Comments Add Comment

माओवादी केन्द्र

List Grid
पुनरावलोकनको माग गर्दै माओवादी केन्द्र सर्वोच्च जाँदै

१७ चैत, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकता खारेज गर्ने सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा माओवादी केन्द्रले मंगलबार पुनरावलोकनको निवेदन दिंदैछ । मंगलबार बिहान ११ बजे सर्वोच्च अदालतमा पुनरावलोकनको निवेदन दिइने माओवादी केन्द्रका नेता लीलामणि पोखरेलले जानकारी दिए। उनले भने, ‘पुनरावलोकनको निवेदन लिएर शीर्ष नेता नै सर्वोच्च जान सक्नुहुन्छ ।’ सर्वोच्च अदालतले गत […]

केही दिनमै सरकारको समर्थन फिर्ता लिन्छौं : प्रचण्ड

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एकदुई दिनमै सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका छन् । प्रतिनिधिसभा विघटनलाई असंवैधानिक भनेर सडकमा गएका दलहरुबाटै हतारमा समर्थन फिर्ता नलिन आफूमाथि जबर्जस्त दबाब रहेको उनले बताए । बृहत नागरिक आन्दोलनले शनिबार गरेको अन्तरक्रियामा प्रचण्डले भने, ‘हत्तपत्त समर्थन फिर्ता लिने हो भने झन् उल्टो […]

महन्थलाई प्रचण्डको प्रश्न : एक हप्ताभित्र हाम्रो सरकार बन्छ, किन ओली कहाँ धाउनुहुन्छ ?’

१४ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले गठबन्धन सरकार बनाएर मधेसको मुद्दा सम्बोधन गर्ने प्रस्ताव राखेका छन् । बृहत नागरिक आन्दोलनले शनिबार प्रज्ञा डवलीमा गरेको कार्यक्रममा प्रचण्डले कांग्रेस, माओवादी केन्द्र र जसपा मिलेर सरकार बनाउने प्रस्ताव राखेका हुन् । मधेसको अधिकार र पहिचान विरोधी प्रवृत्तिका रुपमा केपी ओली प्रवृत्ति स्थापित रहेको […]

नेकपा खारेज गर्ने फैसला पुनरावलोकनमा जाने माओवादी केन्द्रको निर्णय

१० चैत, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता खारेज गर्ने फैसला पुनरावलोकनका लागि नेकपा माओवादी केन्द्रले निवेदन दिने भएको छ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले मंगलबार कानून व्यवसायीहरुसँग छलफल गरेका थिए । पूर्वमहान्यायाधिवक्ता मुक्ति प्रधानका अनुसार नेताहरुले पुनरावलोकनमा जाँदा के-के विषय उठाउने भनेर परामर्श गरेका थिए । अब छिट्टै फैसला […]

देशमा उच्च जातीय अहंकारवाद स्थापित गर्न खोजिँदैछ : प्रचण्ड

३ चैत, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले देशमा उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन् । मंगलबार अग्रणी शहीद शुकदेव गुरुङ शहीद घोषणा राष्ट्रिय जागरण अभियान अन्तर्गतको सर्वपक्षीय अन्तरसंवाद तथा भेला कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले नेपाललाई निरंकुश शासनतिर फर्काएर उच्च जातीय अहंकारवादलाई स्थापित गर्ने षड्यन्त्र भएको बताए […]

माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक पेरिसडाडाँमा सुरु

१ चैत, काठमाडौं । नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक केन्द्रीय मुख्यालय पेरिसडाडाँमा सुरु भएको छ । अदालतले माओवादी केन्द्र ब्युँताएपछि पहिलोपटक बैठक बोलाइएको हो । बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र माओवादी केन्द्रले लिने भूमिकाबारे छलफल हुँदैछ । अहिले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी गराउँदैछन् । तीन वर्षपछि माओवादी अलग भएकाले […]

माओवादी केन्द्रले बादलसहित मन्त्रीहरुलाई फिर्ता बोलायो

२९ फागुन, काठमाडौं । नेकपा (माओवादी केन्द्र)ले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई फिर्ता हुन निर्देशन दिएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बादलसहित २३ नेतालाई केन्द्रीय सदस्य मनोनित गरेको भोलिपल्ट माओवादी केन्द्रले स्थायी कमिटीको बैठक राखेर मन्त्रीहरुलाई फिर्ता बोलाएको हो । सरकारमा बादल गृहमन्त्री, लेखराज भट्ट उद्योगमन्त्री, टोपबहादुर रायमाझी ऊर्जामन्त्री, मणि थापा खानेपानीमन्त्री, […]

सम्भव छ एमाले-माओवादीको संयुक्त सरकार ?

