Comments Add Comment

माधव नेपाल

List Grid
इतिहास ओलीसँग रहेन

अहिले नेकपा एमालेमा वामपन्थ होइन, ‘रामपन्थ’ हावी हुने खतरा छ । त्यसैले जो–जो केपी ओलीलाई एकल नेता मान्न तयार हुन्छन्, उनीहरू मात्रै पार्टीमा रहन्छन् भन्ने सोच विकास भएको छ । जबकि एउटा कम्युनिष्ट पार्टी विधि र पद्धतिमा चल्छ । त्यो भनेको केन्द्रीय कमिटीको सर्वोच्चता, सबै सदस्य केन्द्रीय कमिटीको मातहत, व्यक्ति संगठनको मातहत र एउटा महाधिवेशनको […]

जहाँ केपी ओली, त्यहीं मूल प्रवाह

नेकपा एमालेभित्र अहिले देखिएको संकट वैचारिक जस्तो देखिन्न, तर अन्तर्यमा वैचारिक छ । तीन वर्षसम्म एमालेमा वैचारिक छलफल हुनै पाएन । जबकि पार्टीभित्र कब्जावादी र सर्वसत्तावादी चिन्तन विरुद्ध केपी शर्मा ओली संघर्षरत हुनुहुन्थ्यो । कुनैबेला आफ्नै टाउकोको मूल्य तोक्ने र आधा प्रतिगमन सच्चियो भनेर ज्ञानेन्द्र शाहको राज समर्थन गर्ने शेरबहादुर देउवालाई उपयोग गर्दै अगाडि बढेका […]

नेपाल समूहका १५ नेताको वक्तव्य : ओलीविरुद्ध एकताबद्ध संघर्ष अपरिहार्य

१२ जेठ, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीले हैदमवादी शैलीमा कारबाहीको डण्डा चलाएको बताएका छन् । पछिल्लो पटक ११ नेतालाई पार्टी सदस्यबाट निष्कासन गर्ने र १२ जनालाई स्पष्टीकरण सोध्ने निरंकुश तानाशाही निर्णय सार्वजनिक गरिएको भन्दै नेपाल समूहका १५ स्थायी कमिटी सदस्यले भत्र्सना गरेका छन् । एमालेमा नेपाल समूहले सर्वोच्च […]

माधव नेपालको आह्वान– प्रतिगमन भाग २ को प्रतिवाद गरौं

८ जेठ, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले संसद विघटन गरी चुनावमा जाने निर्णयलाई ‘प्रतिगमन भाग २’को संज्ञा दिंदै प्रतिवाद गर्न आह्वान गरेका छन् । सामाजिक सन्जालमार्फत् प्रतिक्रिया सार्वजनिक गर्दै नेता नेपालले चुनाव घोषणालाई ‘सर्वसत्तावाद लाद्ने उद्देश्य’ र ‘व्यवस्था नै कू गर्ने अग्रसरता’ भनेर टिप्पणी गरेका छन् । उनले भनेका छन्, ‘षड्यन्त्रकारीहरूको […]

दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन माधव नेपालको आग्रह

३ जेठ, काठमाडौं । नेकपा एमालेका नेता माधव कुमार नेपालले दासढुंगा घटनाको यथार्थ पत्ता लगाउन सम्बन्धित पक्षलाई आग्रह गरेका छन् । एमालेका तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २८ औं स्मृति दिवसको अवसरमा नेता नेपालले एक विज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन् । २०५० साल जेठ ३ गते चितवनको नारायणगढ–मुग्लिन […]

माधव नेपाल पक्षले धोका दियो भन्न मिल्दैन : प्रचण्ड

३१ वैशाख, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बहुमतको सरकार गठनका लागि एमालेको माधवकुमार नेपाल पक्षले धोका दिएको भन्न नमिल्ने बताए । कोरोना भाइरसविरुद्धको खोप लगाउन शुक्रबार संघीय संसद भवन नयाँ वानेश्वरमा आएका प्रचण्डले सञ्चारकर्मीले सोधेको प्रश्नको जवाफ दिँदै अहिले नै धोका दिएको भन्न हतार हुने प्रतिक्रिया दिए । ‘म धोका भन्ने […]

