Comments Add Comment

मनसुन

List Grid
यस वर्षको मनसुन : २६२ जनाको ज्यान लियो, अब बाहिरिने तर्खरमा

२१ भदौ, काठमाडौं । नेपालमा गत जेठ ३० गते भित्रिएको यो वर्षको मनसुन कमजोर भएको छ । अब नेपालबाट मनसुन बाहिरिने क्रममा रहेको मौसमविदहरु बताउँछन् । नेपालमा मनसुन भित्रिने औसत मिति १० जून हो भने बाहिरिने मिति २३ सेप्टेम्बर हो । तर, कहिलेकाहिँ दुई-चार दिन ढिला हुन सक्ने मौसमविद बताउँछन् । २३ सेप्टेम्बर (असोज ७ […]

मनसुनी रेखा नेपाल नजिक, शनिबार रातिबाट धेरैजसो स्थानमा वर्षा हुने

२४ साउन, काठमाडौं । नेपालमा फेरि केही दिन मनसुन सक्रिय हुने भएको छ । शनिबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भू–भाग नजिक आउने सम्भावना देखिएकाले दुई–तीन दिनसम्म देशका धेरैजसो स्थानमा वर्षा हुने छ । केही स्थानमा भारी वर्षाको सम्भावनासमेत रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मौसम पूर्वानुमान […]

आजबाट मनसुन सक्रिय, कास्की र स्याङ्जामा भारी वर्षा मापन

१२ साउन, काठमाडौं । जल तथा मौसम विज्ञान विभागले आजबाट शुक्रबारसम्म मनसुन सक्रिय हुने जनाएको छ । मनसुन सक्रिय हुँदा केही जिल्लाहरुमा ‘धेरै भारी’ वर्षा हुने पूर्वानुमान गरिएको छ । जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले प्रदेश १, बागमती, गण्डकी, प्रदेश ५, कर्णाली र सुदूरपश्चिम प्रदेशहरूमा निरन्तर वर्षा भइरहेको छ । […]

मनसुन फेरि सक्रिय, सोमबारबाट तीन दिनसम्म झरी हुने

११ साउन, काठमाडौं । सोमबारबाट फेरि मनसुन सक्रिय हुने भएको छ । मनसुन सक्रिय हुँदा तीन–चार दिनसम्म धेरैजसो स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । केही स्थानमा भने भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । सोमबार रातिबाट मनसुन न्यून चापीय रेखा नेपालको तराई भूभाग नजिक रहने छ । साथै अरब […]

तीन दिनसम्म नारायणीमा बहाव बढ्ने, कन्काई र बागमतीमा आकस्मिक बहावको सम्भावना

८ साउन, काठमाडौं । मनसुनी न्युन चापीय रेखा नेपालको पश्चिम भागबाट दक्षिणतिर सरेकाले प्रदेश ५, कर्णाली प्रदेश र सुदूरपश्चिमका जिल्लाहरुमा केही दिनसम्म ठूलो वर्षा र लगातारको झरी नहुने मौसमविदले बताएका छन् । गण्डकी प्रदेशदेखि पूर्वी भूभागमा भने अझै पनि भारी वर्षाको सम्भावना कायमै छ । ‘मनसुन अवधि कायमै रहेकाले पानी त पर्छ, तर भारी वर्षा […]

प्रि–मनसुनमा मनसुन थपिँदा पहिरोको ओइरो

७ साउन, काठमाडौं । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च (सास्कोफ)ले यो वर्षको मनसुनमा ‘नर्मल’ वर्षा हुने पूर्वानुमान गरेको थियो । तर ३० जेठमा मनसुन सुरु भएयता नेपालमा औसतभन्दा धेरै पानी परेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । विभागकी प्रवक्ता डा. अर्चना श्रेष्ठ यो वर्ष मनसुनको पहिलो एक महिनामा ‘नर्मल’भन्दा बढी वर्षा भएको बताउँछिन् […]

सोमबारदेखि पाँच दिनसम्म देशभर भारी वर्षाको सम्भावना

२ साउन, काठमाडौं । आगामी सोमबारदेखि पाँच दिनसम्म देशभरी भारी वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुन सुरु भएयता परेको पानीले पहाड र चुरे क्षेत्रका अधिकांश भूभाग गलिसकेकाले अब पाँच दिन पर्ने पानीले पहिरोको सम्भावना बढेको विभागले जनाएको छ । मनसुन सुरु भएयता देशका विभिन्न स्थानमा बाढी र पहिरोले ठूलो […]

