Comments Add Comment

महाअभियोग

List Grid
सडक ‘कब्जा’ गरेर महाअभियोगको विरोध !

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध लगाइएको महाअभियोगको विरोधमा गैरसरकारी संस्था महासंघको अगुवाईमा काठमाडौंमा प्रदर्शन गरिएको छ । काठमाडौंको बानेश्वरमा गरिएको प्रदर्शनमा प्रो-पब्लिकका केदार खड्का लगायत सहभागी थिए । नयाँबानेश्वर जस्तो व्यस्त सडकको बीचमै बसेर  उनीहरूले प्रदर्शन गर्दा यातायात आवागमन प्रभावित भएको थियो । प्रदर्शनमा सहभागीहरुले न्यायपालिकामाथिको राजनीतिक हस्तक्षेप बन्द गर, न्यायीक स्वतन्त्रता कायम गर, […]

प्रचण्डद्वारा महाअभियोग फिर्ता लिन अस्वीकार, एमालेको शर्तः चाँडै भोटिङ गरियोस्

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्धको महाअभियोग प्रस्ताव फिर्ता लिन नेकपा एमालेले गरेको आग्रह प्रधानमन्त्री प्रचण्डले अस्वीकार गरेका छन् । सभामुखको कार्यकक्ष सिंहदरबारमा बिहीबार भएको छलफलमा प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीले महाअभियोग फिर्ता लिन आग्रह गरेका थिए । तर, प्रधानमन्त्री प्रचण्डले आफू एक्लैले महाभियोग फिर्ताको निर्णय लिन नसक्ने बताएका छन् । फिर्ता […]

प्रधानन्यायाधीश विरुद्धको महाअभियोगले संसदमा प्रवेश पाउने

२१ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध दायर महाअभियोग प्रस्तावले आज व्यवस्थापिका संसदमा प्रवेश पाउने भएको छ । संसदको बैठक दिउँसो ३ बजे बोलाइएको छ । आजको बैठकले छलफलका लागि समय र मिति तोक्ने सम्भावना रहेको संसद सचिवालय स्रोतले जनाएको छ । कांग्रेस र माओवादी केन्द्रका सांसदहरुले आइतबार कार्कीविरुद्ध महाअभियोग दर्ता गरेका थिए । प्रमुख […]

महाअभियोग फिर्ता नलिए अनसन थाल्ने डा. केसीको चेतावनी (भिडियोसहित)

२० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग फिर्ताको माग गर्दै नागरिक समाजका अगुवाहरु सडकमा निस्किएका छन् । पूर्व प्रधानन्यायाधीश कल्याण श्रेष्ठ तथा डा. गोविन्द केसी लगायतको सहभागितामा बुधबार बसन्तपुरमा भएको सभामा सबैले महाअभियोगको गलत प्रयोग भएको बताए । त्रिवि शिक्षण अस्पतालका प्रा. डा. गोविन्द केसीले ठूलो ग्राण्ड डिजाइनमा प्रधानन्यायाधीशविरूद्ध महाअभियोग आएको […]

महाअभियोग खारेजको माग गर्दै सर्वोच्चमा रिट

२० बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव खारेजको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ । अधिवक्ता सुुनिलरञ्जन सिंहले बुधबार दायर गरेको रिटमा महाअभियोगसम्वन्धी सबै कारबाही रोक्न माग गरिएको छ । अदालतको फैसलालाई टेकेर महाअभियोग लगाउन नसकिने भन्दै रिटमा महाअधियोग लगाउने परिपक्क आधार नै नभएको उल्लेख छ । साथै अदालतलाई […]

संशोधनलाई ओझेलमा पार्न ल्याइयो महाअभियोग प्रस्तावः लक्ष्मणलाल कर्ण

२० बैशाख, काठमाडौं । नवगठित राष्ट्रिय जनता पार्टी नेपालका शीर्ष नेता लक्ष्मणलाल कर्णले संविधान संशोधन प्रस्तावलाई अन्यौलमा पार्नको लागि कांग्रेस र माओवादी केन्द्रले नियोजित रुपमा प्रधानन्यायाधीशबिरुद्ध महाअभियोगको प्रस्ताव ल्याइएको आरोप लगाएका छन् । रिपोर्टर्स क्लवमा बुधबार आयोजित साक्षात्कारमा कर्णले भने, ‘सरकारले बैशाख १७ गतेभित्रै संशोधन प्रस्ताव पारित गर्छु भनेको थियो, तर त्यही दिन राप्रपाका सांसदहरुको […]

महाअभियोग फिर्ता लिन चार पूर्वप्रधानन्यायाधीशको माग (विज्ञप्तिको पूर्णपाठसहित)