बहुमतको सरकार गठनको आज अन्तिम दिन, नजर माधव नेपाल पक्षतिर

३० वैशाख, काठमाडौं । दुई वा दुई भन्दा बढी दल मिलेर बहुमतको आधारमा सरकार गठन गर्न राष्ट्रपतिले दिएको समयसीमा आज सकिंदैछ । तर राजनीतिक दलहरुबीच नयाँ सत्ता गठबन्धन बन्न सकिरहेको छैन । सत्ता समीकरणमा निर्णायक जस्तो देखिएको जनता समाजवादी पार्टी (जसपा) नयाँ सरकार गठनको विषयमा दुई धारमा विभाजित भएपछि नयाँ सरकारको नेतृत्व गर्न कस्सिएको प्रमुख […]

राजीनामा नदिएर एकताका निम्ति अन्तिम अवसर दिएका छौं : माधव नेपाल

२७ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी एकताका निम्ति अन्तिम प्रयास गर्न सांसद पदबाट राजीनामा नदिएको बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने संसद् बैठकमा अनुपस्थित हुने निर्णय पार्टी एकताकै निम्ति भएको उनको दावी छ । ‘हामीले अहिलेसम्म पनि सम्बन्धविच्छेद गरिसकेका छैनौं’ नेता नेपालले भने, ‘राजीनामा दिएपछि त […]

रोकियो माधव नेपाल समूहका सांसदको राजीनामा, संसदमा अनुपस्थित हुने

२७ वैशाख, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहका सांसदहरुको राजीनामा रोकिएको छ । तर उनीहरुले पार्टी अध्यक्ष समेत रहका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत भने नदिने भएका छन् । २ जेठ २०७५ को पार्टी संरचनामा फर्किने र आगामी दिनमा सहमतिका साथ पार्टीलाई अगाडि बढाउने प्रतिवद्धताका लागि अध्यक्ष केपी शर्मा ओलीलाई दिएको ‘डेडलाइन’ सकिएपछि […]

माधव–झलनाथ समूहले ओलीलाई दिएको समयसीमा सकियो

२७ वैशाख, काठमाडौं । प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई सच्चिन भन्दै एमालेको माधव–झलनाथ पक्षले दिएको समयसीमा सकिएको छ । एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्तावसहित सोमबार बिहान नौ बजेसम्मको समयसीमा दिएको थियो । सो समयभित्र चित्तबुझ्दो जवाफ नआए सांसद पदबाट राजीनामा दिने माधव–झलनाथ […]

संवैधानिक आयोगहरूमा नियुक्ति प्रयास तत्काल बन्द गर : माधव नेपाल

२५ वैशाख, काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले अध्यादेशमार्फत संवैधानिक आयोगमा पदपूर्ति गर्न खोजिएको भन्दै सरकारको आलोचना गरेका छन् । उनले यसलाई गैरजिम्मेवारीपन र अलोकतान्त्रिक कार्य भनेर टिप्पणी गरेका छन् । सरकारको सिफारिशमा राष्ट्रपति विद्यादेवी भण्डारीले हालै संवैधानिक परिषदसँग सम्बन्धितसहित सात वटा अध्यादेश एकैदिन जारी गरेकी थिइन् । सरकारको सो कदमको विरोध गर्दै […]

राष्ट्रपति र एमाले नेता नेपालबीच भेटवार्ता

२३ वैशाख, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी र नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । बिहीबार दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई भेटेका पूर्व प्रधानमन्त्री नेपाल बुढानीलकण्ठबाट सिधै शीतल निवास पुगेका थिए ।

झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन माधव नेपालको आग्रह

१९ वैशाख, काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री झलनाथ खनालको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध पक्षसँग आग्रह गरेका छन् । खनालको स्वास्थ्य लाभको कामना गर्दै नेता नेपालले उपचारमा आवश्यक ध्यान दिन आग्रह गरेका हुन् । ‘उहाँको उपचारमा यथेष्ट ध्यान दिन सम्बद्ध सबैको ध्यानाकर्षण समेत गराउँछु’, नेता नेपालले सामाजिक सञ्जालमा […]

केपी ओलीको दम्भ धरहराभन्दा माथि उक्लिएको छ : माधव नेपाल

१० वैशाख, जनकपुरधाम । नेकपा एमालेका नेता माधवकुमार नेपालले अध्यक्ष केपी शर्मा ओली पार्टी एकताको पक्षमा नभएको निष्कर्ष सुनाएका छन् । ओलीसँग बुधबार भएको भेटले थोरै आश जागेपनि बिहीबार ‘आफ्नो निर्णय माने मान, नमाने पार्टी छाड्न’ भन्ने शैली देखाएको उनले बताए । पार्टी अध्यक्ष ओलीसँग दुई दिन भएको वार्ताको फेहरिस्ता सुनाउँदै नेता नेपालले शुक्रबार जनकपुरधाममा […]