बाढीको पूर्वानुमान : साउनको मध्यतिर बढी खतरा

३० असार, काठमाडौं । सरकारले यस वर्षको वर्षायाममा मनसुनजन्य विपतका घटना अत्यधिक हुन सक्ने अनुमान गरेको छ । असारदेखि असोजसम्मसय दिनमा हुन सक्ने मनसुनजन्य विपतका घटनाको आकलन गर्दै राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरणले ‘मनसुन पूर्वतयारी तथा प्रतिकार्य कार्ययोजना’ बनाएको छ । असार ५ गत बसेको ‘राष्ट्रिय विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समिति’को बैठकले स्वीकृत गरेको […]

देशभर फैलियो मनसुनी वायु, अझै दुई दिनसम्म वर्षा हुन्छ : मौसमविद्

८ असार, काठमाडौं । मनसुन सक्रिय भएसँगै देशभर वर्षा भएको छ । कतिपय स्थानमा बाढी र पहिरोसमेत आएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार जुन १२ देखि पूर्वी नेपालबाट प्रवेश गरेको मनसुन आइतबार सुदूर प्रदेशसम्म फैलिएको छ । मनसुन अवधिभर पश्चिमी वायुको प्रभावलाई मनसुनी वायुले विस्थापित गर्दछ र वर्षा हुन्छ । मौसमविद मिन […]

नेपाल भित्रियो मनसुन, देशभर फैलिन करिब एक हप्ता लाग्ने

३२ जेठ, काठमाडौं । नेपालमा मनसुन भित्रिएको छ । अब पानी पर्ने क्रम बढ्ने हुँदा आवश्यक सतर्कता अपनाउन र पूर्वतयारीमा लाग्न  जल तथा मौसम विज्ञान विभागले सबैलाई अनुरोध गरेको छ । पूर्वी नेपालबाट भित्रिएको मनसुन विस्तारै देशभर फैलिँदै जाने छ । मौसमविद समिर श्रेष्ठले अनलाइनखबरसँग भने, ‘अहिले मनसुन पूर्वी भागमा छ । पूर्वबाट पश्चिम सर्ने […]

नेपालमा फेरि अर्को चक्रवातको असर, मनसुन समयमै सुरु हुने विश्वास

१९ जेठ, काठमाडौं । नेपालमा फेरि अर्को चक्रवातको असर पर्ने भएको छ । यो चक्रवातको कारण यस वर्षको मनसुन समयमै सुरु हुनेमा मौसमविद आशावादी देखिएका छन् । हाल दक्षिण-पूर्वी अरब सागरमा रहेको न्युन चापीय प्रणाली उत्तर तर्फ सर्दै गरेको छ । आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवातको रुप लिने छ । त्यसको प्रभावले […]

नेपालमा मनसुन ढिलो भित्रिने, तर हुनेछ औसत वर्षा

१४ जेठ, काठमाडौं । यस वर्षको मनसुन अवधिमा नेपालमा औसत वर्षा हुने मौसमविदले पूर्वानुमान गरेका छन् । यद्यपि, यस वर्ष नेपालमा ढिलो मनसुन भित्रिने अनुमान मौसमविदको छ । सामान्यतया नेपालमा १० जुनमा पूर्वी भेगबाट मनसुन प्रवेश गर्दछ र २३ सेप्टेम्बरमा पश्चिम भेगबाट बाहिरिन्छ । यस वर्ष नेपालमा कम्तीमा एक हप्ता ढिलो मनसुन भित्रिने अनुमान मौसमविदले […]

यस वर्ष मनसुनमा औसत वर्षा हुने

११ जेठ, काठमाडौं । यस वर्ष मनसुनमा मुलुकभर औसत वर्षा हुने अनुमान मौसमविदहरूले गरेका छन् । दक्षिण एसियाली जलवायु दृष्टिकोण मञ्च ‘सास्कोप’ ले हालै नेपालसहित समग्र दक्षिण एसियाको मनसुन विश्लेषण गरेको थियो । सो अध्ययनले यस वर्षको मनसुनमा मुलुभर औसत वर्षा हुने प्रक्षेपण गरेको हो। विश्व मौसम सङ्गठनको अगुवाइमा सास्कोपले हरेक वर्ष मनसुन सुरु हुनुभन्दा […]

पूर्वी नेपालमा मनसुनी वर्षा शुरु, देशभर फैलिन केही दिन लाग्ने

५ असार, काठमाडौं । गत २४ घण्टामा ताप्लेजुङमा सबैभन्दा बढी अर्थात १४ दशमलब ६ मिलिमिटर पानी पर्‍यो । जल तथा मौसम विज्ञान विभागका अनुसार ओखलढुंगा, धनकुटा, विराटनगर लगायतका क्षेत्रमा पनि वर्षा भएको छ । मौसमविद्हरूका अनुसार पूर्वी नेपालबाट मनसुनी वर्षा शुरु भइसकेको छ । गत वर्षको तुलनामा १० दिन ढिलो गरी मनसुन शुरु भएको हो […]

