Comments Add Comment

महाअभियोग

List Grid
गृहमन्त्री विमलेन्द्र निधिद्वारा राजीनामा, यस्तो छ कारण

१७ बैशाख, काठमाडौं । गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीलाई महाअभियोग लगाएको विषयमा असन्तुष्टि जनाउँदै मन्त्री निधिले राजीनामा दिएको स्रोतले बतायो । तर, मन्त्री निधिले महाअभियोग प्रकरणका कारणले भन्दा पनि आफ्नै पार्टीभित्रको अन्तरविरोधका कारण राजीनामा दिएको प्रधानमन्त्री कार्यालय स्रोतको दाबी छ । राजीनामा दिनुअघि मन्त्री निधिले मुख्य सचिव सोमलाल सुवेदीलाई […]

एमालेले भन्यो- महाअभियोग अधिनायकवादी शासनको पूर्वअभ्यास

१७ वैशाख, काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानन्यायाधीश सुशीला कार्कीमाथि दर्ता भएको महाअभियोग प्रस्तावलाई अधिनायकवादी शासनको पूर्वअभ्यास भनेको छ । साथै उसले महाअभियोग प्रस्तावलाई ससदमा असफल बनाउने दाबी गरेको छ । एमाले प्रचार विभाग प्रमुख एवं सचिव योगेश भट्टराईले लोकतन्त्रवादीहरुले यो स्वीकार गर्न नसक्ने बताए । अनलाइनखबरसँग कुरा गर्दै भट्टराईले अनलाइनखबरसँग भने, ‘हरेक […]

गृहमन्त्री निधीले यसकारण राजीनामा दिए

१७ बैशाख, काठमाडौं । उपप्रधान एवं गृहमन्त्री विमलेन्द्र निधिले पदबाट राजीनामा दिएका छन् । प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग दर्ता भएलगत्तै गृहमन्त्रीले राजीनामा दिएका हुन् । गृहमन्त्री निधीले स्वकीय सचिवमार्फत प्रधानमन्त्री प्रचण्ड सामू राजीनामा पत्र बुझाएका हुन् । आजैको मितिदेखि राजीनामा दिएको भने पनि उनले राजीनामाको कारण भने खुलाएका छैनन् । निधीले राजीनामा पत्रमा लेखेका […]

संसदीय समितिले बनायो लोकमानलाई कारबाही गर्न निर्देशन दिने प्रस्ताव

२७ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीमाथि कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने प्रस्ताव तयार पारेको छ । समितिको बिहीबार बसेको बैठकले महाअभियोग सिफारिस उपसमितिले तयार पारेको प्रतिवेदन अनुसार कार्कीलाई कानुनी कारबाही गर्न सरकारलाई निर्देशन दिनुपर्ने निष्कर्ष निकालेको हो । उपसमितिको प्रतिवेदनमा पदमुक्त भइसकेका कार्कीलाई महाअभियोग लगाइरहन भने […]

‘लोकमानका कसुर सत्य ठहरिए’

२३ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावमा उल्लेख भएका कसुरहरु सत्य सावित भएको निष्कर्ष निकालेको छ । महाअभियोग सिफारिस समिति अन्तर्गतको उपसमितिले कार्कीमाथि छानबिन गरी प्रतिवेदन तयार पारिसकेको छ र, सो प्रतिवेदन समितिमा बुझाउने तयारी गरिरहेको छ । उपसमितिलाई कार्कीमाथि लगाइएको महाअभियोगबारे अध्ययण गरेर प्रतिवेदन बुझाउन […]

महाअभियोग समितिले लोकमानमाथि छानविन गर्ने, तीन सदस्यीय उपसमिति गठन

५ माघ, काठमाडौं । व्यवस्थापिका संसदको महाअभियोग सिफारिस समितिले अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीमाथि लागेको अभियोगबारे छानविन गर्न उपसमिति गठन गरेको छ । महान्यायाधिवक्ता रमण कुमार श्रेष्ठसँगको परामर्शपछि समितिले तीन सदस्यीय उपसमिति गठन गरेको हो, जसमा कांग्रेस सांसद दीपक कुइँकेल, एमालेका रेवतीरमण भण्डारी र माओवादी सांसद रामनारायण विडारी छन् । समितिले कार्कीविरुद्ध दर्ता भएको […]

