Comments Add Comment

माओवादी केन्द्र

List Grid
माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित

६ वैशाख, काठमाडौं । सोमबार दिउँसो बोलाएको नेकपा माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ । पछिल्लो परिस्थितिबारे अन्य दलहरुसँग छलफल गर्नुपर्ने भएकाले बैठक स्थगित गरिएको नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । माओवादी केन्द्रले सोमबार दिउँसो १ बजे स्थायी कमिटी बैठक बोलाएको थियो । तर सोमबार सरकारले हठात् प्रतिनिधिसभाको अधिवेशन अन्त्य […]

माओवादीको स्थायी समिति बैठक बस्दै, नयाँ सरकारबारे छलफल हुने

६ वैशाख, काठमाडौं । नेकपा (माओवादी केन्द्र)को स्थायी समितिको बैठक सोमबार बस्दै छ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक बोलाइएको हो । बैठकमा समसामयिक राजनीति र पार्टीको आगामी योजनाबारे छलफल हुने केन्द्रीय कार्यालयका सचिव श्रीराम ढकालले जानकारी दिए । सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सत्ता समीकरणको […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

५ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटी बैठक बोलाएको छ । भोलि दिउँसो १ बजे बैठक बोलाइएको छ । समसायिक राजनीतिक विषय र पार्टी संगठनबारे छलफल गर्न बैठक बोलाइएको अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक विष्णुप्रसाद सापकोटा ‘जुगल’ले बताए । अदालतले नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता प्रक्रिया भङ्ग गर्दै माओवादी केन्द्र ब्युँताइदिएपछि […]

माओवादी केन्द्रका नेताहरु भन्छन् : सर्वदलीय बैठकको खबर छैन

४ वैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा नेकपा माओवादी केन्द्रका नेताहरु नजाने भएका छन् । संसद अधिवेशन, कोरोना महामारी लगायतका विषयमा छलफल गर्न प्रधानमन्त्री ओलीले शनिबार विहान ११ बजे सर्वदलीय बैठक बोलाएका छन् । तर माओवादी नेताहरुले भने सर्वदलीय बैठकबारे पार्टीलाई कुनै जानकारी नभएको बताएका छन् । सर्वदलीय बैठकमा कोको जाने […]

संसदको रक्षा गर्न सरकारलाई समर्थन कायमै : शक्ति बस्नेत

२७ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद शक्तिबहादुर बस्नेतले संसदको रक्षा र रखबारी गर्न वर्तमान सरकारलाई दिएको समर्थन कायमै राखेको प्रष्टीकरण दिएका छन् । ‘संसदको रक्षा यसको रखबारी गर्नको लागि हाम्रो दलले सरकारलाई दिएको समर्थन कायम गरिराखेको छ’, सोमबार प्रतिनिधिसभामा बोल्दै बस्नेतले भने, ‘सबै खालका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरुको हामी साक्षी बसिराखेका छौं र […]

चार प्रदेशसभा सदस्यलाई माओवादी केन्द्रले गर्‍यो कारबाही

३० चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ का चार प्रदेशसभा सदस्यलाई कारबाही गरेको छ । र, दल त्याग गरेकाले राजनीतिक दलसम्बन्धी ऐन अनुसार पदमुक्त गर्ने प्रक्रिया अगाडि बढाउन प्रदेशसभा सचिवालयलाई पत्र पठाएको छ । माओवादी केन्द्रले चार सांसदलाई पार्टीले कारबाही गरेको पत्र बुझाएको सभामुख सरोजकुमार यादवले जानकारी दिए । माओवादी केन्द्रले नेकपा एमालेमा […]

प्रदेश २ मा माओवादीले भरत साहलाई बनायो दलको नेता

२८ चैत, जनकपुरधाम । नेकपा माओवादी केन्द्रले प्रदेश २ को संसदीय दलको नेता चयन गरेको छ । पार्टी कार्यालयमा बसेको बैठकले दलको नेतामा भरत साहलाई चयन गरेको हो । यस्तै, उपनेतामा जगत यादव, प्रमुख सचेतकमा दिलीप साह र रुबी कर्ण सचेतकमा चयन भएका छन् । तत्कालीन नेकपा एमालेसँग एकीकरण हुनुअघि माओवादीको दलको नेतामा रामचन्द्र मण्डल […]

एमाले प्रवेश गरेका ४ मन्त्रीको सांसद पद खारेज

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्री प्रतिनिधिसभा सदस्य (सांसद) पदबाट पदमुक्त भएका छन् । प्रतिनिधिसभाको बिहीबार बसेको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले अर्घाखाँचीका टोपबहादुर रायमाझी, कैलाली-४ का लेखराज भट्ट, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद रिक्त भएको जानकारी गराएका हुन् । माओवादी […]

