध संघीय समाजवादी फोरम नेपालले बुधबार नै समर्थन फिर्ताको पत्र सभामुखलाई बुझाएको थियो । सरकारले संविधान संशोधनमा आनाकानी गरेको, […]

प्रधानमन्त्रीको विश्वास-मधेसी मोर्चामा चुनावमा आउने वातावरण बन्छ

३ चैत, काठमाडौं । मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता लिएर असहयोग आन्दोलन घोषणा गरेको छ । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भने मधेसी मोर्चा चुनावमा आउनेमा विश्वस्त देखिएका छन् । बिहीबार अपराहृन बसेको मन्त्रिपरिषद् बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक घटनाक्रमबारे मन्त्रीहरुलाई जानकारी गराएका छन् । कर्मचारी व्यवस्थापन लगायतका कारण स्थानीय चुनावका लागि विश्वसनीय बनेको […]

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाए

३ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मधेसी मोर्चाका नेताहरुलाई छलफलमा बोलाएका छन् । उपेन्द्र यादव, महेन्द्र राय यादव लगायतका मोर्चाका नेताहरु प्रधानमन्त्री कार्यालयमा प्रवेश गरेका छन् । प्रधानमन्त्रीले छलफलका लागि बोलाएकाले गएको तमसपा अध्यक्ष यादवले जानकारी दिए । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहितका नेताहरु पनि पुगेका छन् । मधेसी मोर्चामा आवद्ध चार दलले […]

सप्तरीमा एमालेको सभास्थलमै मोर्चाले शोकसभा गर्ने, गठबन्धनका सबै अध्यक्षले सम्बोधन गर्ने

२ चैत, सप्तरी। संयुक्त लोकतान्त्रिक मधेशी मोर्चा सप्तरीले गत फागुन २३ गते प्रहरीको गोलीबाट ज्यान गुमाउने पाँचै जनाको शोकसभा गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्रमा गर्ने भएको छ । यो शोकसभामा मोर्चामा आबद्ध सबै दलका केन्द्रीय अध्यक्षहरु आउने मोर्चाको भनाई छ । जिल्लाको एक मात्र औद्योगिक क्षेत्रमा यसअघि एमालेले पहिलो पटक आफ्नो सभा गरेपछि मोर्चाले पनि यहीँ […]

मलेठको वेदनाः जहाँ मेहन्दी नसुक्दै सिन्दुर पुछियो !

सप्तरीमा भएको प्रहरी फायरिङमा मारिएका सञ्जन मेहताको नौ महिना अगाडिमात्रै बिहे भएको थियो । उनकी श्रीमतीको हातको मेहन्दीको रङ्ग सुक्न नपाउँदै उनको सिन्दुर पुछियो । उनलाई सायद यो थाहा थिएन कि एमालेको मेची-महाकाली अभियानका कारण उनको सिन्दुर पुछिनेछ र उनको जीवन उजाड हुनेछ । सप्तरी घटनामै मारिएका अर्का पीडित बीरेन्द्र महतोका तीन साना छोरी र […]

प्रधानमन्त्रीले मधेसी मोर्चाका नेतालाई सिंहदरबार बोलाए

२ चैत, काठमाडौं । सरकारलाई दिएको समर्थन फिर्ता लिएको घोषणा गरेका मधेसी मोर्चाका नेताहरुलाई प्रधानमन्त्री प्रचण्डले बुधबार बिहान सिंहदबारमा बोलाएका छन् । प्रधानमन्त्रीको निमन्त्रणालाई स्वीकार गर्दै मोर्चाका नेताहरु सिंहदरबारमा भेला हुँदैछन् । मोर्चाको मंगलबार बसेको सचिवालय बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । साथै सचिवालयले आन्दोलनको कार्यक्रमसमेत तयार पारिसकेको छ । मोर्चाको […]

आज मध्यरातबाट मधेसी मोर्चाले सरकारलाई दिएको समर्थन फिर्ता, भोलि आन्दोलन घोषणा गर्ने तयारी

१ चैत, काठमाडौं । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले प्रचण्ड सरकारलाई दिएको समर्थन आज मंगलबार रातिबाट स्वत फिर्ता हुने भएको छ । तर, मोर्चाको समर्थन फिर्ताले सरकार अल्पमतमा भने पर्नेछैन । मधेसी मोर्चाले फागुन २५ गते प्रधानमन्त्री प्रचण्डलाई पाँचबुँदे ज्ञापन पत्र बुझाएको थियो । जसमा ७ दिनभित्र संविधान संशोधन र स्थानीय चुनाव स्थगित नभए आफूहरुले सरकारलाई […]