लोकमानविरुद्धको महाअभियोग: सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिने

४ माघ, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले महान्यायाधिवक्ताको राय लिएर मात्र तत्कालीन अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव टुंगो लगाउने भएको छ । समितिले मंगलबार छलफलका लागि बोलाएका विज्ञहरुले दिएको सुझावअनुसार महान्यायाधिवक्ताको सुझाव लिएर मात्रै कार्की विरुद्धको महाअभियोग प्रस्तावको टुंगो लगाउने निर्णय गरेको हो । छलफलमा नेपाल कानुन आयोगका अध्यक्ष माधव पौडेल र […]

लोकमानलाई महाअभियोग लगाउने कि नलगाउने ? सिफारिस समितिमा एक मत हुन सकेन

३ माघ, काठमाडौं । सर्वोच्च अदालतले पदमुक्त गरिदिएपछि लोकमान सिंह कार्कीविरुद्ध महाअभियोग लगाउने कि नलगाउने भन्नेमा महाअभियोग सिफारिस समितिमा एकमत हुन सकेन । व्यवस्थापिका संसदले अख्तियारका तत्कालीन प्रमुख कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई समितिमा पठाएकै दिन सर्वोच्चले उनको नियुक्ति बदर गरेको थियो । समितिको सोमबार बसेको बैठकमा कार्कीविरुद्ध महाअभियोग प्रक्रिया अघि बढाउने कि नबढाउने भन्नेमा छलफल भएको […]

यी हुन् लोकमानका सारथी, अब यिनलाई के सजायँ हुन्छ ?

२५ पुस, काठमाडौं । सर्वोच्च अदालतले अख्तियार प्रमुख लोकमानसिंह कार्कीलाई अयोग्य घोषणा गरेपछि उनी स्वतः बहिर्गमनमा परिसकेका छन् । अदालतको यो निर्णयलाई आम मानिसले सहजरुपमा आत्मसाथ गरेको र स्वागत नै गरेको पाइएको छ । यद्यपि अदालतले लोकमानलाई अयोग्यमात्रै भनेको छ र अरु कुनै सजायँ सुनाएको छैन । सर्वोच्च अदालतले लोकमानलाई नियुक्तिको सिफारिस गर्ने संवैधानिक परिषद […]

लोकमानलाई महाअभियोग लगाउनैपर्छः धनराज गुरुङ

२५ पुस, काठमाडौं । नेपाली कांग्रेसका नेता धनराज गुरुङले सर्वोच्च अदालतले पदमुक्त गरेपनि अख्तियारका निवर्तमान प्रमुख लोकमान सिंह कार्कीलाई महाअभियोग लगाउनु पर्ने बताएका छन् । सर्वोच्चले पदमुक्त गर्दैमा हाईसञ्चो मानेर बस्न नहुने भन्दै उनले भने, ‘लोकमानले अक्षम्य कार्य गरेका छन्, त्यसैले उनलाई संसदबाट महाअभियोग लगाएर कारवाही गर्नुपर्छ, लोकमानले गरेका भ्रष्ट कार्य र काला कर्तुतहरुलाई महाअभियोग […]

लोकमानको पेन्सन जोगियो, भबिश्यमा ‘प्रधानमन्त्री’ बन्न पाउने !