संसद बैठक : चार मन्त्रीको सांसद पद खोसिने

२६ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्र परित्याग गरेर नेकपा एमाले प्रवेश गरेका चारजना मन्त्रीको सांसद पद खोसिने भएको छ । प्रतिनिधिसभाको बिहीबार बोलाइएको बैठकमा नेकपा माओवादी केन्द्रले कारबाही गरेका चार सांसद पदमुक्त भएको घोषणा गर्ने संसद सचिवालयको तयारी छ । माओवादी केन्द्रका संसदीय दलका नेता पुष्पकमल दाहाल प्रचण्डले सोमबार संसद सचिवालयलाई पत्र पठाएर एमाले […]

संवैधानिक निकायका प्रमुखहरु सेटिङमा चलेको प्रचण्डको आरोप

२० चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले संवैधानिक निकायका प्रमुखहरु नै सेटिङमा चलेको आरोप लगाएका छन् । स्वर्गीय माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले संसद पुनर्स्थास्पना भएपनि प्रतिगमनकारी षड्यन्त्रको अन्त्य नभएको बताए । उनले भने, ‘देशभित्र र बाहिरका विभिन्न संवैधानिक निकायका प्रमुखहरुको बीचमा सेटिङ हुने। ऐन, नियम, मूल्य मान्यताले काम नगर्ने, सेटिङले […]

समर्थन फिर्ताका लागि माओवादी केन्द्रले अझै केही दिन पर्खिने

१९ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रले सरकारलाई दिएको समर्थनबारे अझै केही दिन निर्णय नगर्ने भएको छ । शनिबार वा आइतबार स्थायी कमिटीको बैठक बसेर यसबारे निर्णय गर्ने नेता नारायणकाजी श्रेष्ठ प्रकाशले बताए । बिहीबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको माओवादीका स्थायी कमिटी सदस्यहरुको अनौपचारिक बैठकमा दलहरुसँग भएको वार्ताको ब्रिफिङ हुनुका साथै पछिल्लो राजनीतिक परिस्थितिको विश्लेषण […]

माओवादी केन्द्रले भन्यो : प्रधानमन्त्रीले २३ चैतभित्र विश्वासको मत लिनुपर्छ

१८ चैत, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २३ चैतभित्र संसदबाट विश्वासको मत लिनुपर्ने दाबी नेकपा माओवादी केन्द्रले गरेको छ । नभए सरकारको वैधानिकतामाथि नै प्रश्न उठ्ने माओवादी केन्द्रका प्रमुख सचेतक देव गुरुङले बताए । प्रतिनिधिसभाको बुधबारको बैठकमा माओवादी प्रमुख सचेतक गुरुङले सर्वोच्च अदालतको संवैधानिक इजलासले ११ फागुनमा वर्तमान सरकारलाई ७६(१) अनुसार भने पनि २३ […]

पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै

१७ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरावलोकनको निवेदन दिंदैछ । मंगलबार बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए। उनले भने, ‘पुनरावलोकनको निवेदन लिएर शीर्ष नेता नै सर्वोच्च जान सक्नुहुन्छ ।’ सर्वोच्च अदालतले गत […]

केही दिनमै सरकारको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो […]

महन्थलाई प्रचण्डको प्रश्न : एक हप्ताभित्र हाम्रो सरकार बन्छ, किन ओली कहाँ धाउनुहुन्छ ?’

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् । मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको […]

नेकपा खारेज गर्ने फैसला पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

१० चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानून व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरावलोकनमा जाँदा के-के विषय उठाउने भनेर परामर्श गरेका थिए । अब छिट्टै फैसला […]

देशमा उच्च जातीय अहंकारवाद स्थापित गर्न खोजिँदैछ : प्रचण्ड

३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् । मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तरसंवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाडाँमा सुरु

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय पेरिसडाडाँमा सुरु भएको छ । अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल हुँदैछ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदैछन् । तीन वर्षपछि माओवादी अलग भएकाले […]

माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलायो

२९ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, […]

सम्भव छ एमाले-माओवादीको संयुक्त सरकार ?

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता […]

व्यवहारमा एक भएकै थिएनन् एमाले-माओवादी

२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ४१ महिना पहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्विकार गरेपछि एउटा पेचिलो प्रश्न उठेको छ- के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वास्तवमै एकीकरण भएको थियो ? केही दृष्टान्तहरू हेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै नभएको देखिन्छ । दुवैका केन्द्रीय कार्यालय यथावत  मंगलबार धुम्बाराहीस्थित कार्यालयमा नेकपाको बोर्ड […]