मधेसी मोर्चालाई प्रचण्डको सुझाव- स्थानीय चुनाव गर्न सीमांकन हेरफेर अनिवार्य छैन

१ चैत, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहको चुनावका लागि सीमांकन हेरफेर आवश्यक नभएको बताएका छन् । साथै उनले वैशाख ३१ को चुनाव हुनेमा आशंका नगर्न आग्रह समेत गरेका छन् । स्थानीय तहको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले परिस्थिति अनकुल भए लगतै संविधान संशोधन विधेयक पास गर्ने बताए । उनले अघि भने, […]

एमाले कार्यकर्ता बोक्ने गाडीलाई मोर्चाको अवरोध, एक यात्रु बसमा आगजनी

१ चैत, नेपालगञ्ज । नेकपा एमालेको मेची-महाकाली अभियानअन्तर्गत नेपालगन्जमा मधेसी मोर्चाले अवरोध गरेपछि आमसभास्थल परिवर्तन गरिएको छ । यसअघि आमसभास्थल रामलीला मैदानमा गर्ने तयारी गरिएको थियो । तर, त्यसलाई सारेर सडक डिभिजन कार्यालयमा आमसभा आयोजना गरिँदैछ । एमाले बाँकेले भने रामलिला मैदानमा ठाउँ साँघुरो हुने भएकाले सडक डिभिजन कार्यालयको मैदानमा गर्न लागिएको जनाएको छ । […]

सप्तरीबाट उपेन्द्र र राजेन्द्रले भने-मलेठ घटनाको दोषी केपी ओली हुन्

२९ फागुन, सप्तरी । मधेसी मोर्चाका शीर्ष नेताहरूले नेकपा एमालेको हठका कारण सप्तरीको मलेठ घटना भएको दाबी गरेका छन् । साथै एमाले अध्यक्ष केपी शर्मा ओलीको बोली पनि दोषी भएको बताए । राजविराजमा आइतबार छुट्टाछुट्टै पत्रकार सम्मेलन गरी संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादव र सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले एमालेको मधेसप्रतिको दृष्टिकोणकै परिणाम […]

एमाले र मोर्चाका कार्यकर्तावीच भनाभन

२९ फागुन, नवलपरासी । नवलपरासी जिल्लाको बासा बसई भन्ने ठाउँमा एमाले कार्यकर्ताको जुलुस आउँदै गर्दा आइतबार मधेसी मोर्चाका कार्यकर्ताहरु कालो झण्डा लिएर बसेका थिए । दुई पक्षवीच जम्काभेट भएपछि भनाभन र गालीगलौज सुरु भयो । एमाले कार्यकर्ताले मोर्चाका कार्यकर्तालाई गाली गरे । दुबैतिरबाट केहीले ढुंगा हान्ने प्रयास पनि गरे । कालोझण्डा बोकेका मोर्चा कार्यकर्ताले पनि […]

मधेसी मोर्चाद्वारा संसदमा नाराबाजी, सप्तरी र कञ्चनपुरको चर्चा

२७ फागुन, काठमाडौं । संघीय गठवन्धन र मधेसी मोर्चा आवद्ध सांसदहरुले व्यवस्थापिका संसदको बैठकमा सप्तरी घटनाका दोषीलाई कारवाहीको माग गर्दै नाराबाजी गरेका छन् । संघीय समाजवादी फोरमका नेता अशोक कुरा राईले बोलिसकेपछि उनीहरुले आ -आफ्नो ठाउँबाट रोष्टम अगाडि आएर सप्तरी घटनाका दोषीमाथि कारवाही माग्दै नाराबाजी गरेका हुन् । राईले सप्तरी घटनामा सरकारका तर्फबाट अनावश्यक बल […]

राजविराज घटनाको विरोधमा राजधानीमा प्रदर्शन

२६ फागुन, काठमाडौं । राजविराज घटनाको विरोधमा मधेसी मोर्चासहितको संघीय गठवन्धनले राजधानीमा प्रदर्शन गरेको छ । प्रदर्शनमा गठवन्धनका नेताहरु सहभागी छन् । प्रदर्शनकारीले सविधान संशोधन प्रस्ताव परिर्माजनसहित पारित गर्न र स्थानीय चुनावको घोषणा फिर्ता लिन माग गरेका छन् । मेची-महाकाली अभियान अन्तर्गत नेकपा एमालेले गत सोमबार सप्तरीको राजविराजमा आयोजना गरेको सभा बिथोल्न खोज्ने मधेसी मोर्चाका […]