२५ पुस, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निवर्तमान प्रमुख लोकमानसिंह कार्की सदाका लागि सरकारी सेवामा अयोग्य हुनबाट जोगिएका छन् । सरकारबाट उनले पाउने पेन्सन सुविधा पनि जोगिएको छ र, भविश्यमा सांसद, मन्त्री, वा प्रधानमन्त्री नै बन्छु भन्ने अवस्थामा पनि उनलाई कानून र संविधानले रोक्दैन । आइतबार अपराहृन संसदले लोकमानसिंह कार्कीविरुद्धको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस […]

लोकमानविरुद्धको महाअभियोग समितिमा पठाइयो

२४ पुस, काठमाडौं । व्यवस्थापिका संसदले अख्तियारका ‘निलम्बित’ प्रमुख लोकमान सिंह कार्कीविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावलाई महाअभियोग सिफारिस समितिमा पठाएको छ । महाअभियोग प्रस्तावमा छलफल भइरहेका बेला सरकारले संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि नेकपा एमालेसहितका विपक्षी दलले लगातार संसद बैठक अवरुद्ध पार्दै आएका थिए । सर्वोच्चको आदेशपछि आइतबार संसदको अवरोध हट्यो । र, महाअभियोग प्रस्तावमा […]

लोकमान काण्डपछि प्रचण्डलाई एमालेको दोस्रो ‘सेबोटेज’

३ मंसिर, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड माओवादी केन्द्रका अध्यक्षसमेत हुन् । तर, पछिल्लो समय उनकै पार्टीका केही नेताहरु प्रचण्डको भन्दा एमाले अध्यक्ष केपी ओलीको योजनामा चल्न थालेका छन् । लोकमानसिंह कार्की प्रकरणमा माओवादीका केही नेताले प्रचण्डलाई थाहै नदिई केपी ओलीको योजनाअनुसार काम गरे । र, अहिले फेरि एमालेले प्रचण्डको पार्टीभित्रै दोस्रो धक्का दिने […]

महाअभियोग सिफारिस समितिले लोकमानको घरमा खानतलासी गर्न सक्ने

२ मंसिर, काठमाडौं । संसदको महाअभियोग सिफारिस समितिले अभियोग लागेका व्यक्तिमाथि छानविनका क्रममा उनको घर तथा कार्यालयमा खानतलासी गर्न सक्ने भएको छ । बिहीबार सिंहदरवारमा बसेको सिफारिस समितिको बैठकले खानतलासी गर्न सक्ने व्यवस्थासहित आफ्नो कार्यविधि पास गरेको छ । समितिलाई यो अधिकार दिने कि नदिने भन्ने लामो बहस भएको थियो । तर, अन्ततः अभियोग लागेका […]

महाअभियोगः संवैधानिक कानुनमा यस्तो छ व्यवस्था

महाअभियोग सम्बन्धी प्रावधान नेपालको संविधानले व्यवस्था गरेको पहिलो प्रभावकारी कदम हो । ०४७ को संविधानले यसलाई प्रभावकारी बनाएन भने ०६३ को अन्तरिम संविधानले पनि यसको प्रयोग गर्न सकेन । यही कुरालाई दृष्टिगत गरी संविधानसभाबाट बनेको नेपालको संविधानले पहिलो पटक महाअभियोग बारेमा सरल, सहज र प्रभावकारी व्यवस्था गरेको छ । यसलाई व्यवहारमा लागू गर्न संविधान जारी […]

महाभियोग प्रस्ताव पास गर्नुपर्छ: प्रधानमन्त्री

२२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका निलम्बित प्रमुख लोकमानसिंहकार्कीविरुद्धको महाभियोग प्रस्ताव पास गर्नुपर्नेमा जोड दिएका छन् । मानव अधिकारकर्मीहरूको टोलीसँग सोमबार विहान भएको भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले लोकतन्त्र रक्षाका लागि पनिव्यवस्थापिका–संसद्मा पेस भएको महाभियोग प्रस्ताव पास गर्नुपर्ने बताए । ‘प्रमुख दलका शीर्ष नेता महाभियोगकै पक्षमा हुनुहुन्छ, पारितगर्नेबारे आन्तरिक गृहकार्य […]