२७ फागुन, काठमाडौं । भावी सत्ता समीकरणको सम्बन्धमा दलहरुको बीचमा प्रारम्भिक छलफल भइरहेकै समयमा नेकपा एमाले र माओवादी केन्द्रका केही नेताले वामपन्थी गठबन्धनको सरकार निर्माणको कसरत गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा गर्न लगाएर एमाले वा माओवादीबाट अर्काे नेतालाई प्रधानमन्त्रीका रुपमा अगाडि सार्ने वा ओलीको सम्मानजनक निकासका लागि केही समय उनलाई नै निरन्तरता […]

व्यवहारमा एक भएकै थिएनन् एमाले-माओवादी

२६ फागुन, काठमाडौं । सर्वोच्च अदालतले ४१ महिना पहिले भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकीकरण अस्विकार गरेपछि एउटा पेचिलो प्रश्न उठेको छ- के नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)बीच वास्तवमै एकीकरण भएको थियो ? केही दृष्टान्तहरू हेर्दा व्यवहारतः दुई पार्टी एकीकरण नै नभएको देखिन्छ । दुवैका केन्द्रीय कार्यालय यथावत  मंगलबार धुम्बाराहीस्थित कार्यालयमा नेकपाको बोर्ड […]

माओवादी केन्द्रमा फर्किने सम्भावना छैन : लेखराज भट्ट

२६ फागुन, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले आफूहरु नेकपा माओवादी केन्द्रमा फर्किने सम्भावना नरहेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले माओवादी केन्द्रले सरकारलाई समर्थन फिर्ता लिए पनि आफूहरु फर्किने सम्भावना नरहेको बताए । पत्रकारको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामी छलफलमा छौं, प्रधानमन्त्रीज्यूसँग पनि छलफल गरिरहेका छौं । […]

माओवादी केन्द्र र जसपा नेताहरुबीच भेटवार्ता

२६ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)का नेताहरुबीच भेटवार्ता भएको छ । जसपा अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भेटवार्ताका लागि माओवादी केन्द्रीय कार्यालय पेरिसडाँडा पुगेका छन् । सो भेटमा सरकार गठनका विषयमा छलफल हुने स्रोतले जनायो । बुधबारै नेकपा एमालेका नेताहरुले पनि जसपाका नेताहरुसँग भेटवार्ता गरेका थिए […]

माओवादीमा कांग्रेस र जसपासँग वार्ता गर्ने जिम्मा प्रचण्ड र श्रेष्ठलाई

२६ फागुन, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)ले नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने जिम्मेवारी पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र प्रवक्ता नारायणकाजी श्रेष्ठलाई दिएको छ । पेरिसडाँडास्थित पार्टी मुख्यालयमा आइतबार बसेको स्थायी कमिटी बैठकले उच्चस्तरीय वार्ता गर्ने जिम्मेवारी दिएको स्थायी कमिटी सदस्य गणेश शाहले जानकारी दिए । माओवादी केन्द्रले संगठनात्मक […]

एमाले र माओवादी केन्द्र अलग भएको पत्र संसद सचिवालयमा

२६ फागुन, काठमाडौं । नेकपा एमाले र माओवादी केन्द्र अलग–अलग पार्टी रहेको पत्र निर्वाचन आयोगबाट संसद सचिवालयमा आइपुगेको छ । यद्यपि संसद बैठकमा एमाले र माओवादी केन्द्रका सांसदहरु सत्तापक्षकै सिटमा बस्ने भएका छन् । संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डेले माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण दुवै पार्टीका सांसद सत्तापक्षकै लहरमा बस्ने बताए । […]

प्रचण्डको दौडधुप : कांग्रेस र जसपासँग गठबन्धनको प्रयास

२५ फागुन, काठमाडौं । साबिक नेकपाको प्रचण्ड–माधव समूहको ठूलो हिस्सा माधवकुमार नेपाल समूहलाई विदा गरेको भोलिपल्ट पुष्पकमल दाहाल प्रचण्डले माओवादी केन्द्रको स्थायी कमिटी बैठक राखेर नेपाली कांग्रेस र जनता समाजवादी पार्टी (जसपा)सँग वार्ता गर्ने निर्णय गराए । बैठक लगतै कांग्रेस सभापति शेरबहादुर देउवालाई भेट्न उनकै निवास बूढानीलकण्ठ पुगे । देउवासँग करिव २० मिनेट कुरा गरेका […]

माओवादी केन्द्रले बोलायो स्थायी कमिटी बैठक

२५ फागुन, काठमाडौं । नेकपा माओवादी केन्द्रले स्थायी कमिटीको बैठक बोलाएको छ । दिउँसो एक बजे पार्टी कार्यालय पेरिसडाँडामा बैठक बस्ने कार्यालय सचिव श्रीराम ढकालले जानकारी दिए । बैठकमा पार्टी पुनर्गठनको प्रक्रियालगायतका विषयमा छलफल हुने एक स्थायी कमिटी सदस्यले बताए । सर्वोच्च अदालतले गत आइतबार नेकपा एमाले र माओवादी केन्द्रबीचको एकता बदर गरी दुई पार्टीलाई […]