हिले दशैंको खतरा छैन, १६ असोजदेखि मनसुन सकिने

१२ असोज, काठमाडौं । यसपालीको दशैंमा हिलो बाटो हिँड्नु नपर्ने भएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार १६ असोजबाट मनसुन सकिँदैछ । अनुमानित मितिभन्दा दुई दिनअघि शुरु भएको मनसुन औसत मितिभन्दा एक साता ढिलो सकिने लागेको हो । यद्यपि, यसपालीको दशैं २५ असोजबाट मात्र सुरु हुने भएकाले मनसुनले छुने छैन । नेपालमा १० […]

मुलुकभर अझै केही दिन वर्षा हुने

२८ साउन, काठमाडौं । अहिले मुलुकभर सरदर मनसुनी वर्षा भएको छ । मनसुन चार महिनाको अवधिमा देशभर सरदर करिब १५ सय मिलिमिटर वर्षा हुने गर्दछ । मौसम पूर्वानुमान महाशाखाको आँकडाअनुसार यो वर्ष अहिलेसम्म सबैभन्दा बढी (हालै भक्तपुरमा) १२५ मिलिमिटर वर्षा भएको छ । यो वर्ष मनसुन सक्रीय भएको लामो अवधिसम्म पनि प्रभावकारी वर्षा नभए पनि […]

यसरी उठाउनुहोस् मनसुनको मज्जा

झरी, धेरैको प्रीय सिजन । कोहि झरीमा बेपर्वाह भिज्न रुचाउँछन्, कोहि पानीको थोपा जमिनमा बज्रदा पैदा हुने आवाजमा सोचमग्न हुन रुचाउँछन् । यद्यपी यस सिजनमा स्वास्थ्य र सौन्दर्य सम्बन्धी अनेकन समस्याहरु देखापर्छ । प्रतिरक्षा क्षमता कमजोर हुने भएकाले खानेकुरा पच्दैन, छालामा संक्रमण देखिन्छ, रुँघा, ज्वरोले सताउँछ । खानपान र जीवनशैलीमा सर्तकता अपनाउने हो भने, झरीको आनन्द […]

मौसमविदको चेतावनीः चुनावका दिन पानी पर्छ, मतपत्र भिज्लान् !

११ असार, काठमाडौं । आगामी बुधबार हुन लागेको मतदानका क्रममा चुनावका सामाग्री नभिजाउने गरी मतदान केन्द्रको व्यवस्था गर्न मौसमविदहरुले सरकारलाई सुझाव दिएका छन् । दोस्रो चरणमा १, ५ र ७ नम्बर प्रदेशका जिल्लाहरुमा असार १४ गते चुनाव हुँदैछ । तर, असार १२ गतेदेखि १४ गतेसम्म पानी पर्ने मौसमविदहरुको पूर्वानुमान छ । मौसमविद शान्ति कँडेलले अनलाइनखबरसँग […]

देशैभर मनसुन सक्रिय, यसपालि औसत वर्षा

७ असार, काठमाडौं । एक हप्ताअघि पूर्वीनेपाल हुँदै प्रवेश गरेको मनसुन आठ दिनपछि देशभर सक्रिय भएको छ । मंगलबार बंगालको खाडीबाट आउने पूर्वी वायु बलियो भएपछि देशैभर मनसुन सक्रिय भएको हो । देशका अधिकांश भूभागमा वर्षासँगै सुरु भएको जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखाका मौसम विज्ञ सुवा रिमालले बताए । बुधबार सुदूरपश्चिमको तराई क्षेत्रबाहेक […]

मनसुन सुरु, तीन दिनभित्र मुलुकभर सक्रिय हुने

३१ जेठ, काठमाडौं । नेपालमा गत वर्षभन्दा तीन दिनअगाडि मनसुन सुरु भएको छ । गत वर्ष १५ जुनमा नेपालमा प्रवेश गरेको मनसुन यस वर्ष भने १२ जुनमा नै नेपालको पूर्वी भागबाट प्रवेश गरेको जल तथा मौस पूर्वानुमान महाशाखाले जनाएको छ । ‘गत वर्ष पाँच दिन ढिलो गरी १ असार अर्थात १५ जुनमा नेपालको पूर्वी क्षेत्रबाट […]

यस वर्ष मनसुनमा कम वर्षा हुने

१३ जेठ, काठमाडौं । यस वर्षको मनसुनमा नेपालमा कम वर्षा हुने अनुमान गरिएको छ । वैशाखको अन्तिम साता भुटानको थिम्पुमा बसेको मौसमसम्बन्धी विज्ञहरुको दसौं दक्षिण एसियाली दृष्टिकोण मञ्चले नेपालमा मनसुनको समयमा कम वर्षा हुने अनुमान गरेको हो । दक्षिण एसियाली दृष्टिकोण मञ्चले समग्र दक्षिण एसियाको मनसुनको हरेक वर्ष पूर्वानुमान गर्दै आएको छ । यस वर्ष […]