१८ बैशाख, काठमाडौं । सर्वोच्च अदालतका चार पूर्व प्रधानन्यायाधीशहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्धको महाअभियोग तत्काल फिर्ता लिन र ससम्मान पूर्ववत जिम्मेवारी निर्वाह गर्ने वातावरण बनाउन माग गरेका छन् । पूर्वप्रधानन्यायाधीशहरु कल्याण श्रेष्ठ, रामप्रसाद श्रेष्ठ, अनुपराज शर्मा र मीनबहादुर रायमाझीले संयुक्त विज्ञप्ति निकालेर महाअभियोगको विरोध गरेका हुन् । शर्मा देशको संवैधानिक निकाय राष्ट्रिय मानवअधिकार आयोगको अध्यक्षसमेत छन् […]

विधिशास्त्रीय नजरमा सुशीला कार्कीः झुकिनन् तर चुकिन्

प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसद सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता भएपछि नेपाली समाज दुई ध्रुवमा बाँडिएर सार्वजनिक बहसमा उत्रिएको छ । एकथरिले महाअभियोगलाई महाभूल बताइरहेका छन् भने अर्काथरिले संसदको सर्वोच्चताको वकालत गरिरहेका छन् । तर, यो दुईतर्फी बहसको वीचमा कुनै ‘ग्रे एरिया’ छ कि छैन ? विधिशास्त्रीय दृष्टिकोणले हेर्दा सुशीला कार्कीको कार्यकाल कस्तो रह्यो ? यसबारे विश्लेषण […]

महाअभियोग प्रस्ताव तत्काल फिर्ता लिन उपेन्द्र यादवको माग

१८ बैशाख, काठमाडौं । संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले प्रधानन्यायधीश सुशीला कार्कीविरुद्ध दर्ता भएको महाअभियोग तत्काल फिर्ता लिन माग गरेका छन् । संघीय फोरमका अध्यक्ष यादवले सोमबार विज्ञप्ति जारी गर्दै महाअभियोगको प्रस्तावले संवैधानिक सर्वोच्चता र विधिको शासनमाथि सुनियोजित हमला र न्यायपालिकामाथि नियन्त्रण र सर्वोच्चको न्यायिक स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप भएको बताएका छन् । सत्तामा […]

कार्कीको कामले न्यायपालिकाको स्वतन्त्रतामा प्रश्न उठ्यो: कांग्रेस

१८ बैशाख, काठमाडौं । नेपाली कांग्रेसले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध ल्याइएको महाअभियोग प्रस्ताव न्यायपालिकाविरुद्ध लक्षित नभएको स्पष्ट पारेको छ । न्यायपालिकालाई स्वतन्त्र, निष्पक्ष र मर्यादित बनाउने उद्देश्यका साथ महाअभियोग प्रस्ताव ल्याइएको भन्दै कांग्रेसले यो एकजना व्यक्तिविरुद्धमात्रै लक्षित भएको दाबी गरेको छ । कांग्रेस प्रचार बिभागले सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजना गरेको पत्रकार भेटघाटमा नेता रमेश […]

सरकारलाई ओलीको चेतावनीः भोलिसम्म महाअभियोग फिर्ता होस्

१८ बैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग अस्वीकार्य भएको बताएको छ । साथै उसले भोलि सम्म फिर्ता लिन चेतावनी दिए । स्थानीय तहको निर्वाचनका लागि पार्टीको घोषणा पत्र सार्वजनिक गर्न सोमबार पार्टी कार्यालय धुम्बाराहीमा आयोजित पत्रकार सम्मेलनमा एमाले अध्यक्ष ओलीले बदनियतपूर्वक महाअभियोगको प्रस्ताव आएको बताए । चुनाव […]

कार्यपालिकामाथि हस्तक्षेप भएपछि महाअभियोग : माअाेवादी केन्द्र

१८ वैशाख, काठमाडौँ । कार्यपालिकाको क्षेत्राधिकारमाथि नै हस्तक्षेप गरेको पाइएपछि बाध्य भएर सर्वोच्च अदालतको प्रधानन्यायाधीश सुशीला कार्कीमाथि महाअभियोग लगाउनुपरेको नेकपा माओवादी केन्द्रले बताएकाे छ । प्रधानमन्त्री निवास बालुवाटारमा साेमबार बसेको माओवादी केन्द्रको हेडक्वाटरको बैठकले कार्यपालिकाको निर्णयमाथि अङ्कुश लगाउने कार्य कानुनी शासन र लोकतन्त्रविरुद्धको कदम भएको भन्दै महाअभियोगको विषयले स्वतन्त्र न्यायालयको गरिमा अझ बढाउने निर्णय गरेको हाे । बैठकमा […]

महाअभियोग प्रकरणमा सामाजिक सञ्जालः अनिष्टको संकेत !