एमालेमा उत्साह, माओवादीमा चिन्ता

२५ फागुन, पोखरा । सर्वोच्च अदालतले आइतबार नेकपा एमाले र माओवादी केन्द्रलाई ब्यूँताइदिएपछि पोखरामा ओली समूहका विद्यार्थीले दीपावली नै गरे । एमाले ब्यूँतिएको र सूर्य चिह्न पाएकोमा उनीहरुले खुसी मानेका हुन् । ५ पुसमा संसद विघटनसँगै ओली र प्रचण्ड-माधव समूहमा विभाजित नेकपामा सूर्य चिह्न र पार्टीको आधिकारिकता कसले पाउँछ भन्ने चासो थियो । तर नेकपाको […]

एमाले र माओवादी केन्द्रलाई पत्राचार गर्ने निर्वाचन आयोगको तयारी

२५ फागुन, काठमाडौं । निर्वाचन आयोगले नेकपा एमाले र माओवादी केन्द्रलाई आ-आफ्नो नाम तथा चुनाव चिह्न परिवर्तनका लागि सम्पर्कमा आउन आग्रह गर्दै पत्राचार गर्ने तयारी गरेको छ । आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले अनलाइनखबरसँग भने, ‘एमाले र माओवादी केन्द्रलाई सम्भवतः आजै हामी पत्राचार गर्ने तयारीमा छौं ।’ सोमबार अन्तर्राष्ट्रिय नारी दिवसको सार्वजनिक विदा भएकाले पत्राचार गर्न […]

एमाले र माओवादी केन्द्र मिलेर सरकार बनाउनुपर्छ : जनमोर्चा

२४ फागुन, काठमाडौं । राष्ट्रिय जनमोर्चाले नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र)को संगठनात्मक एकता भई निर्माण भएको नेकपाको वैधानिकता समाप्त गर्ने सर्वोच्च अदालतको फैसलाले राजनीतिक अन्यौलता सिर्जना गरेको जनाएको छ । यो अन्यौलताको स्थिति अन्त्य गर्न प्रधानमन्त्री केपी शर्मा ओलीले पदबाट राजीनामा दिएर निकास दिनुपर्ने जनमोर्चाको मत छ । जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले सोमबार विज्ञप्ति […]

रुन नपाइने होइन, अब जनता रुनै पर्दैनः प्रचण्ड

२७ वैशाख, बर्दिवास । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले नेपाली जनताले रुन नपाउने नभइ रुनै नपर्ने बनाउन चाहेको बताएका छन् । महोत्तरीको बर्दिवासमा आयोजित निर्मल लामाको १८ औं स्मृति कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्डले भने,’हामीले जुनदिनदेखि पार्टी एकता गर्ने भन्यौ, त्यही दिनदेखि अर्को पक्षलाई राम्रो लागेको छैन । उनीहरुले रुन पनि नपाउने भनेर प्रचार गरे । हामीले […]

वाईसीएललाई प्रचण्डको जवाफः झुकेर एकता गरिँदैन, जनयुद्ध छाडिदैन

२४ वैशाख, काठमाडाैं । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले झुकेर र जनयुद्धका एजेण्डा छोडेर पार्टी एकता नगर्ने बताएका छन् । पार्टी एकताका विषयमा वाईसीएलको जिज्ञासामा अध्यक्ष प्रचण्डले एकताका नाममा भाग माग्न जान जरुरी नभएको भन्दै झुकेर एकता नगर्ने जवाफ दिएका हुन् । ‘युवाहरुले झुकेर एकता नगरियोस् भन्ने कुरा राखेका थिए, अध्यक्षले झुकेर र एजेण्डा छोडेर एकता हुँदैन […]

माओवादी सांसदले भने- बजेट परम्परागत नहोस्

२४ वैशाख, काठमाडौं । माओवादी केन्द्रका सांसदहरुले जनताले प्रत्यक्ष लाभको अनुभूत गर्ने बजेट बनाउन पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । आर्थिक वर्ष २०७५/७६ को बजेटबारे सुझाव लिन सोमबार बोलाइएको संसदीय दलको बैठकमा सांसदहरुले नेतृत्वलाई सो सुझाव दिएका हुन् । सांसदहरुले परम्परागत भन्दा नयाँ कुरा बजेटमा आउनुपर्ने, विकास निर्माणलाई प्राथमिकता दिनुपर्ने लगायतका विषयमा सुझाव राखेका थिए […]