महाअभियोगको पक्षमा नउभिए कांग्रेस बढारिन्छः ज्ञवाली

२१ कात्तिक, अर्घाखाँची । अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसदमा पेश भएको महाअभियोगको पक्षमा नउभिए नेपाली कांग्रेस जनताबाटै बढारिने एमाले सचिव प्रदीप ज्ञवालीले चेतावनी दिएका छन् । रिपोर्टस क्लव अर्घाखाँची शाखाले खिदिम गाविसमा गरेको साक्षात्कार कार्यक्रममा ज्ञवालीले महाअभियोग प्रस्तावमा कांग्रेसको समेत समर्थन रहने विश्वास गरे । उनले ढिलै भए पनि कांग्रेसले महाअभियोगको पक्षमा निर्णय लिने सचिव […]

लोकमान सिंहलाई कारबाहीको तयारीः ऊर्जामन्त्री शर्मा

१४ कात्तिक, रुकुम । ऊर्जामन्त्री जनार्दन शर्मा ‘प्रभाकर’ले अख्तियार प्रमुख लोकमान सिंह कार्कीले राज्यलाई नै आतंकको भुमरीमा राखेर शक्ति हत्याउने खेल खेलेकाले महाअभियोग लगाउनु परेको बताएका छन् । महाअभियोग लगाएर हटाइसकेपछि आवश्यक सजाय दिलाउने तयारी पनि भइरहेको उनले जानकारी दिए । आइतबार नेकपा माओवादी केन्द्र रुकुमले तिहारको सन्दर्भमा सिम्लीमा आयोजना गरेको भेटघाट कार्यक्रममा मन्त्री शर्माले […]

लोकमानका आफ्नै ‘विज्ञ’ ले खुट्याए ७ गल्ती !

१२ कात्तिक, काठमाडौं । अख्तियार प्रमुख लोकमानसिंह कार्की यतिबेला निलम्बित स्थितिमा छन् । कुनैबेला समानान्तर सत्ता चलाएका लोकमान किन यसरी जनता र राजनीतिक दलका नेताबाट एक्लिने अबस्थामा पुगे त ? समानान्तर सत्ता चलाउन ‘बिज्ञ’का रुपमा उनको सचिवालयमा नियुक्त भएका सहयोगीहरुले नै लोकमानका केही गल्तीहरुका कारण लोकमान यो अबस्थामा आएको बिश्लेषण सुनाएका छन् । नियुक्त भएदेखि […]

महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतिर: प्रधानमन्त्री

१२ कात्तिक, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निलम्बित अख्तियार प्रमुख लोकमानसिंह कार्की विरुद्धको महाअभियोग प्रस्ताव सकारात्मक निष्कर्षतिर अघि बढेको बताएका छन् । भ्रष्टाचारविरुद्ध काम गर्ने संस्थालाई नै महाअभियोग लगाउनुपर्ने परिघटना आफैंमा नकारात्मक भएपनि यसबाट सकारात्मक परिणाम निस्कने प्रधानमन्त्री प्रचण्डले विश्वास व्यक्त गरे । लोकमानविरुद्धको महाअभियोग प्रस्ताव अविलम्ब अघि बढाउन दबाव दिने उद्देश्यले शुक्रबार प्रधानमन्त्री […]

यसरी हुनसक्छ महाअभियोग र संविधान संशोधनमा प्याकेज सहमति

समाचार टिप्पणी ११ कात्तिक, काठमाडौं । प्रधानमन्त्री प्रचण्डले संविधान संशोधनमा प्रमुख दलहरु सहमति नजिक पुगेको भन्नु र मधेसी मोर्चाका नेताहरु दिपावली र छठ पर्व मनाउन मधेस झर्नुलाई संयोगमात्र मान्न सकिन्न । बिहीबार विहानमात्र त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट जनकपुरको उडान भरेका मधेसी मोर्चाका एक प्रमुख नेताले भने, ‘अब कहिँ न कहिँ विमति राखेरै भए पनि हामी सहमतिमा […]