१८ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की विरुद्ध महाअभियोग दर्ता भएपछि सामाजिक सञ्जालमा पक्ष र विपक्षमा विभिन्न प्रतिक्रिया आइरहेका छन् । एकातिर महाअभियोगलाई लोकमानसिंह कार्की प्रकरणसँग जोड्दै स्वाभाविक भन्नेहरु छन् । यस्तै, महाअभियोग प्रस्ताव गलत छ भन्नेहरुले स्वतन्त्र न्यायपालिकामाथि राजनीतिक हस्तक्षेप भएको प्रतिक्रिया दिएका छन् । उपप्रधानमन्त्री तथा राप्रपाका अध्यक्ष कमल थापाले प्रधानन्यायाधीश कार्कीमाथिको महाअभियोग […]

कमल थापालाई सरकार नछाड्न पार्टीभित्रै दबाव

१८ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरूद्ध को महाअभियोग प्रस्तावप्रति असहमति जनाउँदै सरकारबाट फिर्ता हुने चेतावनी दिएका कमल थापालाई सरकार नछाड्न दबाब परेको छ । सरकारबाट फिर्ता हुनेबारे छलफल गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा बसिरहेको राप्रपा कार्यसम्पादन समिति बैठकमा अधिकांश नेताहरुले सरकारबाट फिर्ता हुन नहुने मत राखेको स्रोतले जनाएको छ । कमल थापा बाहेक सरकारमा सहभागी […]

सरकारी निवास छाड्ने निलम्बित प्रधानन्यायाधीश कार्कीको तयारी

१८ वैशाख, काठमाडौं । निलम्बित प्रधानन्यायाधीश सुशीला कार्कीले बालुवाटारस्थित सरकारी निवास छाड्ने तयारी गरेकी छन् । संसदमा महाअभियोग दर्ता भएको भोलिपल्ट सोमबार कार्की धापासीस्थित आफ्नो घरमा पुगेकी छन् । ‘एक दुई दिन लाग्न सक्छ, उहाँ सरकारी निवास छाड्ने तयारीमा हुनुहुन्छ’ कार्की निकट स्रोतले बतायो । प्रधानन्यायाधीश कार्कीविरुद्ध आइतबार कांग्रेस र माओवादीका सांसदहरुले महाअभियोग प्रस्ताव दर्ता […]

प्रधानन्यायाधीश कार्कीविरुद्ध महाअभियोग दर्ता, पदबाट निलम्बित

१७ वैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध व्यवस्थापिका संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको छ । सत्तारुढ माओवादी केन्द्र र नेपाली कांग्रेसका सांसदहरुले महाअभियोग दर्ता गरेका हुन् । महाअभियोग प्रस्तावको प्रस्तावक मीनबहादुर विश्वकर्मा  र समर्थक माओवादी प्रमुख सचेतक टेकबहादुर बस्नेत छन् । ‘कार्यपालिकाको क्षेत्राधिकारमाथि हस्तक्षेप, कार्यसम्पादन क्षमताको अभाव, व्यक्तिगत आशयबाट प्रभावित भई फैसला गर्ने, न्यायाधीशहरुमाथि फरक फरक […]

गोपाल पराजुलीले रातारात सम्हाले कार्यबाहक प्रधानन्यायाधीशको कार्यभार

१७ बैशाख, काठमाडौं । प्रधानन्यायाधीश सुशीला कार्की महाअभियोग लागेर निलम्बनमा परेलगत्तै न्यायाधीश गोपाल पराजुलीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् । पराजुलीले सर्वोच्च अदालतको वरिष्ठ न्यायाधीशको आधारमा कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका हुन् । सोमबार सार्बजनिक विदा भएकाले आइतबार बेलुकी नै पराजुलीले कार्यबाहकको जिम्मेवारी सम्हालेको स्रोतले बतायो । सरकारको निर्णयमा हस्तक्षेप गरेको आरोप लगाउँदै सत्तारुढ कांग्रेस र […]

गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा, यस्तो छ कारण

१७ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो । तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई […]

एमालेले भन्यो- महाअभियोग अधिनायकवादी शासनको पूर्वअभ्यास

१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भनेको छ । साथै उसले महाअभियोग प्रस्तावलाई ससदमा असफल बनाउने दाबी गरेको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसक्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले अनलाइनखबरसँग भने, ‘हरेक […]

गृहमन्त्री निधीले यसकारण राजीनामा दिए

१७ बैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् । गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् । निधीले राजीनामा पत्रमा लेखेका […]

संसदीय समितिले बनायो लोकमानलाई कारबाही गर्न निर्देशन दिने प्रस्ताव

२७ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो । उपसमितिको प्रतिवेदनमा पदमुक्त भइसकेका कार्कीलाई महाअभियोग लगाइरहन भने […]