होटलबाट ओली र नेपालद्वारा धरहराको अवलोकन

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीच होटल मेरियटमा भेटवार्ता जारी छ । हिजो साँझ दुई घण्टा बढी कुराकानी गरेका ओली र नेपाल बीच अहिले पनि एक्लाएक्लै भेटवार्ता भइरहेको हो । भेटका क्रममा होटलबाटै धरहराको अवलोकन गरेको तस्वीर प्रधानमन्त्री ओलीका प्रेस सल्लाहकार सूर्य थापाले सार्वजनिक गरेका […]

अध्यक्ष ओली र नेता नेपालबीच आज पनि भेटवार्ता

९ वैशाख, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपाल बीच आज पनि भेटवार्ता हुँदैछ । दिउँसो दुई बजेपछि एक्लाएक्लै भेटवार्ता हुन लागेको हो । हिजो साँझ होटल मेरियटमा ओली र नेपाल बीच दुई घण्टा बढी एक्लाएक्लै कुराकानी भएको थियो । साँझ लामो कुराकानी गरेर छुटेका अध्यक्ष ओली र नेपाल बीच […]

माधव नेपाल समूहको ९ वैशाखको कार्यक्रम स्थगित

७ वैशाख, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले बिहीबार राखेको कार्यक्रम स्थगित गरेको छ । कम्युनिष्ट पार्टी स्थापनाको दिन (९ वैशाखमा) नेपाल प्रज्ञा प्रतिष्ठान भवनमा आयोजित कार्यक्रम स्थगित गरिएको प्रचार विभाग प्रमुख योगेश भट्टराईले बताएका छन् । वक्तव्य जारी गरी भट्टराईले कोरोना संक्रमण बढेको र सरकारले २५ जना भन्दा बढी भीड नगर्ने निर्णय […]

माधव नेपालले भने : केपी ओलीले फाल्दा फालिने मान्छे हौं ?

२२ चैत, काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालले विचार र इतिहासले आफ्नो समूह आधिकारिक एमाले भएको जिकिर गरेका छन् । आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले विगतको कोअर्डिनेसन केन्द्र र नेकपा मालेको अधिकांश नेता आफूहरुतर्फ रहेको भन्दै आधिकारिकता दावी गरे । ‘कब्जा गर्नु बेग्लै कुरा हो । विचार र इतिहासले निर्देशित गर्ने बेग्लै हो’ उनले […]

वडा तहसम्म कमिटी बनाउने नेपाल समूहको घोषणा

२१ चैत, काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले वडा तहसम्मै कमिटी बनाउन ‘पार्टी संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । साथै पार्टी एकता गम्भीर संकटमा रहेको भन्दै २ जेठ २०७५ लाई आधारमा मानेर एकतामा फर्कन अध्यक्ष केपी शर्मा ओलीलाई आह्वान समेत गरेको छ । अध्यक्ष ओलीले उपमहासचिव घनश्याम भुसाल र स्थायी कमिटी […]

माधव नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दै

१७ चैत, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वरिष्ठ नेता माधवकुमार नेपाल र उपाध्यक्ष भीम रावललाई निलम्वन गरेपछि नेपाल पक्षका नेताहरु आन्तरिक छलफलमा जुट्दैछन् । उनीहरु मध्याह्न १२ बजेपछि छलफलमा जुट्न लागेका हुन् । छलफलको स्थान भने खुलाइएको छैन । नेपाल पक्षका एक नेताले भने, ‘पछिल्लो परिस्थितिमा कसरी अगाडि बढ्ने भनेर छलफल गर्न […]

गोरखामा पनि माधव नेपाल पक्षको समानान्तर कमिटी

१७ चैत्र, गोरखा । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले गोरखामा पनि समानान्तर जिल्ला कमिटी गठन गरेको छ । सोमबार सदरमुकाममा बसेको जिल्ला कमिटी भेलाले यादव बस्नेतको नेतृत्वमा ६४ सदस्यीय कमिटी गठन गरेको हो । भेलाले बस्नेतकै नेतृत्वमा १४ सदस्यीय जिल्ला सचिवालयसमेत गठन गरेको पार्टीका जिल्ला कमिटी सदस्य विशेश्वर कट्टेलले बताए । सचिवालय सदस्यहरुमा […]