मोर्चाका नेताले भने- बन्दुक उठाउँछौं, काठमाडौंको भेट अन्तिम हुनसक्छ

२६ फागुन, काठमाडौं । मधेसी मोर्चाका नेता राजकिशोर यादवले ७ दिनभित्र आफूहरुको ५ बुँदे माग पूरा नभए जनविद्रोह सुरु गर्ने चेतावनी दिएका छन् । उनले त्यसको गृहकार्यमा आफूहरु जुटिरहेको जानकारी पनि दिए । बिहीबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै यादवले भने, ‘कांग्रेस र माओवादी केन्द्रलाई यो अन्तिम मौका हो, ७ दिनभित्र हाम्रा ५ […]

वीरगञ्जमा मधेसी मोर्चाको प्रतिकार, जिल्ला अध्यक्ष कुटिए

२५ फागुन, पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् । बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई […]

सप्तरी घटनामा एमाले शीर्ष नेतृत्वविरुद्ध मुद्दा हाल्ने निर्णय

२५ फागुन, सप्तरी । जिल्लाका कानुन व्यवसायीहरुले राजविराज घटनालाई लिएर एमाले शीर्ष नेताहरुविरुद्ध मुद्दा हाल्ने निर्णय गरेका छन् । एमालेको मेची महाकाली अभियान विथोल्न खोज्ने मधेसी मोर्चाका कार्यकर्ता र प्रहरीबीच सोमबार राजविराजमा भएको झडपमा तीन जनाको मृत्यु भएको थियो । घटनामा सप्तरी बार एशोसिएसनका कोषाध्यक्ष दिगम्बर यादव पनि घाइते भएका छन् । उनको पेटमा गोली […]

एमालेले सप्तरीबाटै अभियान सुरु गर्नुहोस्, हामी विथोल्दैनौं: महेन्द्र यादव

२५ फागुन, काठमाडौं । मधेसी मोर्चाका शीर्ष नेता महेन्द्र राय यादवले सप्तरी घटनामा सरकार जिम्मेवार रहेको बताएका छन् । साथै उनले मधेसमा एमालेले कार्यक्रम गर्दा अवरोध गर्ने नीति नरहेको दाबी गरे । तमसपा अध्यक्ष यादवले भने, ‘एमालेले मधेसको जुनसुकै भागमा पनि आफ्नो कार्यक्रम गर्न पाउँछ, मधेसी मोर्चाले हिजो पनि विरोध गरेको थिएन र भोलिका दिनमा […]

सप्तरीमा मधेसी मोर्चाको प्रदर्शन अराजकतातर्फ, एमाले नेताहरुको घरमा तोडफोड

२५ फागुन, राजविराज । सप्तरीमा आन्दोलनरत मधेसी मोर्चाका कार्यकर्ताहरु एमाले नेताहरुको घर तोडफोडमा उत्रिएका छन् । प्रदर्शनकारीले प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवको घरमा पनि ढुंगामुढा गरेका छन् । तोडफोडमा मोर्चामा आवद्ध दलका जिल्लास्थित प्रमुख नेताहरुले नै अगुवाई गरेको देखिएको छ । राजविराज घटनापछि प्रमुख जिल्ला अधिकारीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीका प्रमुख फेरिएका छन् […]

सप्तरी घटनाः मोर्चाको धम्कीपछि एमालेका नेता कार्यकर्ता विस्थापित

२५ फागुन, काठमाडौं । राजविराज गोलीकाण्डपछि जिल्लाका एमाले नेता कार्यकर्ताहरु सदरमुकामबाट विस्थापित भएका छन् । मधेसी मोर्चाको धम्की र घर घेराउपछि राजविराज लगायत आसपासका गाउँबाट धेरै नेता कार्यकर्ता विस्थापित भएको एमाले स्थायी कमिटी सदस्य तथा २ नम्बर प्रदेशका संयोजक सत्यनारायण मण्डलले बताए । उनले प्रहरीले एमालेका कार्यकर्तालाई सुरक्षा दिन नसक्दा घर घरमा गएर मोर्चा कार्यकर्ताले […]